Thursday, May 27, 2010

बुद्धको जन्मजयन्ती धुमधाम संग सम्पन्न


नेपालगन्ज, १३ जेठ ः शान्तिका अग्रदुत महामानव भगवान बुद्धको २५ सय ५४ औं जन्मजयन्तीको अवसरमा विहीबार बांकेमा विविध कार्यक्रम गरी धुमधाम संग मनाएको छ । भगवान बुद्धको जन्म, ज्ञानप्राप्ती र महापरनिरावण बैशाख पुणर्ीमाकै दिन भएको विश्वासमा यो दिन बिश्वभर रहेका बुद्ध धर्मावलम्बिहरुले धुमधामका साथ बुद्ध जयन्ति मनाउने गर्दछन । बुद्धको जन्मस्थल भएका कारण नेपालमा बुद्ध बाहेक अन्य धर्मावलम्बिहरुले पनि विशेष श्रद्धा र सम्मानका साथ बुद्ध जयन्ति मनाउने गर्छन ।
बौद्ध धर्म संघ बााकेको आयोजनामा नेपालगन्जको गणेशपुर- ५ मा रहेको बौद्ध गुम्बामा विहानै बौध धर्मका लामाद्वारा १ सय ८ दिप प्रजोलित गरी लुन्डा पुजा रेका थिए । पुजा आजापछि बौद्ध गुम्बाबाट मोटरसाइकल र्‍याली निकालिएको थियो । गुम्बाबाट सुरु भएको मोटरसाईकिल र्यालीले नेपालगञ्ज नगरपालिकाको परिक्रमा गरी कोहलपुरको निर्माणाधीन बुद्ध गुम्बा पुगी नेपालगञ्जमा आएर समापन भएको थियो ।
त्यसतै बौंक धर्म संघको आयोजनामा गम्बाबाट पैदल र्‍याली पनि निकालिएको थियो । र्‍याली नेपालगंज नगरको विभिन्न भागको परिक्रमा गरी गुम्बामा पुगि सभामा परिणत भएको थियो ।
जयन्ती मनाउन बांके जिल्लाका विभिन्न ग्रामिण क्षेत्रबाट आ-आफ्नो जातीय पहिरनमा आएका जनजातिहरुले जयन्तीको उपलक्ष्यामा एकअर्कामा शुभकामना आदान प्रदान गरेका थिए ।
र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै बौद्ध धर्म संघका केन्दि्रय अध्यक्ष गुमान सिंह गुरुङले राजनीतिक दलहरुको सत्ता खिचातानीले गर्दा देशमा अशान्ति फैलिएको भन्दै शान्तिका लागि बुद्धको उपदेश व्यवहारमा उतार्न र पालना गर्न दलहरुलाई आग्रह गरे । हत्या, हिंसा र अपहरण जस्ता क्रियाकलापले गर्दा नेपाली जनताले शान्तिको सास फेर्न नपाएको र समयमै संविधान पनि निर्माण नभएको भन्दै अध्यक्ष गुरुङ्गले शान्ति र सद्भाव कायम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी नेकपा एमाले नगर कमिटिका अध्यक्ष दत्तप्रसाद आचार्यले देशमा फैलिएको अशान्तिमय वातावरणलाई शान्तिमा परिणत गर्न सबै नेपालीहरुले बुद्धको सन्देशलाई अंगाल्नुपर्ने बताए । कार्यक्रममा बौद्ध धर्म संघका केन्द्रीय महासचिव मानबहादुर गुरुङ, बौद्ध धर्म संघ बााकेका सल्लाहकार रणप्रसाद रानामगर, शेर्पा संघका अध्यक्ष रेन्जी शेर्पा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । विहीबार सांझ नै बौंद्ध गुम्बामा दिप प्रजवल्न गरिएको थियो ।

No comments:

Post a Comment