Saturday, December 29, 2012
काठमाण्डौ असार ३१ ।
मगर पहिचानसम्वन्धी २ दिने राष्टिय सेमिनार शनिबारदेखि काठमाण्डौंको नगरकोटमा शुरु भएको छ ।
मगर बौद्धिकहरुको सहभागितामा शुरु भएको सेमिनारको एक औपचारिक कार्यक्रमबीच नेपाल आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापामगरले गर्नुभयो । उद्घाटन पश्चात उपाध्यक्ष थापामगरले मगरहरुको भाषा, संस्कृति चाड पर्वमा धेरै नै विविधता पाइएकोले यस विषयमा एकरुपता ल्याउन सेमिनारले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक केशर जंग बरालमगरले प्रमुख वक्ताको रुपमा मगरहरु सिप र ज्ञानमा धनी भएता पनि उनीहरुको सिप र ज्ञानलाई न त राज्यले सम्बोधन र जर्गेना गर्न सक्यो न त मगरहरुबाट नै जर्गेना गर्न प्रयास भयो त्यसकारण पनि मगरहरुको पहिचान लोप हुने अवस्थामा पुगेको जिकिर गर्नु ुभयो ।
मगर प्राज्ञिक समूहको आयोजना तथा विश्व मगर संग बेल्जियमको सहयोगमा संचालन भएको सेमिनारको उद्देश्यको बारेमा सेमिनारका संयोजक झकेन्द्र घर्तीमगरले प्रकाश पार्नु भयो भने कार्यक्रममा स्वागत अध्यक्ष छविलाल चिडिमगर गर्नुभयो ।
कार्यक्रममा करिब ७० जना मगर बौद्धिक, राजनीतिककर्मी, पत्रकार, समाजसेवी, अनुसन्धानकर्ताहरुको सहभागिता रहेको छ । दुई दिने सेमिनारमा मगरको राजनैतिक इतिहास, भाषा, संस्कृति, परम्परागत पेशाव्यवसाय, मौलिक संस्कार र चाडबाडहरु, लैगिक पहिचान र अभ्यासका विषयमा १५ वटा अनुसन्धानपत्रहरुको प्रस्तुति तथा छलफल गरिने छ ।
त्यसैगरी सेमिनारको दोश्रो दिन मगर समुदायका सामाजिक तथा विभिन्न पार्टीका मगर नेताहरुसंग वर्तमानको राजनीतिक अवस्थाका विषयमा छलफल समेत हुने समूहका सचिव झकेन्द्र घर्तीमगरले बताउनुभयो ।
खेल्दै रमाउदै स्कुल तिर ....................
उमा मगर ।
बांके, नेपालगन्ज ।
हामी दुई परेवा साथी साथी,।।।।
दिनभरी उड्छौं हामी माथी माथी ।।।।
किन होला हामीलाई ढुङ्गा हानेको ।।।।
हामीले त छैन कसैको केही बिगारेको ...............।।।।
यो बाल गित कक्षामा गुञ्जिीरहेको थियो भने रमाउदै उफ्रदै गित संगै ताल मिलाउदै थिए स साना विद्यार्थीहरु । स साना विद्यार्थीहरु यसरी रमाई रमाई कक्षामा सहभागी भएको देख्दा संगैमा रहनुभएकी शिक्षिका पनि उनीहरुसंगै हाासी हाासी रमाईरहेको पाईयो । बााके जिल्लाको नगरसंगै जोडिएको विद्यालय मावि लग्दहवा खास कारकाादोमा आजभोली कक्षा १ देखि कक्षा ३ सम्मका विद्याथीहरु यसरी नै रमाई रमाई विद्यालयमा पुरै समय बस्न रुचाउाछन् । कुनै समय विद्यालयमा पुरै समय नबस्ने विद्यार्थीहरु आजभोलीे विद्यालयमा यस्तो वातावरणको विकास भएपछि पुरै समय र सक्रिय सहभागिताका साथ बस्ने गरेको शिक्षिका हरिकला थापामगरले बताईन ।
