नेपालगन्ज २५ जेठ ः वनहरुमा अनियन्त्रीत रुपमा रुख कटानी भइरहेको सन्दर्भमा जांचबुझका लागि केन्द्रबाट वन विभागका उपमहा निर्देशक हरिहर सिग्देलको संयोजकत्वमा तिन सदस्सीय अनुगमन टोली नेपालगन्ज आइपुगेको छ । सो टोलीले बांके, वर्दिया र सुर्खेत जिल्लामा बढी वन कटान भएको क्षेत्रको अनुगमन गरिरहेको छ ।
अनुगमन टोलीमा अन्य दुइ जना वन विभागका उपसचिव गौरी शंकर तिमिला र क्षेत्रिय वन निर्देशक ऋषीराम त्रिपाठी रहेका छन् । टोलीले सामुदायीक वन, राष्ट्रिय वन र अतिक्रमित क्षेत्र अनुगमन गरिरहेको अनुगमन टोलीका संयोजक तथा वन विभागका उपमहा निर्देशक हरिहर सिग्देलले जानकारी दिए ।
संयोजक सिग्देलले वनमा जथाभावी रुखहरु काटीरहेको सर्बत्र करा उठेपछि जांचबुझका लागि टोली आएको जानकारी दिए । वन विभागले वनहरुमा अनियन्त्रीत रुपमा रुखहरु काटीएको भन्दै बांके, बर्दिया, सुर्खेत, कैलाली, कंचनपुर र डोटी गरी सात जिल्लामा यही जेठ ७ गतेदेखि रुख कटान, मुछान, विक्री वितरणमा रोक लगाएको छ ।
अनुगमन टोलीले बांके जिल्लाको अनुगमन सकेर बर्दिया पुगेको छ । संयोजक सिग्देलका अनुसार, बांकेको कुसुम क्षेत्रका तिलकन्या, मनकामना महिला, सिंह बाहिनी, लालीगुंरास, दुर्गा भवानी, बैजापुरका सरस्वती, सम्झना, महादेवपुरी क्षेत्र र कोहलपुर क्षेत्रका समुदायीक तथा राष्ट्रिय वनमा अनुगमन गरिएको छ ।
अनुगमन गर्दै फाइहरु तयार पार्ने र सामुदायीक वनको कार्ययोजना लगाएत कागजात संकलन गर्ने काम भइरहेको वताउंदै अनुगमन सकेर आउंदो शुक्रवार काठमाण्डौं फर्किएर प्रतिवेदन बुझाउने संयोजक सिग्देलले वताए ।
सामुदायीक वनहरुको अनुगम गर्दा के पाउनु भयो भनि प्रश्न गर्दा अनुगमन टोलीका संयोजक तथा वन विभागका उपमहा निर्देशक सिग्देलले सबै सामुदायीक वनहरुले पारदर्शि तरिकाले काम गरेका छन् भन्न सकिने अवस्था नरहेको वताए । उनले भने- सबै सामुदायीक वन चोखा छन् भन्न मिल्दैन र सबै खराब छन् भन्न पनि मिल्दैन । हामीले अनुगमन गरेका छौं, अब काठमाण्डौं गएर कागजात चेकजांच गरेपछि मात्र थाहा हुन्छ ।
बांके जिल्लामा जिल्ला वन कार्यालयका कर्मचारीको मिलेमतोमा वन कार्ययोजना तयार पार्ने, वन हस्तारन्तरण गर्ने र रुख कटान आदेश दिइ मोटो रकम असुल्ने काम भइरहेको छ । बांके जिल्लामा त्यस्ता थुप्रै उदाहरणहरु छन् जो वन कर्मचारीको प्रत्यक्ष मिलेमतोमा कागजी रुपमा मात्र प्रकृया पुर्याइ वन दर्ता गराएर तत्काल रुख काटन दिइएको छ । अनुगमन टोलीले कस्तो किसिमले काम गर्छ त्यो हेर्न बांकीनै छ ।
No comments:
Post a Comment