Saturday, June 5, 2010

हरि रोकायको डकुमेन्ट्र बन्ने

नेपालगन्ज, जेठ १९ ः बिश्व कीर्तिमानी धावक हरि बहादुर रोकायाको जीवनीमा आधारित वृत्तचित्र -डकुमेन्ट्री) बन्ने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च -एनएसजेएफ) नेपालगन्जको सहकार्यमा अन्तराल मिडिया, नेपालगन्जले डकुमेन्ट्री निर्माण गर्न लागेको हो ।
डकुमेन्ट्री छायांकनको ७० प्रतिशत कार्य पुरा भइसकेको बुधवार पत्रकार सम्मेलनमा अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले बताए । निर्देशक शाहका अनुसार आगामी बैशाख मसान्तसम्म निर्माण कार्य पुरा गरिसक्नुपर्ने त्रिपक्षीय सम्झौता भएको छ ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल एक मात्र नेपाली खेलाडी रोकायको नाउंमा हरि रोकाया राष्ट्रिय खेल पत्रकारिता पुरस्कार कोष स्थापना गरिने समेत कार्यक्रममा जानकारी दिइयो । उक्त कोषबाट हरेक बर्ष धावक रोकायाकै जन्म दिन असोज १५ मा नेपाली खेलकुद पत्रकारितामा सक्रिय एक जना खेल पत्रकारलाई हरिबहादुर रोकाया राष्ट्रिय खेल पत्रकारिता पुरस्कारले सम्मान गरिनेछ । डकुमेन्ट्री तयार भइसकेपछि पहिलो चरणमा मुलुकका प्रमुख ८ शहरमा प्रदर्शन गरिनेछ ।
त्यसपछि क्रमशः देशका बिभिन्न स्थान तथा विदेशमा समेत प्रदर्शनीको ब्यवस्था मिलाइने बताइयो । प्रदर्शनीबाट संकलित रकमबाट ब्यवस्थापन खर्च कटाएर बचत रकम समान रुपले
पुरस्कार कोष र स्वयं रोकायाद्वारा जुम्लामा सञ्चालित कणर्ाली एथलेटिक्स क्लबलाई प्रदान गरिनेछ ।
डकुमेन्ट्रीको मिडिया प्रवर्द्धनको सम्पुर्ण काम नेपाल खेलकुद पत्रकार मञ्च -एनएसजेएफ) ले गर्ने अध्यक्ष निरञ्जन राजवंशीले बताए । 'नेपाली खेलाडीको जीवनीमा बनाइएको यो पहिलो डकुमेन्ट्री हो ।' उनले भने-'यसको प्रवर्द्धन गर्नु सबैको कर्तब्य हो ।'
कार्यक्रममा धावक रोकायाले आफ्नो जीवनीमा डकुमेन्ट्री बन्न लागेकोमा खुशी ब्यक्त गरे । जुम्लाका खेलाडीको दुःख पीडालाई यो डकुमेन्ट्रीले प्रत्यक्ष देखाउने भएकाले पनि यसबाट निकै आशावादी रहेको बताए । 'कणर्ालीका खेलाडीको वेदना कसैले देखेको छैन, त्यसैले यो डकुमेन्ट्री त्यसको साक्षी हुनेछ ।'
डकुमेन्ट्री निर्माणमा ६ लाख, ५२ हजार ८ सय रुपैयंा लाग्ने अनुमान गरिएको अन्तरालका काठमाडौ प्रतिनिधि भिम ओलीले जानकारी गराए ।

No comments:

Post a Comment