विद्यालयमा आइसकेपछि उनीहरुको स्वभावमा नै परिवर्तन भएको छ । -" शिक्षिका थापामगरले भनिन, विद्याल्यमा बालमैत्रीपूर्ण कक्षा सञ्चालन नहुादा पहिले बालबालिका नियमित विद्यालय नआउने, बोल्न डराउने, गृहकार्य नगर्ने, शिक्षकसंग आफ्ना समस्या राख्न नसक्ने खालका थिए तर अहिले सबै परिवर्तन भएको छ । " बाहिरबाट हेर्दा कक्षा कोठामा विद्यार्थीहरु हल्ला गरिरहेको जस्तो महसुश हुन्छ तर सााच्चीकै कक्षा कोठामा विद्यार्थीहरु गितका माध्यमबाट आफ्नो सिकाईलाई व्यवहारिक प्रयोग गरिरहेका हुन्छन। -" शिक्षिका हरिकलाले बताईन । "
गुणस्तरिय शिक्षाका लागि बाल मैत्री वातावरणमा पढाउन शुरु गरेपछि बालबालिकाको सक्रियता र पढाईमा रुचिका साथ सहभागीता पनि बढेको उक्त विद्यालयका प्रधानाध्यापक दिपक कुमार चेमजोङ्गले बताए ।
बांके जिल्लामा तिन वटा श्रोत केन्द्र अन्तर्गत १० वटा विद्यालयलाई गत वर्षदेखि बाल मैत्री विद्यालयको रुपमा अघि सारिएको छ । बालबालिकाले आफ्नो गति र क्षमता अनुसार रमाइलोसंग सिक्ने वातावरण भएको विद्यालय नै बालमैत्री विद्यालय हो । यस्ता विद्यालयमा बालबालिका अनुकुलको सिकाइ वातावरण तयार गरिन्छ, बालबालिकाहरुको अन्तरनिहित क्षमताको विकास गरिन्छ ।
यस जिल्लाको ३ वटा श्रोत केन्द्र अन्तर्गत मंगल उमावि नेपालगन्ज श्रोत केन्द्रमा नेरानिमावि घरवारीटोल, बागेश्वरी प्रावि बेलासपुर, आर्दश उमावि रांझा श्रोत केन्द्रमा मावि लग्दहवा खास कारकाादो, ज्ञानदिप मावि दलैपुरवा, नेरानिमावि भाटनपुरवा, नेराप्रावि बेलहरी र त्रिभुवन उमावि कोहलपुर श्रोतकेन्द्रमा नेरानिमावि चटार, सरस्वती निमावि पिपरी, नेरानिमावि झन्डहवा, दहित निमावि च्यामा बाल मैत्री वातावरणमा पढाई शुरु गरिएको हो ।
त्रिभुवन उमावि कोहलपुर श्रोत केन्द्र अन्तर्गत पर्ने सरस्वती निमावि पिपरीका प्रधानअध्यापक जित बहादुर थापामगर विद्यालयमा बाल केन्दि्रत शिक्षाको शुरुवात गरेपछि विद्यार्थीहरुले टिफिनपछि विद्यालय छाडने प्रवृतीमा कमी आएको र विद्यार्थी भर्ना हुने संख्या पनि पहिला भन्दा अहिले बढेको बताए । उनले बाल केन्दि्रत वातावरणमा पढाउन शुरु गरेपछि बालबालिकाको बौद्धिक विकास मात्र नभई अन्य गतिविधिमा पनि उनीहरुको सहभागिता बढेको र विद्यार्थीहरु नियमित कक्षामा उपस्थित हुने गरेको बताए ।
नेपालमा शिक्षाको पहुंच बढाउन र शिक्षालाई गुणस्तर बनाउन विभिन्न प्रयासहरु हुंदै आइरहेका छन् । यी मध्ये बालमैत्री विद्यालयको अवधारणा पनि एक हो । यस अवधारणाले विद्यालयको न्यूनतम र अपेक्षित मापदण्डहरु केके हुन र विद्यालय विकासमा क कसले कस्तो भुमिका खेल्ने भन्ने कुरा पनि दिएको छ । यस्ता कार्यहरुबाट अभिभावकहरु बालबालिकाको पढाइ प्रति चासो राख्ने, समुदायले विद्यालय विकासमा महत्तवपूर्ण भूमिका खेल्ने र विद्यालयले दिनानुदिन आफ्नो स्तर बढाउादै लाने कुराको आशा समेत गरिएको छ ।
तर विद्यालय व्यवस्थापन समिति र अभिभावकको सहयोग र उनीहरुको आफ्ना विद्यार्थीप्रतिको चासोमा अझै पनि कमी भएकोले बाल मैत्री विद्यालयको अवधारणा अघि लैजान ग्राहो हुने आर्दश उमावि रांझा श्रोतकेन्द्रका श्रोत व्यक्ति सुनिल शाह बताउाछन् । विद्यालयमा अझै पनि कक्षा कोठा, पानी, सौचालयको अभाव, शिक्षासबैको साझा एजेण्डा बन्न नसक्नु र राजनीतिक हस्तक्षेपमा कमी नहुनुले बालमैत्री विद्यालयको अवधारणा लागु गर्न कठिनाई हुने उनी बताउंछन् ।
बाल मैत्री विद्यालयको अवधारणा सरकारले अघि सारेपनि कतिपय विद्यालयमा सामग्रीको प्रयोग नगरिएको, शिक्षकहरुले तालिम प्राप्त गरेपनि त्यसलाई व्यवहारमा लागु नगरेको, नयां नयां तरिकाबाट पढाउने अभ्यासको अभाव रहेको सिविन नेपालका टिम लिडर मधुसुदन दवाडी बताउाछन् । विद्यालयमा पाठ्यपुस्तक पढाउने कार्यलाई नै निरन्तरता दिइएको तर पाठ्यक्रम केन्दि्रत पढाई नहुने वातावरण अझै पनि विद्यमान रहेकोले यस विषयमा गम्भिरतापूर्वक सोच्नुपर्ने भन्छन टिम लिडर दवाडी ।
बालमैत्री विद्यालयको अवधारणालाई अघि सारेपनि भौतिक सामग्रीको अभाव, बालकेन्दि्रत पढाइ भएपनि शिक्षक केन्दि्रत वातावरणको अभाव र सरकारले बालमैत्री कक्षाको लागि छुटटै आर्थिक उपलब्ध नगराउनु र विद्यालयमा आर्थिकको अभावका कारण पुर्ण रुपमा बालकेन्दि्रत शिक्षा दिन ग्राहो भएको निमावि लगदहवाका प्रधानाध्यापक दिपक कुमार चेमजोङ्गले बताए ।
विद्यालय जाने उमेर भएपछि भर्ना भई पढ्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । आजका बालबालिका नै भविष्यमा देशका कर्णधार हुन् । यिनै बालबालिका भोलिका राम्रा शिक्षक, प्रधानमन्त्री र एउटा राम्रो योजनाकार, साहित्यकार पनि हुन् । उनीहरुले आज सकारात्मक शिक्षा पाएनन् भने भोलिको हाम्रो देशको मुहार कसरी राम्रो होला ? कसरी देशले विकासको गति लेला, त्यसकारण आजका बालबालिकालाई राम्रो शिक्षा लिने अवसरबाट र उनीहरु पढ्ने, लेख्ने, खेल्ने र खुशी रहने अधिकारबाट वञ्चित गराउनु हुदैन । विद्यालय आफैमा एउटा ज्ञानको मन्दिर हो जहाा एउटा कााचो माटो बालकले आफूलाई दक्ष र सिपालु बनाएर आफूलाई तिखिलो पार्दै लैजानसक्छ ।
सन् २०१५ सम्म सबैका लागि शिक्षा भन्ने नारा नेपाल सरकारले लिए पनि अझै पनि हाम्रा धेरै बालबालिका विद्यालय बाहिर छन् । सबैका लागि शिक्षा भन्ने नारालाई पुरा गर्न र भोविष्यका कर्णधारलाई राम्रो शिक्षा प्रदान गर्न पनि बालबालिका विद्यालय भर्ना हुन आवश्यक रहेको विज्ञहरुको भनाई छ । उनीहरुका अनुसार बालबालिका स्वभावैले खेलप्रेमी हुन्छन् र खेलकै माध्यमबाट धेरै सिक्ने प्रयास गर्छन् । विकासोन्मुख मुलुकमा विद्यालय नै नजाने बालबालिका भन्दा विद्यालयमा भर्ना भएर विचमै पढाई छाड्नेको संख्या बढी छ । प्राथमिक कक्षामा भर्ना भएका दस बालबालिका मध्ये कक्षा १० मा पुग्दासम्म एक जनामात्र बांकी रहन्छन् । यसको मुख्य कारण विद्यालय शिक्षा बालमैत्री तथा बालकेन्दि्रत नहुनु हो ।
विज्ञहरु भन्छन, आकर्षक सानो भुकुण्डो राखिदियो भने तिनले त्यसलाई उठाउने, टोक्ने वा गुडाउने प्रयास अर्थात् भुकुण्डोको उपयोगिताको अनुसन्धान गर्न थाल्छन् । यसबाट प्रस्ट हुन्छ खेलका माध्यमबाट सिक्ने सिकाउने प्रक्रियाले शिक्षालाई मनोरञ्जनपूर्ण मात्र बनाउदैन, भयरहित र बालमैत्री तथा बालकेन्दि्रत शिक्षामा पनि ठूलो सहयेाग पुर्याउंछ ।
Saturday, September 29, 2012
Friday, September 14, 2012
Saturday, September 8, 2012
Thursday, August 30, 2012
लायन्सहरुको तिज रमाइलो
नेपालगन्ज भदौ १३ । नेपाली महिलाहरुको महान पर्व हरितालिक तिज आउनु पूर्व नै नेपालगन्जमा तिजको रौनक छाएको छ । रातो साडी र चुडा लगाएर छम छम नाच्दै र दर खाएर हरितालिका तिजको स्वागत गर्न नेपालगन्जका महिला दिदिबहिनीहरु अहिले देखिनै तमतयार भएका देखिन्थे । बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले आयोजना गरेको हरितालिका तिजको शुभकामना आदान प्रदान कार्यक्रमको रौनक यस्तै थियो ।
तिजका चर्चित गित 'मैले राम्रो नाच्ने कि, तिम्ले राम्रो नाच्ने, बाजी ठोकौ आउ झिल्के बाजी ठोकौ आउ...., भन्देउ न कुन चाही राम्रो हामी दुईमा....., हाय मेरो फरिया झन माथी सारयो, झन तल र्झछ हाय मेरो फरिया ...... ' जस्ता बोलका गितमा सहभागी महिला दिदिबहिनीहरु कम्मर मर्काइ मर्काइ नाचेको दृस्यले त्यहाा उपस्थित अन्य सहभागीहरुलाई पनि नचाएका थिए ।
हरेक वर्ष नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गरिने कार्यक्रम खास गरेर नेपाली संस्कृतिलाई जोगाउन र वर्ष भरीको महिला दिदिबहिनीहरुको थकाई मेट्न कार्यक्रमको आयोजना गरिएको भेरीका अध्यक्ष साबित्रा श्रेष्ठले बताइन् ।
कार्यक्रममा रिजन चियर पर्सन लायन सुषमा महर्जन, एम्बेसडर अफ गर्भनर लायन सुरेन्द्र कुमार श्रेष्ठ, रिजन चियर पर्सन लायन रमेश श्रेष्ठ, जोन चियर पर्सन लायन तारा रोकाय, साइड फष्ट कोर्डिनेटर लायन साबित्रा बस्नेत, डिष्टिक चियर पर्सन लायन साबित्रा शर्मा, इनोभेटिभका अध्यक्ष लायन रोहिणी स्वाारलगायतले शुभकामना मनतव्य दिएका थिए ।
Wednesday, August 29, 2012
पत्रकार महासंघद्धारा नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठसहित पाच जनालाई निस्काशन
नेपालगञ्ज, भदौ ११ - नेपाल पत्रकार महासंघले विधानविपरित आचरण गर्ने ५ जना पत्रकारलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । पत्रकार महासंघ केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको आज सोमबार राजधानीमा सम्पन्न बैठकले महासंघको विधानविपरीत आचरण गर्ने बााके शाखाका साधारण सदस्य उदयसिंह श्रेष्ठ, काठमाडौं शाखाका साधारण सदस्य राम एकवाल चौधरी, पर्सा शाखाका साधारण सदस्य सन्तोष पौडेल, चितवन शाखाका साधारण सदस्य विलबहादुर अधिकारी, दैलेख शाखाका साधारण सदस्य विन्दुकला शाहीलाई महासंघको साधारण सदस्यताबाट निष्कासित गरेको हो ।
