नेपालगञ्ज, १४ जेठ
बुहचर्चित तेन्जिङ्ग-हिलारी एभरेष्ट म्याराथनको रिपोर्टिङका लागि मोफसलको सञ्चार संस्थालेे पहिलो पटक अवसर पाएको छ ।
काठमाडौं सानेपास्थित हिमालय एक्सपिडिसनको सहयोगमा नेपालगन्जको अन्तराल मिडिया एण्ड पब्लिकेसन्सले आठौं संस्करणमा आईपुग्दा त्यसको अवसर पाएको हो ।
अन्तरालका सञ्चारकर्मीद्वय जयनारायण शाह र रमेश मल्ल बिहिवार हवाईमार्गबाट काठमाडौंदेखि सोलुखुम्बुको लुक्ला हुादै उनीहरु शुक्रबार नाम्चेबजार पुगे । प्रतियोगिता शनिवार हुादैछ । बिश्वकीर्तिमानी धावक जुम्ला निवासी हरिबहादुर रोकायले त्यसमा मुख्य निणर्ायकको भुमिका निर्वाह गर्दैछन् ।
प्रतियोगितामा सहभागि हुन स्वदेशी तथा बिदेशी दर्जनौं धावकहरु सगरमाथा आधारशिविर गोरकसेप पुगिसकेको म्याराथन आयोजक हिमालय एक्सपिडिसनका निर्देशक अभिषेक पाण्डेले बताए ।
सगरमाथा आधार शिविर गोरकसेपबाट सुरु भई नाम्चेबजारमा आएर टुङ्गनिे म्याराथनको अन्तरालसम्बद्ध सञ्चारकर्मीले रिपोर्टिङ तथा डकुमेन्ट्री निर्माणको काम गर्ने अन्तरालका काठमाडौं प्रतिनिधि भिम ओलीले जानकारी दिए ।
Friday, May 28, 2010
Thursday, May 27, 2010
छुट्टा छुट्टै सवारी दुर्घटनामा २ को ज्यान गयो
नेपालगन्ज, १३ जेठ
नेपालगंजमा आज भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ, भने १ जना गम्भिर घाईते भएका छन् । नेपालगंज बाट भन्सारतर्फ जांदै गरेको लु १ ज १४६३ नंम्बरको किया गाडिले रुपैडियाबाट नेपालगंजतर्फ आउदै गरेको युपि ४० डि ६२५२ नंम्बरको मोटरसाईकललाई गडेनपुर स्थित होटेल डि्रमल्याण्ड नजिकै बिहान ११ बजेतिर ठक्कर दिदाा मोटरसाईकलमा सवार पिप्रहवा ३ जमुनाहाका अन्दाजी ३० बषिर्य जंगली सिंङ र सोही ठााउका अन्दाजी २५ बषिर्य हर दयाल सिंङको ज्यान गएको हो ।
ठक्करबाट गम्भिर घाईते भएका दुबैलाई उपचारका लागी भेरी अंचल अस्पताल लैजादै गर्दा बाटो मै ज्यान गएको बााके प्रहरीले जनाएको छ । मृतक दुबैको शबलाई भेरी अंचल अस्पतालमा राखिएको छ । मृतकका परिवारले शबको पोष्ट मार्टम गर्न मानेका छैनन् । ठक्कर दिने किया र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै नेपालगंजको नर्सिङ होम अगाडी आज बिहान अल्फामेट खुल्न नसकेको ५८६४ नम्वरको मोटरसाईकलले ठक्कर दिदा खजुरा खुर्द्र गाविस -३ निवासी ४० बषिर्य दिलाराम विक गम्भिर घाईते भएका छन् । घाईतेको नरसिंह होममा उपचार भईरहेको छ । फरार रहेको मोटरसाईकलको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय वााकेले जानएको छ ।

प्रत्येक गाविसमा फोन सेवा
नेपालगन्ज, १३ जेठ ः नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जले मध्यपश्चिमका जिल्लाहरुका प्रत्येक गाविसहरुमा फोन सेवा पुर्याउने भएको छ । आर्थिक बर्ष २०६६।६७ को आर्थिक मसान्तसम्म मध्यपश्चिमका जिल्ल्ााहरुका प्रत्येक गाविसमा फोन सेवा पुर्याउने नेपाल टेलिकम क्षेत्रीय कार्यालयले जनाएको छ ।
५ लाख बढी सेवा ग्राही रहेको मध्यपश्चिम क्षेत्रिय कार्यालय नेपालगञ्जका अनुसार मध्यपश्चिमका १५ जिल्लाका करिव ५ सय ७५ गाविसमा टेलिफोन सेवा पुरयाइने भएको हो । आर्थिक बर्षको मसान्तसम्म टेलिफोन सेवा विस्तार गर्ने लक्ष्य अनुुसार हालसम्म यस क्षेत्रका ५ सय ६० गाविसमा टेलिफोन सेवा विस्तार भईसकेको छ । कणर्ाली अञ्चलका ५ जिल्लाका करिव १५ गाविस मात्र टेलिफोन सेवा विस्तार गर्न बााकी रहेको नेपाल टेलिकम क्षेत्रिय कार्यालयका वरिष्ठ ईन्जिनियर नामकर न्यौपानेले बताए । टेलिकमले सुगम क्षेत्रमा मोबाईल बीटिएस सिस्टम र ल्यानलाईन ,पहाडी र दुर्गम क्षेत्रमा सीडिएमए बिटिएस र भी स्याट लाईन जोडेको छ ।

अज्ञात समूहद्धारा कुटपिट
नेपालगन्ज, १३ जेठ ः काठको काम गर्ने राधापुर गाविसका ठेकेदार र उनका ४ जना सहकर्मी कामदारलाई बुधबार राती अज्ञात व्यक्तिको समूहले कुटपिट गरी गम्भिर घाइते बताएको छ ।
बााकेको राधापुर गाबिसस्थित सुनी आप बगैचामा काठको काम गर्दै आएका ठेकेदार र नेपालगञ्ज १५ बस्ने ५६ वषिर्य मो. सदिम खाा लगायत ४ जना सहकर्मी कामदारलाई करिब ६ जनाको संख्यामा आएका अपरिचित व्यक्तिहरुले घरेलु हतियारले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बााकेले जनाएको छ । अपरिचित समुहको कुटपिटबाट घाइते भएका ठेकेदार र उंहाका कामदारको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । कुटपिट गर्ने समुहले ठेकेदार र कामदारसाग भएको ३ लाख रुपैयां समेत लुटेर लगेको पीडितको आरोप छ । यसैबिच बााकेको बेलहरी गाबिस ५ का ४५ वषिर्य सठारी सिद्धिलाई उहांका दाजु र गााउलेहरुले कुटपिट गरी घाइते बनाएका छन । बेलहरी स्थित ईट्टा भट्टाबाट घरतर्फ फर्किदै गर्दा सठारीलाई उनिहरुले कुटपिट गरी फरार भएका थिए । घाइते सिद्धिको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । कुटपिट गर्नेहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बुद्धको जन्मजयन्ती धुमधाम संग सम्पन्न
.jpg)
नेपालगन्ज, १३ जेठ ः शान्तिका अग्रदुत महामानव भगवान बुद्धको २५ सय ५४ औं जन्मजयन्तीको अवसरमा विहीबार बांकेमा विविध कार्यक्रम गरी धुमधाम संग मनाएको छ । भगवान बुद्धको जन्म, ज्ञानप्राप्ती र महापरनिरावण बैशाख पुणर्ीमाकै दिन भएको विश्वासमा यो दिन बिश्वभर रहेका बुद्ध धर्मावलम्बिहरुले धुमधामका साथ बुद्ध जयन्ति मनाउने गर्दछन । बुद्धको जन्मस्थल भएका कारण नेपालमा बुद्ध बाहेक अन्य धर्मावलम्बिहरुले पनि विशेष श्रद्धा र सम्मानका साथ बुद्ध जयन्ति मनाउने गर्छन ।
बौद्ध धर्म संघ बााकेको आयोजनामा नेपालगन्जको गणेशपुर- ५ मा रहेको बौद्ध गुम्बामा विहानै बौध धर्मका लामाद्वारा १ सय ८ दिप प्रजोलित गरी लुन्डा पुजा रेका थिए । पुजा आजापछि बौद्ध गुम्बाबाट मोटरसाइकल र्याली निकालिएको थियो । गुम्बाबाट सुरु भएको मोटरसाईकिल र्यालीले नेपालगञ्ज नगरपालिकाको परिक्रमा गरी कोहलपुरको निर्माणाधीन बुद्ध गुम्बा पुगी नेपालगञ्जमा आएर समापन भएको थियो ।
त्यसतै बौंक धर्म संघको आयोजनामा गम्बाबाट पैदल र्याली पनि निकालिएको थियो । र्याली नेपालगंज नगरको विभिन्न भागको परिक्रमा गरी गुम्बामा पुगि सभामा परिणत भएको थियो ।
जयन्ती मनाउन बांके जिल्लाका विभिन्न ग्रामिण क्षेत्रबाट आ-आफ्नो जातीय पहिरनमा आएका जनजातिहरुले जयन्तीको उपलक्ष्यामा एकअर्कामा शुभकामना आदान प्रदान गरेका थिए ।
र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै बौद्ध धर्म संघका केन्दि्रय अध्यक्ष गुमान सिंह गुरुङले राजनीतिक दलहरुको सत्ता खिचातानीले गर्दा देशमा अशान्ति फैलिएको भन्दै शान्तिका लागि बुद्धको उपदेश व्यवहारमा उतार्न र पालना गर्न दलहरुलाई आग्रह गरे । हत्या, हिंसा र अपहरण जस्ता क्रियाकलापले गर्दा नेपाली जनताले शान्तिको सास फेर्न नपाएको र समयमै संविधान पनि निर्माण नभएको भन्दै अध्यक्ष गुरुङ्गले शान्ति र सद्भाव कायम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी नेकपा एमाले नगर कमिटिका अध्यक्ष दत्तप्रसाद आचार्यले देशमा फैलिएको अशान्तिमय वातावरणलाई शान्तिमा परिणत गर्न सबै नेपालीहरुले बुद्धको सन्देशलाई अंगाल्नुपर्ने बताए । कार्यक्रममा बौद्ध धर्म संघका केन्द्रीय महासचिव मानबहादुर गुरुङ, बौद्ध धर्म संघ बााकेका सल्लाहकार रणप्रसाद रानामगर, शेर्पा संघका अध्यक्ष रेन्जी शेर्पा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । विहीबार सांझ नै बौंद्ध गुम्बामा दिप प्रजवल्न गरिएको थियो ।

आयोगले निष्पक्ष रुपमा काम गर्नुपर्ने ः गौतम
नेपालगंज, १३ जेठ ः बांके जिल्ला प्रमुख तारानाथ गौतमले राष्ट्रिय मानव अधिकार आयोगलाई निष्पक्ष रुपमा काम गर्न आग्रह गरेका छन् ।
आयोगको १० औं वाषिर्क उत्सवको अवसरमा आयोजित मध्यपश्चिम मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख गौतमले पशुको अधिकार खोज्ने यस समयमा मानवको अधिकार खोजी गर्नु दुखदपूर्ण रहेको बताए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आयोगभित्र सुद्धिकरणको आवश्यकता भएको कुरामा जोड दिएका थिए ।
आयोगका क्षेत्रिय निर्देशक मुरारी प्रसाद खरेलले मानव अधिकार उल्लघंनका घट्नालाई राजनैतिकरण र आपराधिकरण हुनबाट जोगाउन सके मात्र पनि मानवअधिकारको संरक्षण र सम्वर्द्धन गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जबाट सिफारिश ३ सय २ मानवअधिकार उल्लघंनका घट्ना मध्ये ८ प्रतिशत मात्र सरकारले कार्यान्वयनमा ल्याएको तथ्य सर्वाजनिक गरिएको थियो । सिफारिश घट्ना मध्य ८ प्रतिशत पूर्णक कार्यानवयन, ३५ प्रतिशत आंशिक र ५७ प्रतिशत पुर्ण रुपमा वेवास्ता गरिएको आयोगद्धारा सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । कार्यान्वयन गरिएका सिफरिशमा पनि पीडितले उचित न्याय पाउन नसक्नु र मानवअधिकारको संरक्षण र प्रतिवद्धताप्रति सरकार उदासिन देखिनुले दण्डहिनताले पश्रय पाइरहेको कुरा पनि सो विवरणपत्रमा उल्लेख गरिएको छ ।
२००५ सालदेखि हालसम्म गरिएका सिफारिश कार्यान्यवयन विवरणमा ३ सय ८२ मध्य २ सय १२ कार्यान्वयन नभएको, १ सय ३६ आंशिक कार्यान्वयन भएको र ३४ वटा मात्र कार्यान्वयनमा आएको तथ्य खुलाइएको छ ।
कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक भोला महत, नेपाल बार एशोसिएसनका अध्यक्ष्ा सुनिल कुमार शर्मा, अधिवक्ता सुशिल लाखे, अधिवक्ता सुनिता शर्मा, हिमराइट्सका प्रकाश उपाध्याय, राससका क्षेत्रीय प्रमुख निरज गौतम, महिला संचारका अछरी पोख्रेल, राजनीतिक दलबाट पदम शाही, अशोक कोइराला, ओम प्रकाश केसी लगायतले आयोगको गतिवीधी र विवरणप्रति सल्लाह, सुझाव दिदै टिप्पणी गरेका थिए ।
शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको २५ सय ५४ औं जन्मजयन्न्ित आज धुमधामका साथ मनाईदैछ । यसै अवसरमा नेपालगन्जको न्युरोडमा रहेको बुद्ध मन्दिरमा आज बिहानैदेखि बिधि कार्यक्रम भैरहेका छन ।

Tuesday, May 25, 2010
क्षतीपूर्तिका माग गर्दै सवारी साधन चलाउनमा रोक
नेपालगंज, ११ जेठ ः बााकेका सरकारी तथा संस्थानका गाडि चालकहरुले मंगलबार आफ्ना सवारी साधन चलाएका छैनन् । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन बााकेको निर्णय अनुसार गाडि नचलाउने निर्णय गरेका हुन् । दमकलले च्यापिएर सोमबार नेपालगन्जमा चालकको ज्यान गएपछि मंगलबार एसोसिएसनको बैठक बसी यस्तो निर्णय गरिएको हो । एसोसिएसन बााकेका अध्यक्ष कर्ण बहादुर गुरुङ सुन्दरको अध्यक्षतामा बसेको बैठकले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, छोरा छोरीलाई पढाई खर्च र जागीरको व्यवस्था गर्नु पर्ने माग पनि गरेको छ । साथै बैठकले १० सदस्यीय संघर्ष समिती गठन गरेको छ । नगरभवनवाट पानी भर्नका लागी दमकल निकाल्दै गर्दा हिजो पर्खालमा एक्कासी ठोक्कीए पछि नेपालगंज १६ कोरियनपुर निबासी ३० बषिर्य लोक बहादुर गुरुङको च्यापीएर ज्यान गएको थियो ।
पक्राउ गरिएको सामान अनुसन्धानविना थन्कियो
सुर्खेत, ११ जेठ ः सुर्खेतको छिन्चु प्रहरी चौकिले अबैध सामान भनेर पक्राउ गरेका बिभिन्न सामानहरु अनुसन्धान बिना नै थन्ििकएका छन् । यहि जेठ ७ गते दिउासो नियन्त्रणमा लिईएको ४ सय ४३ बोरा यूरिया डि.ए.पि र पोटास मल १ सय ३७ बोरा कन्टेसा नामक मदिरा र ७ बोरा चिनि आवश्यक छानबिनका लागि छिन्चु प्रहरीले पक्राउ गरेर ट्रक सहित रावश्व कार्यालय कोहलपुरमा पठाएको थियो । यता राजश्व कार्यालय कोहलपुरले भने अहिलेसम्म कुनै चासो नदेखाएको बुझिएको छ । साथै अस्पस्ट जानकारी आए अनुसार राजश्व कार्यालय कोहलपुरले सो सामान अर्बैध भएपनि बैध बनाउने प्रयास गरिरहेको बुझिएको छ । पक्राउ परेको सो ट्रक भने राजश्व कार्यालयले छोडिदिएको छ । पक्राउ परेको सो सामान भने छिन्चुको गोदाम र राजश्व कार्यालयमा समेत पुगेको छ । छिन्चु गोदामको सामान प्रहरीले सिलबन्दी गरेको बताईएको छ । कोहलपुर एफएम को गोपय श्रोतका अनुसार सो सामानका नक्कली बिल बनाई मोटो रकम खाएर सामान बैध बनाउने प्रयास भईरहेको छ । लाखााैको सो सामान सुर्खेतका व्यापारी नरबहादुर मल्लको भएको बताईएको छ । राजश्व कार्यालय कोहलपुरले आवश्यक कार्वाहि र छानबिन प्रक्रिया अगाडि बढाई सकेको जानकारी गराए पनि सो सामानको बिलमा समेत कार्यालयको छाप नभएकोले सामान अबैध हुन सक्ने आशंका गरिएको छ ।
बासिन्दा मर्कामा
सुर्खेत, ११ जेठ ः सुर्खेत र सल्यानको सिमानामा पर्ने भेरी नदीको तुईन एकिकृत माओवादी कार्यकर्ताले चुडाईदिएपछि झण्डै ४ गाविसका बासिन्दा मर्कामा परेका छन् । सुर्खेतको बजेडिचौर र सल्यानको देवस्थल जोड्ने तुईन एकिकृत माओवादी कार्यकर्ताले चुडाएर भेरी नदीमा बगाईदिएपछि बजेडिचौर, राकम, देवस्थल र बामेका २ हजार बढी नागरिकलाई आवत जावतमा कठिनाई भएको स्थानियबासीन्दाले जनाएका छन् । पुल निर्माणका लागि सरकारी तथा गैरसरकारी संघ संस्थालाई पटक पटक आग्रह गर्दा समेत संम्भव नभएपछि स्थानीयवासीको आफ्नै पहलमा एक बर्ष अघि निर्माण गरिएको तुईन गााउमा अन्य पार्टीका गतिविधि सक्रिए भएको भन्दै उनीहरुले चुडाई दिएको बताईएको छ ।
तराई बन्दको आब्हान
नेपालगन्ज, ११ जेठ
मधेश तराई फोरमले आज तराई बन्दको आब्हान गरेको छ । समग्र मधेश एक स्वायत्त हिन्दी प्रदेश, नेपालको नाम र झण्डा परिर्बतन, सरकारी कामकाजमा खस भाषा जस्तै हिन्दी भाषालाई मान्यता लगायतका माग राखि फोरमले आज तराई बन्दको आब्हान गरेको हो । त्यसैगरि फोरमले जनसंख्याको आधारमा समाबेशी कानुनको ब्यबस्था, जल, जमिन र जंगलमा मधेशीको अग्राधिकार, नयाा जनगणना लगायतका माग पनि उसले अघि सारेको छ । बन्दको बांके जिल्लामा खासै प्रभाव नपेरेपनि बजार, कलकारखान पुरै खुल्न सकेको छैन । नेपालगंजका शिक्षण संस्था, बजार तथा कलकारखानाहरु भने छिटपुट रुपमा संचालनमा आएको बताईएको छ । नेपालगंजबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधनहरु केही मात्रामा भने संचालमा आएको जिल्ला प्रहरी कार्यालय बााकेले जनाएको छ ।

लागु औषध सहित ४ जना पक्राउ
नेपालगन्ज, १० जेठ ः ठूलो परिणामको लागु औषध चरेस सहित ४ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल त्रिपुरा गणबाट गएको गस्ती टोलीले सोमबार सांझ बनकटवा चौकबाट चरेस सहित ४ जनालाई पक्राउ गरेको हो ।
अबैध लागु औषध चरेस भारततर्फ लैजाने क्रममा विशेष सुराकीको आधारमा १३ किलो ७ सय ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी त्रिपुरा गणका गणपति गणेश बहादुर थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले कोहलपुर ८ पिपरी बांकेका विशाल चौधरी, सानोश्री ५ बर्दियाका शेर बहादुर बुढा , खैरचन्दनपुर ९ बर्दियाका विष्णु कुमार यादव र ढोढरी ३ बर्दियाका अर्जून विकलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले मोटरसाईकल मार्फत लैजाने क्रममा नियन्त्रणमा लिइएको हो । भे २ प ३१६९ नम्बरको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुसंगबाट ४ थान मोबाईल नगद ९ हजार ७० रुपैयां , साईकल एक थान समेत नियन्त्रणमा लिएको छ ।
लागु औषध पहाडी जिल्लाबाट ल्याई भारतमा विक्रि गर्न लैजाने क्रममा प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले चारै जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाएको छ ।
यस क्ष्ाेत्रमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा यस अघि सशस्त्र प्रहरीले तीन थान मोटरसाईकल पक्राउ गरी भन्सार कार्यालय नेपालगञ्जलाई बुझाएको थियो ।

Saturday, May 22, 2010
ज्ञानेन्द्र आज नेपालगन्ज आउंदै
