Wednesday, May 19, 2010

किशोरीमा अझै पनि द्वन्द्वको प्रभाव

नेपालगन्ज, ४ जेष्ठ ः १० वर्षे सशस्त्र द्वन्द्वका कारण किशोरीहरु अझै पनि विभिन्न समस्याबाट पीडित भएको मंगलबार एक कार्यक्रममा सहभागी किशोरीहरुले बताएका छन् । सशस्त्र द्वन्द्वका कारण किशोरीहरुमा देखिएको शारिरिक तथा मानसिक समस्याका कारण प्रजनन स्वास्थ्यलगायतमा समस्या देखिएको र उनीहरु खुलेर समाजको अगाडि आउन नसकेको उनीहरुको अनुभव थियो ।
सिविन नेपालको आयोजनामा भएको किशोरीका समस्या महिचान कार्यक्रममा बोल्दै अधिकांश किशोरीहरुले सशस्त्र द्वन्द्व र लैङ्गगि विभेदका कारण किशोरीहरुमा शिक्षा, स्वास्थ्यलगायतका विषयमा समस्या देखिएको बताए । किशोरीहरुका व्यक्त गर्न नसक्ने समस्या पहिचान गर्ने र समग्र किशोरीहरुका समस्यालाई सरोकारवाला सम्म पुर्‍याउन कार्यक्रमको आयोजना गरेको सिविन नेपालका मनोविमर्षकर्ता इन्द्र केसीले बताए । बांके जिल्लाका बागेश्वरी शुभकामना बालिका क्लब, कुशुम प्रगतिशील बालिका क्लब, नेपालगंज बालिका संरक्षण अभियान र कचनापुर जय बागेश्वरी बाल क्लबका १३ देखि २० वर्षसम्मका किशोरीहरुको सहभागीता रहेको कार्यक्रममा अधिवक्त विनु श्रेष्ठले किशोरीका समस्या पहिचान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment