Friday, June 25, 2010

दुर्घटनामा दुई घाइते

नेपालगन्ज, १० असार ः बांकेमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जना घाईते भएका छन् । विहिबार दिउंसो नेपालगंजस्थित बि.पी.चौक नजिकै ना १ प ७७२ नंम्बरको मोटरसाईकलले ठक्कर दिदां बांके ईन्द्रपुर-७ का बालक उमेश बि.क घाईते भएका हुन् । घाईते बालकको नेपालगंजस्थित मेडिकल कलेजमा उपचार भैरहेको छ ।
ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।
यसैबिच बुधबार राती सवा १० बजे नेपालगञ्जबाट कोहलपुर तर्फ जादै गरेको भे २ प ४८५३ नम्बरको मोटरसाईकलले कोहलपुर चौराहामा पैदल यात्री सुर्खेत राकम- ६ का ५३ बषिर्य नर बहादुर पुरायललाई ठक्कर दिदंा मोटरसाईकल चालक मध्यपृतना हेडक्वाटरमा कार्यरत सिपाई अमर थापा घाईते भएका छन् । घाईते थापाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । पैदल यात्री बृद्ध चाहि सकुशल रहेको प्रहरीले जनाएको छ ।

युनाईटेड, पशुपती र अरुणोदय मावि विजयी

नेपालगन्ज, १० असार ः अखिल नेपाल फुृटबल संघको आयोजनामा भएको कोकाकोला अन्तर मावि छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको विहीबारको खेल युनाईटेड एजुकेसनल एकेडेमी कोरियनपुर, पशुपति सेकेण्डरी स्कुल रांझा र अरुणद्धय बोडिडं स्कुल खजुराले जित्न सफल भएको छ ।
नेपालगन्जमा भएको पशुपति सेकेण्डरी स्कुल रांझा र होप इन्टरनेशनल एकेडेमी कारकांदोबीचको पहिलो खेल पशुपतिले शुन्यका विरुद्ध २ गोलले जित्न सफल भएको छ । पशुपतिका तर्फबाट शुभाष गुरुङ्ग र रविन्द्र शाहीले १,१ गोल गरी आफ्नो स्कुललाई जिताउन सफल भए ।
नेपालगन्जमा नै भएको दोश्रो खेल युनाईटेड एजुकेसनल एकेडेमी कोरियनपुर र सनविम हायर स्कुल धम्बोझीबीच भएकोमा युनाईटेडले पेनाल्टीमा १ गोलका विरुद्ध २ गोल गरी खेल जित्न सफल भयो । युनाईटेडका तर्फबाट मेनका चौधरी र लबली बक्सीले १,१ गोलको योगदान गरे भने सनविमका तर्फबाट आश्मा श्रीले १ गोल गरेको संयोजक मोहन थापाले जानकारी दिए ।
बोर्टस नेपाल प्रालिको प्रायोजनमा शुरु भएको प्रतियोगिता तर्फको खजुरमा भएको प्रतियोगितामा अरुणद्धय बोडिडं स्कुलले योगिनी माविलाई १ गोलका विरुद्ध २ गोल गरी खेल जितेको थियो ।

छात्रवृत्ती नपाएपछि पुन ः कमलरी

नेपालगन्ज, १० असार ः छात्रवृती पाएर पढने आशामा विद्यालय भर्ना भएका मुक्त कमलरीहरु छात्रवृती नपाएप्छि पुनःकमलरी बस्न बाध्य भएका छन् । आर्थिक वर्ष अन्त्य हुन लाग्दा पनि बांकेका मुक्त कमलरीहरुले सरकारबाट पाउनु पर्ने छात्रवृत्ती अहिलेसम्म पाउन सकेका छैनन् ।
कमलरी मुक्तिका लागि साझा मञ्च बांकेकी अध्यक्ष लक्ष्मी चौधरीले छात्रवृती नपाएपछि फिस तिर्न नसक्दा एक सय २४ मुक्त कमलरीहरु पढाइ छाडेर पुनः कमलरी बस्न गएको वताएकीछन् । उनले भनिन्- गत माघ महिना मुक्त भएका कमलरीहरु विद्यालयमा भर्ना भएका थिए । तर छात्रवृती ढिलाइका कारण फेरी जमिनदारको घरमा कमलरी बस्न गएका छन् ।
बांके जिल्लामा प्रावि, निमावि, मावि र उच्च शिक्षा गरी तिन सय २७ जना मुक्त कमलरी अध्ययनरत छन् । साझा मञ्चकी अध्यक्ष लक्ष्मी चौधरीले तत्काल सरकारकाले छात्रवृती नदिए थप मुक्त कमलरीहरुले पढ्न छाडेर कमलरी बस्न जान सक्ने वताइन् ।
छात्रवृती तुरुन्त उपलब्ध गराउनका लागि करिब चार दर्जन मुक्त कमलरीहरु विहिवार जिल्ला शिक्षा कार्यालय बांकेमा ज्ञापन पत्र बुझाएका छन् । विद्यालयमा मुक्त कमलरीहरुका लागि छुट्याइएको रकम जिल्ला शिक्षा कार्यालय वा सम्बन्धित विद्यालयहरुबाट कटौती हुन गएमा मुक्त कमलरीहरुले छात्रवृती रकम बहिस्कार गरी आन्दोलनमा जान बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरीएको छ । सरकारले विद्यालयमा अध्ययनरत मुक्त कमलरीका लागि प्रावि तहमा एक हजार, ६,७,८ कक्षाका लागि एक हजार पांच सय, ९,१०, कक्षाका लागि एक हजार सात सय र उच्च शिक्षामा अध्ययनरत मुक्त कमलरीका पांच हजार छात्रवृती तोकेको छ ।
तर बांके जिल्लाका कुनै पनि मुक्त कमलरीले अहिलेसम्म छात्रवृती नपाएको मुक्त कमलरीको साझा मञ्चले जनाएको छ । मुक्त कमलरीका लागि निःशुल्क शिक्षा भने पनि विद्यालयहरुले शुल्क लिइरहेको सो मञ्चले जनाएको छ ।
साझा मञ्चले दिएको तथ्यांक अनुसार, बांकेको गणेश मावि ढकेरीमा कक्षा १० मा अध्ययनरत शुशीला थारुबाट भौतीक ब्यवस्थापन शुल्क बापत पांच सय, लक्ष्मी उच्च मावि मदुइ कक्षा ९ मा अध्ययनरत दिपा चौधरीबाट भर्ना बापत एकसय १५, आर्थिक सहयोग एकसय ४० र परिक्षा शुल्क २५ गरी जम्मा दुइ सय ८० रुपैंया विद्यालयले लिएको छ ।
७५ प्रतिशत भन्दा बढी विद्यालयहरुले विभिन्न बाहानामा मुक्त कमलरीबाट शुल्क लिइरहेका सरकारको घोषणा कार्यान्वयन हुन नसकेको साझा मञ्चले जनाएको छ । आर्थिक बर्ष समाप्त हुन लागिरहेकाले तत्काल मुक्त कमलरीहरुलाइ छात्रवृती उपलब्ध गराउन मञ्चले माग गरेको छ ।

गाविस सचिवको राजिनामा फिर्ता

नेपालगन्ज, १० असार ः बढ्दै गएको असुरक्षाका कारण काम गर्न नसकेको भन्दै बांकेका गाविस सचिवहरुले दिएको राजीनामा विहीबार फिर्ता लिएका छन् । सचिवहरुले राजीनामा फिर्ता लिएपछि गाविसको कामकाज विहीबारदेखी नै सुचारु भएको छ ।
विहीबार जिल्ला विकास समितिको कार्यालयमा गाविस सचिव, बांके जिल्ला प्रमुख र निमित्त स्थानीय विकास अधिकारीबीच भएको छलफलपछि गाविस सचिवहरुले राजीनामा फिर्ता लिएका हुन् ।
जिल्ला विकास समितिमा भएको छलफलमा गाविस सचिवहरुलाई सुरक्षाको प्रत्याभूती जसरी भएपनि उपलब्ध गराउने र सचिवहरुले सुरक्षित भएको गाविसमा गई काम गर्ने र असुरक्षित भएको गासिवका सचिवहरुले जिल्ला विकास समितिमा नै रहि काम गर्ने सहमति भएपछि राजीनामा फिर्ता लिएको गाविस सचिव हकहित संरक्षण केन्द्र बांकेका पूर्व अध्यक्ष नवराज शाहले जानकारी दिए । सीतापुर गाबिसका सचिव ईन्द्र बहादुर श्रेष्ठको हत्यापछि आतंकित भएका बांकेका अधिकांस गाविस सचिवले सुरक्षाको माग गर्दै यस अघि नै गाविस छोडेका थिए । उनिहरु ग्ात तीन महिनादेखि गाबिसमा मन लागे जाने नलागे नजाने गर्दै आएका थिए ।
गाविस सचिव गाउं नगएकै कारण जिल्लाका बिभिन्न गाविसका योजना र ईलाका स्तरीय योजनाहरु पनि नेपालगन्जमै बैठक र गोष्ठी गरेर सम्पन्न भएका थिए ।सचिवहरुलेे सीतापुरका सचिव श्रेष्ठको हत्या भएको तीनमहिना बितिसक्दा पनि हालसम्म उनका हत्यारा पक्राउ गर्न प्रहरी प्रशासन असक्षम भएको जनाउदै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

दुई शरीर एक टाउको

नेपालगन्ज, १० असार ः भेरी अञ्चल अस्पतालमा बिहिबार बिहान दुई शरिर एक टाउको भएको शिशु जिवितै जन्मीएका छन् । तर जन्मे पश्चात उनको मृत्यु भएको छ ।
शिशुको अगाडि पछाडि मुख जोडिएको, छाति एउटै रहेको, चार हात, चार खुट्टा भएको उक्त बच्चा पुर्ण विकशित पुरुष रहेको थियो ।
भेरी अञ्चल अस्पतालको प्रसुति वार्डको ४६ नं बेडमा प्रसव बेथा लागेर भर्ना भएकी रोल्पा राङसी-३ पोखराकी २१ वषिर्या पवित्रा ओलीको कोखबाट पहिलो सन्तानको रुपमा जन्मेको उक्त शिशु जन्मेको करिव १० मिनेट भित्रै मृत्यु भएको थियो ।
बेथा लागेर रोल्पाको विभिन्न स्वास्थय केन्द्र हुंदै मंगलबार भेरी अञ्चल अस्पतालमा भर्ना भएकी ओलीले बिहिबार बिहानै करिव सवा १ बजेतिर साधारण अवस्थामै सो बच्चालाई जन्माएको प्रसुति कक्षकी ईन्चार्ज स्टार्फ नर्स सारदा चौधरीले बताइन् ।
बच्चाका बुवा मनबहादुर ओलीले आफ्नी पत्नीलाई गााउंकै विभिन्न स्वास्थ्य केन्द्रमा बेलाबेलामा चेक जंाच गरिएको भए पनि अन्तिम अवस्थामा मात्र रोल्पाको लिवाङ स्वास्थ्य केन्द्रले नेपालगन्ज लैजान रिफर गरेको बताए ।
भेरी अञ्चल अस्पतालका मेडिकल प्रमुख डा.विमल ढकालले गर्भाधानको बेलामा डिम्वको विकास हुंदा छुट्टनि नसकेको कारणले गर्दा हुन सक्ने वताए ।
उनले यस्ता घटना कहिंलेकाही मात्र हुने गरेको जनाउदै भेरी अन्चल अस्पतालमा सो शिशु हेर्नेहरुको भिड लागेको बताए ।

शिक्षा कार्यालयमा तालाबन्दी

नेपालगन्ज १० असार ः तलब भत्ताको समायोजन हुनु पर्ने लगायतका विभिन्न मागहरु राख्दै चरनबद्व आन्दोलन गर्दै आइरहेका राहत शिक्षकहरु फेरि आन्दोलनमा उत्रिएका छन् ।
राहत शिक्षक संघर्ष समिति बांकेले विहिवार देखि जिल्ला शिक्षा कार्यालय बांकेमा तालाबन्दि गरेको संघर्ष समितिका बांकेका अध्यक्ष बदि्र ढकालले जानकारी दिए ।
तालाबन्दीका कारण दिनभर कार्यालयको सम्पुर्ण काम काज ठप्प रर्‍यो । संचित बिरामी विदाको रकम व्यवस्था हुनुपर्ने, शिक्षक कल्याण कोषको रकम सरकारको तर्फबाट थप हुुनु पर्ने लगायतका माग राखी राहत शिक्षकहरुले आन्दोलन गर्दै आएका छन ।

खुकुरी हानाहान

नेपालगन्ज १० असार ः बांकेको खासकुश्मा ८ स्थित जनकल्याण सामूदायिक वनको रुख काट्ने विषयमा दुई युवा बिच विवाद हुंदा खुकरी हानाहान भएको छ । रुख काट्ने विषयमा दुई स्थानिय युवा बिच भनाभन हुन थालेपछि आक्रोशित भएका स्थानिय थमन बिकले खुकुरी प्रहार गर्दा शालिकराम भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भण्डारीको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको कुसुम प्रहरीले जनाएको छ ।

रेखाले बम निष्क्रीय पारिन्

नेपालगन्ज, १० असार ः नेपालगन्ज नगरपालिका वडा न.ं १२ बांके गांउस्थित एक होटेल अगाडी भेटिएको सकेट बम बिहिबार नेपाली सेनाले निस्कृय पारेको छ ।
ठुले तामाङको होटेल अगाडी भेटिएको सकेट बमलाई रांझास्थित कालिदल गणका सह सेनानी रेखा खत्रीको कमाण्डमा आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।
बुधबार राती होटेल अगाडि राखिएको बमलाई बिहान होटल संचालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम भेटिएपछि घटनास्थल वरपर त्रास फैलिएको थियो ।

होलियावासी डुबानको त्रासमा

नेपालगन्ज, ९ असार ः गत दुईदिनदेखि परेको बषर्ाका कारण राप्ती नदिमा पानीको सतह बढ्दै गएपछि बांके होलिया गाविसका नागरिकहरु क्रसित हुन थालेका छन् । विगतका बर्ष झै यो बर्ष पनि सरकारले राप्ती नदिको कटान र डुवान कम गर्न कुनै पनि पूर्व तयारी गर्न नसकेकोले डुवान र कटानको भय बढेको हो ।
बांकेको होलिया गाविस ८ खडैचाका रवि शुक्लालाई यस पालिको वषर्ाले पुनः डुबाउने भयो भन्ने त्रासले सताउन थालेको छ । हरेक वर्षको वषर्ामा आउने बाढीका कारण राप्ती पारीका ६ वटा गाविसलाई प्रभावित पार्ने भएको हुंदा शुक्लालाई बषर्ा शुरुहुने बित्तिकै सो चिन्ताले सताउन थालेको हो ।
बषर्ा शुरु भै नदीमा पानीको सतह बढी सक्दा पनि सरकारी निकायले केही नगरेकोले उनिहरु डुबिने चिन्तामा त्रसित छन् ।
दुईदिन यता पानी पर्न सुरु गरेपछि राप्तीमा पानीको सतह बढेको होलिया गाविस ५ का रामकृष्ण शर्माले बताए । भारतले निर्माण गरेको कलकलवा बांध र लक्ष्मणपसुर बांधका कारण राप्तीको पानी जम्मा हंदा गत बर्षसम्म होलिया गाविसका १,२,३,४,५ र ६ वडाका स्थानियबासीहरु विस्थापित भईसकेका थिए भने यो बर्ष पनि पुर्व तयारी नभएका कारण बाकी ७,८ र ९ वडाका स्थानियबासी विस्थापित हुने सम्भावना बढेको होलिया ८ का फिक्कु कुमार विकले बताए ।
यता जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयले राप्ती नदिमा सुरु गरेको पञ्च बर्षे योजना अन्तर्गत जनताको तटबन्धको पहिलो चरणको ९० प्रतिशत काम सम्पन्न भएको बताएको छ । पञ्चे बर्षे योजना अन्तर्गत आर्थिक बर्ष २०६६।६७ का लागि विनियोजन भएको १५ करोडमा १२ करोडको काम सम्पन्न भएको जनताकोतटबन्धका प्राविधिक ईन्जिनियर नारायण प्रसाद सुवेदीले जनाए । गएको वर्ष आएको बाढीले राप्ती पारीका ६ गाविस होलिया, बेतहनी, वनकटी, फत्तेपुर, गंगापुर र मटहैयाका करिब २५ हजार भन्दा बढी बासिन्दा प्रभावित भएका थिए भने १२ हजार भन्दा बढी सर्वसाधारणले विस्थापित हुनु परेको थियो ।
लक्ष्मणपुर बांध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाका अनुसार राप्ती पारीका जनता हरेक वर्ष आउने बाढीका कारण डुबान, कटान र पटानको समस्याले पीडित छन् । भारतले सीमानामा बनाएको लक्ष्मणपुर बांधका कारण वर्षेनी आउने बाढीले खेती योग्य जमिन कटान गरेर लैजाने हुंदा प्रमुख समस्याको रुपमा उनिहरुले खाद्य संकटबाट गुज्रीनु परेको छ ।
बाढी नियन्त्रणका लागि आएको जनताको तटबन्धन कार्यक्रमले पनि कुनै प्रभाव नपार्ने सचिव शुक्लाको भनाई छ । उनले १ वर्ष पुग्न लागि सक्दा पनि उक्त कार्यक्रमले मात्र नदिको किनारमा बास गाडने काम बाहेक अरु केही काम गर्न नसकेको बताए ।
अन्तर्राष्ट्रिय नियम अनुसार कुनै पनि देशले सीमा आसपासमा बांध र तटबन्ध निर्माण कार्य गर्दा ८ किलोमिटर क्षेत्रमा कुनै पनि बांध निर्माण गर्न नपाउने भएपनि भारतले होलिया गाविस स्थित नेपाल भारत सीमानाको ९ नम्बर सीमा स्तम्भ देखि ३ सय मिटर नजिकै लक्ष्मणपुर बाध निर्माण गरेको छ ।
बांधका कारण स्थानिय खोला गन्धौली, सिघौली,झिगिया र सोतैया खोलाको पानीको निकास बन्द गरेपछि बर्षेनी बषर्ातमा डुवान र कटान हुंदै आएको छ ।

नितिको अभावमा उपभोक्ता मर्कामा

नेपालगन्ज, ९ असार ः राज्यले उपभोक्ता हकसम्वन्धी स्पष्ट निती नबनाउंदा आम उपभोक्ताहरु मर्कामा पर्ने गरेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका
छन ।
वाणिज्य कार्यालय नेपालगंजको आयोजनामा नेपालगंजमा भएको उपभोक्ता हित सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा सहभागिहरुले एउटै प्रकारको वस्तुको मुल्यमा एकरुपता नहुनु, मिसावटको खतरा, तौलमा ठगी, गुणस्तरको कमी, लगायतका समस्याले गर्दा दिन प्रतिदिन उपभोक्तहरु मर्कामा पर्ने गरेको वताएका थिए ।
राज्यले प्रचलित कानुनको कार्यान्वयन गरी नियमित बजार अनुगमन, उपभोग्य वस्तुको गुणस्तर, मुल्य सुचि संकलन, खाद्य वस्तुको कालो बजारीलाई प्रमुख रुपले अनुगमन र निगरानी गरेमा आम उपभोक्ताहरु गुणस्तरहिन समान प्रयोग गर्नवाट वञ्चित हुने सहभागिहरुको भनाई रहेको थियो । उपभोक्ता हित संरक्षणमा गैर सरकारी संस्थाको भूमिका एवं अन्य सरोकारवालाहरुको दायित्वको वारेमा डा. नारायण प्रसाद सुवेदी र वाणिज्य विभागको भूमिका एवं निरिक्षण अधिकृतको काम कर्तव्यका वारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका प्रमुख वेदनाथ गौतमले छुटाछुटै कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उद्योगी व्यापारी, सरकारी कार्यालयका प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघ सस्थाका प्रतिनिधी का साथै उपभोक्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

जलवायु परिवर्तनसम्बन्धि गोष्ठी

नेपालगन्ज, ७ असार ः जलबायु परिवर्तन वातावरण सम्म्बन्धी २ दिने क्षेत्रीय अन्तरकि्रया गोष्ठी नेपालगन्जमा सम्पन्न भएको छ । गोष्ठीमा वातावरण सम्बन्धी निती, जलवायु परिवर्तनले परेको असर, समाधानका उपाय लगायतको विषयमा छलफल भएकोे थियो ।
गोष्ठीको सहजीकरण वातावरण मन्त्रालयका कृषि अर्थविद नरेश शर्मा लगायतले गर्नू भएको थियो । वातावरण मन्त्रालयको आयोजनामा भएको अन्तकि्रया गोष्ठीमा सामुदायिक वनका पदाधिकारी, सरकारी निकायका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

डि्रमल्याण्ड,होप र जनसेवा विजयी

नेपालगन्ज, ७ असार ः अखिल नेपाल फुटबल संघको आयोजनामा शुरु भएको फुटबल खेलको सोमबार भएको खेल होप इन्टरनेशनल एकेडेमी, डि्रमल्याण्ड स्कुल र जनसेवा प्रस्तावित माविले जित्न सफल भएको छ ।
नेपालगन्जमा जारी प्रतियोगिताको पहिलो खेल होप इन्टरनेशनल एकेडेमी र एभरेष्ट सैनिक स्कुल बीच भएको थियो । उक्त खेलमा होप इन्टरनेशनलले एभरेष्ट स्कुलाई १ का विरुद्ध ३ गोल गरी खेल जित्न सफल भएको थियो । जसमा होप इन्टरनेशनका तर्फबाट सिपेन हमालले २ गोल र आशिस महतले १ गोलको योगदान गरेका थिए । एभरेष्ट स्कुलका तर्फबाट सुमन श्रेष्ठले १ गोल फर्काएका थिए ।
त्यसैगरी दोश्रो खेलमा डिूमल्याण्ड स्कुल रांझाले वाटरपार्क स्कुल धम्बोझीलाई शुन्यका विरुद्ध ३ गोल गरी बाजी आफ्नो हातमा पार्न सफल भयो । डि्रमल्याण्डका तर्फबाट खेमराज चन्दले २ गोल र दिवाकर बुढामगरले १ गोल गरेको प्रतियोगिताका संयोजक मोहन थापाले जानकारी दिए । बोटलर्स नेपाल प्रालीको प्रायोजनमा शुरु भएको 'कोकाकोला अन्तर मावि छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता २०६७' को खजुरा क्षेत्रमा भएको खेल भने जनसेवा प्रस्तावित माविले जित्न सफल भयो । जनसेवा प्रस्तवित मावि र ज्ञानोदय माविबीच भएको खेलमा जनसेवा प्रस्तावित माविले ज्ञानोदय माविलाई २ का विरुद्ध ४ गोल गरी खेल जित्न सफल भएको थियो । जनसेवाका तर्फबाट सोम बहादुर ज्ञवाली, हनुप नेपाली, संगम कुमार शाही र विजय सुनारले १/१ गोलको योगदान दिएका थिए भने ज्ञानोदयका तर्फबाट भने संगीत शाहीले २ गोल फर्काएको प्रशिक्षक अर्जुन थापाले जानकारी दिए ।
आजको खेल स्प्रेन्टल इंगिलिस मिडियम स्कुल र भेरी इंगिलिस मिडियम स्कुलबिच पहिलो खेल नेपालगन्जमा हुनेछ भने दोश्रो खेल मुनतारा इंगिलिस मिडियम र सूर्य ज्योती माविबिच हुने छ ।
त्यसैगरी खजुरा क्ष्ाेत्रमा योगिनी मावि र जनसेवा प्रस्तावित माविबीच पहिलो खेल छात्राको हुनेछ भने दोश्रो खेल छात्रको नेपाल राष्ट्रिय प्रस्तावित मावि टेडारी र अमर प्रस्तावित मावि सि गाउँबीच हुने आयोजकले जनाएको छ ।
खजुरा, नेपालगन्ज र कोहलपुरबाट फाईनलमा पुग्ने तिन समूहबीच फाईनल खेल हुने र जुन समूहले प्रतियोगिता जित्छ उक्त समूहले काठमाण्डौंमा हुने प्रतियोगितामा भाग लिने बताइएको छ । काठमाण्डौंमा हुने प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, प्रथम उपविजेताले १ लाख, द्धितिय उपविजेताले ४० हजार र तृतिय उपविजेताले २५ हजार पुरस्कार पाउने छन् ।

गाविस सचिवद्वारा सामुहिक राजिनामा

गाविस सचिव हकहित संरक्षण केन्द्रको आइतवार सम्पन्न बैठकले असुरक्षाका कारण काम गर्न नसक्ने वातावरण भएको भनि जिल्लाका सम्पूर्ण सचिवले सामुहिक राजिनामा दिने भनि निर्णय गरे बमोजिमनै सोमवार राजिनामा बुझाईएको हो ।
केन्द्रको निर्णय बमोजिम सोमवार केन्द्रका सचिव दिपक पौडेलले बांकेका स्थानीय विकास अधिकारी बिश्वराज डोटेललाई सामुहिक राजिनामा बुझाएका थिए ।
चन्दा आतंक बढेको, हत्या र आक्रमणको धम्की आएको तथा सुरक्षा व्यवस्था कमजोर भएको कारण बाध्य भएर सामुहिक राजीनामा दिनु परेको सचिव पौडेलले बताए ।
उनले गाउंमा बसेर काम गर्न सक्ने अलिकति पनि संभावना नरहेको कारण राजिनामा दिनु परेको जनाउदै प्रयाप्त सुरक्षा नभएसम्म काममा र्फकन नसकिने बताए ।
सचिवहरुले हठात् दिएको राजीनामा पछि बांके जिल्ला गाविस सचिवविहनि बनेको छ भने विकास निर्माणका काम ठप्प हुने भएका छन् । विकास निर्माणका कामसंगै जनताका अन्य अतिआवश्यक काम पनि ठप्प भएका छन् ।
बांकेका स्थानीय विकास अधिकारी डोटेलले सरकारले सुरक्षा व्यवस्था बलियो पार्ने विश्वास दिलाउदै राजिनामा फिर्ता लिन आग्रह गरेका थिए ।
सीतापुर गाबिसका सचिव ईन्द्र बहादुर श्रेष्ठको हत्यापछि आतंकित भएका बांकेका सबै गाबिस सचिवले सुरक्षाको माग गर्दै यस अघि नै गाबिस छोडेका थिए ।
पूर्ण रुपमा सुरक्षाको अनुभूति नभएसम्म गाबिसमा नजाने निर्णय गरेका सचिवहरुले अहिले गााउहरुमा ब्यापक चन्दा आतंक भएको तथा नदिए अपहरण र ज्यान मार्ने धमकी दिनदिनै आइरहेको बताएका छन् ।

थारु समुदायका महिलाहरु व्यवसायीक तरकारी खेतीमा

नेपालगन्ज, ७ असार ः केहि बर्ष पहिलेसम्म अर्काको जमिनमा बटैया खेती र मजदुरी गरेर आर्थिक जोहो गर्ने बांके वनकटुवा ९ गडरहीका थारु महिलाहरु अहिले आफ्नै जग्गामा व्यवसायिक तरकारी खेती र बंगुर पालन व्यवसायमा अग्रसर हुदै आएका छन् । घरघरमा तरकारी खेती लगाउन थालेपछि स्थानिय वनकटुवाका थारु महिलाका दिनहरु फेरिएका छन् ।
घरमा तरकारी नहुदा पहिले साझ विहान नुन,अचार र कहिलेकाही तरकारी किनेर खाने यहाका थारु महिलामा भने घरमै तरकारी फलेपछि सांझविहान हरियो र ताजा तरकारी खान पाएको स्थानिय सीतापती चौधरीले बताईन् ।
वनकटुवा गडरहीका थारु महिलाहरु मध्ये सीतापति चौधरी सफल र व्यवसायीक तरकारी खेती गर्नमा नमुना कृषकका रुपमा आजभोली परिचित हुंदैछिन् ।
उनले तरकारी खेतीबाट अहिले दैनिक ३ सयसम्म आम्दानी हुने गरेको बताईन । जसबाट मासिक ३ हजार बढि रुपैया आम्दानी हुने गरेको छ । घरघरमा तरकारी खेती लगाउन थालेपछि यहाका महिलाहरुले स्थानिय स्याउली बजार र सम्झना बजार देखि गाउगाउमा तरकारी डाला र ढकियामा राखेर बेच्न लैजाने गरेका छन् ।
तरकारी खेती जस्तै यहाका थारु महिलाहरु व्यवसायीक बंगुर पालनमा समेत सफल भएका छन् । गडरहीकी सफल बंगुर पालक बच्की थारु पनि एक हुन् । बच्ची थारुले सुरुमा ३ वटा बुंगुरबाट व्यवसाय सुरु गरेपनि उनीसंग अहिले १५ वटा बंगुर रहेका छन् ।
दुई बर्षदेखि बुंगुरपालन सुरु गरेकी बच्की चौधरीका आर्थिक आम्दानीको स्रोत बंगुर पालन व्यवसाय बनेको छ । उनी जस्तै गाउंका दर्जनौ महिलाहरुले व्यवसायीक बुंगुर पालेका छन् ।

नामै नसुनेको पार्टीको बन्दले जनवीवन प्रभावित

नेपालगन्ज, ७ असार ः अर्धभूमीगत हिन्दुबादी संगठन भिष्म एकता परिषद नेपालले आव्हान गरेको मध्यपश्चिम बन्दले सुर्खेत, बााके, बर्दिया, दाङलगाएतका जिल्लाको जनजिवन प्रभावित भएको छ । छोटो दुरीका सवारी साधन फाट्टफुट्ट चलेपनि लामो दुरीका सवारीका साधन चल्न सकेका छैनन् ।
सोमवार बिहानै देखि पसल बजार उद्योगधन्दा कलकारखाना बन्द भएका छन् । नेपाललाई हिन्दु राज्य बनाइनु पर्ने, नयां संविधानका लागि जनमत संग्रह गरिनुपर्ने लगाएतका ९ बुंदे माग राखी भिष्म एकता परिषदले सोमवार र मंगलवार मध्यपश्चिममा आमहड्ताल आव्हान गरेको छ ।
आफ्ना मागहरु प्रति सरकार सहित अन्य दलहरुले बेवास्ता गर्दै आएकाले बन्द हड्ताल गर्नुपरेको केन्दि्रय अध्यक्ष सिन्धुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । बन्दमा कुनै अपि्रय घटना हुन नदिन सुरक्षा ब्यबस्था कडा पारिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बिहानैदेखि सवारीका साधन सञ्चालनमा नआएपछि गन्तव्यमा पुग्न हिंडेका यात्रुहरु अल्पत्र परेका छन् ।
यसैगरी परिषद्ले पर्चा वितरण गरी बन्दको आव्हान गरेपछि दाङमा उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, बजार र यातायात सेवा पूर्णतः ठप्प रहेका छन् । छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन् । भीष्म एकता परिषद्ले बेवास्ता गरी हडतालको अवज्ञा गरेमा जुनसुकै मिति र समयमा कुनै जानकारीबिना नै कारवाही गरिने चेतावनी दिएको थियो ।
सोही चेतावनीका कारण यसअघि नामै नसुनिएको पार्टीको बन्दले यति धेरै प्रभाव पारेको हुनसक्ने अनुमान गरिएको छ । पर्चामा २०६३ सालमा सुदूरपश्चिमबाट परिषद्को स्थापना भएको र हिन्दू अधिराज्य लगायतका मागहरु राखी संघर्ष गर्दै आएको उल्लेख छ । उसले २०६६ असोज २१ गते शान्तिपूर्ण सुदूरपश्चिम बन्द सफल पारेको दावी गरेको छ । त्यसपछि चैत ९ गते सुदूर र मध्यपश्चिम बन्दको आव्हान गरिएकोमा हिन्दू धर्म भएको देश हेर्न नचाहनेहरुले अवज्ञा गर्दा सुदूर पश्चिममा एकदर्जन बढी सवारी साधनहरुमा आगजनी भएको पर्चामा उल्लेख छ । पर्चामा २०६२/०६३ को जनआन्दोलनमा जनताले राजतन्त्रको बारेमा फैसला गरेको तर धर्मनिरपेक्षताको विषयमा कुनै फैसला नगरेकाले यस विषयमा विचार नगरिए सम्म संघर्ष जारी रहने जनाइएको छ ।
वर्तमान सरकारलाई जनविरोधी सरकारको संज्ञा दिादै पर्चामा यसको राजीनामा र सर्वदलीय सरकारको माग पर्चामा उल्लेख छ । त्यस्तै, नेपाल हिन्दू अधिराज्य स्थापना हुनुपर्ने, नयां संविधानको बैधता जनमत संग्रहबाट गरिनुपर्ने, जातीय संघीयता चाहिंदैन, अपराधिक गिरोहलाई नियन्त्रण, राष्ट्रिय जनावर गाई हुनुपर्ने, शान्ति स्थापना हुनुपर्ने, भूमिहीनहरुको पुनस्र्थापना, द्वन्द्वपीडितलाई राहत र पुनस्र्थापना, प्राकृतिक स्रोतसाधनको जगेर्ना लगायतका मागहरु पर्चामा उल्लेख गरिएको छ ।

५० विद्यार्थी बराबर एक शिक्षक अनुदान दिइने

नेपालगन्ज, ७ असार ः जिल्ल्ाा शिक्षा कार्यालय बाँकेले शैक्षिक शस्त्र २०६७।६८ का लागि ५० विद्यार्थी बराबर एक शिक्षक अनुदान रकम वितरण गर्ने भएको छ ।
जिल्ला शिक्षा कार्यालय बाँकेले दिएको जानकारी अनुसार, विद्यार्थीको चाप बढ्दै गएपछि ५० विद्यार्थी बराबर एक शिक्षकको अनुदान दिने निर्णय गरिएको हो ।
बाँकेमा प्राथमीक बिद्यालय तहमा १ करोड ७९ लाख र निम्न माध्यामीक तहमा ४२ लाख अनुदान रकम वितरण गरिने जिल्ल्ाा शिक्षा कार्यालय बाँकेका शाखा अधिकृत मन प्रसाद रेग्मीले जानकारी दिए ।
शाखा अधिकृत रेग्मीका अनुसार जिल्लाका प्रावि तहमा ५० विद्यार्थी बराबर एक शिक्षकका लागि १ करोड ६९ लाख र निमावि तहमा ५० विद्यार्थी बराबर एक शिक्षक कार्यक्रम अन्तर्गत २८ जना शिक्षकलाई ४२ लाख अनुदान रकम यस आर्थिक वर्षमा दिईने छ ।
विद्यालयका लागि पिसीएफ अनुदान रकम यही असार २० गतेभित्र वितरण हुने पनि जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ । शिक्षक अनुदान रकम वितरण गरिएपछि जिल्लाका सामुदायिक विद्यालयहरुको अवस्था बलियो हुँदै गएको छ ।

कमलरीका अभिभावकलाई रोजगारीको व्यवस्था गर्न माग

नेपालगन्ज, ६ असार ः कमलरी प्रथा निर्मूल पार्न कमलरीका अभिभावकहरुलाई रोजगारीको ब्यबस्था गर्नुपर्नेमा जोड दिईएको छ ।
लालि गुरांस यूवा क्ल्ाव कोहलपुर र एफ एन सी को संयूक्त आयोजनामा कोहलपुरमा सम्पन्न भएको कमलरी प्रथा उन्मुलन बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा कमलरी प्रथा उन्मूलन गर्न अपनाउन सकिने उपायहरुको बारेमा समेत छलफल भएको थियो । बाबु आमाको आर्थिक स्थिति कमजोर भएकै कारण उनिहरुले छोरा छोरिलाई कमलरीको रुपमा राख्न बाध्य हुने भएकोले कमलरी प्रथा हट्न नसकेको निष्कर्श सो कार्यक्रममा निकालिएको छ ।
बांके, बर्दिया, दाङ, कैलाली रकन्चनपुर लगायतका जिल्लामा अझै पनि सैयौं बाल बालिकाहरु कमलरीको रुपमा बस्न बाध्य भएका छन ।
सरकारले कमलरी बसेका बाल बालिकाहरुलाई उद्दार गरि उनिहरुलाई सिप मूलक तालिम दिने भन्दै १२ करोड रुपियाको बजेट छुट्याएपनि सो बजेट अझै सबै आईनपुगेको एफ एन सी ले जनाएको छ ।
सो संस्थाका अनुसार बजेट समयमा आईनपुग्दा अझै सयौं कमलरी हरु नारकीय जिवनयापन गर्न बाध्य भएका छन् ।

बांकेका सम्पूर्ण गाविस सचिवले आज राजीनामा दिने

नेपालगन्ज, ६ असार ः पछिल्लो दिनमा बढ्दै गएको असुरक्षाका कारण काम गर्न नसकेको भन्दै बांकेका ४६ वटै गाविसका सचिवहरुले सोमवार सामूहिक राजीनामा दिने भएका छन् ।
जिल्ला विकास समिति बांकेमा आईतवार बसेको गाविस सचिव हकहित संरक्षण केन्द्रको आकस्मिक बैठकले चन्दा आतंक बढेको, हत्या र आक्रमणको धम्की आएको तथा सुरक्षा व्यवस्था कमजोर भएको कारण देखाएर सामुहिक राजीनामा दिने निर्णय गरेका हुन ।
गाविस सचिव हकहित संरक्षण केन्द्र बांकेको बैठकमा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख महेशविक्रम शाहलाई गाउमा बस्न साहै्र असुरक्षा भएको जनाउदै उनिहरुले सुरक्षाको माग गरेका थिए । सो अवसरमा उनिहरुलाई प्रयाप्त सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाउदै आवश्यक निर्देशनहरु पनि दिईएको प्रमुख जिल्ला अधिकारी दाहालले वताए ।
उनले गाविस सचिवहरुले सामुहिक राजिनामा दिने निर्णय गरेको मौखिक जानकारी दिएको पनि वताए ।
गाविस सचिव हकहित संरक्षण केन्द्रका पूर्व अध्यक्ष नवराज शाहले असुरक्षाका कारण सामुहिक राजिनामा दिने निर्णय गरिएको जनाउदै आईतवार सबै सचिवहरुको उपस्थिति नभएकोले सोमवार राजिनामा दिने तय गरिएको जनाए ।
उनले सचिवहरुले राजीनामा दिईसकेपछि अब सबै जिम्मेवारी स्थगित गर्ने निर्णय पनि गरिएको जनाउदै कुनैपनि काम नगर्ने बताए ।
आइतवार ३५ जना सचिवले सामुहिक राजिनामामा हस्ताक्षर गरिसकेको र बाँकीले सोमवार हस्ताक्षर गरेर स्थानीय विकास अधिकारीलाई बुझाईने पनि उनले वताए । सचिवहरुले राजीनामा दिने निर्णय गरेपछि बांके जिल्ला गाविस सचिवविहनि बनेको छ भने विकास निर्माणका सबै काम ठप्प हुने भएका छन् । सीतापुर गाबिसका सचिव ईन्द्र बहादुर श्रेष्ठको हत्यापछि आतंकित भएका बांकेका अधिकांस गाविस सचिवले सुरक्षाको माग गर्दै यस अघि नै गाविस छोडेका थिए । उनिहरु ग्ात तीन महिनादेखि गाबिसमा मन लागे जाने नलागे नजाने गर्दै आएका थिए ।
गाविस सचिव गाउं नगएकै कारण जिल्लाका बिभिन्न गाविसका योजना र ईलाकास्तरीय योजनाहरु पनि नेपालगन्जमै बैठक र गोष्ठी गरेर सम्पन्न भएका थिए ।
पूर्ण रुपमा सुरक्षाको अनुभूति नभएसम्म गाविसमा नजाने निर्णय गरेका सचिवहरुले अहिले गाउंहरुमा ब्यापक चन्दा आतंक भएको तथा नदिए अपहरण र ज्यान मार्ने धम्की आएकोले सामुहिक राजिनामा दिने निर्णय गर्नु परेको बताएका छन् ।
सचिवहरुलेे सीतापुरका सचिव श्रेष्ठको हत्या भएको तीनमहिना बितिसक्दा पनि हालसम्म उनका हत्यारा पक्राउ गर्न प्रहरी प्रशासन असक्षम भएको जनाउदै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।
जिल्लाको दुर्गम क्षेत्रको रुपमा परिचित राप्ती पारिका गाबिस सचिवहरुले पटक पटक सुरक्षाका लागि सम्बन्धित निकायलाई गुहार्दा पनि सुनुवाई नभएको गुनासो गर्दै बाध्य भएर राजिनामा दिने निर्णय गरेको केन्द्रका पूर्व अध्यक्ष शाहले वताए ।
ग्ात माघ १२ गते गाविसको परिषद सकेर घर र्फकने क्रममा सीतापुर गाविसका सचिव ईन्द्र बहादुर श्रेष्ठको अपहरण गरि हत्या गरिएको थियो ।

