Thursday, May 27, 2010

प्रत्येक गाविसमा फोन सेवा

नेपालगन्ज, १३ जेठ ः नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जले मध्यपश्चिमका जिल्लाहरुका प्रत्येक गाविसहरुमा फोन सेवा पुर्‍याउने भएको छ । आर्थिक बर्ष २०६६।६७ को आर्थिक मसान्तसम्म मध्यपश्चिमका जिल्ल्ााहरुका प्रत्येक गाविसमा फोन सेवा पुर्‍याउने नेपाल टेलिकम क्षेत्रीय कार्यालयले जनाएको छ ।
५ लाख बढी सेवा ग्राही रहेको मध्यपश्चिम क्षेत्रिय कार्यालय नेपालगञ्जका अनुसार मध्यपश्चिमका १५ जिल्लाका करिव ५ सय ७५ गाविसमा टेलिफोन सेवा पुरयाइने भएको हो । आर्थिक बर्षको मसान्तसम्म टेलिफोन सेवा विस्तार गर्ने लक्ष्य अनुुसार हालसम्म यस क्षेत्रका ५ सय ६० गाविसमा टेलिफोन सेवा विस्तार भईसकेको छ । कणर्ाली अञ्चलका ५ जिल्लाका करिव १५ गाविस मात्र टेलिफोन सेवा विस्तार गर्न बााकी रहेको नेपाल टेलिकम क्षेत्रिय कार्यालयका वरिष्ठ ईन्जिनियर नामकर न्यौपानेले बताए । टेलिकमले सुगम क्षेत्रमा मोबाईल बीटिएस सिस्टम र ल्यानलाईन ,पहाडी र दुर्गम क्षेत्रमा सीडिएमए बिटिएस र भी स्याट लाईन जोडेको छ ।

No comments:

Post a Comment