Wednesday, May 19, 2010

'मलाई बुवाको रेकर्ड ब्रेक गर्ने इच्छा छ'

नेपालगन्ज, ४ जेष्ठ ः 'मलाई बुवा -काका हरिबहादुर रोकाय) को रेकर्ड ब्रेक गर्ने इच्छा छ त्यसैकारण म एभरेष्ट म्याराथनमा भाग लिन जांदै छु ।' १५ वषर्ीया उमेश रोकायले अटुट विश्वासका साथ पत्रकारबीच आफ्नो चाहना व्यक्त गरे ।
एभरेष्ट म्याराथनमा पहिलो पल्ट सहभागि हुन लागेका जुम्ला निवासी उमेश रोकाय सम्बन्धी जानकारी दिन मंगलवार नेपाल खेलकुद पत्रकार मञ्च नेपालगन्जले बुलबुलिया स्थित आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै रोकायले म्याराथनमा सहभागी हुनुको मुख्य उद्देश्य नयँा कीर्तिमान बनाउन एभरेष्ट म्याराथनमा सहभागि हुन लागेको बताए । यहि जेष्ठ १५ गते -मे २९ तारिख) देखि शुरु हुन लागेको एभरेष्ट म्याराथन दौडमा सहभागी हुन उमेश आज काठमाण्डौं हँुदै सगरमाथा जादै छन् ।
जुम्ला चन्दननाथ-६ भारतीबाडा बस्ने उमेशले रारा महोत्सव, डोल्पा महोत्सव लगायत हाइअल्टिच्युडमा सम्पन्न म्याराथन सफलता पुर्वक पुरा गरि सकेका छन् । गायन तथा बाध्यबादनतर्फ पनि रुची राख्ने उमेशले एभरेष्ट म्याराथनलाई निरन्तरता दिएर यसैमा नाउँ राख्ने पनि बताए । भर्खर एसएलसीको तयारीमा लागेका उमेश आफ्नै खर्चमा सगरमाथा आधारशिविर तर्फ जाँदैछन् । जुम्ला खलङ्गा नजिकका लेकहरुमा नियमित दौडको अभ्यास गरेका उनले हालै जुम्ला देखि मुगुको रारा तालसम्मको दुरी पुरा गरेको उमेशका प्रशिक्षक हरिबहादुर रोकायले जानकारी दिए । आयोजकले १८ बर्षमुनिका धावकलाई सहभागि हुन दिंदैन नि भनि सोधिएको प्रश्नमा उमेशका प्रशिक्षक एवं यसपल्टको एभरेष्ट म्याराथनमा प्रमुख निणर्ायकको जिम्मेवारी पाएका विश्वकीर्तिमानी धावक हरिले पत्रकार सम्मेलनमा भने-'हाइअल्टिच्युड लाग्छ भनेर उमेरको प्रावधान बनाइएको हो, नियमित प्रशिक्षणका कारण उमेशले दौड पुरा गर्नेमा म बिश्वस्त छु त्यसैले उसलाई दौडनका लागि आयोजकबाट रोकटोक नहोला भन्नेमा म आशावादी छु ।' सगरमाथाको आधार शिविरदेखी नाम्चे बजारसम्मको करिब ४२.१९ किमिको दुरी तय गर्न आत्मविश्वासका साथ सहभागी हुन लागेका उमेश भन्छन -'राज्यले हेर्‍यो भने खेलकुदलाई निरन्तरता दिने मेरो ठूलो इच्छा छ ।'
पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष जयनारायण शाहले उमेशको दौड अभियानमा सघाउन बिभिन्न ब्यक्ति एवं संघसंस्थालाई आग्रह गरे ।

No comments:

Post a Comment