२७ सय बढीलाई निशुल्क प्रसुती सेवा

नेपालगन्ज, ६ असार ः भेरी अञ्चल अस्पतालले आमा सुरक्षा कार्यक्रम अन्तर्गत आव ०६६/०६७ को बैशाख महिनासम्म २७ सय १७ जना आमालाई निःशुल्क प्रसुती सेवा प्रदान गरेको बताएको छ ।
नेपाल सरकारले गर्भवती महिलाको लागि ल्याएको विशेष कार्यक्रम अन्तर्गतको आमा सुरक्षा कार्यक्रममा गर्भवती महिलाले सुत्केरी हुंदाको समयमा लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेपछि सो सेवा निःशुल्क प्रदान गरेको बताएको हो ।
नेपाल सरकारले सुत्केरी हुंदा लाग्ने बेडचार्ज, ब्लड, अप्रेसन, मेडिसिनलगायत सम्पूर्ण खर्च सुत्केरी हुन आउने आमालाई निःशुल्क दिने गरेको र घर र्फकदा यातायात वापत रु ५ सय समेत दिने गरेको छ ।
आईतवार भेरी अञ्चल अस्पतालले आयोजना गरेको आमा सुरक्षा कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रममा अस्पतालले दिने निःशुल्क सेवाहरुको बारेमा साथै अस्पतालले आमा सुरक्षा कार्यक्रम अन्तर्गत गरेको क्रियाकलापहरुको बारेमा जानकारी गराएको थियो ।
आमा सुरक्षा कार्यक्रमका लागि आव ०६६/०६७ मा आएको कुल १ करोड ५ लाख ७४ हजार रकम मध्ये स्वास्थ्य संस्थामा ६६ लाख ९५ हजार ५ सय र आमाहरुको लागि १३ लाख ३९ हजार रकम खर्च भईसकेको जनाएको छ ।
भेरी अञ्चल अस्पतालका प्रमुख विमल ढकालले नेपाल सरकारले गर्भवती महिलाले ४ पटकसम्म नियमित चेक जांच गराएवापत रु ४ सय उपलब्ध गराउने नियम बनाएपनि अझै सम्म सो रकम वितरण गर्ने वातावरण नमिलाएको बताए । कार्यक्रममा सहभागीहरुले यस क्षेत्रका दुर्गम गाविसबाट सुत्केरी हुन आउने आमाहरुलाई नेपाल सरकारले दिने रु ५ सय भत्ता अपुग भएको हुंदा त्यसलाई बढाउनुपर्ने सुझाव दिएका थिए ।

जोखिममा परेका बालबालिकालाई सहयोग

नेपालगन्ज, ६ असार ः जोखिममा परेका बालबालिकालाई सहयोग गर्न फातिमा फाउण्डेसनको सहयोगमा १७ सय ६४ रुपैया संकलन भएको छ । फातिमा फाउण्डेसनको शान्ति तथा पुनर्मिलनका लागि युवा कार्यक्रमले शुरु गरेको खुतुर्के अभियानबाट सो रकम संकलन भएको हो । आईतबार फातिमा फाउण्डेसनले एक कार्यक्रमको आयोजना गरी १८ वटा खुतुर्केबाट जम्मा भएको रकम सार्वजनिक गरेको हो ।
जम्मा भएको रकमलाई विभिन्न समयमा जोखिममा परेका बालबालिकालाई सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रमका सहसंयोजक सपना भट्टराईले बताईन् ।
उनले उक्त कार्यक्रम अन्तर्गत खुतुर्केलाई गाउं गाउंमा वितरण गरेर प्रत्येक दिन एक रुपैया खुतुर्केमा जम्मा गर्ने र महिनाको अन्तिम दिन सबै खुतुर्केलाई जम्मा गरी त्यसमा संकलन भएको रकम जोखिममा परेका बालबालिकहरुलाई सहयोग गर्ने बताए ।
कार्यक्रममा सभासद मोहम्दी सिद्दिकीले सबैको सहयोग र सद्भावले मात्र केहि गर्न सकिने भएको हुंदा खुतुर्के कार्यक्रममा सहभागी भईदिन सबैसंग आग्रह गरेकी थिईन् ।

'सहमतिले सरकारलाई बाधा'- मन्त्री पोख्रेल

नेपालगन्ज, ६ असार ः सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले तीन दलबिच जेठ १४ गते भएको सहमती कार्यान्वयन भएलगत्तै सरकारले राजिनामा दिने बताएका छन् । उनले भने- सरकारका लागि राजिनामा दिनु कुनै ठूलो कुरा होइन, तर त्यसको लागि बिकल्प पनि तयार गरेर देखाउन सक्नु परयो ।
बांकेको रांझा बिमानस्थलमा आईतवार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै संचारमन्त्री पोखे्रलले तीन दल विच भएको सहमति कार्यान्वयन नहुंदा मुलुकमा थप जटिलता उत्पन्न भएको बताए ।
उनले तत्काल सहमति कार्यान्वयन गर्न सकिन्छ, कि सकिदैन भन्ने कुरा स्पष्ट पार्न तिन दलसंग आग्रह समेत गरे ।
तिन दल बीचको सहमती कार्यान्वयन नहुंदा र सबैले आ आफ्नै तरिकाले सहमतीलाई ब्याखा गर्दा सरकारलाई काम गर्न अप्ठ्यारो भइरहेको बताउदै मन्त्री पोख्रेलले सरकार तिन बुंदे सहमती कार्यान्वयनमा सहयोग गर्न सधै तत्पर रहेको पनि उल्लेख गरे । सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोख्रेलले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमतीको सरकारको विकल्प नरहेको प्रष्ट पार्दै सो विकल्प दलहरुले नदिएसम्म सरकारले कुनै हालतमा राजिनामा नदिने बताए ।
उनले राष्ट्रिय सरकारको आवश्यकता परेको बेला बहुमतीय सरकारको पुनः अभ्यास भइरहेकोमा असन्तुष्टि प्रकट गर्दै भने-बहुमत प्राप्त सरकार त अहिले नै छदै छ नि । त्यसैको फेरी कसरत गरेर कसरी शान्ति र संविधान निर्माण हुन सक्छ ।
अब पनि बहुमतीय प्रणालीमा जाने हो भने संविधान र शान्ति प्रक्रिया नटुङ्गनिे दावी गर्दै उहाले बहुमतीय सरकारको कसरत नगर्न दलहरुलाई आग्रह पनि गरे ।
यस्तै सोही अवसरमा बोल्दै गृहमन्त्री भिम रावलले दलहरु बिच भएको राजनीतिक सहमतीको अपब्याखा गर्न छाडेर अविलम्ब कार्यान्वयन गर्न आग्रह गरेे । उनले सो सहमती कार्यान्वयन नहुंदा सरकारलाई नीति,कार्यक्रम तथा बजेटको तयारी गर्न समस्या भइरहेको बताए ।
उनले सहमती कार्यन्वयनको बाटो पर्खेर सरकारका नियमित काम कारवाही भने नरोकिने बताउदै सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बााकी नराख्ने बताए ।
पहिलेको तुलनामा अहिले मुलुकको शान्ति सुरक्षाको अवस्था धेरै राम्रो भएको दावी गर्दै उहाले सरकारलाई सहज तरिकाले काम गर्न नदिईएपनि सरकारले कानूनको राज्य स्थापनामा सफलता प्राप्त गरेको बताए ।

गर्मीका कारण दुधको अभाव

नेपालगन्ज, ६ असार ः अत्यधिक गर्मीका कारण भैसीको दुध दिने क्षमता घटेपछि बाँके र बर्दियामा दुधको अभाव सिर्जना भएको छ ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार, गर्मीका कारण हरियो घांसको कमी हुनु र भैसीको प्रजनन समय भएकाले दुध दिने क्षमता घटेको हो ।
तराईमा गर्मीयाममा घांस नपाइने र परालको भरमा मात्र पर्याप्त दुध दिने क्षमता घटेको कृषकहरुले बताएका छन ।
भैसीको दुध दिने क्षमता घटेपछि दैनिक १५ हजार लिटर दुध खपत हुने गरेको नेपालगन्जमा अहिले दुध आपूर्ति हृ्वात्तै घटेको छ ।
बांके र बर्दियामा भदौ महिनादेखि बैशाखसम्म चार हजार ५ सय लिटर दुध संकलन हुने गरेकोमा जेठ महिनापछि दुवै जिल्लावाट दैनिक ५०० लिटर दुध मात्र संकलन भइरहेको दुग्ध विकास संस्थान नेपालगंजले जनाएको छ । नेपालगन्जमा बर्दिया र भारतबाट समेत दुधको आपुर्ति भएपनि उपभोक्तको माग अनुसार दुध उपलव्ध गराउन सकिएको छैन । बाँकेमा दुध प्रशोधन गरि वितरण गर्ने दुग्ध सेवा केन्द्र सात वटा रहेका छन् ।

अपाङता भएकाको समस्या प्रति संवेदनशिल हुनु पर्ने

नेपालगन्ज, ६ असार ः बांकेका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले अपाङ्गता भएकाहरुको समस्यामा सबै संवेदनशील हुनु पर्ने बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा शान्ति प्रक्रियामा सक्रिय सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ दाहालले सो कुरा बताएका हुन् । प्रजिअ दाहालले अपाङ्गता भएकाहरुको समस्याका बारेमा सरकारी तवरबाट पनि पहल भईरहेको र यसतर्फ सबै निकायले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा सिप विकास तथा तालिम केन्द्रका केन्द्र प्रमुख जेण्टिल गौतमले अपाङ्ग पनि यो देशको नागरिक हो त्यसकारण अपाङ्गलाई पनि सपाङ्ग सरह व्यवहार गनर्ृ पर्ने बताए । अपाङ्ग शसक्तिकरण एवं संचार समूहको आयोजनामा भएको कार्यक्रममा जिल्ला कृषी विकास कार्यालयका राम प्रसाद गौतम, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि केशव गौतम, गैर सरकारी संस्था नेटवर्कका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सेना, हेण्डिीकेप इन्टिरनेशनलका अरुण बेल्बासे लगायतले बोलेका थिए ।
संचार समूहका नमस्कार शाहले संचालन गरेको कार्यक्रममा संचार समूहका निर्देशक देवीदत्त आर्चायले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि मासन्धि २००६ का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने समूहका कार्यवाहक अध्यक्ष इन्द्र शेरचनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Monday, June 21, 2010

बजेट निकासा नहुंदा पशु विकास कार्यक्रम प्रभावित

नेपालगन्ज, ५ असार ः जिल्ला पशु सेवा कार्यालय बांकेको सामूदायिक पशु विकास आयोजनाको तृतिय चौमाशिक बजेट निकासा नहुंदा पशु विकासको काम प्रभावित भएको छ ।
बांके जिल्लामा सञ्चालित सामुदायिक पशु विकास आयोजनाको करिव १५ लाख रुपैया रकम चैत महिनामा निकासा भईसक्नुपर्ने भएपनि असार लागिसक्दा समेत निकासा हुन सकेको छैन ।
चार- चार महिनामा अर्थ मन्त्रालयबाट निकासा हुनु पर्ने उक्त रकम अहिलेसम्म निकासा नभएपछि लक्ष्य अनुसार पशु विकास कार्यक्रम हुन सकेको छैन ।
समयमा रकम निकासा नहुंदा बाके जिल्लामा सञ्चालित सामुदायिक पशु विकास कार्यक्रम अन्तर्गत प्राविधिक सहयोग,औषधी उपचार,प्रचार प्रसार, पशु कृत्रिम गर्भपतन, नियमित खोप लगायतका काम प्रभावित भएको पशु सेवा कार्यालयका पशु चिकित्सक जनकराम भण्डारीले बताएका छन् ।
उनले रकम निकासाको लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको पनि जनाए ।
समयमा बजेट प्राप्त नभएपछि विभिन्न कार्यक्रम अलपत्र परेकोले पुन सुचारु गर्न समस्या हुने देखिएको छ ।

करेन्ट लागेर युवकको मृत्यु

नेपालगन्ज, ५ असार ः करेन्ट लागेर शनिवार बांके जिल्लामा एक जनाको मृत्यु भएको छ ।
शनिवार दिउंसो १२ बजेतिर घरमा बिद्युतको काम गरिरहेका बेला करेन्ट लागेर बाँके जिल्लाको उढरापुर गाउं बिकास समिति- ५ का ४५ वषिर्य विद्याराम कमारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनौली खजुराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धनौलीका अनुसार कमारको घटनास्थलमै मृत्यु भएको हो ।
विद्युतमा अहिले निकै कम भोल्टेज आईरहेकाले पनि पटक पटक तार लगायतमा मर्मत गर्नु परेकोले यस्तो अवस्था सृजना हुने गरेको स्थानीय वासिन्दाले बताएका छन् ।
जिल्लाका अन्य स्थानमा समेत बिद्युत आपूर्तिमा देखिएको समस्यालाई सर्वसाधारणले आफै समाधान गर्न खोज्दा असावधानी हुंदा करेण्टको शिकार हुनु परेको छ ।

गर्मी र खडेरीले आक्रान्त बांके, बर्दिया

नेपालगन्ज ५ असार ः केहि साता देखि पश्चिम तराइमा बढेको गर्मीले यस क्षेत्रका वासिन्दा आक्रान्त भएका छन् । दिन प्रति दिन गर्मी बढने क्रम जारी छ, जनजीवन कष्टकर बन्दै गइरहेको छ । यता खडेरीका कारण यस वर्ष कृषी उत्पादनमा ठुलो ह्रास आउने कृषी विज्ञहरु वताउंछन् ।
बांके र बर्दियामा अत्यधिक गर्मीले घर भित्रका सबै समान तातिएका छन् । कोठा भित्र पंखा चलाएर बस्दा खलखली पसिना आइरहेको हुन्छ । त्यतिमात्र होइन कुर्सी, टेबुलमा हात राख्दा होस या मोबाइल, टेलीफोन कानमा लगाउंदा होस् चसक्क पारेर आगोले पोलीएको जस्तो अनुभुती हुन्छ ।
दिन दिनै तापक्रम बढ्दो क्रममा छ । जल तथा मौषम विज्ञान विभाग काठमाण्डौंका अनुसार, शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४०.०२ डिग्री सेलसीयस पुगेको छ । गर्मीका कारण चार दिन अघि मात्र नेपालगन्जमा हिंड्दा हिंड्दै एक जनाको मृत्यु भएको छ ।
नेपालगन्जमा आजभोली रातको ११,१२ वजेसम्म मानिसहरु घरको छत माथि बसिरहेका हुन्छन् । गर्मीले घरका भित्ताहरु तातीने हुनाले राती अबेर मात्र कोठामा सुत्न आउने गरेको नेपालगंज - १ धम्बोझीकी सरिता केसी वताउंछिन् । 'पखंा चलायो भने तातो हावा फाल्छ । छत तातीएर सुत्नै सकिदैन ।-सरिता भन्छिन्- राती अली सितल हुन्छ त्यसपछि मात्र कोठामा सुत्न आउंछु ।
गर्मीले दिउंसो १२ वजेपछि नेपालगंजका बजार तथा सडकहरुमा आवत जावत गर्ने मानिसको संख्या ज्यादै न्युन हुन्छ । वाहिर हिंड्दा गर्मी र त्यसमा पनि तातो हावा वहने हुंदा जन जिवन निकै अस्त व्यस्त भएको छ । सहि नसक्नु गर्मी बढेपछि बजारमा एसी, कुलर, टेबल पखांको विक्री बढेको नेपालगन्जका इलेक्टूोनिक पसलहरुले वताएका छन् । ठेला, रिक्सा तथा टांगाहरु सवारी बोक्न छाडेर गर्मी छल्न रुखको छहारी मुनी बसेका हुन्छन् । भारत नानपार निवासी ओम प्रकाश मिश्र शनिवार दिउंसो नेपालगंज सुर्खेतरोड छेउमा रुख मुनी आफ्नै रिक्सा माथि आनन्दले सुतीरहेका थिए ।
१५ वर्ष देखि नेपालगन्जमा रिक्सा चलाउंदै आएका मिश्रले निन्द्राबाट ब्युंझियपछि भने-यहां रिक्सा चलाउन थालेको धेरै वर्ष भयो यस्तो गर्मी त कहिल्यै थाहा पाएको थिएन । रिक्सा चलाउन गयो भने बेहोस हुने गर्मी छ, पैसा भन्दा ज्यानको माया भयो नि । उनले गर्मीले गर्दा रिक्सा मजदुरको कमाइ घटेको वताए ।
नेपालगन्ज बजारको ठाउं ठाउंमा चिसो पेय पदार्थ, उखु, आंपको जुस, लस्सी विक्रीका लागि राखिएको हुन्छ । सडकमा हिंड्ने बटुवाहरु गर्मी कम गर्न त्यहि जुस, लस्सी पिउने गर्दछन् । गर्मी कारण तिर्खा लाग्न हुनाले कोकाकोला, फेन्टा, स्प्राइट लगायत चिसो पेय पदार्थको विक्री बढेको छ । चोक चोकमा ड्युटीमा खटीएका प्रहरीहरु पनि अत्यधिक गर्मी भएकाले सितल भएको ठाउंमा झुम्मि रहेका हुन्छन् । एक प्रहरीले भने-गर्मीले गर्दा ड्यूटी गर्नै गाह्रो भइसक्यो, सितल खोज्दै छहारी मुनी जानु पर्छ । गर्मीले व्यापारीक कारोबारमा समेत गिरावट आएको छ ।
नेपालगन्जका होटल व्यावसायीहरु पनि गर्मीको चपेटामा परेका छन् । दिउंसो प्रायःसबै रष्टुरेन्टहरु ग्राहक नआएकाले खाली हुन्छन् । नेपालगन्ज सुर्खेत रोडमा रहेको सिदार्थ रेष्टुरेन्टका संचालक कृष्ण भण्डारीले गर्मीले ग्राहकहरु नआउंदा ठुलो घाटा लागि रहेको वताउंछन् ।
गर्मीले व्यापारीक कारोबारमा समेत गिरावट आएको छ । 'गर्मीले मानिसहरुको हिंडडुल निकै पातलीएको छ कसरी कारोबार बढनु धेरै घटेको छ - व्यापारी प्रेम खड्काले भने । असारको पहिलो साता वितिसक्दा पनि बांके र बर्दियामा पानी नपर्दा कृषकहरुमा हाहाकार मच्चिन थालेको छ । खोला नालाहरुमा पानीको सतह निकै घटेको छ भने खडेरीले पानीको सतह तल गएकाले ठाउं ठाउंमा थुपै्र धाराहरु समेत सुकेका छन् ।
यस क्षेत्रमा पम्पीन्सेटबाट पानी चलाएर लगाएको धानका ब्याड सुकेर पहेंला भएका छन् भने मकैबाली पानी नपाएर सुकेर कक्रक्क परेका छन् ।

Thursday, June 17, 2010

महिला अधिकारमा जोड

नेपालगन्ज, ३ असार ः सक्रमणकालिन न्याय प्रदान गर्ने प्रकृयामा महिलाको सवाललाई प्राथामिकता दिनु पर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
युएनएफएको सहयोग तथा एड्भोकेसी फोरम नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जले गरेको संक्रमणकालिन न्याय र महिला विषयक क्षेत्रीय प्रशिक्षण कार्यक्रमका सहभागिले यस्तो बताएका हुन ।
द्वन्द्वको बेलामा घटेका मानवअधिकार उल्लंघन तथा ज्यादतिको शिकार अधिकांश महिला तथा बालबलिका भएकोले न्यायीक प्रकृयाको थालनी गर्दा सो प्रकृयामा अनिवार्य महिलाको सहभगिता बनाउनु पर्ने यस क्षेत्रका सरोकारवालाहरु एकमत भएका हुन ।
एड्भोकेसी फोरमका भुपेन्द्र खानलले द्वन्द्व प्रभावित महिला तथा बालबलिकाको समस्या पहिचान गरी उनीहरुलाई कसरी न्यायीक प्रकृयामा समावेश गराउन सकिन्छ भन्दै कार्यक्रमको आयोजना गरीएको बताउदै महिलाको समस्या महिलाले मात्र बुझ्ने भएकोले द्वन्द्वको बेलामा घटेका बिभिन्न घटनामा अनुसन्ंधान गर्ने निकाय महिला मुखि नभएसम्म महिलाले न्याय पाउन नसक्ने धारणा राख्नुभयो ।
क्षेत्रीय संयोजक सुशील लाखेले संक्रमण काल भन्दै कुनै पनि मानवअधिकारको ज्यादतिको घटनामा संलग्नले उन्मुक्ति पाउनु नहुने बताउनुभयो ।
तीन दिनसम्म चल्ने प्रशिक्षणमा अधिवक्ता विनु श्रेष्ठ, जितेन्द्र बोहरालागयतले सत्यनिरुपन तथा मेलमिलाप आयोग, संक्रमण कालिन न्यायीक प्रकृया, महिलाको न्यायमा पहुच लागयतका विषयमा प्रशिक्षण दिने बताईएको छ ।

नेपाल टीभीको कोहलपुर प्रशारण केन्द्र बन्द गर्ने निर्णय

नेपालगन्ज, ३ असार ः नेपाल टेलिभिजन सञ्चालक समितिले टेलिभिजनको कोहलपुरस्थित क्षेत्रीय प्रसारण केन्द्र बन्द गर्ने निर्णय गरेको छ ।
विकेन्दि्रत अवधारणा र संघीय संरचनाको बहस भैरहेका बेला सरकार नियन्त्रित टेलिभिजनले रजत वर्ष मनाइरहंदा एकमात्र क्षेत्रीय प्रसारण केन्द्र बन्द गराउन थालेको हो ।
१५ वर्षदेखि मध्य तथा सुदूरपश्चिम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउादै आएको क्षेत्रीय प्रसारण केन्द्र पुनःसञ्चालनको कुरा चलिरहंदा एक्कासी बन्द गर्ने निर्णय गरिएको टेलिभिजन श्रोतले जनाएको छ । क्षेत्रीय प्रसारण केन्द्रले मध्य तथा सुदूरपश्चिम क्षेत्रका बासिन्दालाई शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, विकास तथा समाचारलगायत हरेक प्रकारका सञ्चार सेवा पुर्‍याउंदै आएको थियो ।
क्षेत्रीय प्रसारण केन्द्र बन्द गर्ने निर्णय गरिएकोप्रति यस क्षेत्रका वासिन्दा दुःखी भएका छन् । क्षेत्रीय प्रसारण केन्द पुनःसञ्चालनका लागि यस क्षेत्रका स्थानीय वासिन्दा, उद्योगी, व्यापारी, राजनीतिक दलका प्रतिनिधिलगायतले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई भेटी पटक-पटक गराएको ध्यानाकर्षणको सुनुवाई गर्नुको सट्टा बन्द गर्ने निर्णय गरेर जनभावनाको अवमूल्यन गरिएको उनीहरुको भनाई छ ।
यस क्षेत्रमा सञ्चार सेवा पुर्‍याउन २०५३ सालमा स्थापना भएको केन्द्रले उत्पादन तथा प्रसारणका विभिन्न काम गर्दै आएकोमा २०६१ फाल्गुण १३ मा माओवादी आक्रमणपछि प्रसारण बन्द हुन पुगेको थियो । अन्तरिम व्यवस्थापिका संसदमा यसक्षेत्रका विधायकहरुले पटक-पटक आवाज उठाएपछि केन्द्रलाई पुनःसञ्चालन थालिएको थियो ।
श्रोतका अनुसार, २०६३ को टेलिभिजन सञ्चालक समितिले केन्द्रलाई समाचार संकलन तथा कार्यक्रम उत्पादन केन्द्रका रुपमा पुनःसञ्चालनमा ल्याउने निर्णय गरेअनुरुप तयारीका काम चलिरहेको थियो । तत्कालीन व्यवस्थापनको निर्णय कार्यान्वयन गर्ने क्रममा केन्द्रले मध्यपश्चिमको हालखबर नामक कार्यक्रम उत्पादन गरी केेन्द्रबाट प्रसारण गराउंदै आएको थियो भने ६ जना जनशक्ति व्यवस्थापन गरी समाचार संकलनको कामसमेत गर्दै आएको थियो । दक्ष जनशक्ति र उपकरणको अभावमा अपेक्षित निरन्तरता पाउन नसकेको केन्द्र पुनःसञ्चालनका लागि सहयोग
गर्न स्थानीय वासीसमेत तयार भएका थिए । निजी क्षेत्रका टेलिभिजन विकेन्दि्रत भैरहेका बेला नेपाल टेलिभिजनले कुनै पनि क्षेत्रमा आफ्नो व्यूरोसमेत खोल्न सकेको छैन ।
जनभावना विपरित आफ्नो क्षेत्रमा रहेको प्रसारण केन्द्र बन्द गर्ने निर्णय गरिएको थाहा पाएपछि स्थानीय वासीहरु आन्दोलनको तयारीमा छन् । कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले टेलिभिजन बोर्डले उक्त निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने बताए ।
मधेशवादी दलहरुले मधेशमा रहेको एकमात्र टेलिभिजन प्रसारण केन्द्र बन्द गरी यस क्षेत्रको विकासमा दोहोरो भूमिका निर्वाह गरेको टिप्पणी गरेका छन् । टेलिभिजनले विभिन्न भाषाभाषी र क्षेत्रलाई स्रंरक्षण दिनुको सट्टा केन्द्रीकृत गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । एक्कसी केन्द्र बन्द गर्ने निर्णय गरपछि करोडौंको भौतिक संरचना र महत्वपूर्ण उपकरण अलपत्र हुने भएको छ ।

गर्मीले पश्चिम नेपालमा १७ को मृत्यु

नेपालगन्ज, ३ असार ः अत्याधिक गर्मीका कारण हालसम्म मध्य र सुदुरपश्चिममा १७ जनाको मृत्यु भइसकेको छ भने समयमा पानी नपर्दा कृषकहरु साहै्र चिन्तित भएका छन् ।
अत्याधीक रुपमा बढेको गर्मीका कारण अहिलेसम्म पश्चिम नेपालमा मात्रै १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरु मध्ये ९ जनाको गर्मीका कारण पौडी खेल्ने क्रममा मृत्यु भएको छ भने ८ जनाको बेहोस भएर ज्यान गएको प्रहरी र मौसम विभागले जनाएको छ ।
मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार अत्याधीक रुपमा बढेको गर्मीका कारण पौडि खेल्न गएका दाङमा २ बालीका, कैलालीमा १ युवक, अछाममा एक शिक्षक र सुेर्खेतमा एक बालिकाको ज्यान गएको थियो ।
त्यसै गरी गत हप्ता मात्रै डोटीको कालासैनमा पौडी खेल्ने क्रममा एकै घरका २ भाइलाई खोलाले बगाएकोे थियो भने कञ्चनपुरको बेलझुन्डीमा २ जनाको पनि पौडि खेल्ने क्रममै ज्यान गएको जल तथा मौसम बिज्ञान बिभागले जानकारी दिएको छ । यसै गरी लामो खडेरी संगैको गर्मीका कारण बेहोस भएर मध्य तथा सूदुरपश्चिममा गरी ७ जनाको ज्यान गैसकेको पनि मौसम बिभागले जानकारी दिएको छ ।
पछिल्लो पटक गर्मीका कारण बेहोस भएर बुधवार मात्र नेपालगन्ज १४ का गोपाल कांदुको मृत्यु भएको थियो ।
यस्तै गर्मीकै कारण पश्चिम नेपालका अस्पतालहरुका दिनदिनै बिरामीहरुको चाप समेत बढ्दै गएको बिभागले जनाएको छ ।
पानी परेपछि खेतीपाती गर्नेे आसमा बसेका पश्चिम नेपालका किसानहरु लामो समयसम्म पनि मनसुन सुरु नंहुदा साहै्र चिन्तीत बनेका छन ।
जल तथा मौसम बिज्ञान बिभागका अनुसार फाटफुट रुपमा तत्कालै पानि परिहाले पनि मनसुन सुरु हुन भने अझै करिब १ हप्ता लाग्ने छ । केही दिन अघि देखी मुलुकका केही क्षेत्रमा फाटफुट रुपमा पानी परेपनि खेती लगाउने गरी पानी नपर्दा यस्तो समस्या आएको हो । नेपालगन्ज्ा लगायतका क्षेत्रमा यस बर्ष करिब ४५ डिग्री सेल्सीयस भन्दा बढी तापमान पुगीसकेको छ ।
बरिष्ठ मौसमबिद राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार बिहार बंगालको मनसुनी प्रभाव र नेपालको उच्च वायुमण्डलमा पश्चिमी वायुले बढी असर गरेका कारण मनसुनमा ढिलाई भएको हो । उनका अनुसार अबको करिब एक हप्तामै पुर्बी वायु पश्चिमतिर फकिर्ने निश्चित भएकाले चाडै मनसुन सुरु हुने छ ।

आन्तरिक राजस्वको छापा

नेपालगन्ज, ३ असार ः आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बांकेको विभिन्न ठाउंमा छापा मारेर ८४ थान वियर समातेको छ ।
बिहिबार कार्यालयका कर अधिकृत यम प्रसार ढुंगानाको नेतृत्वमा गएको टोलीले छापा मार्दा इजाजत पत्र नलिई व्यवसाय गरेको पसलहरुबाट सो सामानहरु फेला पारेको हो ।
केही समय यता आन्तरिक राजस्व कार्यालयले इजाजत पत्र र प्यान नम्बर नलिई पसलहरु संचालन गर्नेहरुको अनुगमन गरिरहेको र सो पसलहरुलाई बारम्बार कार्यालयमा आई ईजाजत पत्र लिन अनुरोध गर्दा पनि नलिएको हुंदा छापा मारेको बताइएको छ ।
छापा मारिएका सामानहरु मुचुल्का गरी कार्यालयमा बुझाइ सकेको कार्यालयका प्रमुख शिव कटुवालले जानकारी दिए । कार्यालयले केही समय यता छापा मार्ने कार्यलाई तिव्रता दिएको छ । नेपालगन्जको आन्तरिक राजस्व कार्यालय गएको ०६६,०६७ आवमा अधिराज्य भरीका २२ वटा आन्तरिक कार्यालय मध्ये राम्रो काम गरेको भन्दै प्रथम भएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते

कोहलपुर, ३ असार ः बांकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालय अगाडि मोटरसाईकलको ठक्करबाट एक महिला घाईते भएकी छन् ।
नेपालगञ्जबाट कोहलपुर चौराहा तर्फ आउदै गरेको लु ७ प ८२९७ नम्बरको मोटरसाईकलको ठक्करबाट मुगु श्रीनगर ४ कि ५७ बषिर्या लक्ष्मि हितान घाईते भएकी हुन् ।
घाईते हितानको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । भने ठक्कर दिने मोटरसाईकल र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

मदरसामा रिक्शा वितरण

नेपालगन्ज, २ असार ः मदरसामा गुणस्तरीय शिक्षाका लागि संस्थागत मूलप्रभावी कार्यक्रम अन्तर्गत नेपालगन्जको दारुल उलुम गुलसने मदिना मदरसालाई पांच थान रिक्सा उपलव्ध गराइएको छ ।
बांके युनेस्को क्लबले संचालन गरेको सो कार्यक्रम अन्तर्गत उपलव्ध रिक्सा संचालनवाट प्राप्त आम्दानी मदरसामा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गरिने कार्यक्रम संयोजक खुसीराम चौधरीले बताए । बांकेका पांच गाविस र नगरपालिकाको १५ मदरसाका लागि संचालित सो कार्यक्रम अन्तर्गत विहिबार नेपालगन्जमा अर्को मदरसा अहयाउल उलुमलाई पनि पांच रिक्सा प्रदान गरिने जनाइएको छ ।
बुधवार गरिएको एक कार्यक्रममा क्लबका सल्लाहकार निरज गौतमले दारुल उलुम मदरसाका प्रधान अध्यापक मोहम्मद नसरुद्धिन अन्सारीलाई रिक्साको सांचो र कागजात हस्तान्तरण गरे ।
पांच कक्षासम्म अध्यापन हुने सो मदरसामा हाल १ सय १ छात्र र १ सय ९ छात्रा गरि २ सय १० विद्यार्थी अध्यनरत रहेका छन । बांकेमा रहेका कूल १ सय २७ मदरसा मध्ये जिल्ला शिक्षा कार्यालयमा ९६ मदरसा दर्ता भएको बताइएको छ ।

संचारको विकास स्थानीय तहबाटै हुनुपर्ने माग

नेपालगन्ज, २ असार ः संचार गृह तथा संचार संस्थाकोे भौतिक तथा आर्थिक विकास र सेवा सुधारका लागि स्थानिय तहवाट प्रयास थालिनु पर्नेमा बुधबार आयोजित कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।
संचार सम्बन्धि स्थानिय समन्वय समिति हुलाक कार्यलय नेपालगन्जले आयोजना गरेको 'बांके जिल्लाको संचारस्थिति र गर्नु पर्ने सुधार' विषयक गोष्ठीका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्लाको समग्र अवस्था, आम संचार, लोक कल्याणकारी विज्ञापनको कार्यन्वयन, न्युनतम पारिश्रमिक, हुलाकको प्रभावकारी र टेलिकमका समस्या लगायतका विषयमा सहभागि
पत्रकारहरुबिच छलफल भएको थियो । बांकेका संचार संस्थाहरुले भोग्नु परिरहेको समस्या समाधानका लागि
सरकारले स्पष्ट संचार नीति निर्माण गर्नु पर्ने सुझाव समेत दिएका थिए ।
कार्यक्रममा समन्वय समितिका संयोजक तथा हुलाक अधिकृत केशरसिंह माझीले संचारको स्थिती र सुधारका विषयमा अवधारणपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्र र समग्र संचारको अवस्थाको बारेमा समन्वय समितिका सदस्य झलक गैरे, पे्रस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, पत्रकारहरु हेमन्त कर्माचार्य, निरज गौतम, तुला अधिकारी, अछरी पोख्रेल, मो.हारुन लगायतले बोलेका थिए ।

गर्मीले एक युवकको मृत्यु

नेपालगन्ज, २ असार ः अत्याधीक गर्मीका कारण बुधवार दिउंसो नेपालगन्जमा एक युवकको मृत्यु भएको छ ।
स्थानीय सेतुविक चोकबाट सदरलाईनतर्फ हिंडेर आइरहेका नेपालगन्ज १४ का गोपाल कांदु बुधवार दिउसो एक्कासी न्यूरोडस्थित स्वस्तिक होटेल नजिक सडक छेउमा ढलेका थिए ।
करिब ३० बषिर्य कांदुको मुखबाट सडकमा ढले लगतै अत्याधीक फिज आएपछि स्थानियबासीहरुले सितलमा लगेर सुताए पछि उनको मृत्यु भएको थियो । घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुगेका वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक मुकुन्द रिजालले कांदुको मृत्यु मिर्गी आएर वा अत्याधिक गर्मी मध्ये कुनै एक कारणले भएको हुनसक्ने बताए ।
उनले तत्काल प्रहरी घटनास्थलमा पुगेपनि कांदुलाई बचाउन नसकिएकोमा दुख ब्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा फांटको टोलीले आएर मुचुल्का गरेर शवलाई भेरी अन्चल अस्पतालमा पुरयाएसम्म कांदुको सनाखत हुन सकेको थिएन भने पछि उनको सनाखत भएको थियो ।
कांदुको शवलाई पोष्टमार्टमपछि उनका आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।

२२ वटा सवारी साधनलाई कार्वाही

नेपालगन्ज, २ असार ः जिल्ला ट्राफिक कार्यालय बांकेले बुधबार चेक जांचका क्रममा २२ वटा सवारी साधनलाई कार्वाही गरेको छ ।
बांकेको सानो खजुरा र धनौली चौकी नजिक गरेको चेक जांचका क्रममा छतमा सवारी राखेर चलाएको सवारी साधन र लाइसेन्स नभएका
सवारी साधनहरुलाई कार्वाही गरेको प्रहरीले जनाएको छ ।
कार्वाहीमा मोटरसाईकल, बस, जिप र ट्रक रहेका छन् । विना लाइसेन्स सवारी साधन चलाउनेलाई र छतमा सवारी राखेर चलाउने सवारी साधनलाई नियन्त्रणमा लिन चेक जांच गरिएको बताइएको छ ।
जिल्ला ट्राफिक कार्यालय, बांकेका प्रहरी सहायक निरिक्षक चक्रदेव भट्टको नेतृत्वमा गएको टोलीले चेक जांचकै क्रममा १५ सय ७५ रुपैयंा राजस्व संकलन गरेको बताएको छ । जिल्लामा अनाधिकृत रुपमा भन्सार छलेर चोरी पैठारीका सवारी साधनहरु सीमा सुरक्षाले समात्न थालेपछि जिल्ला ट्राफिक कार्यालयले चेक जांचको कार्यलाई तिव्रता दिएको छ ।

१७ लाख राजस्व संकलन

नेपालगन्ज, १ असार ः वाणिज्य कार्यालय नेपालगञ्जले पछिल्लो ११ महिनाको अबधिमा १७ लाख मुल्य बराबरको राजश्व संकलन गरेको छ ।
२०६६ साउन देखि २०६७ जेठ मसान्त सम्म जिल्लाका बिभिन्न पसलहरुको अनुगमनबाट कार्यालयले राजश्व संकलन गरेको हो ।
निजी फारम दर्ता नगरि पसल संचालन गरेको र म्याद नाघेका बस्तुहरु बिक्री वितरण गर्ने पसलहरुबाट राजश्व असुल गर्ने क्रम जारी रहेको बाणीज्य कार्यालयका देवीप्रसाद श्रेष्ठले जानकारी दिए ।
बाँकेका बजारहरुमा अखाद्य बस्तुको बिक्रि, म्याद नाघेका औषधी तथा अन्य पेय पदार्थको बिक्रि बढेको गुनासो चारैतिरबाट आएपछि पछिल्ला दिनमा आएर सो कार्यालयले बजार अनुगमन कार्यलाई तिव्रता दिएको थियो ।
बजार अनुगमन बढ्दै जाँदा स्थानीय व्यवसायीहरुले आ आफ्नो पसलमा तदारुकताका साथ खाद्य सामाग्री लगायतमा चनाखो भएर राख्न थालेका छन् । उनिहरुले पसलमा मूल्यसूचि राख्ने सोच बनाएका छन् ।

ग्रीनपीस मावि विजयी

कोहलपुर, १ असार ः अखिल नेपाल फुटबल संघको आयोजनामा विहीबारदेखी शुरु भएको 'कोकाकोला अन्तर मावि छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता २०६७' को मंगलबारको खेल गि्रन पिस माविले जित्न सफल भएको छ ।
बोटलर्स नेपाल प्रालीको प्रायोजनमा शुरु भएको प्रतियोगितामा छात्रतर्फकोे मंगलबार भएको खेलमा गि्रनपिस माविले दिप ज्योती माविलाई ट्राई बे्रकरमा २ गोलका विरुद्ध ४ गोल गरेर गि्रनपिसले खेल जित्न सफल भएको हो ।
गि्रनपिस मावि र दिप ज्योतीबीचको खेलमा निर्धारित समयभित्र दुवै समूहबाट कुनै पनि गोल नभएपछि टूाई बे्रकरमा गि्रन पिस माविले ४ गोल र दिप ज्योती माविले २ गोल गरेको संघका महासचिव लोक थापाले जानकारी दिए ।
प्रतियोगितामा विजयी हुने छात्र र छात्राको समूहले काठमाण्डौंमा हुने प्रतियोगितामा सहभागी हुन पाउने छ । काठमाण्डौंमा हुने प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, प्रथम उपविजेताले १ लाख, द्धितिय उपविजेताले ४० हजार र तृतिय उपविजेताले २५ हजार पुरस्कार पाउने छन् । कोहलपुरमा शुरु भएको प्रतियोगिता यहि असार ३ गतेसम्म सञ्चालन हुने छ भने प्रतियोगिताको फाइनल खेल भने नेपालगन्जमा हुने जनाइएको छ ।

