सिराज खान
नेपालगन्ज, १८ जेठ ः नेपाल भारत सीमानाको भारतीय भुमीमा तैनाथ गरीएका भारतीय सीमा सुरक्षा बल -एसएसबी) का जवानहरुले बााके जिल्लाको पूर्वी सिमावर्ती गाबिस बेतहनी,होलीया,नरैनापुर र लक्ष्मणपुरका नेपाली बासिन्दाहरुसंग दिनदिनै अभद्र व्यवहार गर्नुका साथै कुटपिट गर्ने गरेको पिडीतहरुले बताएका छन् ।
सो क्षेत्रका नेपाली बासिन्दाहरुसंग भारतीय सुरक्षाकर्मीहरुले निरन्तर अभद्र व्यवहार गर्दै आएको, नेपाली भूमीमा छिरेर नेपालीहरुलाई कुटपिट गरेको र सिमानामा आवागमनमा समेत रोक लगाएको जानकारी गराउंदै बेतहनी,होलीया लगायतका गाबिसका स्थानीय बासिन्दाहरुले एसएसबीका जवानहरुबाट साह्रै पिडित भएको गुनासो गरेका छन । नरैनापुर ४ का रामदयाल तिवारीले सीमा पारी भारतद्धारा खटाईएका एसएसबीका जवानहरुले दिनदिनै आफुहरुलाई गालीगलौज गर्ने,अभद्र ब्यबहार गर्ने र भारत आवागमनमा समेत बिभिन्न बहानामा रोक लगाउदै आएको बताए । सीमाना पारी खटीएका भारतीय जवानहरुले राती गस्तीको निहुमा नेपाली गाउंमा आएर खानतलाशी लिने तथा कुटपिट गर्ने गरेको पनि तिवारीले जनाए ।
यसैगरी लक्ष्मणपुर ५ का सलीम अन्सारीले पनि सीमानामा बस्दै आएका नेपालीहरु भारतीय सुरक्षाकर्मीहरुको तारो बन्न पुगेको बताउदै काम बिशेषले भारतीय गाउाहरुमा पुग्ने नेपालीहरुले साहै्र पिडा सहनु परेको दुखेसो गरे ।
सीमापारी खटीएका ती सुरक्षाकर्मीहरुले नेपाली गााउमा आएर खसी कुखुरा समेत बलजफ्ती लिएर जाने गरेको जनाउदै उनीहरु बिरुद्ध बोल्नेलाई बेस्सरी कुटपिट गर्ने गरेको होलीया ९ का माता प्रसाद बर्माको गुनासो छ ।
बर्माले आफुहरुको सुरक्षा गर्ने कुनै निकाय सिमानामा नभएकोले बाध्य भएर भारतीय सुरक्षाकर्मीहरुको आतंक सहनु परेको पनि प्रष्ट पारे ।
सोही प्रकारको गुनासो बेतहनीका वडा नम्बर १ देखी ९ सम्मका र होलीयाका अधिकांश सर्वसाधारणले गर्दै भारततर्फ जाने तथा भारतबाट नेपाल आउने सबै नेपालीसंग ती सुरक्षाकर्मीहरुले दैनिक रुपमा अभद्र ब्यबहार गर्दै आएको र केही बोलेमा सोझै बन्दूकको कुन्दाले हिर्काउने गरेको दुखेसो व्यक्त गरेका छन ।
भारतबाट खाद्य सामग्रीहरु ल्याएर बेचबिखन गरी जिवन यापन गर्दै आएका कतिपय व्यक्तिहरु सुरक्षा कर्मीहरुको व्यवहारका कारण अहिले रोजगारविहीन भएको नरैनापुरका जिवन खटिकले बताए । खटिकका अनुसार अहिले भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई निकै घृणाको दृष्टिले हेर्दै आएका छन भने गाली मुखमा नराखेर उनीहरुले कुनै पनि कुरा गर्ने गरेका छैनन् ।
सीमानाका दुबै तर्फका बासिन्दाहरु बिच वर्षौ देखि हुदै आएका विवाहका कार्यक्रमहरु प्ानि एसएसबीको त्रासका कारण प्रभावित भएको लक्ष्मणपुरका ईश्तियाक शाहले बताए । भारतीय सुरक्षाकर्मीहरुले भारत जान लागेको एउटा जन्तीलाई एक महिना पहिले फिर्ता गरेपछि सीमानामा केही दिनसम्म ठूलो तनाव उत्पन्न भएको र त्यसपछि सीमानाका दुबै तर्फ हुंदै आएको बिबाहका कार्यक्रमहरु पनि प्रभावित भएको शाहले जनाए ।
No comments:
Post a Comment