नेपालगन्ज, २३ जेठ ः तराई जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष अर्जुन सिंहको नामको इमेल विज्ञप्तीलाई हवाला दिदै स्थानीय पत्रपत्रिकामा सञ्चारकर्मी र सञ्चारगृहमाथी भौतिक कार्वाही गर्ने चेतावनीयुक्त समाचारप्रति नेपाल पत्रकार महासंघ, बांके शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आईतबार शाखाका अध्यक्ष्ा झलक गैरे, महासंघका केन्दि्रय सदस्यद्वय प्रेम केसी, जनक नेपाल, शाखा सल्लाहकार, प्रेस यूनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ बांकेका पदाधिकारीबीच भएको छलफलपछि गम्भिर ध्यानाकर्षण भएको हो ।
शाखा सचिव शुक्रऋषि चौलागाईद्धारा आईतवार जारी विज्ञप्तीमा सार्वजनिक उक्त इमेल विज्ञप्तीले स्वतन्त्र पत्रकारितामाथिको धावा र सञ्चारकर्मीलाई आतंकित पार्ने नियतले गरेको ठहर उल्लेख गरिएको छ ।
विज्ञप्तीको आधिकारिता लगायतका विषयमा सघन अध्ययनका लागि ५ सदस्यीय समिति समेत गठन गरिएको छ । साथै यस्ता खालका सामग्री प्रकाशन/प्रशारण पूर्व वास्तविकता बुझेर मात्र समाचार सार्वजनिक गर्न सम्बद्ध सबैमा हार्दिक अपिल समेत गरिएको छ ।
No comments:
Post a Comment