नेपालगन्ज, ८ जेठ ः सुर्खेत स्थित दुई सिमितविच रुटपरमिटका विषयमा विवाद बढ्दै गएपछि भेरी अञ्चलका विभिन्न यातायाता समितीले शनिबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेको छन् । सुर्खेत स्थित मध्यपश्चिम यातायात व्यवसायी समिती र काक्रेविहार ब्यवसायी समितीविच रुटपरमिटका बिषयमा विवाद वढ्दै गएपछि यातायात वन्द गरिएको हो । बन्दका कारण शनिबार विहानैदेखी बांके, वर्दिया, सुर्खेत लगायतका सुर्खेतको काक्रेबिहार यातायात समितिले काठमाण्डौ-दिल्ली चलेका ५ वटा पुराना गाडीहरु सुर्खेत रुटमा चलाएको र अबैध रुपमा रुटपरमिट प्रयोग गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्टिूय महासंघ भेरी अञ्चल कमिटिले अनिश्चितकालीन यातायात बन्द आव्हान गर्नु परेको यातायात व्यावसायीले बताएका छन् ।
व्यवसायीहरुले त्रुटिपुर्ण रुट परमिटको खारेजीको समेत माग गरेका छन । काक्रेविहार समितिले प्रक्रिया नपुर्याइ जारी गरिएको बाटो इजाजतपत्र खारेजी नभएसम्मका लागि बन्द गरिने भेरी अञ्चल बस ब्यवसायी समितिका अध्यक्ष डेकनाथ गौतमले बताए ।
गौतमका अनुसार, सवारी ऐन २०६० विपरित सञ्चालन इजाजत दिइएका कारण आन्दोलनमा उत्रिएको होे । मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयले व्यवसायीहरु बिच सहमतिका लागि प्रयास गरे पनि सहमती हुन सकेको छैन । व्यावसायीको आन्दोलनका कारण सार्वजनिक यातायातका साधनहरु नचल्दा यात्रुहरु अलपत्र परेका छन् । जिल्लामा यातायात चलेका छैन्न । यातायात नचल्दा यात्रुहरु मर्कामा परेका छन ।
यसैवीच सुर्खेतमा वन्दकर्ताहरुले वन्दको अवज्ञा गरेकेा भन्दै सुर्खेतका ४ वटा प्राईभेट जिपमाथी तोडफोड गरेका छन । वन्दकर्ताहरुले विरेन्द्रनगरका विभिन्न ठाउंमा ती गाडी तोडफोड गरेका हुन । विहान लु १ च ३०८० नम्वरको यती एयरलाईन्सको जिप, होटल पञ्चकोषीको लु १ च ३४०२ नम्वरको जिप, बा ६ च २४०५ नम्वरको जिप र भे १ च ९०३२ नम्वरको जिप वन्दकर्ताहरुले तोडफोड गरेका थिए ।
No comments:
Post a Comment