अन्तरालको सांगितिक श्रृंखलामा रुपाखेती

नेपालगन्ज, १ असार ः नेपालगञ्जका युवा गजलकार राजन रुपाखेती अन्तरालको जेठ श्रृंखलामा प्रस्तुत भएका छन् । मासिक रुपमा संगीत श्रृंखला गर्दै आएको अन्तरालको जेठ श्रृंखलामा पहिलो पटक रुपाखेतीले गीत गाएका थिए ।
मानवीय सम्बन्ध र प्रेमलाई गजलको माध्यमबाट कलात्मक अभिब्यक्ति दिंदै आएका रुपाखेतीले गायनका लागि छनौट गरेको गीत 'मैले गाएको गीतमा तिम्रै हंसिलो मुहार छ, मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ' ले दर्शकलाई यथेष्ठ मनोरन्जन दिएको थियो । कवि भूपि शेरचनद्वारा लिखित उक्त गीत गाइरहंदा मन्त्रमुग्ध बनेका दर्शकहरुलाई राजनले पहिलो पटक स्टेजमा गायनकालागि आएको भन्ने छनक नै महसुस हुन दिएनन् ।
गायक दीपक सल्मानी, गायिकाद्वय नम्रता पन्त र रेश्मा केसीले समेत अन्तरालको जेठ श्रृंखलामा स्वर दिएका थिए । तवलामा भरत थापा, गिटारमा निता गुरुङ्ग र प्रतीक देवकोटा तथा इफेक्टमा कृष्ण केसीले साथ दिएको यस श्रृंखलामा ९ आधुनिक गीतहरु प्रस्तुत गरिएको थियो ।
हरेक नेपाली महिनाको अन्तिम शनिवार मासिक रुपमा नेपालगञ्जमा संगीत श्रृंखला सञ्चालन गर्दै आएको अन्तरालले जेठको श्रृंखला ३१ गते अन्तराल भवन बुलबुलियामा आयोजना गरेको थियो ।

Tuesday, June 15, 2010

दिप ज्योती सेमिफाइनलमा

कोहलपुर, ३१ जेठ ः बाँकेको कोहलपुरमा जारी मध्यपश्चिम क्षेत्र स्तरिय कोकाकोला कप अन्तर माबि छात्र छात्रा फुटवलमा सोमबार बिहान भएको छात्रा तर्फको सेमीफाइनल खेलमा दिप ज्योति मा. वि फाइनलमा प्रवेश गरेको छ । सागरमाथा ज्ञानपुञ्ज्ा र दिप ज्यति मा.वि. बीच भएको खेलमा दुबै समुहले निर्धारित समय तथा थप समयमा पनि कुनै गोल गर्न नसकेपछि पेनालटीको अधारमा ४ गोल गरी दिप ज्योति फाइनलमा प्रबेश गरेको थियो ।
दिप ज्योति मा.वि.को तर्फबाट भद्रकला वि.क, पुनम राना, इन्दिरा पुन, नन्दनी पुनले १/१ गोल गरी आफ्नो समुहलाई विजयी बनाएका थिए ।
बाँके जिल्ला फूटबल सङ्घले आयोजना गरेको प्रतियोगीताका लागी नेपालगन्ज र कोहलपुर गरी २ केन्द्र तोकिएको छ ।
दुवै ठाउँमा विहान र बेलुका खेल सञ्चालन भइरहेका छन् ।

ठगी गरेको भन्दै कार्यालय घेराउ

कोहलपुर, ३१ जेठ ः सहयोग एन्ड बिकाश कम्पनिले ठगी गरेको बताउदैै कोहलपुरका ग्राहकहरुले शाखा कार्यालय घेराउ गरेका छन ।
सो कम्पनीले ठगी गरेको जनाउदै आक्रोशित भएका ग्राहकहरुले सोमवार उक्त कम्पनिको एक भ्यानको टायर निकालेर भ्यान,समेत नियन्त्रणमा लिएका छन ।
सहयोग एण्ड बिकाश कम्पनिले एक जना ग्राहकबाट ६ हजार ५ सय रुपैयांका दरले रकम उठाएको उनिहरुले बताएका छन् । साथै सो कम्पनिले एक जना ग्राहक बनाए बाफत रु ५०० कमीशन दिने समेत जनाएको थियो ।
सरकारले नेटवर्किङ ब्यबसायमा प्रतिबन्ध लगाएपछि सो कम्पनिले इलेक्ट्रोनिक्स सामानमा कारोबार गर्ने बताएको थियो । कोहलपुर क्षेत्रमा मात्र सो कम्पनिका ३०० जना ग्राहक रहेको बताईएको छ ।
यसैबिच इलाका प्रहरी कार्यालय कोहलपुरले कम्पनि संचालकलाई प्रकाउ गरेको छ । यस बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक रुपेश रावलले बताए ।

वातावरण संरक्षणमा जोड

नेपालगन्ज, ३१ जेठ ः घरेलु तथा साना उद्योग कार्यालय बांके र बर्दियाको आयोजनामा औंधिगिक विकास र वातावरणीय सचेतना सम्बन्धी १ दिने गोष्ठि सोमबार नेपालगन्जमा सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बांकेका प्रमुख उद्योग अधिकृत डण्डपाणि भुसालको अध्यक्षतामा सञ्चालन भएको उक्त गोष्ठिको उद्घाटन बांकेका बन अधिकृत श्याम प्रसाद शर्माले गरेका थिए ।
सो गोष्ठिमा घरेलु तथा साना उद्योग कार्यालय बांकेका प्रमुख उद्योग अधिकृत डण्डपाणि भुसाल र महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका सह-प्राध्यापक डा. कविप्रसाद पोख्रेलले दुई वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथी उपभोक्ता महासंघ बांकेका अध्यक्ष डा. नारायणप्रसाद सुवेदी, वातावरण सञ्चारकर्मी विष्णु प्रसाद तिमिल्सीना, निमित्त स्थानीय विकास अधिकारी हिरामणि सुवेदीले टिप्पणी गरेका थिए भने महिला विकास अधिकृत शोभा शाह, घरेलु तथा साना उद्योग महासंघ बांकेका अध्यक्ष जीवनाथ सापकोटा, घरेलु तथा साना उद्योग महासंघ वर्दीयाका अध्यक्ष लिलामणि सुवेदी लगायतले बांके वर्दीया जिल्लामा स्थापीत उद्योगहरुले मैत्री पद्धती अपनाई वातावरण संरक्षणप्रति सचेत हुनुपर्ने वताएका थिए ।

राहत वितरण

नेपालगन्ज, ३१ जेठ ः बांकेको राप्ती पारीका अग्नी पीडितहरुलाई बागेश्वरी असल शासन क्लब -वास) ले सोमवार राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ ।
राप्ती पारीको नरैनापुर गाविसको वार्ड नं. ५ र ६ का करिब २५ घर परिवारलाई बासले लत्ताकपडा वितरण गरेको हो ।
नरैनापुरको प्रहरी चौकीमा भएको राहत वितरण कार्यक्रममा बांकेका निमित्त प्रमुख जिल्ला अधिकारी रेशम बहादुर पाण्डे, अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक जयबहादुर चन्द र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक महेश विक्रम शाहले अग्नी पीडितहरुलाई ५ सय वढी लत्ताकपडा वितरण गरेका थिए । सो अवसरमा बासका वरिष्ठ उपाध्यक्ष ईश्वर विक, निर्देशक नमस्कार शाह र केन्दि्रय सदस्य रिता कोईरालाको उपस्थिती रहेको थियो ।

रक्तदाताहरु सम्मानित

नेपालगन्ज, ३१ जेठ ः विश्व रक्तदाता दिवस सोमबार बांकेमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
सो दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीमा दिनभर खुला रक्तदान कार्यक्रम सम्पन्न भयो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी, बांकेले रक्तदाता उत्प्रेरणा तथा रक्तदान अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा रक्तदाताहरुको योगदान र आउने दिनहरुमा उनीहरुले गर्ने भूमिकाको बारेमा छलफल भएको थियो । छलफलमा रक्तदान गर्न रक्तदाताहरुलाई उत्प्रेरणा गराउन रक्तदाता संगठनको आवश्यकता भएको हुंदा त्यसतर्फ रक्तदाताहरुले पहल गर्नु पर्नेमा जोड दिइएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका केन्दि्रय उपाध्यक्ष अजित कुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १० पटक भन्दा बढी रक्तदान गर्ने २१ जना रक्तदाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने २५ पटक भन्दा बढी रक्तदान गर्ने ८ जना रक्तदाताहरुलाई रेडक्रस सोसाइटीको आजिवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । सोसाइटीका अध्यक्ष गोबर्द्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोसाइटीका उपसभापति शान्ति श्रेष्ठ, मन्त्री अरुणलाल श्रेष्ठ, उपमन्त्री अजीज अहमद सिद्दिकीलगायतले मनतव्य दिएका थिए । अन्तरक्रियामा सोसाइटीका वरिष्ठ अधिकृत ईश्वर रेग्मीले विश्व रक्तदाता दिवस र रक्तदाता उत्प्रेरणा कार्यक्रमको सन्दर्भमा प्रकाश पारेका थिए ।
यसै अवसरमा बागेश्वरी असल शासन क्लब -बास) ले रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान गर्नेहरुमा टिका वोहरा, अनिता वोहरा, तृष्णा वोहरा, लोकेन्द्र राणा, अमरेश प्रताप सिंह लगायतले रक्तदान गरेको संयोजक प्रतिमा महत्ाले बताए ।

दुर्घटनामा परी २३ घाइते,केही गम्भीर

बर्दिया, ३१ जेठ ः बांके, बर्दिया र सुर्खेतमा भएका छुटटा छेटटै दुर्घटनामा परि २३ जना घाईते भएका छन् । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
बर्दियाको चिसापानी खण्डमा सोमवार बिहान एक यात्रुवाहक बस दुर्घटना हुदा २१ जना यात्रु घाइते भएका छन ।
काठमाण्डौबाट महेन्द्रनरतर्फ जादै गरेको ना ३ ख ३८८२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको बर्दिया प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घटनामा परी घाइते भएका सबैको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । घाइते मध्ये दुई जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सुर्खेत र बांकेको सीमानामा पर्ने चिसापानी आर्मी ब्यारेकको दुई किलोमिटर उत्तरमा आइतवार राती कार र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन ।
बुटबलबाट सुर्खेत तर्फ आउदै गरेको लु १ च ३०९२ नम्बरको कार र भे २ प ४५३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक सुर्खेत इतराम २ का ३० वषिर्य प्रकाश खड्का गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते खडकालाई शिक्षण अस्पताल कोहलपुरमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

तर्सिन थाले राप्ती किनारका बासिन्दा

नेपालगन्ज, ३१ जेठ ः होलिया गाविस ८ खडैचाका रवि शुक्लालाई यस पालिको वषर्ाले पुनः डुबाउने भयो भन्ने शंकाले मन पिरोल्न थालेको छ । हरेक वर्षको वषर्ामा आउने बाढीका कारण राप्ती पारीका ६ वटा गाविसलाई प्रभावित पार्ने भएको हुंदा शुक्लालाई अहिले चिन्ताले सताउन थालेको हो ।
वषर्ा नजिकिदै गर्दा राप्ती पारीका सर्वसाधारण कहिले बाढी आउने हो र डुबाउने हो भनेर दिन गनेर बस्न बाध्य छन् । आकासमा बादल गर्जियो भने पनि उनीहरु अब पो केही हुने हो कि भनेर डरले चिन्तित हुने गर्छन् ।
सोही गाविसका नन्नु यादवलाई पनि शुक्लालाई जस्तै चिन्ता छ । पोहोर सालको बाढीले मेरो घर जग्गा सबै बगाएर लग्यो र म विस्थापित हुन बाध्य भए,- नन्नु यादव दुखी हुदै भन्छन्-अब यस पालि पनि त बाढीले बगाउने त होला नि ।
गएको वर्ष आएको बाढीले राप्ती पारीका ६ गाविस होलिया, बेतहनी, वनकटी, फत्तेपुर, गंगापुर र मटहैयाका करिब २५ हजार भन्दा बढी बासिन्दा प्रभावित भएका थिए भने १२ हजार भन्दा बढी सर्वसाधारणले विस्थापित हुनु परेको थियो ।
लक्ष्मणपुर बांध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाका अनुसार राप्ती पारीका जनता हरेक वर्ष आउने बाढीका कारण डुबान, कटान र पटानको समस्याले पीडित छन् । वर्षेनी आउने बाढीले खेती योग्य जमिन कटान गरेर लैजाने हुंदा प्रमुख समस्याको रुपमा खाद्य संकटबाट गुज्रीनु परेको छ । बाढीका कारण त्यहांका जनतामा भोकमरी, विभिन्न रोगको संक्रमण देखा पर्ने गर्छ । बाढी नियन्त्रणका लागि आएको जनताको तटबन्धन कार्यक्रमले पनि कुनै प्रभाव नपार्ने सचिव शुक्लाको भनाई छ । उनका अनुुसार १ वर्ष पुग्न लागि सक्दा पनि उक्त कार्यक्रमले मात्र नदिको किनारमा बास गाडने काम बाहेक अरु केही काम गर्न सकेको छैन । ढुंगाले रोक्न नसक्ने बाढी के बांसले रोक्न सक्छ भनि शुक्लाले सरकारलाई प्रश्न गरे ।
जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर नारायण प्रसाद सुवेदीका अनुसार लक्ष्मणपुर बांधको समस्या राष्टिय समस्या भएको हुंदा नितिगत तहबाट समाधान निकाल्नु पर्ने बताए । उनले भारतले बनाएको कलकलवा बांध प्रमुख समस्या भएको बताउदै आफूहरुले यस पालि कम्तिमा पनि बाढीले कटान नहोस भनेर काम गरिरहेको बताए ।

छोराद्वारा आमाको हत्या

बर्दिया ३० जेठ ः बर्दियाको कणर्ाली पारी छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । मनाउ गाविस-१ गुप्तीपुर निवासी २६ बषिर्य वुद्धिराम मगरले ६५ बषिर्या आफ्नी आमा धनिपुन मगरको आइतबार बेलुका बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक कमल रजौरेका अनुसार, मदिरा सेवन गरेका वुद्धिरामले घांटीमा बञ्चरो प्रहरी गरी आमाको हत्या गरेका हुन् । वुद्धिरामले आमासंग झगडा गर्दै बञ्चरोले हानेको प्रहरी निरिक्षक रजौरेले जानकारी दिए ।
आमाको हत्या गर्ने वुद्धिरामलाई इलाका प्रहरी कार्यालय पाताभारले हिरासतमा लिएको छ ।

अपाङ्गले सभासद्लाई भेटे

नेपालगन्ज, २० जेठ ः मध्यपश्चिमका अपाङ्गता भएका व्यक्तिहरुले सभासद सन्ध्या देवसंग बन्न लागेको संविधानमा अपाङ्गता भएकाहरुको अधिकार सुनिश्चितताको माग गरेका छन् ।
सभासद सनध्या देव गृह जिल्ला नेपालगन्ज आएको अवसर पारि भेटका क्रममा उनीहरुले अपाङ्गहरुलाई राज्यले नेपाली नागरिकको दर्जा नदिएको गुनासो गरे । भेटेका अपाङ्गहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गराउन ति अधिकारहरुलाई संविधानको मौलिक हकमा नै लेखिनु पर्ने माग राखेका थिए ।
सुर्खेतकी शोभना खड्काले अपाङ्गका सवालमा राज्य कत्तिपनि गम्भिर नभएको गुनासो गर्दै भनिन -'राज्यले अपाङ्गहरुलाई दिने सेवा सुविधाहरु उटको मुखमा जिरा भएको छ । अपाङ्गलाई सुविधा दिएको छ त भन्छ, तर कतैपनि अपाङ्गहरुले सेवा सुविधा पाएको छैन । '
उनले उच्च शिक्षामा बे्रन लिपिको व्यवस्था नहुंदा उच्च शिक्षा हासिंल गर्न अपाङ्गहरुले सुनेकै भरमा अध्ययन गर्नु बाध्यता रहेको बताइन् । बर्दियाका कृष्ण बहादुर क्षेत्रीले राज्यले अपाङ्गहरुको लागि शिक्षा निःशुल्क गरेको भनिएपनि अपाङ्ग विद्यार्थीहरुले निःशुल्कको नाममा विभिन्न वहानामा शुल्क तिरेर अध्ययन गरेको बताए ।
पयूठानकी शान्ता खनालले अपाङ्गता भएकाहरुको लागि आफूहरुले विभिन्न कार्यक्रम गरेको भएपनि दुर्गम जिल्ला भएको कारण आफूहरु सबै गाविसमा पुग्न नसकेको बताईन । उनले दुर्गम जिल्लाका अपाङ्गहरुको समस्यालाई राज्यले विशेष प्रकारले हेरिनुपर्ने माग राखिन ।
मगुका झक्कु प्रसाद पोख्रेलले भने सभासद देवसंग अहिलेको संविधानमा अपाङ्गता भएकाहरुको लागि राज्यले कस्तो कार्ययोजना अघि सारेको छ भन्ने जिज्ञासा राखे ।
कालिकोटका अमर सिंह शाहीले आफूहरु अपाङ्ग भएपनि सपाङ्ग सरह काम गरिरहेको भन्दै आफ्नो जिल्लाका अपाङ्गहरुको लागि जनचेतनामुलक तालिमहरुको आवश्यकता रहेको, अपाङ्गहरुले प्रयोग गर्ने सहायक सामग्रीहरुको अभाव भएको हुंदा ति आवश्यकता पुराउन पहल गर्नु पर्ने माग राखे ।
भेटका क्रममा अधिकांश अपाङ्गता भएका ति व्यक्तिहरुले आफूहरुलाई राज्यले गांस, बांस र कपासको व्यवस्था गरिनु पर्ने बताए । आफ्ना मागहरुलाई बन्न लागेको संविधानमा जसरी भएपनि सम्बोधन गराउनु पर्छ भन्ने उनीहरुले माग राखे ।
मध्यपश्चिमका ति अपाङ्गता भएकाहरुको माग सुनेपछि सभासद देवले आश्वासन बाहेक केहि दिन सकिनन् । उनले जसरी भएपनि ति मागहरुलाई सम्बन्धित निकाय समक्ष पुर्‍याउने बाचा गरिन् । अपाङ्गहरुको माग जायज भएको भन्दै ति मागहरु पुरा गर्ने जिम्मेवारी आफ्नो भएको सभासद देवले बताईन ।

गर्मीले ठाउँ-ठाउँमा आगलागी

नेपालगन्ज ३० जेठ ः अत्यधीक गर्मी र लामो समयसम्म वषर्ा नहुंदा ठाउं-ठाउंमा आगलागि भइरहेका छन् । घामले तातेको छाना र तिब्र रुपमा बहने हावाले एउटा घरमा आगलागि भएमा गाउंनै सखाप हुने गरेको छ ।
बारुण यन्त्रको कमी, विकट ठाउं आदिका कारण आगलागि शुरु भएको छिनभरमै घर ध्वस्त हुने गरेका छन् । ह्वार ह्वार आगो दन्किदां घर भित्र भएको कुनै पनि सामागि्र निकाल्न नपाउंदै सबै जलेर खरानी बन्न जान्छ र पीडितलाई सांझ विहान दुइ छाक टार्न निकै समस्या पर्छ ।
प्रायः गरिब, दुःखी नै आगलागीको मारमा पर्ने गरेका छन् । किनभने अशिक्षाका कारण साना बालबालिकाबाट हुने लापरवाही, खरले छाएका घरका छानाका कारण बढी जसो यस्तै घरहरुमा आगलागि भइरहेको छ । बांकेको नरैनापुरमा त दुइ महिनामा तिन पटक आगलागि भएको छ ।
यस्तै आइतवार बांके र बर्दियाका छुटा छुटै स्थानमा भएको आगलागीमा आठ घर जलेर ध्वस्त भएका छन् । बांकेको राप्तिपारी नरैनापुर गाविस - ८ मा पौने १० बजे पप्पु बिश्वकर्माको घरबाट आगो सल्किदा छ घर जलेका छन् ।
आगलागी भए लगत्तै प्रहरी तथा स्थानियवासिन्दा पुगी आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको पुर्ण बिबरण आउन नसके पनि थुप्रै क्षति भएको जिल्ला प्रहरी बांकेले जनाएको छ । यसअघि नरैनापुर दुइ स्थानमा आगलागि भएको थियो । आगलागिबाट लाखौं मूल्य बराबरको नोक्सानी हुन पुगेको थियो भने एक जना बालक र आधा दर्जन पशु चौपायाको मृत्यु भएको थियो । घर जलेपछि ति आगलागि पिडीत अहिले पनि दुःख पूर्ण जिवन विताइरहेका छन् ।
यस्तै बांकेको पुरैना - ७ बिर्ता गाउंमा स्थानिय सतिक खांको घरमा आगलागी हुदां लत्ताकपडा, भंडाकुडा, तथा नगद ४० हजार गरि करिब डेढ लाख बराबरको क्षति भएको छ । राती साढे १ बजे घरमा अचानक आगलागी भएपछि वडा प्रहरी कार्यालय नेपालगन्जबाट गएको प्रहरीको टोली र स्थानिय बासिन्दाले आगो निभाएका थिए । एक घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
यसैगरी बर्दियाको नेउलापुर - ८ गोदाना स्थित नविन शाहिको घरमा आगलागी हुदां करिब एक लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । गएराती भान्सा घरबाट एक्कासी आगो सल्केको वर्दिया प्रहरीले जनाएको छ । स्थानियासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

लायन्सको निशुल्क स्वास्थ्य शिविर

कोहलपुर, २९ जेठ ः बांकेको राप्ती पारी विनौना गाविस-६ मा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
लायन्स क्लब अफ कोहलपुरको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोग र नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा १३ सय ३२ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । त्यस मध्ये विभिन्न रोगका ३ सय ५४ जना विरामीहरुलाई अप्रेशनको लागि शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको क्लबका जोन चियर प्रशन चिन्तामणी धिताले जानकारी दिए ।
उनीहरुलाई अप्रेशनमा ५० प्रतिशत छुट दिनुका साथै विपन्न वर्गहरुलाई त्यसमा पनि छुट दिने बताइएको छ । नाक, कान घांटी, दांत, आंखा, स्त्रीरोगलगायतको निशुल्क परिक्षण गरिएको क्लबका अध्यक्ष टिपी न्योपानेले बताए ।

भवन शिलान्यास

कोहलपुर, २९ जेठ ः उच्च माध्यामिक शिक्षा परिषद् क्षेत्रिय कार्यालय भवनको शनिबार कोहलपुरमा शिलान्यास गरिएको छ । परिषद्को भवनको शिल्यानास पुरनावेदन अदालत नेपालगजका मुख्य न्यायाधिश हरिराम कोइरालाले गरेका थिए ।
एक आवास सहित निमार्ण हुन थालेको भवन आउदो वर्षसम्म बनिसक्ने परिषद्का क्षेत्रिय प्रमुख उत्तमदेव विष्टले जानकारी गराए । करिब १ करोड ५० लाख रुपैयांको लागतमा निर्माण हुन थालेको भबन ३ तलेको हुनेछ ।
परिषदको आप\mनै लगानीमा पहिलो पटक ४ कट्टा जग्गामा क्षेत्रिय कार्यालय बनाउन थालेको हो ।
शिल्यानास संगै भवनको निर्माण कार्य पनि शुरु भैसकेको परिषद्का प्रमुख विष्टले बताए । सबै जिल्लाको केन्द्र कोहलपुर परेकेाले यहा परिषद्को भवन बनाउन थालेको बताइएको छ । भवनको लागि कोहलपुर नगरविकास समितिले न्युनतम मूल्यमा जग्गा उपलब्ध
गराएको थियो । अहिले नेपालगज घर भाडामा लिइ कार्यलय संचालन गरिरहेको परिषद् भवन बनेपछि कोहलपुरमा सर्नेछ । परिष्दले मध्यपश्चिमाञ्चल क्षेत्रको रोल्पा र प्युठान बाहेक १३ जिल्लाका उच्च माविहरुको काम कारबाही संचालन गर्दछ । परिषद्बाट कक्षा ११ र १२ को मार्कसिट, लब्धागंपत्र तथा प्रोभिज्नल उपलब्ध गराउने गर्दछ

मन्दिर नजिक एक शिशु फेला

कोहलपुर, २९ जेठ ः बांकेको हवलदारपुर स्थित रामजानकी माविको परिसर भित्र रहेको सरस्वती मन्दिर नजिकै एक शिशु फालिएको अवस्थामा शनिवार बिहान जीवित फेला परेको छ ।
४/५ दिनको शिशु कपडामा ढाकेर राखेको अवस्थामा जीवित फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पारिवारिक झगडाका कारण आमाले शिशुलाई त्यहि छोडेर गएको हुन सक्ने स्थानिय बासिन्दाको अनुमान रहेको छ । शिशुलाई कोहलपुर नगर विकास समितिका सदस्य गोपाल तामौलीले जिम्मा लिएका छन् ।
बाबु, आमाको पहिचान नहुन्जेल सम्म शिशु आफ्नो संरक्षकत्वमा रहने तमौलीले जानकारी दिए ।
शिशुको परिवारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

गोरखाको दशौं वाषिर्क उत्सव

कोहलपुर, २९ जेठ ः गोरखा युनाइटेड उच्चमाविले आफ्नो दशांै वाषिर्क उत्सव शनिवार एक कार्यक्रम गरि मनाएको छ । उत्सवमा बांके जिल्ला शिक्षा अधिकारी राम सुरेश यादवले विद्यालय, शिक्षक र विद्यार्थीको समन्वयले शैक्षिक गुणस्तर राम्रो हुने बताए । उनले शैक्षिक र भौतिक वातावरण अनुकुल विद्यार्थीको पढाई हुने भन्दै गुणस्तर शिक्षा दिनका लागि विद्यालयको ठुलो हात हुने उल्लेख गरे । अधिकारी यादवले गोर्खा युनाइटेडले स्थापना कालदेखि नै शैक्षिक स्तर संगसंगै अन्य क्रियाकलापमा राम्रो दखल दिएको बताउदै यस भेगका विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गरिरहेको उल्लेख गरे ।
विद्यालयका संस्थापक निर्देशक केशर बहादुर आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र गुरुङले विद्यालयको आगामी कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रममा विद्यालयलेे उत्कृष्ठ शिक्षणबापत शिक्षिका रचना ज्ञवाली, प्रशासनिक तर्फ खडग लामा र विद्यालयलाई सरसल्लाह दिने अभिभावक डिल्ली चपाईलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयले विभिन्न स्तरका छात्रवृति विद्यार्थीलाई प्रदान गरको थियो भने विद्यार्थीहरुले नृत्य तथा गित समेत प्रस्तुत गरेका थिए

कुर्सी तानातानको विमोचन

नेपालगन्ज, २९ जेठ ः 'म जति रोगि भएपनि बांचुञ्जेलसम्म सक्रिय भएर तपाईहरु माझ बाच्न चाहन्छु ।' वरिष्ठ संगितकार, गितकार तथा गायककार प्रेम प्रकाश मल्ल 'मधुकर' ले एक कार्यक्रममा आफ्नो भावना यसरी पोखे । भ्रष्टाचार विरुद्ध गीति एल्बम 'कुर्सी तानातान' को विमोचन कार्यक्रममा बोल्दै संगितकार मल्लले भने -'मलाई तपाईहरु मांझ रहनमा तपाईहरुसंग सहयोगको आशा गरेको छु, तपाईहरुले गरेको काम र तपाईहरुले म प्रति गर्ने सहयोग र सहाराले म बहुतै गौरवान्वित भएको छु, ।'
शनिवार भएको विमोचन कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्री सर्वदेव ओझाले भ्रष्टाचार विरुद्धको गितले देशमा हुने गरेको भ्रष्टाचार कम गर्नमा एक आयम थप्ने बताए । कथाकार महेश विक्रम शाहले गीति एल्बमले सांगितिक क्षेत्र संगै भ्रष्टाचार विरुद्धमा सर्वसाधारणलाई जानकारी दिन सहयोग गर्ने बताए । बागेश्वरी असल शासन क्लब-बास)को प्रस्तुती कुर्सी तानातानमा ५ वटा गितहरु समावेश गरिएको छ । तिनवटा देउडा गित समेटिएको उक्त गिति एल्बममा शुक्रऋषि चौलागाई, रुक्मिणी शाह, नेमबहादुर शाहीको शब्द संयोजन गरिएको छ ।
चम्फा कठायत, ईश्वर विक, रेशम शाही, यमुना हमाल, जयन्ता गिरीलगायतले स्वर दिएको कुर्सी तानातानमा संगीत केशव बढु र बिरु रानाले दिएका छन् ।

शान्ति र सदभावका लागि समन्वय समिति

नेपालगन्ज, २९ जेठ ः कन्हैयालाल टण्डनको संयोजकत्वमा शनिवार नेपालगन्जमा १५ सदस्यी नागरिक समन्वय समिति गठन गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरिक्षक मुकुन्द रिजालले जानकारी दिएका छन् ।
अपराध नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा स्थानीय प्रहरी प्रशासनलाई सहयोग गर्न गठन गरिएको समितिको सदस्यहरुमा अजय गुप्ता, उमाशंकर केशरवाल, शिव प्रसाद पाण्डे, नन्दलाल वैश्य, अमिताभ शुक्ला, धर्मेन्द्र सोनी, सर्वतारा आलाम, रसिद अहमद कुरेसी, श्याम खेतान, कमला गुप्ता, विजय चौबे, राजन मैनाली, अर्जन वैश्य र सलाउद्धिन जसगढ रहेका छन् ।
समितिले समाजमा आपसी सद्भाव र समझदारी कायम राख्न मद्दत पुर्‍याउने, आफ्ना क्षेत्रका स्थानीयवासीका गुनासाहरु, पीर मर्काहरुलाई सुन्ने र तीनका समस्याहरुलाई आपसी छलफलबाट, विचार विमर्श र सहमतिबाट समाधान गर्ने, धार्मिक स्थल, सडक, बाटो घाटो, गल्लि, पेटी, चोक, पुल पुलेसा, पाटी पौवा आदिको संरक्षण र विकास लागि आवश्यक पहल गर्ने उद्देश्य लिएको छ ।
नेपालगन्जमा पहिलो पटक नागरिक समाजका समस्यालाई ध्यानमा राखी गठन गरिएको नागरिक समन्वय समितिको आवश्यकता, औचित्य र महत्वको बारेमा जिल्ला प्रहरी कार्यालय बांके प्रहरी उपरीक्षक महेशविक्रम शाहले एक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

शान्ति र सदभावका लागि समन्वय समिति

नेपालगन्ज, २९ जेठ ः कन्हैयालाल टण्डनको संयोजकत्वमा शनिवार नेपालगन्जमा १५ सदस्यी नागरिक समन्वय समिति गठन गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरिक्षक मुकुन्द रिजालले जानकारी दिएका छन् ।
अपराध नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा स्थानीय प्रहरी प्रशासनलाई सहयोग गर्न गठन गरिएको समितिको सदस्यहरुमा अजय गुप्ता, उमाशंकर केशरवाल, शिव प्रसाद पाण्डे, नन्दलाल वैश्य, अमिताभ शुक्ला, धर्मेन्द्र सोनी, सर्वतारा आलाम, रसिद अहमद कुरेसी, श्याम खेतान, कमला गुप्ता, विजय चौबे, राजन मैनाली, अर्जन वैश्य र सलाउद्धिन जसगढ रहेका छन् ।
समितिले समाजमा आपसी सद्भाव र समझदारी कायम राख्न मद्दत पुर्‍याउने, आफ्ना क्षेत्रका स्थानीयवासीका गुनासाहरु, पीर मर्काहरुलाई सुन्ने र तीनका समस्याहरुलाई आपसी छलफलबाट, विचार विमर्श र सहमतिबाट समाधान गर्ने, धार्मिक स्थल, सडक, बाटो घाटो, गल्लि, पेटी, चोक, पुल पुलेसा, पाटी पौवा आदिको संरक्षण र विकास लागि आवश्यक पहल गर्ने उद्देश्य लिएको छ ।
नेपालगन्जमा पहिलो पटक नागरिक समाजका समस्यालाई ध्यानमा राखी गठन गरिएको नागरिक समन्वय समितिको आवश्यकता, औचित्य र महत्वको बारेमा जिल्ला प्रहरी कार्यालय बांके प्रहरी उपरीक्षक महेशविक्रम शाहले एक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

मध्य र सुदूरका सात लाख जनता भोकमरीको चपेटामा

ठाकुरद्वारा -बर्दिया), २्९ जेठ ः नेपालको ग्रामिण क्षेत्रमा बसोबास गर्ने ६६ प्रतिशत बासिन्दाले चरम खाद्य संकट भोग्न बाध्य हुनुपरेको एक कार्यक्रममा जनाईएको छ ।
फुड फस्ट ईनफरमेशन एण्ड एक्शन नेटवर्क फियानद्वारा बर्दियाको ठाकुरद्वारामा नेपालको खाद्य अधिकार र संचारकर्मीको भूमिका बिषयमा आयोजित क्षेत्रिय कार्यक्रममा फियानका कार्यसमिती सदस्य सत्य तोयानीले देशको मध्य र सुदुरपश्चिमका पहाडी र हिमाली जिल्लाहरुमा खाद्य संकट सबैभन्दा बढी भएको जनाउदै सो क्षेत्रका मात्र ७ लाख ७ हजार बढी मानिस भोमकरीको प्रत्यक्ष चपेटामा परेको बताए ।
उनले बांच्न पाउने मौलिक अधिकार प्रत्येक नागरिकमा भएको जनाउदै खाना पाउनु पर्ने समेत उनिहरुको मानव अधिकार भएपनि राज्यको बेवास्ता र लापरवाहीका कारण मुलुकमा लाखौं मानिसले खान नपाउने अवस्थाबाट गुज्रीनु परेको बताए ।
मध्यपश्चिमको कणर्ाली अञ्चलका जिलाहरुमा बर्षौंदेखि खाद्य राजनिति भैरहेको र खाद्यान्नको परिपूर्तिलाई निर्वाचन जित्ने र राजनिति गर्ने माध्याम बनाईएकोले नै अहिलेसम्म सो संकटबाट मुक्ती नपाएको उनले बताए ।
खाद्य अधिकारलाई जनताको मानव अधिकारमा पारिएकोले खाद्य संकट भोगी रहेका जनताको खाद्य पाउने अधिकारका लागि पत्रकार जगतले बिशेष वकालत गर्नुपर्नेमा कार्यक्रममा जोड दिईएको थियो ।
फियानका कार्यक्रम संयोजक गंगा आचार्यले मुलुकमा विगत लामो समयदेखि राज्य संचालन गर्दै आएका निति निर्माताहरुले आम जनतालाई राज्यको मूलधारमा ल्याउने कुनै कार्यक्रम र नितिनै संचालन नगरिएकोले विभिन्न सम्ास्याहरु उत्पन्न भएको बताए ।
उनले जुन देशमा खाद्य राजनिति गरिन्छ, त्यो देशमा खाद्य संकट उत्पन्न हुनुको कुनै विकल्प नभएको पनि बताए ।
देशमा खाद्य संकट भोगी रहेका जनताको पक्षमा अन्तराष्टिूय स्तरमा आवाज उठाउन फियान नेपालको स्थापना गरिएको प्रष्ट पार्दै फियान नेपालका इन्दीरा शंकरले फियानको नेटवर्क विश्वका ६० भन्दा बढी मुलुकमा रहेकोले नेपालको खाद्य समस्या जोडदार रुपमा उठाउने अभियान संचालन गरेको बताइन ।
जेठ २८ गते देखि शुरु गरिएको सो प्रशिक्षण कार्यक्रममा बांके, बर्दिया, सुर्खेत, दांग, दैलेख, जाजरकोट र कैलालीका ३० जना संचारकर्मीको सहभागिता रहेको छ । प्रशिक्षण आईतवारसम्म संचालन गरिने छ ।

हिजो, आज र भोली

नेपालगन्ज, २७ जेठ ः सामुदायिक युवा सूचना केन्द्र लाटीकोइली सुर्खेतको आयोजनामा विहीबार नेपालगन्जमा जनचेतना मूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
शान्तिका लागि संक्रमणकालीन न्याय सम्बन्धि हिजो, आज र भोली नाम दिइएको सडक नाटक नेपालगन्जको त्रिवेणीमोड र विपीचोकमा प्रदर्शन गरिएको थियो ।
संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको सहयोगमा कशम नाट्य समूह सुर्खेतको प्रस्तुती रहेको सो नाटक मध्यपश्चिमका १० जिल्लाका ५० ठाउंमा प्रदर्शन गरिने समूहका विनोद लम्सालले जानकारी दिए । दिपक बुढाथोकीको लेखन र निर्देशनमा तयार पारिएको नाटकमा कलाकार विनोद लम्साल, जानकी लम्साल, मान बहादुर चुनारा, चिरञ्जीवी सापकोटा, वेदन थापा, मिना बुढा, रिता चुनारा, दिनेश आरसीलगायतका कलाकार रहेका छन् ।

ज्ञानपुञ्ज मावि विजयी

कोहलपुर, २७ जेठ ः अखिल नेपाल फुटबल संघको आयोजनामा विहीबारदेखी शुरु भएको 'कोकाकोला अन्तर मावि छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता -२०६७' को उद्घाटन खेल सगरमाथा ज्ञानपुञ्ज मावि कोहलपुरले जित्न सफल भएको छ ।
बोटलर्स नेपाल प्रालीको प्रायोजनमा शुरु भएको प्रतियोगितामा छात्रातर्फकोे पहिलो उद्घाटन खेल सगरमाथा ज्ञानपुञ्ज माविले बाल विद्या माविलाई शुन्यका विरुद्ध ५ गोलले जित्न सफल भएको हो । सगरमाथाका तर्फबाट कुश्मा महतरा र पुजा बुढाले २/२ गोलको योगदान गरेका थिए भने सृजना डिसीले १ गोल गरेका थिए ।
कोहलपुरमा शुरु भएको प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका केन्दि्रय सदस्य गोवर्दन सिंह सम्झनाले गरेका थिए । बांके जिल्ला फुटबल संघका अध्यक्ष प्रदेश सिंह राठौरको सभापतित्वमा सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ ५ समूह र छात्रतर्फ १० समूहको सहभागिता रहेको प्रतियोगिताका प्रचार प्रसार संयोजक मोहन सिंह थापाले बताए । उता असार २ गते देखी नेपालगन्ज र खजुरामा हुने खेलका लागि मध्यपश्चिमका विभिन्न विद्यालयहरुले नाम दर्ता गराउने क्रम शुरु भएको छ ।
प्रतियोगितामा विजयी हुने छात्र र छात्राको समूहले काठमाण्डौंमा हुने प्रतियोगितामा सहभागी हुन पाउने छ । काठमाण्डौंमा हुने प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, प्रथम उपविजेताले १ लाख, द्धितिय उपविजेताले ४० हजार र तृतिय उपविजेताले २५ हजार पुरस्कार पाउने छन् ।
कोहलपुरमा शुरु भएको प्रतियोगिता यहि असार ३ गतेसम्म सञ्चालन हुने छ भने प्रतियोगिताको फाइनल खेल भने नेपालगन्जमा हुने जनाइएको छ । आजको खेल छात्रातर्फ गि्रन पिस मावि र गोरखा युनाईटेज मावि बिच हुनेछ भने छात्रतर्फ गि्रन पिस मावि र बाल ज्योती मावि बिच हुनेछ ।

