Wednesday, May 19, 2010

'अक्सिजन सिलिण्डरले मेरो छोराको ज्यान लियो'

नेपालगन्ज ४ जेठ ः नेपालगन्ज मेडिकल कलेज नसिंङ्होममा उपचारका लागि भर्ना गरिएका एक शिशुको मंगलबार विहान मृत्यु भएपछि उनका आफन्तहरु आक्रोशित भएका छन् । अक्सिजन चढाइरहेका बेला प\mलोमिटर पड्किएर आफ्ना शिशुको मृत्यु भएको शिशुका आफन्तले आरोप लगाएका छन् ।
मृत शिशुका परिवारले शिशुको लास बुझ्न नमाने पछि अस्पतालमा तनाव सिर्जना भएको छ । ति नवजात शिशुलाई नेपालगन्ज मेडिकल कलेजको एनआइसियुमा राखेर उपचारका क्रममा अक्सिजन चढाउंदै गर्दा सो अक्सिजनको फ्लोमिटर एक्कासी पड्किएको थियो ।
मेडिकल कलेजले शिशुको फ्लोमिटर पड्केर नभइ उपचार गर्नेक्रममा मृत्यु भएको जनाएको छ भने शिशुका आफन्तले भने फ्लोमिटर पड्केरनै आफ्नो बच्चाको मृत्यु भएको वताएका छन् । शिशुका बुवा शैलेन्द्रराज श्रेष्ठले अस्पतालको लापरवाहीले आफ्नो बच्चाको मृत्यु भएको वताए ।
'मंगलबार विहान विहान करिब ६ बजे एक्कासी केही पटकेको आवाज आयो । केहीछिनमै एनआईसियुबाट उपचार गर्दा गर्दा तपाइको बच्चाको मृत्यु भयो भनेर जानकारी सुनाए - श्रेष्ठले भने - फ्लोमिटर पड्कनु भन्दा पहिले त मेरो बच्चा राम्रै थियो, पड्किसकेपछि बच्चाको मृत्यु भएको हामीलाइ सुनाए ।
सल्यान घर भई सुर्खेतको मेलकुनामा उपचार गराउंदै गर्दा सिकिस्त भएपछि उपचारका लागि नेपालगन्ज शिक्षण अस्पतालमा ल्याइएको तिन दिनको नवजात शिशुलाई सोमबार राती ९ बजेमात्र एनआईसियुमा भर्ना गरिएकोे श्रेष्ठले वताए ।
अस्पतालले शिशुको पुरै शरिरमा ब्लड इन्फेक्सन भएको हुंदा मृत्यु भएको र फ्लोमिटर पड्केर शिशुको मृत्यु नभएको दावी गरेको छ । अस्पतालका वरिष्ठ चिकित्सक डा.एम किदवाईले फ्लोमिटरले शिशुलाई कुनै पनि प्रकारको हानी नोक्सानी नगर्ने भएको हुंदा शिशुलाई भएको सफ्टीसेमिया -ब्लड इन्फेक्सन) रोगबाट नै शिशुको मृत्यु भएको वताए । मृत शिशुका परिवारले अस्पतालले जिम्मा नलिदासम्म आफूहरुले शिशुको लास नबुझ्ने बताएका छन् । नेपालगन्ज मेडिकल कलेज दिनभर तनावग्रस्तनै रहेको थियो ।

No comments:

Post a Comment