नेपालगन्ज, २२ गते ः अज्ञात समूहले बाँकेको कांरकांदो गाबिसमा शुक्रवार राती एक युवकलाई गोली हानी गम्भीर घाईते बनाएको छ भने शुक्रवार राती नै गनापुर गाबिसको कार्यालयमा एक शक्तिशाली बम बिष्फोट गराएर गाबिस भवनलाई ध्वस्त पारिदिएको छ ।
नेपालगन्ज नगरपालिका र खास कांरकांदो गाबिसको सिमानामा बाटोमा हिंडिरहेको अवस्थामा शुक्रवार राती करिब ९ बजेे तेजनगर भन्ने ठाउमा अज्ञात समूहले खास कारकांदो गाविस ३ निवासी वर्ष २२ का मनिष शर्मालाई गोली प्रहार गरी गम्भीर घाईते बनाएको छ ।
४/५ जनाको अज्ञात समूहले गोली हान्दा शर्माको बायां हातबाट गोली चिप्लेर उनको पेटमा लागि उनि गम्भीर घाइते भएका छन् ।
नेपालगन्जस्थित शिक्षण अस्पतालमा उनको उपचार हुन नसकेपछि थप उपचारको लागि शुक्रवार रातीनै भारतको लखनउ लगिएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।
यसै गरी अज्ञात समूहले बाँकेको गनापुर गाविस भवनमा शुक्रवार राती साढे ११ वजे एक शक्तिशाली बम बिष्फोट गराएको छ ।
४ कोठे गाविस भवनमा सिलिन्डर पट्काएर विष्फोट गराइएको गनापुर प्रहरी चौकिले जनाएको छ । गाडिको टायरमा सिलिन्डर हालेर गाबिसको बरन्डामा विष्फोट गराइएको प्रहरीले जनाएको छ । विष्फोटमा गाविसको झण्डै ५० हजार रुपैया वरावरका फर्निचर र महत्वपूर्ण कागजपत्र जलेर नष्ठ भएको गाविसका सचिव अग्नी आर्चायले जानकारी दिए ।
No comments:
Post a Comment