म्याद नाघेका खाद्य वस्तु नष्ट

नेपालगन्ज २७ जेठ ः उपभोक्ता जिल्ला अनुगमन समितिले विहिवार नेपालगन्जको त्रिभुवन चोक वरिपरि रहेका किराना पसलहरुमा चेकजांच गरेको छ । बाणिज्य कार्यालयका निमित्त प्रमुख देवी प्रसाद श्रेष्ठको संयोजकत्वमा गएको अनुगमन टोलीले म्याद नाघेका थुपै्र खाद्य पदार्थहरु नष्ट गरेको छ ।
अनुगमन टोलीका सदस्य तथा उपभोक्ता मंच नेपाल बांकेका अध्यक्ष डा. नारायण सुवेदीले म्याद नाघेका थुप्रै खाद्य सामाग्रीहरु फेला परेपछि जम्मा गरेर नष्ट गरिएको वताए । उनका अनुसार, अनुगमन टोलीले त्रिभुवन चोक नजिक रहेको सुरेश टूेडर्सबाट म्याद नाघेका ६ पोका पार्लिजी, ३ पोका आलु चिप्स, १० पोका के्रजी स्टीक, २ पोका सानो विस्कुट फेला पारेको थियो ।
यसै गरी म्याद नाघेका गणेश टेूडर्सबाट २ लम्बर मासको दाल, सपना किराना पसलबाट ७ सय २० थान हाजमोला, ग्लुकोज डी तिन डिब्बा अनुगमन टोलील फेला पारेको थियो । मंचका अध्यक्ष डा. सुवेदीले यसरी फेला परेका सबै खाद्य पदार्थहरु नष्ट गरिएको जानकारी दिए । टोलीले अखाद्य वस्तुहरु विक्री नगर्न समेत ति पसलहरुलाई चेतावनी दिएको छ । अनुगमन टोलीले केही दिन देखि नेपालगन्जका विभिन्न भागमा म्याद नाघेका औषधी, म्याद नाघेका खाद्य वस्तु विक्रीमा रहेको भन्ने जानकारी पाएपछि तिव्र रुपमा अनुगमन थालेको छ । साथै उपभोक्तालाई त्यस्ता बस्तुहरु खरिद गर्दा म्याद नाघे ननाघेको बारे राम्रोसंग हेर्न समेत आग्रह गरेको छ । सो टोलीमा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका निरिक्षक एकराज बुढाथोकी, जिल्ला प्रसाशन कार्यालय बांकेका प्रतिनिधी जुहारलाल शर्मा, मधेशी उपभोक्ता मंचका सदस्य मुनव्वर अलि हलवाइ रहेका थिए ।

पहाडी जिल्लाका लागि खाद्यान्न ढुवानी शुरु

नेपालगन्ज, २६ जेठ ः वषर्ातका बेला खाद्यान्न ढुवानीमा समस्या हुने भन्दै मध्य तथा सुदुरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न ढुवानी शुरु गरिएको छ ।
वषर्ातको समयमा हवाई तथा स्थल यातायात सञ्चालनमा कठिनाई हुने भएकाले खाद्यान्न ढुवानी तिव्र पारिएको बताईएको छ ।
वाषिर्क स्वीकृत कोटा अनुसारको प्राप्त खाद्यान्न कर्णालीका पांच जिल्ला र मध्य तथा सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानीलाई तिव्रता दिइएको खाद्य संस्थान सुर्खेत शाखाका अधिकृत पूर्णप्रसाद दाहालले बताए ।
कणर्ालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट लगायत आसपासका भेरी अन्चलका दैलेख, जाजरकोट र सुदु्रपश्चिमका अछाम तथा बाजुराका लागि सुर्खेतको वीरेन्द्रनगरबाट लामो समयदेखि खाद्यान्न ढुवानी हुंदै आएको छ ।

महासंघको भवनस्थलमा पूजा

नेपालगन्ज, २६ जेठ ः नेपाल पत्रकार महासंघ बांके शाखाले आफ्नो निर्माणाधीन भवनस्थलको बुधवार भुमि पूजा गरेको छ ।
नेपालगञ्जको गणेशपुरस्थित बसपार्कमा निर्माण हुन लागेको महासंघको भवनस्थलमा विहान एक कार्यक्रमबीच भुमि पुजा गरिईएको हो । भुमि पुजामा पत्रकार महासंघका केन्दि्रय सदस्यहरु, बांके शाखाका अध्यक्ष सहित शाखा पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
महासंघको निर्माण गरिने उक्त ५ कोठे कार्यालय र ४ वटा सपिङ कम्लेक्स भवन निमार्णका लागि ३६ लाख लागत लाग्ने शाखा अध्यक्ष झलक गैरेले जानकारी दिएका छन् ।
नेपालगञ्ज नगरपालिकाले महासंघको भवन निर्माणका लागी २ कठ्ठा साढे १४ धुर जग्गा प्रदान गरेेको छ । महासंघले भवनका लागि विभिन्न संघसंस्था एवं ब्यक्तिहरुसंग सहयोग जुटाउने अभियान पनि शुरु गरेको छ ।

मकैमा दाना नलाग्दा बाँकेका कृषक चिन्तित

नेपालगन्ज, २६ जेठ ः बांकेको बसुदेवपुर,चिसापानी र परसपुर गाविसमा कृषकहरुले दोस्रो चरणमा लगाएका मकैमा दाना नलागेपछि कषकहरु चिन्तित भएका छन् ।
नेपालगञ्जका एग्रोभेटबाट किनेर लगेको अरुण २ को मकैमा घोका लागेपनि दाना नलागेको कृषकहरुले बताएका छन् ।
हेर्दा बोट र घोका राम्रो रहेपनि मकैमा दाना नभएको पाईएको जिल्ला कृषि विकास कार्यालय बांकेले जनाएको छ ।
बांकेको बसुदेवपुर गाविसको कण्ठपुर,चिसापानी गाविस र परसपुरमा कृषकहरुले लगाएको अरुण २ को मकैमा दाना नलागेको भेटिईएको बाँकेका जिल्ला कृषि विकास अधिकृत कमलकान्त झाले बताए ।
उनका अनुसार मकैमा पानी सिचाईको अभाव र वातावरणीय प्रभावका कारण दाना नलागेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो बर्ष बांकेमा मकैबालीमा उत्पादनमा हृास आउने भएको छ ।
अत्याधिक तापक्रम, सिचाईको अभाव, पानी नपर्नु मकै उत्पादनमा कमी आउनुका प्रमुख कारण रहेको बताईएको छ ।
मकै उत्पादनका साथसाथै अन्य बालीका लागि उर्वरभूमि मानिएको बांकेमा यस पटक गर्मी बिगतका तुलनामा बढी भएकोले पनि मकैको उत्पादनमा प्रभाव परेको कृषि बिज्ञहरुको अनुमान छ ।
मकैमा दाना नलाग्नुको कारणबारे गहिरिएर अनुसन्धान भैरहेको जनाउदै जिल्ला कृषि विकास कार्यालय बांकेले बिशेषज्ञ लगाए कारणको खोजी गराइरहेको जनाएको छ ।
सो कार्यालयका अनुसार अहिले जिल्लाका विभिन्न स्थानमा लगाईएको खेतीको अनुसन्धान भैरहेको छ ।

बालगृह बन्द हुने अवस्थामा

नेपालगन्ज, २६ जेठ ः द्वन्द्वपीडित र सडक बालबालिकाका लागि बांकेमा सञ्चालनमा ल्याइएको बालगृह आर्थिक अभावले बन्द हुने स्थितिमा पुगेको छ ।
शिक्षा विभागको सडक बालबालिका पुनःस्थापना कार्यक्रमको सहयोगमा पांच वर्षअघि सो बालगृह संचालनमा आएको थियो ।
गत वर्षदेखि सरकारी सहयोग रोकिएपछि उक्त बालगृह अलपत्र परेको छ । बालगृहमा मासिक रु.३५ हजार खर्च लाग्ने गरेको छ । त्यहाँ पांच देखि १६ वर्ष उमेरका १२ बालबालिका बस्दै आएका छन् ।
सरकारी सहयोग बन्द भएपछि उनीहरुको अवस्था साहै्र जटिल बनेको बताउदै दाताको खोजीमा लागेको बालगृहले जनाएको छ । सो गृहले सबैसंग सहयोगको अपिल गरेको छ ।

बेपत्ता भएको तीन सातापछि पनि तिमिल्सेनाको पत्तो लागेन

कोहलपुर, २६ जेठ ः कोहलपुर मदनचोकका चौध वषिर्य किशोर विजय तिमिल्सेना २३ दिनदेखि बेपत्ता भएका छन् । उनको अझै कुनै पत्ता लागेको छैन ।
घरबाट साइकलमा मोवाइलको रिचार्ज कार्ड र किताव किन्न कोहलपुरको दशविगाह आएका किशोर तिमिल्सेना त्यसपछि घर सम्पर्कमा नरहेको उनका पिता चेतन तिमिल्सेनाले बताए ।
स्थानीय ज्ञानकुञ्ज माविमा कक्षा ९ मा अध्ययनरत विजय जेठ २ गते स्कूलबाट आएपछि खाजा खाई रिचार्जकार्ड र किताव किन्न भनेर निस्किएका थिए ।
मोवाइलको रिचार्ज कार्ड र किताव किन्न गएको छोरा अहिलेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरु चिन्तित भएका छन् । घरपरिवारले साथीभाई, आफन्त सबै ठाउंमा खोजी गर्दा समेत विजयको अत्तोपत्तो नलागेको बताएको छ ।
बेपत्ता बालकका पिता तिमिल्सेनाले भने- साथीभाई र आफन्तकहां गएको छ कि भनेर सबै ठाउंमा खोजियो तर अहिलेसम्म कही पत्ता लागेको छैन ।
साथीभाई र आफन्तकहां नै छोराको खोजी गरिरहेका घर परिवारले अहिलेसम्म प्रहरी-प्रशासनलाई कुनै जानकारी दिएका छैनन् । इलाका प्रहरी कार्यालय कोहलपुरले किशोर बेपत्ता भएको बारेमा कुनै जानकारी नआएको बताएको छ ।
इलाका पहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरीक्षक गणेश खड्काले किशोर बेपत्ता भएको घटनाको कुनै उजुरी नपरेको बताए ।
बाँकेमा यसअघि खजुराको ईगाउं र गौघाटमा पनि स्कूलबाटै बेपत्ता भएका युवाहरु पछि भारतमा भेटिएका थिए । उनीहरु काम गर्न स्कूले पोशाकमै घरबाट भागेर त्यता गएका थिए ।

संविधान नबन्नुको जिम्मेवारी माओवादीलेे लिनुपर्छ-सुवेदी

नेपालगन्ज, २६ जेठ ः संविधानसधाका उपाध्यक्ष पुणर्ाकुमारी सुवेदीले निर्धारित समयमा संविधान निर्माण गर्न नसक्नुको जिम्मेवारी माओवादीले लिनु पर्ने वताएकी छन् ।
उनेले भनिन्-एकिकृत नेकपा माओवादीलाई जनताले संविधान निर्माणको जिम्मेवारी दिएर सबैभन्दा ठूलो दल बनाएर पठाएका थिए तर समयमा संविधान बन्न सकेन, त्यसको जिम्मेवारी माओवादीले नै लिनु पर्छ ।
वुधवार नेपालगन्जमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उपाध्यक्ष सुवेदीले संविधान निर्माण हुन नदिनमा एकातिर माओवादी जिम्मेवार भएको बताउदै तर अर्को तर्फ वर्तमान
सरकाले पनि शान्ति र संविधान निर्माणका लागि पुर्ण रुपमा सहजिकरण गर्न नसकेको जनाईन् ।
सुवेदी एकिकृत नेकपा माओवादीका तर्फबाट संविधानसभामा उपाध्यक्ष निर्वाचित भएकी थिईन् ।
उनले संविधान निर्माणको कार्यमा जिम्मेवार भएको र वातावरण बनाएको भनि सरकारले पटक पटक जनाएपनि कार्यान्वयनमा त्यो देख्न नसकिएको बताईन् ।
संविधान निर्माण गर्न नसकिएकोमा सबैभन्दा ठूलो दलको हैसियतले माओवादी बढी जिम्मेवार भएपनि सहमति गर्न नसक्नुमा त्यसको नैतिक जिम्मेवारी कांग्रेस र एमालेले पनि लिनु पर्ने तथा तीनवटै राजनीतिक दलहरुले जनतासंग माफि माग्नु पर्ने उपाध्यक्षले बताईन् ।
'जनताले दिएको जिम्मेवारी पुरा नगरे पछि माफि माग्नु राजनीतिक दलहरुको नैतिक जिम्मेवारी हो'-उपाध्यक्ष सुवेदीले थपिन्,' । त्यसका वारेमा राजनीतिक दलहरुले पक्कै पनि जनतासंग माफी माग्ने योजना बनाईरहेका होलान् उनले भनिन् ।
संविधानसभाको म्याद थपिए पनि राजनीतिक तिक्तता यथावतनै रहेको वताउदै उनले यही स्थिति रहेमा अव एक वर्ष पछि पनि संविधान निर्माण हन नसक्ने दावी गरिन् ।
राजनीतिक दलहरु वीच बढेको दुरी र तिक्तताले जनतामा अहिलेपनि समयमै संविधान बन्छ भन्नेमा आशंका रहेको जनाउदै उनले जनतालाई बिश्वासमा ल्याउने कार्य तत्काल गर्न दलहरुलाई आग्रह गरिन् ।

राँगा भैंसी चोरी बढ्यो

नेपालगन्ज, २५ जेठ ः कृषकहरुले घरमा पालेका राँगा र भैसीहरु चोरी हुने र हराउने घटना बांकेमा बढ्दै गएको छ ।
सोमवार राती बांकेको बागेश्वरी गाविसमा दुई रागाँ चोरी भएको छ । बागेश्वरी गाविस १ धौलागिरीका कृषक थल बहादुर थापाको २ वटा रागाँ चोरी भएका हुन् ।
घर नजिकैको गोठमा बाँधेर राखेका दुई वटा रागाँहरु हराएको कृषक थापाले बताए । यस्तै बागेश्वरी गाविसको धौलागिरीमा स्थानिय कृषक रुद्र बहादुर रानाभाटको गोठबाट भैसी र पाठी सोमवारराती चोरी भएको छ ।
राती सुतेको समयमा भैसी र पाठी चोरी भएको कृषक रानाभाटले बताए । गत महिना मात्र धौलागिरी कै स्थानिय जीवनाथ सापकोटाको भैसी हराएको थियो ।

गुनासो भए सहमतिको बाटो खोजौं- पत्रकार महासंघ

नेपालगन्ज २५ जेठ ः बांकेका संचारकर्मी र संचारमाध्यम माथि भौतिक कार्वाही शुरु गर्ने भनि तराइ जनतान्त्रिक मधेश पार्टीका केन्दि्रय अध्यक्ष अर्जुन सिंहले इमेल मार्फत जारी गरेको विज्ञप्ती प्रति नेपाल पत्रकार महासंघ केन्दि्रय समितीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
'तराइ जनतान्त्रिक मधेश पार्टीले निकालेको विज्ञप्तीले बांकेका सञ्चारकर्मीमा भए र त्रासको वतावरण छाएको छ । यसखाले विज्ञप्तीले प्रेसको सुचना संकलन तथा संप्रेषण गर्न पाउने नागरिकको सुसुचित हुने हकमाथि आघात पुर्‍याउने महासंघको ठम्याइ छ । - विज्ञप्तीमा भनिएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव पोषण केसीद्धारा जारी विज्ञप्तीमा महासंघ विधान प्रदत प्रेसको अधिकारको सम्मान गर्न गर्दै यस्ता घटना नदोहोर्‍याउन र सञ्चारकर्मी तथा सञ्चारगृहसंग कुनै गुनासो भए वैधानिक प्रकि्रया अपनाइ आपसी सहमतिद्धारा समस्याको समाधान गर्न तराइ जनतान्त्रिक मधेश पार्टीलाइ आग्रह गरेको छ ।
साथै प्रेससंगको सम्बन्ध स्पष्ट पार्न सम्बन्धित पक्षलाइ अनुरोध गरिएको छ साथै सञ्चारकर्मीको सुरक्षामा गम्भिर हुन सरकारसंग माग गरेको छ ।
सो पार्टीले यही जेठ २२ गते इमेल मार्फत विज्ञप्ती पठाइ मधेश विरोधी समाचार संप्रेषण गरेको भन्दै पार्टीलाइ दवाउन खोज्ने एंव मधेश विरोधी कि्रयाकलाप गरिरहेका सञ्चारकर्मी तथा सञ्चारगृहमाथि समयमा सचेत र गम्भिर नभए केही दिन भित्रै भौतिक कार्वाही शुरु गर्ने भनिएको छ ।

'सबै सामुदायिक वन चोखा छैनन्'

नेपालगन्ज २५ जेठ ः वनहरुमा अनियन्त्रीत रुपमा रुख कटानी भइरहेको सन्दर्भमा जांचबुझका लागि केन्द्रबाट वन विभागका उपमहा निर्देशक हरिहर सिग्देलको संयोजकत्वमा तिन सदस्सीय अनुगमन टोली नेपालगन्ज आइपुगेको छ । सो टोलीले बांके, वर्दिया र सुर्खेत जिल्लामा बढी वन कटान भएको क्षेत्रको अनुगमन गरिरहेको छ ।
अनुगमन टोलीमा अन्य दुइ जना वन विभागका उपसचिव गौरी शंकर तिमिला र क्षेत्रिय वन निर्देशक ऋषीराम त्रिपाठी रहेका छन् । टोलीले सामुदायीक वन, राष्ट्रिय वन र अतिक्रमित क्षेत्र अनुगमन गरिरहेको अनुगमन टोलीका संयोजक तथा वन विभागका उपमहा निर्देशक हरिहर सिग्देलले जानकारी दिए ।
संयोजक सिग्देलले वनमा जथाभावी रुखहरु काटीरहेको सर्बत्र करा उठेपछि जांचबुझका लागि टोली आएको जानकारी दिए । वन विभागले वनहरुमा अनियन्त्रीत रुपमा रुखहरु काटीएको भन्दै बांके, बर्दिया, सुर्खेत, कैलाली, कंचनपुर र डोटी गरी सात जिल्लामा यही जेठ ७ गतेदेखि रुख कटान, मुछान, विक्री वितरणमा रोक लगाएको छ ।
अनुगमन टोलीले बांके जिल्लाको अनुगमन सकेर बर्दिया पुगेको छ । संयोजक सिग्देलका अनुसार, बांकेको कुसुम क्षेत्रका तिलकन्या, मनकामना महिला, सिंह बाहिनी, लालीगुंरास, दुर्गा भवानी, बैजापुरका सरस्वती, सम्झना, महादेवपुरी क्षेत्र र कोहलपुर क्षेत्रका समुदायीक तथा राष्ट्रिय वनमा अनुगमन गरिएको छ ।
अनुगमन गर्दै फाइहरु तयार पार्ने र सामुदायीक वनको कार्ययोजना लगाएत कागजात संकलन गर्ने काम भइरहेको वताउंदै अनुगमन सकेर आउंदो शुक्रवार काठमाण्डौं फर्किएर प्रतिवेदन बुझाउने संयोजक सिग्देलले वताए ।
सामुदायीक वनहरुको अनुगम गर्दा के पाउनु भयो भनि प्रश्न गर्दा अनुगमन टोलीका संयोजक तथा वन विभागका उपमहा निर्देशक सिग्देलले सबै सामुदायीक वनहरुले पारदर्शि तरिकाले काम गरेका छन् भन्न सकिने अवस्था नरहेको वताए । उनले भने- सबै सामुदायीक वन चोखा छन् भन्न मिल्दैन र सबै खराब छन् भन्न पनि मिल्दैन । हामीले अनुगमन गरेका छौं, अब काठमाण्डौं गएर कागजात चेकजांच गरेपछि मात्र थाहा हुन्छ ।
बांके जिल्लामा जिल्ला वन कार्यालयका कर्मचारीको मिलेमतोमा वन कार्ययोजना तयार पार्ने, वन हस्तारन्तरण गर्ने र रुख कटान आदेश दिइ मोटो रकम असुल्ने काम भइरहेको छ । बांके जिल्लामा त्यस्ता थुप्रै उदाहरणहरु छन् जो वन कर्मचारीको प्रत्यक्ष मिलेमतोमा कागजी रुपमा मात्र प्रकृया पुर्‍याइ वन दर्ता गराएर तत्काल रुख काटन दिइएको छ । अनुगमन टोलीले कस्तो किसिमले काम गर्छ त्यो हेर्न बांकीनै छ ।

