Saturday, June 5, 2010

तस्करी जारी

नेपालगन्ज, १९ जेठ ः नेपालगन्ज भन्सार कार्यालय र राजश्व गस्ती टोलीले जति कडाई गरेपनि अबैध समान चोरी भईरहेको खुलासा भएको छ । नेपालगन्ज आसपासका जिल्लाहरुमा फोटोकपी पेपरको अवैध पैठारी भइरहेको छ ।
भारतको रुपैडिहा बजारबाट क्यारिङ्ग मार्फत नेपालगन्ज भित्रिने फोटोकपी प्रति रिम रु.२ सय ४५ दररेटमा सहज रुपमा उपलब्ध हुन्छ भने नेपालको बुटवल र राजधानीबाट राजश्व तिरी बिक्री वितरणको बजारमा ल्याउँदा महँगो पर्ने भएको कारण भारतबाट आउने नम्बर २ को बाटोको फोटोकपी बजारले मार्केट लिएको देखिएको छ ।
रुपैडिहाबाट नेपालगन्ज भन्सारको बाटो हुँदै एक व्यक्तिले दिनको दस पटकसम्म यस्ता कार्यमा संलग्न भएको भन्सार कार्यलयले स्वीकारेको छ । यी सामानहरुको विषयमा छापा मार्न प्रशासन, राजश्व लगायतको टोलीहरुसँग समन्वय गरी छिट्टै कारवाहीको प्रक्रिया अघि बढाइने भन्सार कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment