Sunday, May 9, 2010

संगीतमा डुब्यो संन्ध्या

नेपालगन्ज, २६ वैशाख ः हरेक नेपाली महिनाको अन्तिम शनिवार संगीत श्रृंखला आयोजना गर्दै आएको अन्तरालको हलमा शनिबार छुट्टै रौनक थियो । कार्यक्रम सुरु हुनु अघि केही परिचित अनुहारहरु एक आपसमा भलाकुसारी गर्दै थिए । साँझ पर्दै थियो पहिलो पटक अन्तराल संगीत श्रंृखलामा प्रस्तुत भएका गायक कृष्ण केसीले गाए-'मलाई छोडी मेरो छायाँ कतै झरेछ, तिमीसम्म आईपुग्दा साँझै परेछ ।' कार्यक्रममा आूखा बन्द गरेर गीत गाइरहेको आवाजलाई श्रोताले समेत आँखा बन्द गरेर सुन्दा स्वर सम्राट नारायण गोपालकै अगाडी बसेर गीत सुनिरहेको आभाष हुन्थ्यो ।
अनौपचारिक ढंगले अधि बढिरहेको कार्यक्रमलाई हारमोनियममा औंला खेलाईरहेका गायक दीपक सल्मानी आफैंले सञ्चालन पनि गर्दै थिए । सल्मानीले आनी छोइङ्ग डोल्माको स्वर रहेको बहुचर्चित गीत 'फूलको आँखामा फूलै सन्सार, काँडाको आँखामा काँडै सन्सार' गीत प्रस्तुत गरेर पलेूटी कसेर बसिरहेका दर्शकको वाहवाही बटुल्ो ।
पहिलो पटक अन्तरालमा प्रस्तुत भएकी गिटारिष्ट निता गुरुङ्गले गायिका नम्रता पन्त र दीपक सल्मानीले गाएका युगल गीतहरुमा आफ्नो अद्भुत क्षमता प्रस्तुत गर्दै दर्शकहरुको ताली पाईन् । गायिका नम्रताले गीत गाईरहंदा दर्शक बीच खासखुस चल्यो । दर्शक भन्दै थिए- 'इमेल, एसएमसको जमानामा पनि चिट्ठी आएन, चिट्ठी आएन' भन्ने गीतले पुराना दिनहरुको याद दिलायो ।'
कसैले बुझेन मेरो मनको बहलाई भन्दै नम्रताले दर्शकलाई भावुक बनाएपछि नम्रताको मनको बह बुझिदिन गायक दीपक युगल गीतमा प्रस्तुत भए । गायक दीपकले गाए-'मोहनी लाग्ला है, गाउंलेको बोलीले ।' नम्रताले पनि साथ दिंदा दर्शकहरु आनन्दले झुमेका थिए ।
बैशाख महिना अन्त्यतिर लाग्दैछ । पहाडका बनभरि लालिगुरास फूलेका होलान् । नेपालगञ्जको अन्तरालको हलमा बनभरिको लालिगुंरासलाई गायिका रेश्मा केसीले मध्य'म त लालिगुंरास भएछु, बनै भरि फुलिदिलदिन्छु ।' बनैभरि फुल्न थालेकी रेश्मालाई गायक दीपकले प्रश्न गरे 'गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै, हाम्रो माया यस्तै हुन्छ र ?' रेश्माले पनि जवाफ दिईन्'हुन्छ नि ।' यस लगत्तै दीपक र रेश्माले मान्छेको माया यहां खोलाको पानी जस्तो भन्ने गीत प्रस्तुत गरे ।
सूर्यास्त भइसकेको थियो । अध्याूरो बढ्दै थियो । रेश्माले दावुकता तिर डोर्‍याउंदै गाईन् दिन ढल्यो अधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा ।' यसपछि कार्यक्रमको समापन गर्न दार्जिलिङ्गे गायक गणेश राई आए । तर, दर्शकले उनलाई थप एक गीत गाउँन लगार छोडे । तवलामा भरत थापा, गिटारका प्रतीक देवकोटा, इफेक्टका कृष्ण केसी लगायतको साथले दर्शकलाई जुरुक-जुरुक बनाउने गीत सुनाएपछि कार्यक्रम सकियो ।

No comments:

Post a Comment