नेपालगन्ज, ९ जेठ ः पूर्व राजा ज्ञानेन्द्र शाह आज नेपालगञ्ज आउने भएका छन् । नेपालगञ्जमा रहेको प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन र पूजा अर्चनाका लागि बुद्ध एयरको नियमित उडानबाट पूर्व राजा नेपालगञ्ज आउन लागेका हुन् । ज्ञानेन्द्रकोे भ्रमणको व्यवस्था मिलाउन उनका स्वकिय सचिव सागर तिमिल्सेना दुई दिन अघि नै नेपालगञ्ज आई पुगेका छन् । बहिर्गमनपछि पहिलो पटक नेपालगञ्ज आउन लागेका पूर्व राजा ज्ञानेन्द्रको स्वागतका लागी राप्रपा नेपाल, विभिन्न धार्मिक संस्थाहरु र राजावादीहरु आवश्यक तयारीमा जुटेको राप्रपा नेपालका केन्दि्रय सदस्य हिक्मत ढकालले जानकारी दिए । पूर्व राजाको स्वागतको लागि अहिले नेपालगंजको त्रिभुवन चोक र नेपालगंज वरिपरि नेपालगंज नगरपालिकाले सरसफाई र दमकलद्धारा पानीले सफा गरिरहेको छ । पूर्व राजा एयरपोर्टदेखि सिधै त्रिभुवन चोकमा आई त्यहांबाट पैदल यात्रा गरि बागेश्वरी मन्दिर दर्शन गर्ने बताइएको छ ।
पूर्व राजा शाहका लागि नेपालगन्ज स्थित स्नेह होटलको सबैभन्दा महंगो कोठा बुक गरिएको छ । केहि समयको आरामपछि पूर्व राजा आज नै काठमाडौं र्फकने निजि सचिव तिमिल्सिनाले बताए ।

स्वास्थ्य पत्रकारिता तालिम शुरु
बार्दिया, ८ जेठ ः संचार क्षेत्रमा स्वास्थ्य र स्वास्थ्य पत्रकारिताको महत्वको बारेमा बर्दियाको गुलरियामा ५ दिने स्वास्थ्य पत्रकारिता तालिम शुरु भएको छ । शनिवार देखी शुरु भएको तालिममा बांके, बर्दिया, दाङ्ग, सुर्खेत, रोल्पा, रुकुमका गरि २० जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा स्वास्थ्य, स्वास्थ्य पत्रकारिता भनेको के हो, संचार क्षेत्रमा स्वास्थ्य पत्रकारिता, नेपालमा स्वास्थ्य पत्रकारिताको स्थिती, स्वास्थ्य पत्रकारिताको चुनौतीलगायतका विषयमा प्रकाश पारिएको छ । तालिममा साधना हेल्थ म्यागेजिनका सम्पादक लक्ष्मण अधिकारी, बर्दिया जिल्ला स्वास्थ्य अधिकारी सुनिल पाण्डे, संचारका श्रीराम सिंह बस्नेतलगायतले सहजकीकरण गरेका थिए .
पोलियो खोप अभियान
नेपालगन्ज, ८ जेष्ठ ः राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत बांके जिल्लामा पनि पांच बर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाईदैछ ।
शनिबार र आईतबार गरी दुई दिने बांके जिल्लाका ८२ हजार २ सय बालबालिकालाई पोलियो थोपा खुवाईने लक्ष्य लिइएको बताइएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत बांकेका ४६ गाविस र १ नगरपालिकामा गरि ५ सय १५ वटा खोप केन्द्र तोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाहले बताए । राष्ट्रिय पोलियो खोप कार्यक्रम अन्तर्गत शनिबारदेखि सरकारले तराईका २७ जिल्ल्ाामा हिजो र आज दुई दिन र पहाडी र हिमाली जिल्ल्ाामा हिजो मात्र १ दिने अभियान शुरु गरेको हो । शनिबार विहान ८ बजे देखि देशभरीका गाविस तथा नगरपालिकाका वडा कार्यालयमा रहेका खोपकेन्द्रहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंमसेविकाहरु मार्फत पोलियो थोपा खुवाइयो । खोप केन्द्रमा गई पोलियो थोपा खुवाउन छुटेकालाई आज घरदैलो मार्फत पोलियो थोपा खुवाईने प्रमुख शाहले जनाकारी दिए । सरकारले नेपालमा झण्डै १२ बर्ष अगाडीदेखि प्रत्येक बर्ष दुई पटक पोलियो थोपा खुवाउदै आएको छ । यसअघि पोलियो थोपा खाइसकेका बालबालिकालाई जतिपटक पोलियो थोपा खुवाए पनि हानी गर्दैन । बालबालिकालाई अपाङग हुनबाट जोगाउन नेपालमा २०५३ सालदेखि पोलियो उन्मुलनका लागि राष्ट्रिय पोलियो खोप अभियान सन्चालन हुदै आएको छ ।

सहकारीद्धारा एम्बुलेन्स सञ्चालन
कोहलपुर ८ जेठ ः कोहलपुर बहुउद्धेश्यीय सहकारी संस्थाले शनिवार देखी कोहलपुरमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । सर्वसाधारणलाई सेवा पुर्याउने उद्धेश्यले शुरु गरिएको सो एम्बुलेन्स सेवाको उद्घाटन सहकारी डिभिजन कार्यालयका प्रमुख कमल प्रसाद पौडेलले गरेका थिए । ८ लाख ५० हजार रुपैयाको लागतमा सो सेवा सुरुगरेको हो ।एम्बुलेन्ससेवा संचालनमा आएपछि यस क्षेत्रका बासिन्दालाई नेपालका सवै स्थान र भारतको लखनउ सम्म विरामी पुर्याउन मद्दत पुग्ने छ । २०६६ जेष्ठ २८ गते स्थापना भएको सो संस्थाले केहि दिन पछि शव वाहन पनि संचालनमा ल्याउने एम्बुलेन्स खरिद रमितीका संयोजक चन्द्र खनालले जानकारी दिए । २३ जना महिला र ४७ जना पुरुष शेयर सदस्य रहेको सो संस्थाले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा मात्र नभई शिक्षा र सामुदायिक विकासमा लगानी गर्नै बताईएको छ । उद्घाटन कार्यक्रममा बोल्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख कमल प्रसाद पौडेलले सहकारीको शिद्धान्त अनुरुप कार्यगर्दै गएमा सहकारीले अझै प्रगती गर्दै जाने वताए । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष विष्णु खनालको सभापतित्वमा सम्पन्न भएको थियो । यो एम्बुलेन्स नेपालका सवै स्थान र भारतको लखनउ सम्म र्लैजान सक्नेछन । संस्थाले फागुन मसान्त सम्म ३ लाख ८९ हजार मुनाफा गरेको बताइएको छ ।
एक्वा लहरको अनुगमन
नेपालगन्ज ८ जेठ ः उपभोक्ता मंच नेपाल बांकेले एक्वा लहर मिनरल वाटरको बोतल भित्र भेटीएको लेउ र अर्को एक बोतलमा भेटीएको चकलेटको प्रकृती हेर्दा नियतबस कसैले कम्पनीको बदनाम गर्न खोजेको जस्तो देखिएको वताएको छ ।
