Wednesday, July 16, 2014

दुई दिने फोटो प्रदर्शनी सम्पन्न

नेपालगंज, असार ३०। विभिन्न विधाका उत्कृष्ट फोटोहरुको संकलन गरी राखिएका फोटोहरुको प्र्रदर्शनी बुधबार नेपालगंजमा सम्पन्न भएको छ । फोटो पत्रकार क्लव (पीजे क्लव) र अन्तरालको संयूक्त आयोजनामा नेपालगंज स्थित भेरी प्राविधिक शिक्षालयको सभाहलमा आयोजना गरिएको थियो । फोटो प्रदर्शनीको नेपालगंज पुनरावेदन अदालतका मुख्य न्यायाधिश प्रकाश कुमार ढुङ्गानाले सहभागिहरुको फोटो खिचेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीको उद्घाटन गर्दै उहााले फोटोहरु कलात्मक साहित्यको अनुपम संगालो भएको वताउनुभयो । उहााले तस्वीरहरु हेरेरै नेपालका हरेक सम्भावना दैनिक जीवनशैली कला संस्कति राजनितिक घटनाक्रम लगायतका कुराहरु प्ाढ्नुभन्दा हेरेरै यथार्थता थाहा हुने वताउनुभयो । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ बांकेका सभापति रुद्र सुवेदी, भेरी प्राविधिक शिक्षालयका प्रमुख भिमकान्त लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाली फोटो पत्रकारहरुको छाता संस्था पीजे क्लवले वाषिर्क रुपमा देशका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन, वन्यजन्तु तथा प्रकृति संरक्षणको चेतना प्रवाह, सामाजिक जननीवनको चित्रण र देशका मुख्य घटनाको यथार्थता देखाउदै नेपाल र नेपालीलाई चिनाउने लक्ष्यका साथ गर्दै आएको देशकै ठूलो प्रतियोगिता तथा प्रदर्शनी प्रतियोगितामा देशभरका ९ सयभन्दा बढी फोटोग्राफरहरुको ७ हजारभन्दा बढी तस्वीरहरुमध्ये उत्कृष्ट १ सय ११ तस्वीरहरु प्रदर्शनीमा राखिएको पिजे क्लवका सदस्य क्रान्ति थापा मगरले जानकारी दिनुभयो । फोटो प्रदर्शनीमा विद्यार्थी, नागरिक अगुवा, राजनितिक दलका नेता, सुरक्षा निकायका प्रमुखहरु, सरकारी/ गैरसरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, कानुन व्यवसायी र सर्वसाधारणले अवलोकन गरेका थिए ।

No comments:

Post a Comment