Saturday, June 5, 2010

नाला सफाई र ढल निकासको काम शुरु

नेपालगन्ज, १७ जेठ ः नेपालगञ्ज नगरपालिकाले बषर्ाको बेला नेपालगन्जमा आउनेे बाढी र डुबानको समस्यालाई ध्यानमा राखी नगरपालिका भित्रका नाला सफा गर्ने र ढल निकासको काम शुरु गरेको छ ।
ढल निकास र नाला खन्नका लागि नगरपालिकाले दैनिक स्काभेटरको भाडा र इन्धन अपरेटरको ज्याला खर्च बापत दैनिक १७ हजार ३ सय रुपैया छुट्याएको सो कार्यालयले जनाएको छ ।
स्काभेटरबाट पासाङ्लामु रोडको एमाले पार्टी अफिसबाट पश्चिम तर्फ टेक्निकल स्कूल हुंदै करमोहना नाला मिसीने ठाउंसम्म, भेरी अञ्चल अस्पतालको जेल रोडबाट चार बाहीनिसम्म, पुरानो नाला जेल रोडदेखि ब्राइट्ल्याण्ड स्कूल हुंदै गणेशमान चोकसम्म र बागेशवरी मन्दिरको काठेपुलसम्म नाला खन्ने काम आइतबारदेखि शुरु गरिएको नेपालगन्ज नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बताए ।
अधिकृत श्रेष्ठका अनुसार स्थानीय सेतु विक चोकबाट उत्तर बुद्ध मन्दिरसम्म, दक्षिण बागेश्वरी मन्दिर मेसिन जान सक्ने स्थानसम्म, वडा नं. ८ रामलाल तमौलीको घर पछाडिको नाला देखि विजयमान पतिको घरसम्मको नाला लगायत बिभिन्न नाला खन्ने काम पनि शुरु गरिएको छ ।
यसैगरी टांगा स्टेण्डको स्लाब निकाली नाला, न्यूरोड पछाडीकोपट्टकिो पूरै नाला, वडा नं. १५ को नयां बस्ती मस्जीदको पूर्वपट्टकिो नाला लगायत नगरपालिकाका बिभिन्न नालाहरु मजदुर लगाएर सफा गर्ने तथा खन्ने काम पनि शुरु गरिएको छ ।
उक्त कार्यका लागि राजनीतिक दलका वोर्ड प्रतिनिधि र नगपालिकाका कर्मचारीहरुलाई बोर्ड बैठकले अनुगमन कार्यको जिम्मेवारी दिइएको कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
उनले हरेक बर्ष बषर्ातको समयमा नेपालगन्जमा पानी जमेर नगरवासीलाई ठूलो समस्या पर्ने भएकोले नै यस पटक सो समस्या उत्पन्न नहोस भन्ने उदेश्यले पहिले नै नाला सफा गर्ने तथा ढल निकासका लागि काम शुरु गरिएको बताए ।

No comments:

Post a Comment