Tuesday, May 25, 2010
पक्राउ गरिएको सामान अनुसन्धानविना थन्कियो
सुर्खेत, ११ जेठ ः सुर्खेतको छिन्चु प्रहरी चौकिले अबैध सामान भनेर पक्राउ गरेका बिभिन्न सामानहरु अनुसन्धान बिना नै थन्ििकएका छन् । यहि जेठ ७ गते दिउासो नियन्त्रणमा लिईएको ४ सय ४३ बोरा यूरिया डि.ए.पि र पोटास मल १ सय ३७ बोरा कन्टेसा नामक मदिरा र ७ बोरा चिनि आवश्यक छानबिनका लागि छिन्चु प्रहरीले पक्राउ गरेर ट्रक सहित रावश्व कार्यालय कोहलपुरमा पठाएको थियो । यता राजश्व कार्यालय कोहलपुरले भने अहिलेसम्म कुनै चासो नदेखाएको बुझिएको छ । साथै अस्पस्ट जानकारी आए अनुसार राजश्व कार्यालय कोहलपुरले सो सामान अर्बैध भएपनि बैध बनाउने प्रयास गरिरहेको बुझिएको छ । पक्राउ परेको सो ट्रक भने राजश्व कार्यालयले छोडिदिएको छ । पक्राउ परेको सो सामान भने छिन्चुको गोदाम र राजश्व कार्यालयमा समेत पुगेको छ । छिन्चु गोदामको सामान प्रहरीले सिलबन्दी गरेको बताईएको छ । कोहलपुर एफएम को गोपय श्रोतका अनुसार सो सामानका नक्कली बिल बनाई मोटो रकम खाएर सामान बैध बनाउने प्रयास भईरहेको छ । लाखााैको सो सामान सुर्खेतका व्यापारी नरबहादुर मल्लको भएको बताईएको छ । राजश्व कार्यालय कोहलपुरले आवश्यक कार्वाहि र छानबिन प्रक्रिया अगाडि बढाई सकेको जानकारी गराए पनि सो सामानको बिलमा समेत कार्यालयको छाप नभएकोले सामान अबैध हुन सक्ने आशंका गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment