नेपालगन्ज, २६ जेठ ः नेपाल पत्रकार महासंघ बांके शाखाले आफ्नो निर्माणाधीन भवनस्थलको बुधवार भुमि पूजा गरेको छ ।नेपालगञ्जको गणेशपुरस्थित बसपार्कमा निर्माण हुन लागेको महासंघको भवनस्थलमा विहान एक कार्यक्रमबीच भुमि पुजा गरिईएको हो । भुमि पुजामा पत्रकार महासंघका केन्दि्रय सदस्यहरु, बांके शाखाका अध्यक्ष सहित शाखा पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
महासंघको निर्माण गरिने उक्त ५ कोठे कार्यालय र ४ वटा सपिङ कम्लेक्स भवन निमार्णका लागि ३६ लाख लागत लाग्ने शाखा अध्यक्ष झलक गैरेले जानकारी दिएका छन् ।
नेपालगञ्ज नगरपालिकाले महासंघको भवन निर्माणका लागी २ कठ्ठा साढे १४ धुर जग्गा प्रदान गरेेको छ । महासंघले भवनका लागि विभिन्न संघसंस्था एवं ब्यक्तिहरुसंग सहयोग जुटाउने अभियान पनि शुरु गरेको छ ।
No comments:
Post a Comment