उत्पादन बृद्धिमा नयाँ प्रविधिको खाँचो

नेपालगन्ज, २४ जेठ ः कृषि उत्पादनको बृद्धिका लागि नयाँ प्रबिधीको उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
बाली संरक्षण निर्देशनालय काठमाडौले खजुरामा गरेको दुई दिने एकीकृत सत्रुजिव ब्यवस्थापन -आईपीएम) कार्यशाला गोष्ठीका सहभागिहरुले नयाँ प्रबिधीको बारेमा कृषकलाई तालिम दिएर उपयोग गर्न सुझाव दिएका थिए ।
गोष्ठीमा नराम्रो बिषादीहरु नष्ट गर्नु, कृषि उत्पादकत्व बढाउनु, नया प्रबिधिको बिकास गर्नु, लगायत बिषयमा छलफल गरि बर्षभरि भएका कार्यक्रमहरुको समिक्षा गरिएको थियो ।
कार्यक्रममा बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक युवकध्वज जिसी, पूर्व कृषि सचिव गणेशकुमार केसी, क्षेत्रिय कृषि निर्देशक सच्चिदानन्द उपाध्यायले आईपीएमका बिषयमा जानकारी गराएका थिए ।
गोष्ठीमा मध्यपश्चिमका १५ जिल्ल्ााका जिल्ल्ाा कृषि कार्यालयका प्रमुख, बाली संरक्षण अधिकृत, कृषक, क्षेत्रिय निर्देशकको सहभागिता रहेको थियो ।

लक्ष्य भन्दा आधा राजश्व संकलन

नेपालगन्ज, २४ जेठ ः बाँकेमा भारतबाट हुने गरेको बढ्दो चोरी पैठारी तथा तस्करीका कारण लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
चैत महिनामा करिव ३० करोड ६३ लाख ३९ हजार राजस्व संकलन गर्ने भन्सार कार्यालयले लक्ष्य लिएकोेमा १७ करोड ७५ हजार ८६ हजार मात्र
राजस्व संकलन भएको जनाउदै आधा भन्दा पनि कम राजश्व संकलन भएको सो कार्यालयले जनाएको हो ।
निर्धारित गरिएको लक्ष्य भन्दा बढी राजस्व संकलन गर्दै आएको नेपालगन्ज भन्सार कार्यालयले भारतीय खुल्ला सीमाना, सामान चोरी र बढ्््दो बन्द हड्तालका कारण राजस्व संकलनमा कमी आएको भन्सार प्रमुख विनोद बहादुर कुँवरले बताए ।
उनले अहिले पछिल्ला दिनमा आएर सीमानामा चोरी पैठारी बढेको कारण राजस्व संकलन एक्कासी घटेको जनाए ।
भन्सार प्रमुख कुंवरका अनुसार बैशाख र जेठ महिनामा पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको छैन ।
जेठ महिनामा १९ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २३ गतेसम्म करिव १४ करोड मात्र राजस्व संकलन हुन सकेको सो कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष २०६६।६७ को लक्ष्य अनुसार राजस्व संकलन गर्न अवको एक महिनामा करिव १६ करोड रुपैया बराबरको राजस्व संकलन गनुपर्ने भन्सार अधिकृत कुवरले बताए ।
उनले यस आर्थिक बर्षको शुरुमा लक्ष्यभन्दा बढी र लक्ष्य अनुसारनै राजस्व संकलन भएपनि चैत महिना देखि सीमानामा बढेको चोरी तस्करीका कारण राजस्व संकलनमा प्रभाव पर्दै गएर राजस्व घट्दै गएको जनाए ।
भन्सारले राजश्व घट्नुको कारण चोरी तस्करी बताए पनि कर्मचारीकै मिलोमतोमा राजश्व चुहावट हुँदै आएकोले घटेको स्थानीयबासिन्दाको आरोप छ ।

मध्यपश्चिममा ट्राफिक नियम उल्लघंन बढ्दो

नेपालगन्ज, २४ जेठ ः मध्यपश्चिम क्षेत्रमा सडक दुर्घटना र ट्राफिक नियम उल्लघंनका घटनामा अत्याधिक बृद्धि भएको छ ।
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक जनक खत्रीका अनुसार दैनिक यस क्षेत्रमा १ सय बढी ट्राफिक नियम उल्लघंन हुने गरेका छन् भने दैनिक ५ वटासम्म सडक दुर्घटना हुने गरेको छ ।
आर्थिक बर्ष २०६६।६७ को असार महिनादेखि बैशाखसम्मको १० महिनामा मध्यपश्चिमका विभिन्न १५ वटा जिल्लामा ३ सय ३१ सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।
१० महिनाको अवधीमा ट्राफिक नियम उल्लघंन गरी कारवाहीमा पर्ने सवारी साधनको संख्या २७ हजार ८ सय ७० रहेको छ । जस वापत ट्राफिक प्रहरीले २१ लाख ८८ हजार ८ सय ८२ रुपैया संकलन गरेको छ ।

बालश्रमिक मुक्त जिल्लामा ३ हजार बालश्रमिक

नेपालगन्ज, २४ जेठ ः बांके जिल्लामा ३ हजार भन्दा बढी बालबालिकाहरु बाल श्रमिकको रुपमा काम गरिहेको, १९ प्रतिशत बाल बालिकाहरु विद्यालय भन्दा बाहिर रहेको र अधिकांश बालबालिकाहरु सीमावर्ती क्ष्ाेत्रबाट तस्करीको काममा प्रयोग भईरहेको एक कार्यक्रममा बताइएको छ ।
नेपाल पत्रकार महासंघ, बांके शाखा र मध्यपश्चिम क्षेत्रीय समन्वय समितिको संयुक्त आयोजनामा सोमबार बांकेका बाल मुद्दा र सञ्चार अनुगमन बैठकमा उपस्थित सम्बद्ध संस्थाका प्रमुखहरुले सो कुरा बताएका हुन् ।
२००७ नोवेेम्बर २० तारिखका दिन जिल्ला बाल कल्याण समिति र बांके जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न गैह्र सरकारी संस्थाहरुले बाँकेलाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरेपनि त्यो व्यवहारमा कार्यान्वयन हनु नसकेको सहभागीहरुको भनाई थियो ।
त्यसैगरी सिमावर्ती क्षेत्र भएको हुंदा नेपाल भन्दा बाहिर विभिन्न कामको लागि बालबालिकाहरुको ओसार पोसार हुने, बालबालिका हराउने, अपहरणमा पर्ने गरेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बांकेको महिला तथा बालबालिका सेलमा आ.व. ०६६/०६७ मा महिला तथा बालबालिका हराएको विषयमा ७६ वटा निवेदन परेको बताइएको छ । निवेदन परेका मध्ये ३५ महिला, २३ बालक र १८ बालिका रहेका छन् । जस मध्ये अहिलेसम्म जम्मा ८ बालबालिका मात्र फेला परेका छन् । ति बालबालिकाहरु अलपत्र अवस्थामा, गाडीमा हिडिरहेको र मजदुरी गरेको अवस्थामा फेला
परेको महिला सेल बांके प्रमुख प्रहरी सहायक निरिक्षक ज्ञानु थापाले बताइन् ।
बांके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेश विक्रम शाहले अधिकांश बालबालिकाहरु घर परिवारको कारण नै हराउने गरेको हुंदा घर परिवारले आफ्ना बालबालिकाहरुको विषयमा गम्भिर हुनुपर्ने बताए ।
जिल्ला बाल कल्याण समितिका प्रमुख एवं बांके जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले बालबालिकाहरु यसरी बाल मजदुरको रुपमा प्रयोग हुनु, शिक्षाबाट वञ्चित हुनुमा गरिबी मुख्य कारण भएको बताउदै यस विषयमा नगरपालिका, गाविस र जिविसले विशेष ध्यान दिनु पर्ने बताए ।
राज्यले बालबालिकाको विषयमा छुट्टयाएको बजेटलाई सम्बन्धित निकायले सम्बन्धित ठाउंमा नै लगानी गराउन तर्फर् संचार क्षेत्रले विशेष चासो दिनु पर्ने प्रमुख गौतमको भनाई थियो ।
सिविन नेपालका मधु दवाडीका अनुसार बांके जिल्लामा ९ वर्ष मुनिका ५ प्रतिशत, १० देखि १४ वर्षमुनिका ६० प्रतिशत र १४ देखि १७ वर्षमुनिका ४० प्रतिशत बालबालिका बाल श्रमिकको रुपमा काम गरिरहेका छन् ।
यस्तो अवस्थामा सञ्चार माध्यमले यस विषयमा गहिराईमा गएर कलम चलाउनु पर्ने उनको भनाई छ । सेभ द चिल्ड्रेनका पशुपति सापकोटाले ५ वर्ष अगाडि भर्ना भएका विद्यार्थीहरुको ५ वर्षपछि अनुगमन गर्ने हो भने ४० प्रतिशत भन्दा कम विद्यार्थी मात्र विद्यालयमा भेटिने र ६० प्रतिशत बालबालिकाहरु नभेटिने हुंदा ति बालबालिकाहरु शिक्षाबाट वञ्चित भएको बताएका छन् ।
एफाका पूर्ण चन्द्र उपाध्यायले १९ प्रतिशत बालबालिकाहरु जो विद्यालय भन्दा बाहिर छन् ति बालबालिकाहरु जोखिमको स्थितीमा बाल श्रमिकको रुपमा काम गरिरहेको बताए ।
एफएनसीका क्ष्ाेत्रीय संयोजक मान बहादुर क्षेत्रीका अनुसार बांके जिल्लामा ४ सय ६६ कमलरीहरु रहेकोमा ३ सय ७७ जनालाई उद्दार गरिसकेको र ८९ कमलरीहरु अझैपनि बांके जिल्लाको विभिन्न व्यक्तिको घरमा कमलरीको रुपमा काम गरिरहेको बताए । उनले ती कमलहरीलाई मुक्त गर्न सहयोग गर्न आग्रह पनि गरे । जिल्ला बाल क्लब सञ्जाल बांकेका अध्यक्ष अनुभा राणाका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्नेहरुको घरमा नै बालबालिकाहरुलाई बाल श्रमिकको रुपमा काम गर्न राखिएको छ । उनले हराएका बालबालिकाका बारेमा कसैले चासो नदिएको गुनासो गरिन् ।
मध्यपश्चिम समन्वय समितिका संयोजक प्रेम केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्दि्रय सदस्य जनक नेपाल र शाखा अध्यक्ष झलक गैरेले सहजीकरण गरेका थिए भने कार्यक्रममा बांके जिल्लामा काम गर्ने संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

Monday, June 7, 2010

बिल नदिनेलाई कारवाही गरिने

नेपालगन्ज, २३ जेठ ः उपभोक्ताले बिल लिंदा वस्तुको बढी मुल्य तिर्नु परेको हुंदा विल नलिने गरेको आईतबार एक कार्यक्रममा उपभोक्ता जनक राम भण्डारीले बताए ।
बागेश्वरी असल शासन क्लब -बास) को आयोजनामा भएको उपभोक्ता सचेतनाका लागि अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा भण्डारीले सो कुरा बताएका हुन् । भण्डारीले उपभोक्ताले कर तिरेमा कुनै सुविधा नपाउने र सरकारपनि उपभोक्ताप्रति जिम्मेवार नभएको हुंदा उपभोक्ता जिम्मेवार हुन नसकेको गुनासो गरे । बिल लिउ बिल दिउ भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा उपभोक्ता धमेन्द्र धितालले बिल लिनु र दिनु राम्रो विषय भएको तर वस्तुको भाव मुल्यांकन विना बढेको बढै हुंदा पनि सम्बन्धित निकाय मौन भएको र उपभोक्ता ठगिमा परेको बताए । धितालले वस्तुको भाव किन आकासिदै छ त्यसको मुल्य निर्धारण र मुल्यांकन सम्बन्धित निकायले गर्नुपर्नेमा जोड दिए ।
जुम्ला क्याम्पसका प्रमुख रुद्र प्रसाद तिमिल्सेनाले जग्गा खरिद विक्रीमा ८० प्रतिशत राजस्व छली हुंदा पनि राजस्व कार्यालयले अनुगमन नगरेको र अनुगमन गर्ने कर्मचारी पनि इमान्दार नभएको हुंदा राजस्वमा असर परेको बताए ।
सरोकारवालाको रुपमा रहेको नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष श्याम कुमार शर्माले कार खरिद गर्दा र चना खरिद गर्दा दुवैमा १३ प्रतिशत भ्याट तिर्नु पर्ने भएको हुंदा वस्तुमा भएको असमानताका कारण बिल लिने र दिने कार्यमा समस्या उत्पन्न भएको बताए । उपाध्यक्ष शर्माले भन्सारबाट सामान आयात गर्दा अन्डर बिलिङ्ग गरेर सामान भित्राउने गरेको तर भन्सार कार्यालयबाट चेकजांचमा जागरुकता नदेखाएको बताए ।
उपभोक्ता मञ्चका अध्यक्ष डा. नारायण सुवेदीले उपभोक्तामा वस्तु छनौट गर्ने, वस्तुका बारेमा सुनुवाई गर्ने, खरिद गरेको वस्तु क्षती भएमा क्षतीपूर्ति पाउने लगायतको अधिकार ऐनमा नै उल्लेख भएको हुंदा उपभोक्ता सचेतनाको आवश्यकता भएको कुरामा जोड दिए । सो अवसरमा बिल नदिनेलाई कारवाही गर्ने प्रतिबद्धता सम्बन्धित कार्यालयहरुले गरेका थिए । आन्तरिक राजस्व कार्यालयका प्रमुख शिव कुमार कटुवालले उपभोक्ताले बिल लिने बानी गरेमा आफूले खरिद गरेको वस्तुको वारेण्टी/ग्यारेण्टी हुने र राजस्व छल्ने सम्भावना पनि कम हुने भएको हुंदा अनिवार्य रुपमा बिल लिने बानीको विकास गर्नु पर्नेमा जोड दिएका थिए ।
आन्तरिक राजस्व कार्यालयको सहयोगमा आयोजना भएको सो कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष ईश्वर विकले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण क्लबका निर्देशक नमस्कार शाहले गरेका थिए ।

क्षेत्रीय खेलकुदमा बाँके प्रथम

नेपालगन्ज, २३ जेठ ः नेपालगन्जस्थित रंगशालामा संचालन भएको अन्तर विद्यालयस्तरीय क्षेत्रीय खेलकुद प्रतियोगितामा बांकेले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा बर्दियाले दोश्रो तथा सुर्खेतले तेश्रो स्थान प्राप्त गरेको छ ।
आईतवार सम्पन्न भएको सो प्रतियोगितामा बांकेले १५ अंक प्राप्त गरी प्रथम भएको थियो भने बर्दियाले १२ र सुर्खेतले १० अंक प्राप्त गरी क्रमशः दोश्रो र तेश्रो भएका थिए ।
आईतवार सम्पन्न एथ्लेटिक्स खेलतर्फ बांके जिल्ला अग्र स्थानमा रहेको छ ।
१ सय मिटर, ४ सय मिटर दौड र टि्रपल जम्पमा छात्रा तर्फका सवै खेलमा बांकेले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो ।
सो प्रतियोगिताको १ सय मिटर दौडमा बांकेकी रमिता चौधरी प्रथम, बार्दियाकी सीता चौधरी दोश्रो र जुम्लाकी सावित्री विष्ट तेश्रो भएका थिए । त्यसैगरी ४ सय मिटरतर्फ बांकेकी दिलमाया कार्की प्रथम, बर्दियाकी कल्पना चौधरी दोश्रो र सुर्खेतकी डेनिसा घर्ती तेश्रो भएका थिए ।
टि्रपल जम्पमा बांकेकी दिलमाया कार्की प्रथम, सुर्खेतकी रुपा मल्ल दोश्रो र बर्दियाकी सिता चौधरी तेश्रो भएका थिए ।
यस्तै पुरुष तर्फको एथलेटिक्स खेलमा १ सय मिटर दौडमा बर्दिया प्रथम, ४ सय मिटर दौडमा दाङ प्रथम, ४ गुणा १ सय मिटर रिले दौडमा बांके प्रथम र टि्रपल जम्पमा पुन दाङ प्रथम हुन सफल भएको थियो ।
छात्रतर्फको १ सय मिटर दौडमा बर्दियाका आशाराम चौधरी प्रथम, बर्दियाका रामकृष्ण चौधरी दोश्रो र बांकेका विशाल गुरुङ्ग तेश्रो भएका थिए ।
त्यसैगरी ४ सय मिटर दौडमा दाङ्गका आशाराम चौधरी प्रथम, सुर्खेतका दिनेश राना दोश्रो र बांकेका रत्न थारु तेश्रो भएका थिए भने ४ गुणा १ सय रिले दौडमा बांके प्रथम, बर्दिया दोश्रो र दाङ्ग तेश्रो भएको थियो ।
टि्रपल जम्पमा भने दाङ्गका आशा राम चौधरी प्रथम, रामकृष्ण चौधरी दोश्रो र बांकेका विशाल गुरुङ्ग तेश्रो भएका थिए । त्यस्तै भलिवलको फाइनल खेलमा छात्रतर्फ सुर्खेतले कालिकोटलाई पराजित गरी विजय भएको थियो ।
उक्त खेलमा सुर्खेतले कालिकोटलाई २५-२३, २४-२६ र २५-१६ को अन्तरले पराजित गरेको थियो । यसै गरि छात्र तर्फकै भलिबल खेलमा बर्दियाले तेस्रो स्थानमा चित्त बुझाएको छ । बर्दियाले बांकेलाई २१-२५, २५-१३ र २५-१५ मा पराजित गर्दै तेश्रो भएको हो ।
यसै गरि छात्रा तर्फको भलिवल खेलमा बांकेले बर्दियालाई पराजित गर्दे उपाधि हात पार्न सफल भएको थियो । उक्त खेलमा बांकेले बर्दियालाई २५-२१, २५-१५ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै तेश्रो स्थान भने कालिकोटले हात पारेको छ । कालिकोटले सुर्खेतलाई २५-१४, ११-२५ र २७-२५ अंकले हराउंदै तेश्रो भएको हो ।
एथलेटिक्स खेलको उत्कृष्ट खेलाडीमा बर्दियाका रविन चौधरी र बंाकेकी रमिता चौधरीलाई घोषित गरिएको छ । त्यसैगरी छात्रा भलिबल तर्फ बांकेकी पुजा थापा र छात्र भलिबल तर्फ कालिकोटका तोरन शाही उत्कृष्ट घोषित भए ।
प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने खेलाडी तथा जिल्लाहरुलाई युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले आईतवार अपरान्ह पुरुस्कार, प्रमाणपत्र तथा शिल्ड वितरण गरेका थिए ।
क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा मध्यपश्चिम क्षेत्रका ९ वटा जिल्लाहरु बांके, वर्दिया, सुर्खेत, दाङ, जाजरकोट, कालीकोट, सल्यान, रोल्पा र जुम्लाका दुई सय खेलाडीको सहभागिता रहेको थियो ।

नियुक्तिको बिरोधमा बिद्यालयमा तालाबन्दी

नेपालगन्ज, २३ जेठ ः विद्यालयका प्रधानाध्यापकले आफ्नो छोरालाई नियुक्ति गरेको विरोधमा विद्यार्थीहरुले बांकेको जनता प्रास्तावित मावि बठुवामा तालाबन्दी गरेका छन् ।
प्रधानाध्यापक भोला मिश्रले अनुमति पत्रसमेत नभएका आफ्ना छोरा निरञ्जन कुमार मिश्रलाई नियुक्त गरेपछि विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेको बताएका छन् । निरञ्जनसंग शिक्षक अनुमतिपत्र पनि छैन ।
प्रधानाध्यापक मिश्रका छोरा निरञ्जनले निजी श्रोतबाट विगत केही समय देखि अध्यापन गराउदै आएको भएपनि अभिभावक र विद्यार्थीहरु सन्तुष्ट नभएकोले निरञ्जनको नाम छनौट हुने वित्तिकै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका बताए ।
आफ्ना छोरालाई नियुक्ति गर्न प्रधानाध्यापकले पटकपटक विज्ञापन खोलाएका थिए । पहिलो पटक भौतिक शास्त्रको लागि विज्ञापन खोलिएको थियो । त्यस बेला लाइसेन्स भएका एक जनाको निवेदन परेको थियो । पुनः जिव विज्ञान समूहले पनि र्फम भर्न पाउने गरि विज्ञापन खोलियो ।
सात जनाको निवेदन परेकोमा लाइसेन्स नभएका आफ्ना छोरालाई मिश्रले नियुक्ति दिएका अभिभावक र विद्यार्थीको आरोप छ ।
विद्यालयले सञ्चालन गरेको परिक्षामा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि समेत उपस्थिती थिएनन् । नियुक्ति गर्ने क्रममा कक्षा अवलोकन गराउनु पर्ने भएपनि कुनै पनि निवेदकलाई अवलोकन कक्षा
गराइएन ।