Saturday, June 5, 2010

ग्रामीण भेगमा महिला फुटबल प्रतिभाको खोजी

कमल केसी
नेपालगन्ज, १५ जेठ ः दक्षिण अफि्रका हुन गैरहेको विश्वकप फुटबले विश्वको नै ध्यान केन्दि्रत गरिरहेको बेला बांकेको एक ग्रामीण ईलाका उढरापुरका स्थानीय किशोरीहरु भने फुटबलको प्रशिक्षण लिन आर्कषित भएका छन् ।
ब्यवसायीक फुटबलर बन्ने आशा बोकेका उढरापुरका किशोरीहरु अहिले दैनिक फुटबलको अभ्यास जुटिरहेका छन् । फुटबल खेलको पहुच नपुगेको ठाउंमा प्रशिक्षण थालिएपछि सिक्न आउने खेलाडिको संख्या पनि बढदो छ । आफनो गांउघर नजिकै फुटबलको प्रशिक्षण कार्यक्रममा सहभागि हुन छिमेकी गांउ गौघाट, खजुरा र वर्दियाको शान्तिपुरबाट खेलाडिहरु आउने गरेका छन् ।
वर्दियाको शान्तिपुर घर भएकि दिपा थापा डेढ घण्टाको बाटो साईकल चलाएर प्रशिक्षणमा सहभागि भैरहेकी भैरहको बताउंछिन् । २ महिनाको अवधिमै आफुले मध्यपश्चिमको क्षेत्रबाट खेल्ने अवसर पाएपछि अहिले उनी निकै उत्साहित हुदै प्रशिक्षणमा सहभागि भैरहेको बताईन् ।
उनीहरुको इच्छालाई पुरा गर्नमा नेपालगञ्जको एक स्थानीय ओशोनिक फुटबल क्लबले अवसर जुटाईदिएको छ । ओशोनिकले स्थानीय ग्रामीण ईलाकाबाट फुटबल प्रतिभाको खोजी गर्ने अभियानको थालनि गरेको छ ।
यसअघि ओशोनिकले बांकेको सीतापुर गाविस स्थित योगीनी माविमा आधारभुत फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसेको छ । यसलाई सूरुवात गरेका छौ बांकेका २५ वटा ग्रामिण ईलाकाका विद्यालयहरुमा हामी छात्राहरुलाई फुटबलको आधाभुत प्रशिक्षण दिलाउने योजनामा छौ ।
आफनो गाउंमा नै आफनो छोरी हरुलाई फुटबल खेलका सीप सिक्ने अवसर जुटाउन यंहाका स्थानीय अविभावक पनि सक्रिय देखिएका छन् । प्रशिक्षण कार्यमा प्रत्यक्ष सहयोग गरिरहेका स्थानीय जनसेवा निम्न माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थपलियाले दक्ष फुटबल खेलाडी उत्पादन हुने विश्वास ब्यtm गरे ।
अविभावकको सहयोगमा आफनो गाउं नजिकै पहिलो पटक फुटबलको प्रशिक्षण लिन पाएपछि उनीहरुमा अहिले ब्यावसायिक फुटबल खेलाडि नै बन्ने सोच पलाएको छ ।
यसअघि कुनै पनि प्रशिक्षणमा सहभागि नभएका किशोरीहरुले प्रशिक्षणमा अपेक्षा गरेभन्दा पनि राम्रो प्रर्दशन गरिरेको फुटबल प्रशिक्षक रविन्द्र श्रेष्ठ बताउछन् । यस प्रशिक्षणमा अहिले राखेप प्रशिक्षक बासुदेव भंटराई, रविन्द्र श्रेष्ठ,सानु तामाङ तथा भोलिन्टियर कोच सुमीत्रा लामिछानेले गराईरहेका छन् । ग्रामीण ईलाका किशोरीहरुमा फिजिकल फिटनेस र इष्टामिना राम्रो भएका कारण २ महिनाको अवधिको सामान्य प्रशिक्षणबाट राम्रो प्रदर्शन गर्ने खेलाडि देखापरेको श्रेष्ठले बताए ।
प्रशिक्षणमा सहभागि मध्ये ८ जनाले छोटो समयमा नै मध्यपश्चिम फुटबल टिमबाट खेल्ने अवसर पाएकोमा प्रशिक्षकहरु दंग छन् । मौफसलमा फुटबलको विकासका निम्ति एन्फाले ध्यान पुरयाउन नसेको बेलामा एउटा स्थानीय क्लबले यसको सूरुवात गरेको छ ।

No comments:

Post a Comment