Saturday, June 5, 2010

२ सय ५० कमलरी बालिका शिक्षाबाट वञ्चित

नेपालगन्ज, जेठ २० गते । सरकारले शिक्षाको पहुंचबाट कुनै पनि बालबालिका वञ्चित नहुन भनेर घरदैलौ भर्ना अभियान सञ्चालन गरेपनि बांकेका अधिकांश मुक्त कमलरी बालबालिका विद्यालयमा पढ्न जान सकेका छैनन् । शैक्षिक २०६७ । ६८ सुरु सगै विद्यालयको पढाई सुरु भएको महिना पुग्दा समेत मुक्त कमलरी बालबालिका विद्यालय भर्ना भएपनि विद्यालय भने नगएको एफएनसी बाकेका कार्यक्रम संयोजक दिपक भट्टराईले बताए । विद्यालयमा भर्ना भएपनि किताव,कापी, र विद्यालयको पोशाक किन्ने रकम नहुंदा मुक्त कमलरी बालबालिका विद्यालय जान नसकेका हुन् । सरकारले मुक्त कमलरी बालबालिकाको शिक्षा र सीपमुलक तालिमका लागि १२ करोड रुपैया विनियोजन गरी सम्बन्धीत जिल्ला शिक्षा कार्यालयमा पठाएपनि उक्त रकम बालबालिकाको हातमा नप्ग्दा विद्यालय जान नसकेका हुन् । सरकारले मुक्त कमलरी बालबालिकाले निशुल्क शिक्षा पाउन् र शिक्षाबाट वञ्चिन नहुन भनेर प्रावि तहमा प्रति कमलरी बालिका बराबार मासिक १ सय, निमाविमा १ सय ५०, मावि तहमा १ सय ७० र उच्च मावि तहमा ५ सय रुपैया छात्रवृद्धि छुट्टाएको छ । त्यस्तै माता पिता नहुने मुक्त कमलरी बालबालिकाको शिक्षा विकासका लागि मासिक १५ सय थप रकम छुट्टाएको छ । तर शैक्षिक सत्र सुरु भईसक्दा समेत जिल्ला शिक्षा कार्यालयले उक्त रकम नदिदा उनीहरुले कापी,किताव र पोशाकहरु किन्न नसक्दा विद्यालयमा पढ्नबाट वञ्चित भएका छन् ।
यता जिल्ला शिक्षा कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी रामसुरेश यादवले भने विद्यालयबाट कमलरी बालबालिकको वास्तविक तथ्यांक नआएकोले रकम वितरण गर्न गाहृो भएको बताए । उनले जतिचांडो विद्यालयबाट मुक्त कमलरी बालबालिकाको तथ्यांक आउछ त्यति चाडो रकम वितरण हुने बताए ।
कमलरी क्षेत्रमा काम गर्दै आएको एफएनसी बााकेका अनुसार बांकेमा मात्र प्रावि तहमा अध्ययन गर्ने कमलरी बालबालिकाको संख्या १ सय ९४,निमावि तहमा १७ जना र मावि तहमा ३१ जना रहेको छन् ।

No comments:

Post a Comment