नेपालगन्ज, १९ जेठ ः बाँकेका विभिन्न गाविसहरुमा महिलाहरु समुह गठन गरी सामुहिक तरकारी खेती र विकास निर्माणका कार्यमा अग्रसर भएका छन् ।
विभिन्न संघसस्थाको सहयोग र पहलमा उनीहरु सामुहिक तरकारी खेती, पशुपालन व्यवसाय र स्थानिय विकासका काममा जुटेका हुन् ।
हेफर इन्टरनेशनलको आर्थिक सहयोग र उत्पीडित सामुदायिक विकास केन्द्रको पहलमा बाँकेको वनकटुवा, कचनापुर, पुरैनी, वेतहनी लगायतका गाविसका महिलाहरुले सो ब्यवसायबाट मनग्य आम्दानी समेत गरेका छन । बाँकेका १ सय ४० बढी महिलाहरुले महिला समुह गठन गरी सामुहकि तरकारी खेती, घास खेती, सुधारिईएको चुलो प्रयोग र विकास निर्माणमा जुटेको उत्पीडित सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक डिलबहादुर परियारले बताए ।
समुह मार्फत महिलाहरुले आफ्नो आर्थिक स्तर वृद्धि समेत गर्न सफल भएका छन् । हेफर इन्टरनेशनल र उत्पीडित सामुदायिक विकास केन्द्रले जिल्लाको बिभिन्न गाबिसका सामुहिक गतिबिधी र बिकासको कार्यलाई अवलोकन गर्न शुरु गरेको छ ।
ती गाविसका महिलाहरुको प्रगति हेरेर अन्य विभिन्न गाविसका महिलाहरुले समेत आफ्ना गाविसहरुमा समूह गठन गरि संस्थाहरुलाई बोलाउन थालेको स्थानीय महिला अगुवाहरुले जनाएका छन् ।
No comments:
Post a Comment