Saturday, June 5, 2010

भेरी अञ्चलमा ८ हजार मोटरसाइकल

नेपालगन्ज, १९ जेठ ः भेरी अंचलका प्रमुख शहरहरुमा सडक सेवाको बिस्तारपछि मोटरसाइकल राख्नेहरुको संख्या बढदै गएको छ ।
अहिलेको व्यस्त युगमा मोटरसाइकल दैनिक कामका लागि अति आवश्यक साधन बन्दै गएकाले यसको प्रयोग दिनदिनै बढ्दै गएको उपभोक्ताहरुको भनाई छ ।
भेरी यातायात व्यवस्था कार्यालयमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ७ हजार ८ सय ८३ मोटरसाइकल दर्ता भएका छन । भेरी अंचलभरिमा अहिले करीब २० हजारभन्दा बढी मोटरसाइकल गुडने गरेका छन । यस्तै बस र मिनिबस ४ सय ६५, ट्रक तथा मिनिट्रक ४ सय ५४ र जीपकार १ हजार ६ सय १८ भन्दा बढी दर्ता भैसकेको भेरी अन्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जले जनाएको छ । लामो समय देखी सडक मर्मत नभएको र दिनदिनै गाडीहरु बढ्दै गएको कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएकोे छ ।
गत एक वर्षको अवधिमा मध्यपश्चिमका विभिन्न जिल्लामा भएको सडक दुर्घटनामा १६४ जनाको ज्यान गएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले यसअघि जनाएको थियो ।
सो कार्यालयले बढ्दै गएको सवारी साधन र यातायातका कारण दुर्घटना बढेको जनाउदै न्यूनिकरणमा ध्यान दिईने योजना बनाउदै छ ।

No comments:

Post a Comment