नेपालगन्ज, १७ जेठ ः संगम इन्स्िटच्यूटको आयोजनामा नीति निर्माणमा युवा मध्य र सुदूरपश्चिमको अनुभव विषयक एक दिने कार्यशाला सोमवार नेपालगन्जमा सम्पन्न भएको छ ।
कार्यशालामा बोल्दै इन्स्िटच्यूटका कार्यकारी निर्देशक डा.पुष्प अधिकारीले दैनिक ५ देखि ६ सय सम्मका युवाहरु विदेश पलायन भईरहेको यस अवस्थामा राज्यले युवाहरुकोलागि रोजगारीको कुनै पनि अवसर सिर्जना नगरेको बताए । निर्देशक अधिकारीले अब युवाहरुले आफ्नो लागि आफै सोच्नु पर्ने र देशको लागि चनाखो हुनु पर्ने बताए ।
मध्य र सुदरका गरी करिब १ सय बढी युवाको सहभागिता रहेको उक्त कार्यशालामा विभिन्न विषयमा ३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
नीति निमार्णमा युवा मध्य र सुदूरपश्चिमका चुनौतीहरु विषयमा पूर्व मन्त्री गोपाल दहित, युवा आन्दोलन, नीति निमार्णमा युवाको भूमिका विषयमा युवा संघ नेपालका सचिव सूर्य ढकाल र नीति निमार्णमा युवा मध्य र सुदूरपश्चिमको सन्र्दभ विषयमा नेपाल विद्यार्थी संघका उपाध्यक्ष नैनसिंह महरले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्र माथी सहभागी युवाहरुले टिप्पणी गरेका थिए । युवा कार्यक्रम संयोजक पत्रकार शिव गाउंलेले संचालन गरेको कार्यक्रममा नरेन्द्रजंग पिटर, डा. जनार्दन आचार्यलगायतले बोलेका थिए ।
No comments:
Post a Comment