बांकेको गनापुरमा रहेको जेएच इन्डष्ट्रीज प्रालीले उत्पादन गरेको एक्वा लहर मिनरल वाटरमा केही दिन अघि लेउ भेटीएको थियो भने अहिले अर्को एक बोतलमा चकलेट भेटीएको छ । दुइवटै बोतल कोहलपुर चौराहा स्थित भट्टराइ कटेजमा पालैपालो भेटीएपछि अपभोक्ता मंच नेपाल बांकेका अध्यक्ष डा. नारायण सुवेदी शनिवार अनुगमन गर्न त्यहां पुगेका थिए ।
उनले त्यसक्रममा सो कम्पनीमा गइ पानी कसरी, कहांबाट प्याकिङ् गरेर निकालिन्छ भनि सबै अवलोकन गरेको वताए । मंचका अध्यक्षले डा. सुवेदीले पहिले बोतल भित्र लेउ भेटीनु र पछि फेरी चकलेट भेटीनुले कसैले कम्पनीको बदनाम गर्न खोजेको हुनसक्ने आशंका व्यक्त गरे ।
'कम्पनीमा सबै कुरा यसरी व्यवस्थित गरिएको छ, बोतल भित्र कसैले केही सजिलै छिराउन सक्ने स्थित छैन । तिन ठाउंमा चेकजांच भएपछि मात्र प्याकिङ् हुंदोरहेछ । -अध्यक्ष सुवेदीले भने - कम्पनीले आफ्नो बदनाम आफैं त पक्कै गर्न चाहन्न । एउटा कुरा के छ भने सबै मिनरल वाटरको बिर्कोको साइज एउटै भएकाले बाहिर जस्लेे पनि कुनै वस्तु छिराएर शिल गर्न सक्छ । बोतल भित्र लेउ, चकलेट भेटीनुले पनि कसैले जानाजान फट्याइ गरेको जस्तो देखिन्छ ।
उनले यस विषयमा अनुशन्धान भइरहेकाले अहिल्यै किटान गरेर केही भन्न नसकिने वताए । यस विषयमा जिल्ला प्रशासन कार्यालय बांकेले लेउ भेटीएको पानीको बोतल खाद्य प्रयोगशालामा पठाइ अनुशन्धान भइरहेको कानुन अधिकृत देव वहादुर भारतीले वताए ।
जेएच इन्डष्ट्रीज प्रालीका संचालक वसन्त लामिछानेले उपभोक्ताको स्वास्थ्य प्रति कम्पनी सधैं संवेदनशिल रहेको वताउंदै आफ्नो कम्पनीको बदनाम गर्नलाई गिरोह सकि्रए रहेको वताए । आफ्नो एक्वा लहर मिनरल वाटरको शिल गरेको बोतलको शिल फाली नराम्रा वस्तु बोतल भित्र राखेर पुनः शिल गरेर गिरोहले कम्पनीलाइ बदनाम गर्न खोजेकोले त्यसप्रति सचेत रहन उपक्ताहरुलाई आग्रह गरे ।

समितिको विवादले यातायात बन्द
नेपालगन्ज, ८ जेठ ः सुर्खेत स्थित दुई सिमितविच रुटपरमिटका विषयमा विवाद बढ्दै गएपछि भेरी अञ्चलका विभिन्न यातायाता समितीले शनिबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेको छन् । सुर्खेत स्थित मध्यपश्चिम यातायात व्यवसायी समिती र काक्रेविहार ब्यवसायी समितीविच रुटपरमिटका बिषयमा विवाद वढ्दै गएपछि यातायात वन्द गरिएको हो । बन्दका कारण शनिबार विहानैदेखी बांके, वर्दिया, सुर्खेत लगायतका सुर्खेतको काक्रेबिहार यातायात समितिले काठमाण्डौ-दिल्ली चलेका ५ वटा पुराना गाडीहरु सुर्खेत रुटमा चलाएको र अबैध रुपमा रुटपरमिट प्रयोग गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्टिूय महासंघ भेरी अञ्चल कमिटिले अनिश्चितकालीन यातायात बन्द आव्हान गर्नु परेको यातायात व्यावसायीले बताएका छन् ।
व्यवसायीहरुले त्रुटिपुर्ण रुट परमिटको खारेजीको समेत माग गरेका छन । काक्रेविहार समितिले प्रक्रिया नपुर्याइ जारी गरिएको बाटो इजाजतपत्र खारेजी नभएसम्मका लागि बन्द गरिने भेरी अञ्चल बस ब्यवसायी समितिका अध्यक्ष डेकनाथ गौतमले बताए ।
गौतमका अनुसार, सवारी ऐन २०६० विपरित सञ्चालन इजाजत दिइएका कारण आन्दोलनमा उत्रिएको होे । मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयले व्यवसायीहरु बिच सहमतिका लागि प्रयास गरे पनि सहमती हुन सकेको छैन । व्यावसायीको आन्दोलनका कारण सार्वजनिक यातायातका साधनहरु नचल्दा यात्रुहरु अलपत्र परेका छन् । जिल्लामा यातायात चलेका छैन्न । यातायात नचल्दा यात्रुहरु मर्कामा परेका छन ।
यसैवीच सुर्खेतमा वन्दकर्ताहरुले वन्दको अवज्ञा गरेकेा भन्दै सुर्खेतका ४ वटा प्राईभेट जिपमाथी तोडफोड गरेका छन । वन्दकर्ताहरुले विरेन्द्रनगरका विभिन्न ठाउंमा ती गाडी तोडफोड गरेका हुन । विहान लु १ च ३०८० नम्वरको यती एयरलाईन्सको जिप, होटल पञ्चकोषीको लु १ च ३४०२ नम्वरको जिप, बा ६ च २४०५ नम्वरको जिप र भे १ च ९०३२ नम्वरको जिप वन्दकर्ताहरुले तोडफोड गरेका थिए ।

भन्सार छलेको मालसमान सुर्खेतमा पक्राउ
नेपालगन्ज, ८ जेठ ः भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्र्याइएको लाखौं मूल्य पर्ने ठुलो परिमाणमा मालसमान प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज, कोहलपुर हुंदै भित्रीएको सो अवैध मालसमान सुर्खेत प्रहरीले पक्राउ गरेको हो । तस्करहरु र भन्सार कर्मचारीको मिलेमतोमा सो मालसमान त्यहां पुगेको श्रोतले वताएको छ । पक्राउ परेकामा युरिया मल, चिनि र रक्सी लागाएत अन्य मालस मान रहेको छ । सो समान शनिवार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । छिन्चु बजारस्थित एक घरमा गोदाम गर्न लागेको अवस्थामा शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक दिपक शाहले खानतलासी गर्दा ठुलो परिमाणमा मल, रक्सी र चिनी बरामद गरिएकोे जानकारी दिए ।
कोहलपुरबाट छिन्चु जांदै गरेको ९८५७ को नम्बर प्लेटको मिनि टूकबाट २१ बोरा मल, ७ बोरा चिनि छिन्चु बजारबाट बरामद गरिएको प्रहरी निरिक्षक शाहले जानकारी दिए । छिन्चु बजारमा गोदाम गरी राखेको थप ४ सय २२ बोरा मल र १ सय ३७ पेटी कन्टीसा थ्ा्री एक्स रम प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका सबै मालसमानहरुले मुचुल्का गराई सिल गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अवैध समान लिएर आएको आशंका पक्राउ परेका तुलबहादुर विकलाई गाडी र बरामद गरिएको समान सहित आवश्यक छानवीनका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ । पक्राउ परेको सो अवैध समान नेपालगन्ज हुंदै सुर्खेत पुगेको वताइएको छ । समान वैध वा अवैध के हो भन्ने बारेमा आफुलाई थाहा नभएको हुनाले आवश्यक छानवीनका लागि आन्तरिक राजस्व कार्यालय कोहरपुलमा पठाइएको प्रहरी निरीक्षक शाहले बताए ।
भारतीय बजारबाट अवैध रुपमा मालसमान भित्रीदैं आएपनि राजश्वले कडाइका साथ चेकजांच गरिरहेको छैन । भन्सारका कर्मचारी नै तस्करसंग प्रत्यक्ष संलग्न भएर अवैध मालसमानलाई गन्तब्यसम्म पुर्याउनमा सहयोग गरिदिने हुनाले यो झनै मौलाउंदै गएको छ । नेपालगन्ज, गुलरिया नाकाबाट अहिले पनि अवैध रुपमा मालसमानहरु भित्रीने गरेको वताइएको छ । भन्सार श्रोतले भन्यो - जब तस्करसंग लेनदेनमा कुरा मिल्दैन तब मात्र तस्करीको समान पक्राउ हुन्छ । यसमा कार्यालय भित्रैका कर्मचारी मिलेका हुन्छन् ।

Wednesday, May 19, 2010
टिभि पड्किंदा ३ घाईते
नेपालगंज, ५ जेष्ठ ः टेलिभिजन पड्किदंा बांकेको हिरमिनीयामा एकै घरका ३ जना घाईते भएका छन् । हिरमिनीया गाबिस ३ का १८ बषिर्य जाफेर हुसेन, ८ बषिर्य ताजमुल्ला हुसेन र ४ बषिर्या सायर बानु हुसेन घाईते भएका हुन् । मंगलबार साझ सबै परिवार बसेर टेलिभिजन हेर्दै गर्दा एक्कासी पड्केको पारिवारीक स्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ । घाईते तिनै जनालाई भेरी अंचल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी भारतको लखनउ लगिएको छ । घाईते मध्ये १८ बषिर्य जाफेर हुसेनको अबस्था गम्भिर रहेको बताईएको छ ।
सह-क्याम्पस प्रमुख ढकाललाई धम्की
नेपालगन्ज ४ जेठ ः अज्ञात व्यक्तिले बांकेको खजुरा स्थित ज्ञानोदय बहुमुखी क्याम्पसका सह क्याम्पस प्रमुख विष्णु ढकाललाई ज्यान मार्ने धम्की दिएका छन् ।
ढकालका अनुसार, गत आइतबार राती १० बजेतिर टेलीफोन मार्फत सो धम्की आएको हो ।
सह क्याम्पस प्रमुख ढकालले मोबाइल नम्बर ९८४५०८५१४४ बाट अज्ञात व्यक्तिले फोन गरी अपहरण गर्ने र ज्यान मार्ने धम्की दिएको वताए । उनले सो व्यक्तिले पहिले घरमा बुवालाई फोन गरी तेरो छोरालाई सुरक्षामा राख होइन भने अपहरण गरी केही दिनमै ठिक बनाइदिन्छु भनेको वताए ।
त्यसपछि केही छिनमै सोही मोबाइल नम्बरबाट फोन गरी आफुलाई धम्क्याएको सह क्याम्पस प्रमुख ढकालले वाताए । बर्दिया जमुनी-२ निवासी ढकालले बांकेका अन्य उच्च माविहरुमा पनि पढाउंदै आएका छन् । उनले यस प्रति सुरक्षा निकाय गम्भिर हुनु पर्ने वताए ।

किशोरीमा अझै पनि द्वन्द्वको प्रभाव
सिविन नेपालको आयोजनामा भएको किशोरीका समस्या महिचान कार्यक्रममा बोल्दै अधिकांश किशोरीहरुले सशस्त्र द्वन्द्व र लैङ्गगि विभेदका कारण किशोरीहरुमा शिक्षा, स्वास्थ्यलगायतका विषयमा समस्या देखिएको बताए । किशोरीहरुका व्यक्त गर्न नसक्ने समस्या पहिचान गर्ने र समग्र किशोरीहरुका समस्यालाई सरोकारवाला सम्म पुर्याउन कार्यक्रमको आयोजना गरेको सिविन नेपालका मनोविमर्षकर्ता इन्द्र केसीले बताए । बांके जिल्लाका बागेश्वरी शुभकामना बालिका क्लब, कुशुम प्रगतिशील बालिका क्लब, नेपालगंज बालिका संरक्षण अभियान र कचनापुर जय बागेश्वरी बाल क्लबका १३ देखि २० वर्षसम्मका किशोरीहरुको सहभागीता रहेको कार्यक्रममा अधिवक्त विनु श्रेष्ठले किशोरीका समस्या पहिचान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
परामर्शको अभावमा वैदेशिक रोजगारिमा ठगिंदै
नेपालगन्ज, ४ जेष्ठ ः वैदेशिक रोजगार विभाग र व्यवसायिक तथा सिप विकास तालिम केन्द्रको आयोजनामा भएको वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई नेपाल सरकारले आवश्यक सुरक्षाको प्रत्याभुति दिन नसकेको पनि गुनासो गरे ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका श्रम अधिकृत तिर्थ खनालले वैदेशिक रोजगारी सम्बन्धि दिने सम्पूर्ण सेवा केन्द्रीकृत भएकोले विकट ठाउंका जनताको पहुँच हनु नसक्दा सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा उपलब्ध गराउन नसकेको बताए । अधिकृत खनालले सरकारको सूचना राख्ने शैली र संयन्त्र कमजोर भएको हुूदा पनि भनेको समयमा ठिक सूचना दिन नसकेको बताए । उहांले नेपाल सरकारबाट स्वीकृत लिएर एक जना पनि एजेण्ट नभएको हुंदा गाउं गाउंमा झोला बोकेर एजेण्टको नाम लिएर आउने ठगहरुदेखि नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिए । वर्षेनि ३ लाख २५ हजारको हाराहारीमा नेपाली नागरिक वैदेशिक रोजगारीको लागि जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा देखाएको छ । नेपाल सरकारले १०८ देशमा वैदेशिक रोजगारीको लागि बाटो खुला गरेको छ ।
सिप विकास तालिम केन्द्रका केन्द्र प्रमुख जेण्टील गौतमले वैदेशिक रोजगारीमा जांदा व्यक्तिगत रुपबाट भन्दा पनि म्यानपावरको माध्यमबाट जांदा ठगिको सम्भावना कम रहेको बताए । म्यानपावरको माध्यमबाट जांदा कुनै समस्या वा अप्ठ्यारो पर्न गएमा नेपाल सरकारको तर्फबाट क्षतीपूर्तीको व्यवस्था हुने भएको हंुदा जो वैदेशिक रोजगारीमा जाने हो ऊ आफैले सबै कुरा बुझेर मात्र जानु पर्ने बताए । नेपालगन्जका राजनितिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजहरुको उपस्थिती रहेको कार्यक्रममा वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४, वैदेशिक रोजगार विभागको परिचय र यसको कार्य संचालन प्रक्रिया सम्बन्धी व्यवस्थाको बारेमा आधारपत्र प्रस्तुत गरिएको थियो ।

'मलाई बुवाको रेकर्ड ब्रेक गर्ने इच्छा छ'
एभरेष्ट म्याराथनमा पहिलो पल्ट सहभागि हुन लागेका जुम्ला निवासी उमेश रोकाय सम्बन्धी जानकारी दिन मंगलवार नेपाल खेलकुद पत्रकार मञ्च नेपालगन्जले बुलबुलिया स्थित आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै रोकायले म्याराथनमा सहभागी हुनुको मुख्य उद्देश्य नयँा कीर्तिमान बनाउन एभरेष्ट म्याराथनमा सहभागि हुन लागेको बताए । यहि जेष्ठ १५ गते -मे २९ तारिख) देखि शुरु हुन लागेको एभरेष्ट म्याराथन दौडमा सहभागी हुन उमेश आज काठमाण्डौं हँुदै सगरमाथा जादै छन् ।
जुम्ला चन्दननाथ-६ भारतीबाडा बस्ने उमेशले रारा महोत्सव, डोल्पा महोत्सव लगायत हाइअल्टिच्युडमा सम्पन्न म्याराथन सफलता पुर्वक पुरा गरि सकेका छन् । गायन तथा बाध्यबादनतर्फ पनि रुची राख्ने उमेशले एभरेष्ट म्याराथनलाई निरन्तरता दिएर यसैमा नाउँ राख्ने पनि बताए । भर्खर एसएलसीको तयारीमा लागेका उमेश आफ्नै खर्चमा सगरमाथा आधारशिविर तर्फ जाँदैछन् । जुम्ला खलङ्गा नजिकका लेकहरुमा नियमित दौडको अभ्यास गरेका उनले हालै जुम्ला देखि मुगुको रारा तालसम्मको दुरी पुरा गरेको उमेशका प्रशिक्षक हरिबहादुर रोकायले जानकारी दिए । आयोजकले १८ बर्षमुनिका धावकलाई सहभागि हुन दिंदैन नि भनि सोधिएको प्रश्नमा उमेशका प्रशिक्षक एवं यसपल्टको एभरेष्ट म्याराथनमा प्रमुख निणर्ायकको जिम्मेवारी पाएका विश्वकीर्तिमानी धावक हरिले पत्रकार सम्मेलनमा भने-'हाइअल्टिच्युड लाग्छ भनेर उमेरको प्रावधान बनाइएको हो, नियमित प्रशिक्षणका कारण उमेशले दौड पुरा गर्नेमा म बिश्वस्त छु त्यसैले उसलाई दौडनका लागि आयोजकबाट रोकटोक नहोला भन्नेमा म आशावादी छु ।' सगरमाथाको आधार शिविरदेखी नाम्चे बजारसम्मको करिब ४२.१९ किमिको दुरी तय गर्न आत्मविश्वासका साथ सहभागी हुन लागेका उमेश भन्छन -'राज्यले हेर्यो भने खेलकुदलाई निरन्तरता दिने मेरो ठूलो इच्छा छ ।'
पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष जयनारायण शाहले उमेशको दौड अभियानमा सघाउन बिभिन्न ब्यक्ति एवं संघसंस्थालाई आग्रह गरे ।
'अक्सिजन सिलिण्डरले मेरो छोराको ज्यान लियो'
मृत शिशुका परिवारले शिशुको लास बुझ्न नमाने पछि अस्पतालमा तनाव सिर्जना भएको छ । ति नवजात शिशुलाई नेपालगन्ज मेडिकल कलेजको एनआइसियुमा राखेर उपचारका क्रममा अक्सिजन चढाउंदै गर्दा सो अक्सिजनको फ्लोमिटर एक्कासी पड्किएको थियो ।
मेडिकल कलेजले शिशुको फ्लोमिटर पड्केर नभइ उपचार गर्नेक्रममा मृत्यु भएको जनाएको छ भने शिशुका आफन्तले भने फ्लोमिटर पड्केरनै आफ्नो बच्चाको मृत्यु भएको वताएका छन् । शिशुका बुवा शैलेन्द्रराज श्रेष्ठले अस्पतालको लापरवाहीले आफ्नो बच्चाको मृत्यु भएको वताए ।
'मंगलबार विहान विहान करिब ६ बजे एक्कासी केही पटकेको आवाज आयो । केहीछिनमै एनआईसियुबाट उपचार गर्दा गर्दा तपाइको बच्चाको मृत्यु भयो भनेर जानकारी सुनाए - श्रेष्ठले भने - फ्लोमिटर पड्कनु भन्दा पहिले त मेरो बच्चा राम्रै थियो, पड्किसकेपछि बच्चाको मृत्यु भएको हामीलाइ सुनाए ।
सल्यान घर भई सुर्खेतको मेलकुनामा उपचार गराउंदै गर्दा सिकिस्त भएपछि उपचारका लागि नेपालगन्ज शिक्षण अस्पतालमा ल्याइएको तिन दिनको नवजात शिशुलाई सोमबार राती ९ बजेमात्र एनआईसियुमा भर्ना गरिएकोे श्रेष्ठले वताए ।
अस्पतालले शिशुको पुरै शरिरमा ब्लड इन्फेक्सन भएको हुंदा मृत्यु भएको र फ्लोमिटर पड्केर शिशुको मृत्यु नभएको दावी गरेको छ । अस्पतालका वरिष्ठ चिकित्सक डा.एम किदवाईले फ्लोमिटरले शिशुलाई कुनै पनि प्रकारको हानी नोक्सानी नगर्ने भएको हुंदा शिशुलाई भएको सफ्टीसेमिया -ब्लड इन्फेक्सन) रोगबाट नै शिशुको मृत्यु भएको वताए । मृत शिशुका परिवारले अस्पतालले जिम्मा नलिदासम्म आफूहरुले शिशुको लास नबुझ्ने बताएका छन् । नेपालगन्ज मेडिकल कलेज दिनभर तनावग्रस्तनै रहेको थियो ।
Monday, May 17, 2010
दिन दहाडे गोली प्रहार
सोमवार दिउंसो १२ बजे तिर भे २ प ८८२ नं.को मोटर साइकलमा आएका ३ जनाको समूहले गोली प्रहार गर्दा नेपालगन्ज-८ बस्ने २३ वषर्ीय रवि पुन मगर घाइते भएका छन् । घाइते मगरको बायां तिघ्रामा २ वटा छर्रा लागेको छ । एसएलसीको परिक्षा दिन तयारीमा रहेका घाइते मगरको स्थानीय भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
गोली लागेर घाइते भएका मगरका अनुसार प्रहार गर्ने समूहलाई आफूले सामान्य चिनेको हुंदा उनीहरुले बोलाएपछि कुरा गर्दै गर्दा गोली प्रहार गरेको हो । उनीहरुले किन आफूलाई गोली हानेको थाहा नभएको घाइते मगरले बताए । आफूलाई गोली प्रहार गर्नेहरु विक्रम गुरुङ्ग -बबिन), विपिन लामा-कालु) र सुशिल थापा-डोंगा) रहेको घाइते मगरले बताए ।
गोली प्रहार गरी फरार भएका उक्त समूहको खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।
बांकेका प्रहरी प्रमुख महेश विक्रम शाहका अनुसार घटनामा संलग्नहरुको खोजी कार्यका लागि नेपालगन्जका विभीन्न क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पारिएको तथा खोजी भैरहेको छ ।
Sunday, May 9, 2010
संगीतमा डुब्यो संन्ध्या
अनौपचारिक ढंगले अधि बढिरहेको कार्यक्रमलाई हारमोनियममा औंला खेलाईरहेका गायक दीपक सल्मानी आफैंले सञ्चालन पनि गर्दै थिए । सल्मानीले आनी छोइङ्ग डोल्माको स्वर रहेको बहुचर्चित गीत 'फूलको आँखामा फूलै सन्सार, काँडाको आँखामा काँडै सन्सार' गीत प्रस्तुत गरेर पलेूटी कसेर बसिरहेका दर्शकको वाहवाही बटुल्ो ।
पहिलो पटक अन्तरालमा प्रस्तुत भएकी गिटारिष्ट निता गुरुङ्गले गायिका नम्रता पन्त र दीपक सल्मानीले गाएका युगल गीतहरुमा आफ्नो अद्भुत क्षमता प्रस्तुत गर्दै दर्शकहरुको ताली पाईन् । गायिका नम्रताले गीत गाईरहंदा दर्शक बीच खासखुस चल्यो । दर्शक भन्दै थिए- 'इमेल, एसएमसको जमानामा पनि चिट्ठी आएन, चिट्ठी आएन' भन्ने गीतले पुराना दिनहरुको याद दिलायो ।'
कसैले बुझेन मेरो मनको बहलाई भन्दै नम्रताले दर्शकलाई भावुक बनाएपछि नम्रताको मनको बह बुझिदिन गायक दीपक युगल गीतमा प्रस्तुत भए । गायक दीपकले गाए-'मोहनी लाग्ला है, गाउंलेको बोलीले ।' नम्रताले पनि साथ दिंदा दर्शकहरु आनन्दले झुमेका थिए ।
बैशाख महिना अन्त्यतिर लाग्दैछ । पहाडका बनभरि लालिगुरास फूलेका होलान् । नेपालगञ्जको अन्तरालको हलमा बनभरिको लालिगुंरासलाई गायिका रेश्मा केसीले मध्य'म त लालिगुंरास भएछु, बनै भरि फुलिदिलदिन्छु ।' बनैभरि फुल्न थालेकी रेश्मालाई गायक दीपकले प्रश्न गरे 'गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै, हाम्रो माया यस्तै हुन्छ र ?' रेश्माले पनि जवाफ दिईन्'हुन्छ नि ।' यस लगत्तै दीपक र रेश्माले मान्छेको माया यहां खोलाको पानी जस्तो भन्ने गीत प्रस्तुत गरे ।
सूर्यास्त भइसकेको थियो । अध्याूरो बढ्दै थियो । रेश्माले दावुकता तिर डोर्याउंदै गाईन् दिन ढल्यो अधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा ।' यसपछि कार्यक्रमको समापन गर्न दार्जिलिङ्गे गायक गणेश राई आए । तर, दर्शकले उनलाई थप एक गीत गाउँन लगार छोडे । तवलामा भरत थापा, गिटारका प्रतीक देवकोटा, इफेक्टका कृष्ण केसी लगायतको साथले दर्शकलाई जुरुक-जुरुक बनाउने गीत सुनाएपछि कार्यक्रम सकियो ।
शान्ति र संविधान निर्माणका लागि शान्ति पदयात्रा
नेपालगंज, २६ बैशाख ः "शान्ति र संविधान निर्माणका लागि नागरिक पदयात्रा" भन्ने मूल नाराका साथ आईतबार नेपालगन्जका कानुन व्यवसायीहरुले कानुन दिवस मनाएका छन् ।
यस अवसरमा नेपाली जनताले चांडै शान्तिको अनुभुति गर्न पाओस भन्दै शान्ति पदयात्रा निकालिएको थियो । बांके जिल्ला अदालत बार एशोसिएसन, पुनरावेदन अदालत बार एशोसिएसन र शान्ति र लोकतन्त्रका लागि पेशागत संगठन -पापड) को संयुक्त आयोजनामा निकालिएको शान्ति पत्रयात्रा हस्पिटल चोकदेखी शुरु भई नगरको विभिन्न भागको परिक्रमा गरि पुनरावेदन अदालतमा पुगि कोणसभामा परिणत भएको थियो ।
शान्ति पदयात्रामा सहभागी कानुनव्यवसायी, पेशागत संघ संस्थाका प्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मीले संवैधानिक सर्वोच्चता कायम गर, शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ, दण्डहिनताको अन्त्य गरौं, संबैधानिक सर्वोच्चता कायम गरौं, सम्पूर्ण राजनीतिक दलहरुले वृहत शान्ति सम्झौताको पालना गरलगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टांसेका थिए ।

पद यात्रापछि भएको कोणसभामा बोल्दै नेपाल बार एशोसिएसनका पूर्व केन्दि्रय उपाध्यक्ष प्रल्हादबहादुर कार्कीले वर्तमानको अवस्थामा शान्ति र संविधान निर्माण गर्ने समय भएको हुंदा राजनैतिक दलहरु आपसी मतभेदमा नअल्झी सहमती र सहकार्य मार्फत देश र जनतालाई शान्तिपूर्ण निकास दिनु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी नेपाल पत्रकार महासंघ, बांकेका अध्यक्ष झलक गरैले शान्ति र लोकतन्त्रको लागि पत्रकार महासंघ सधैं खबरदारी गर्दै आईरहेको बताउनु भयो । नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार शर्माले ०६३/०६३ को जनआन्दोलन मार्फत प्राप्त लोकतन्त्रलाई ल्याउनमा कानुन व्यसायीहरुले ठूलो भुमिका खेलेको उल्लेख गर्दै देशमा शान्ति र संविधान निर्माण गराउन पनि कानुन व्यवसायीको महत्वपूर्ण भुमिका हुनुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा पिस फर नेपालका अध्यक्ष डा. सुशिल कोईराला, प्राध्यापक संघका अर्जुन पोखे्रल, नेपाल शिक्षक युनियनका अध्यक्ष बलराम यादव, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व केन्दि्रय सदस्य अच्युत पसाई, मानवअधिकार संगठनका गणेश कुमार रेग्मी, नेपाल बार काउन्सीलका केन्दि्रय पार्षद अब्दुल अजिज मुस्लमान, एमनेष्टीका यशोदा कुमारी उपाध्याय, पेशागत महासंघका डम्मरराज सुवेदी लगायतले शान्ति र लोकतन्त्रका लागि अब नागरिक समाजले पहरेदारी गर्नुपर्ने र दबाब मुलक कार्यक्रम मार्फत राजनीतिक दलहरुलाई देश र जनताप्रति जिम्मेवार गराउन पहल गर्नु पर्नेमा जोड दिएका थिए । कोण सभापछि चांडै देशमा शान्ति होस् भन्ने कामना गर्दै सहभागीहरुले दिप प्रज्वलन पनि गरेको थिए ।
Saturday, May 8, 2010
Subscribe to:
Comments (Atom)