Monday, June 7, 2010

मापदण्ड विपरितका घरटहरा भत्काइने

नेपालगन्ज, २२ जेठ ः नेपालगन्ज नगरपालिकाको डुवान समस्या र नगरको विकास सम्वन्धि विविध बिषयलाई लिएर एक सर्वदलीय र सर्वपक्षीय वैठक शनिवार सम्पन्न भएको छ । वैठकले विगतमा नगरपालीकाद्धारा भए गरीएका विकासका कार्यहरुको समिक्षा पनि गरेको छ ।
सर्वपक्षीय वैठकले नेपालगञ्ज नगरमा बर्षेनी बषर्ाको बेला हुने गरेको डुवानको समाधानका लागि समयमा पहल गर्ने निर्णय समेत गरेको छ । साथै नगरका विभन्न सार्वजनिक ठाउमा मापदण्ड विपरीत वनाईएका घर, टहरा हटाउने र त्यसका लागि राजनीतिक दल र, प्रशासन संग समन्वय गरेर काम गर्ने समेत वैठकमा छलफल भएको छ ।
उक्त काम सम्पन्न गर्न वैठकले आ-आफ्नो ठाउंवाट पहल गर्न सवै संग अपिल गरेको छ । शनिवार भएको सर्वपक्षीय छलफलले नगरपालिकाको विकास र समस्या समाधानका लागि केन्द्र संग वजेट माग गर्नुका साथै नगरपालिकाको अगुवाइमा सेतु विक चोकमा भत्किएको अवस्थामा रहेको शहीद सेतु बिकको शालिक पुनःनिर्माण गर्ने र सेतु वि क चौक देखि धम्वोझी सम्मको सडक निर्माण गर्ने निर्णय गरेको छ ।
साथै नेपालगञ्ज नगरपालिका भित्र पर्ने रत्नराजमार्ग अन्तरगत सडको विच सेन्टरवाट २५ मिटर वरपर घरटहरा निर्माण गर्न नपाईने र निर्माण भएका घर टहरा पनि भत्काउने निर्णय गरेको छ । यस्तै नेपालगञ्ज- गुलरीया सडक खण्डको विच सेन्टरवाट १५ मिटर वरपर घर टहरा वनाउन नपाइने वैठकमा निर्णय भएको छ ।
नेपालगन्ज नगरपालिकाले यसअघि पनि पटक पटक सडक चौडा पार्ने बिषयमा विभिन्न निर्णयहरु गरेपनि स्थानीय बासिन्दाको बिरोधका कारण कार्यान्वयन गर्न सकेको छैन ।
तर, यस पटक भने कार्यानवयन गरिने कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बताए । सो बैठकमा विभिन्न राजर्नैतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका वोर्ड प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment