Tuesday, May 25, 2010

क्षतीपूर्तिका माग गर्दै सवारी साधन चलाउनमा रोक

नेपालगंज, ११ जेठ ः बााकेका सरकारी तथा संस्थानका गाडि चालकहरुले मंगलबार आफ्ना सवारी साधन चलाएका छैनन् । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन बााकेको निर्णय अनुसार गाडि नचलाउने निर्णय गरेका हुन् । दमकलले च्यापिएर सोमबार नेपालगन्जमा चालकको ज्यान गएपछि मंगलबार एसोसिएसनको बैठक बसी यस्तो निर्णय गरिएको हो । एसोसिएसन बााकेका अध्यक्ष कर्ण बहादुर गुरुङ सुन्दरको अध्यक्षतामा बसेको बैठकले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, छोरा छोरीलाई पढाई खर्च र जागीरको व्यवस्था गर्नु पर्ने माग पनि गरेको छ । साथै बैठकले १० सदस्यीय संघर्ष समिती गठन गरेको छ । नगरभवनवाट पानी भर्नका लागी दमकल निकाल्दै गर्दा हिजो पर्खालमा एक्कासी ठोक्कीए पछि नेपालगंज १६ कोरियनपुर निबासी ३० बषिर्य लोक बहादुर गुरुङको च्यापीएर ज्यान गएको थियो ।

No comments:

Post a Comment