Wednesday, April 11, 2012

पारालिगल कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

नेपालगञ्ज-२९, चैत्र- पारालिगल कार्यक्रमको जिल्लास्तरीय समिक्षा तथा योजना तर्जुमा कार्यक्रम बुधबार नेपालगञ्जमा सम्पन्न भएको छ । यूनिसेफको सहयोगमा जिल्ला विकास समिति र महिला तथा बालबालिका कार्यालय, बााकेले सञ्चालन गरिरहेको पारालिगल कार्यक्रमको वाषिर्क समिक्षा गरिएको हो ।
महिला तथा बालबालिका कार्यालय, बााकेद्वारा आयोजित कार्यक्रममा बोल्दै बााके जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोखरेलले पारालिगल समितिहरुले समुदायस्तरमा महिला र बालबालिकाहरुको अधिकार संरक्षणका लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आफ्नो धारणा राख्दै महिला तथा बालबालिका कार्यालय बााकेका प्रमुख महिला विकास अधिकृत शोभा शाहले पारालिगल कार्यक्रमले समाजमा महिला र बालबालिकामाथि हुने हिंसा न्यूनिकरणमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी गराउनुभएको थियो । उहााले कार्यालयले पारालिगल कार्यक्रमअन्तर्गत वर्षभरि सञ्चालन गरेको क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला अदालत बार एशोशियसनका अध्यक्ष विश्वजीत तिवारीले पारालिगल समितिहरुले सूचनाको हक र उपभोक्ता अधिकारका कुराहरुलाई पनि समुदायस्तरसम्म लैजानुपर्ने आवश्यकता औल्याउनुभएको थियो । कार्यक्रममा बााके जिल्लामा पारालिगल कार्यक्रम लागु भएको १६ वटा गाविसका पारालिगल समितिका प्रतिनिधि, गाविस सचिव, जिल्ला स्थित सरोकारवाला निकाय, यूनिसेफ, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मीलगायतको सहभागीता रहेको थियो । पारालिगल समितिका सदस्यहरुले समुदायस्तरमा समितिले गरेको क्रियाकलाप, भोगेका समस्या तथा सिकाईहरु कार्यक्रममा प्रस्तुत गरेका थिए । साथै पारालिगल कार्यक्रम अन्तर्गत आगामी वर्षमा गरिने कार्यक्रमको बारेमा जानकारी समेत गराइएको थियो ।

No comments:

Post a Comment