पत्रकार महासंघका अध्यक्ष शिव गाउालेको अध्यक्षतामा कार्यालयमा बसेको बैठकले नेपालगञ्जबाट प्रकाशित निष्पक्ष ध्वनी दैनिकका प्रकाशक, सम्पादक श्रेष्ठले पत्रिकाका आडमा व्याल्कमेलिङ्ग गरेकोे महासंघका महासचिव ओम शर्माद्धारा आज- सोमबार) जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ बााके शाखाको गत साउन १५ गते बसेको बैठकले पत्रकार श्रेष्ठले पत्रकार आचारसंहिता र पत्रकार महासंघको विधान विपरित कार्य गरेको भन्दै महासंघको सदस्यता खारेज गर्न केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । साउन ४ गते शाखा अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा बसेको बैठकद्धारा गठित छानविन समितिले पेश गरेको प्रतिबेदनका आधारमा श्रेष्ठलाई केन्द्रीय कार्यसमिति समक्ष कारवाहीको सिफारिश गरेको हो । पत्रकार महासंघका निवर्तमान केन्द्रय सदस्य तथा शाखा पुर्व सभापति पे्रम केसीको संयोजकत्वको ५ सदस्यीय छानवीन समितिले पत्रकार श्रेष्ठले नेपालगञ्जस्थित हेप्पी आवर प्रा. लि.लाई दवावमा पारेर पटक पटक एसएमएसमार्फत रकम माग गरि पत्रकारको आडमा ब्लेकमेलिङ गरेको लगायत बिभिन्न प्रमाणसहितको ४ बुदे सुझाव सहितको प्रतिबेदन शाखामा पेश गरेको थियो ।
यस्तै काठमाडौं शाखा सदस्य चौधरीले अन्तर्राष्ट्रिय पत्रकार महासंघ -आइएफजे) को कार्ड प्रयोग गरी ठगी गर्दै हिाडेको, पर्साका पौडेलले लागु औषधको कारोबार गरी जेल परेको, चितवनका अधिकारी काठ तस्करीमा अदालतबाट सजाय भोगिरहेको, दैलेखकी शाही कर्तव्य ज्यानमुद्दामा आजीवन सजाय पाएकोले निजहरुलाई सम्वद्ध शाखाहरुको सिफारिसमा महासंघको साधारण सदस्य नरहने गरी निष्कासित गरिएको पत्रकार महासंघको विज्ञप्तीमा उल्लेख गरिएको छ । जारी विज्ञप्तीमा केही दिनयता केही सञ्चारगृहमा कार्यरत पत्रकार महिलाहरुले महिला भएकै कारण विभेद र कतिपय अवस्थामा यौनजन्य हिंसाका घटनाहरुको सामना गर्नुपरेको तथा सहकर्मीहरुबाटै प्रताडित हुनुुपरेका भन्ने सार्वजनिक टिप्पणी आएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै त्यस्ता समस्या भएमा महासंघको कानूनी डेस्कमा उजुरी गर्न आÅवान गरिएको छ । यस्तै अनुसन्धानका नाममा प्रहरीले एसएमएस संकलन गरेको र त्यसको दुरुपयोग भएको भनि सार्वजनिक समाचारप्रति पनि महासंघले नागरिकका गोपनियताभित्र पर्ने टेलिफोन, मोवाइल, एसएमएसजस्ता माध्यमलाई संकलन गर्दा नागरिकको गोपनियताको हक उल्लंघन हुने र पत्रकारिता क्षेत्रमा समाचार स्रोतको सुरक्षामा समेत गम्भीर असर पर्ने भन्दै निकायहरुलाई जवाफदेही बनाउन सरकारसमक्ष आग्रह गरेको छ । सर्वोच्च अदालतको आदेश र सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहित तत्काल स्थायी नियुक्ति दिई प्रेस पास उपलब्ध गराउने व्यवस्थाका लागि पनि महासंघले सम्बन्धित सञ्चारगृहसाग माग गरेको छ । साथै आमसञ्चारकर्मीहरुको दक्षता अभिवृद्धिका लागि देशव्यापी रुपमा पत्रकारिता तालिम सञ्चालन सुरु गर्ने पनि निर्णय गरेको छ ।
Monday, August 20, 2012
नेपालगन्जमा ईद भव्य रुपमा मनाइयो ।
नेपालगन्ज भदौं ४
इस्लामिक धर्मावलम्बीहरुको मुख्य पर्व ईद-उल-फित्र -ईद) सोमबार नेपाल लगायत विश्वभरका मुस्लिम धर्मावलम्बीले एक आपसमा आशिर्वाद तथा शुभकामना आदानप्रदान गरि भव्य रुपमा मनाएका छन् । पवित्र महिना रमजानको १ महिना उपवास बसेर अन्तिम दिनको चन्द्रमा हेरे पछि सोमबार मुस्लिम समुदायले ईद मनाएका हुन् ।
