Saturday, June 5, 2010

प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त

नेपालगन्ज, १९ जेठ ः अत्याधिक गर्मीका कारण अहिले नेपालगन्ज र सो वरिपरिको क्षेत्रको जनजिवन अस्तब्यस्त र ठप्प भएको छ । नेपालगन्जको तापक्रम अहिले ४४ डिग्रीसम्म्ा पुगेको छ । यो तापक्रम नेपालगन्जको यस बर्षको हालसम्मको सबैभन्दा बढी हो ।
यस बर्ष नेपालगन्जमा बिगतको तुलनामा सबैभन्दा बढी गर्मी भएको छ । गर्मीका कारण यहाका बासिन्दाहरुको जनजिवन पूर्ण रुपले ठप्प भएको छ ।
गर्मीका कारण नेपालगन्ज नगर बाहिरका अधिकांश बिद्यालयहरु बन्द गरिएका छन । बजारहरु सुनसान देखिन थालेका छन । सरकारी कार्यालयहरुमा सेवाग्राहीको त कुरै नगरौं कर्मचारीहरु समेत पुरा समय बस्ने गरेका छैनन । अधिकांश कार्यालयमा जाादा कर्मचारी नआएको जानकारी पाईन्छ ।
प्रचण्ड गर्मीका कारण बजारमा च्ाल्ने ताागा, रिक्शा र टेम्पो समेत आधा भन्दा बढी चल्न छाडेका छन । नगरका अधिकांश बासिन्दाहरुले घरबाट बाहिर निस्कन समेत अप्ठेरो मानेको बताएका छन ।
बेलुका बिहान त बजारमा केही मानिसहरु देखिएपनि दिउसो सबै सडक र बजार सुनसान जस्तै हुने गरेका छन ।
अत्याधिक गर्मीका कारण स्थानीय अस्पतालहरुमा बिरामीहरुको संख्या दिनदिनै बढ्दै गएको अस्पतालहरुले जनाएका छन । भेरी अन्चल अस्पताल प्रमुख डा. बिमल ढकालले गर्मीका कारण बिरामी दिनदिनै बढ्दै गएको बताए ।
प्रमुख ढकालले दिएको जानकारी अनुसार दैनिक ३ सय देखि ५ सय बिरामीको स्वास्थ्य सेवा पुरयाउदै आएको सो अस्पतालमा अहिले दैनिक ५ सय देखि ७ सय सम्म बिरामीहरु आउने गरेका छन । ती मध्ये अधिकांश झाडा पखाला, ज्वरो र गर्मीले बेहोस हुने गरेका बिरामीहरु न्ौ बढी रहेको अस्पतालले जनाएको छ । अस्पतालहरुमा बिरामी बढदै गएकोले उनिहरुलाई राख्न समस्या समेत परेको छ ।
चिकित्सकहरुले दिउसोको समयमा अत्याआवश्यक काम बाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई सुझाव दिएका छन् ।
गर्मी बढ्दै गएकोले पानीको सतह घट्दै जांदा नगरका हाते नलहरुमा पानी आउन छाडेकाले नगरवासीलाई खाने पानीको समेत ठूलो समस्या हुंदै गएको छ । नगर र जिल्लाका अधिकांश हाते नलहरुमा अहिले अलि अलि मात्र पानी आउने गरेको छ भने कतिपयमा त पानी नै आउन छाडेको छ । सोही प्रकारले विद्युतको पनि समस्या छ ।

No comments:

Post a Comment