Saturday, June 5, 2010

एक लाख बढीको अवैध सामान पक्राउ

नेपालगन्ज, १८ जेठ ः सशस्त्र प्रहरी सुरक्षा बल नेपालगन्जले सोमबार सांझ १ लाख बढीको लत्ता कपडा र कारकांदो चोक वार्ड नं. ५ बाट चोरीको बलेरो एउटा पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपाल प्रसाद विकको नेतृत्वको टोलीले विषेश सुराकीको आधारमा सोमबार सो लत्ता कपडा र ना.१ ज १२२३ नं.को बलेरो फेला पारेको हो । उपरीक्षक विकको नेतृत्वमा नेपालगन्जको विभिन्न नाकाहरु चेक गर्ने बेलामा टंक पसरी नाकाबाट टांगा, यात्रुवाहक गाडीबाट लत्ता कपडाहरु चेक जांचको बेला फेला परेको उपरीक्षक विकले बताए ।
चेक जांच गर्दा फेला परेको लुगा लत्ता कसको हो भनी सोधपुछ गर्दा कोहि पनि व्यक्ति फेला नपरेको हुंदा सामानमात्र आफ्नो कब्जामा लिई मंगलबार नेपालगन्ज भन्सारलाई बुझाईसकेको उपरीक्षक विकले बताए ।

No comments:

Post a Comment