मुस्लिम क्यालेन्डर अनुसार नवौं महिनालाई रमजान भनिन्छ । यस महिनामा बालक, वृद्ध वृद्धा, विरामी, असक्त, प्रसुति महिला, रजस्वला भएका महिला र दुधे बालकका आमा बाहेक सबै महिला तथा पुरुषलाई रोजा -ब्रत) अनिवार्य रहेको छ ।
यसै अवसरमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगन्जमा पनि सोमबार ईद पर्व भव्य रुपमा मनाइको छ । महिना भरी ब्रत बसेर नयां नयां कपडा लगाएर नेपालगन्ज्ाका मुस्लिम समुदयायका पुरुषहरु बिहानै देखी नेपालगन्जको ईदगाहा अगाडी भेला भएका थिए ।
भेला भएका मुस्लिम समुदायले विहान ९ बजे नेपालगन्जको विपी चोक स्थित इदगाहमा ईदको नमाज पढेर ईद मनाए । दारुल उलुम फैजुन्नबी जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका अध्यक्ष अब्दुल रहमान मियााले मुलुकमा शान्ति र स्थिरताका लागि सामुहिक प्रार्थना गरेर ईद मनाएको बताउनुभयो ।
नामाज पछि मुस्लिम समुदायले एक अर्कासंग शुभकामना आदानप्रदान तथा घरघरमा गएर बिरीयानी , कवाब , सेवाई र बिभीन्न प्रकारका परिकारहरु खाने र अरुलाई समेत खुवाउने गर्दछन् ।
मस्लिम समुदायले ईदमा समुदायमा बर्षभरीको आम्दानी हिसाव गरेर आम्दानीको साढे २ प्रतिशत आम्दानी गरिव र असहायहरुलाई बांडने परम्परा समेत रहेको छ । ईद मुस्लिम समुदायको सबै भन्दा ठूलो पर्वका रुपमा लिईने गरेको छ ।
Tuesday, August 7, 2012
Tuesday, July 31, 2012
Friday, July 27, 2012
Saturday, July 14, 2012
मगर पहिचानसम्वन्धी २ दिने राष्टिय सेमिनार
काठमाण्डौ असार ३१
मगर पहिचानसम्वन्धी २ दिने राष्टिय सेमिनार शनिबारदेखि काठमाण्डौंको नगरकोटमा शुरु भएको छ ।
मगर बौद्धिकहरुको सहभागितामा शुरु भएको सेमिनारको एक औपचारिक कार्यक्रमबीच नेपाल आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापामगरले गर्नुभयो ।
उद्घाटन पश्चात उपाध्यक्ष थापामगरले मगरहरुको भाषा, संस्कृति चाड पर्वमा धेरै नै विविधता पाइएकोले यस विषयमा एकरुपता ल्याउन सेमिनारले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक केशर जंग बरालमगरले प्रमुख वक्ताको रुपमा मगरहरु सिप र ज्ञानमा धनी भएता पनि उनीहरुको सिप र ज्ञानलाई न त राज्यले सम्बोधन र जर्गेना गर्न सक्यो न त मगरहरुबाट नै जर्गेना गर्न प्रयास भयो त्यसकारण पनि मगरहरुको पहिचान लोप हुने अवस्थामा पुगेको जिकिर गर्नु ुभयो ।
मगर प्राज्ञिक समूहको आयोजना तथा विश्व मगर संग बेल्जियमको सहयोगमा संचालन भएको सेमिनारको उद्देश्यको बारेमा सेमिनारका संयोजक झकेन्द्र घर्तीमगरले प्रकाश पार्नु भयो भने कार्यक्रममा स्वागत अध्यक्ष छविलाल चिडिमगर गर्नुभयो ।
कार्यक्रममा करिब ७० जना मगर बौद्धिक, राजनीतिककर्मी, पत्रकार, समाजसेवी, अनुसन्धानकर्ताहरुको सहभागिता रहेको छ । दुई दिने सेमिनारमा मगरको राजनैतिक इतिहास, भाषा, संस्कृति, परम्परागत पेशाव्यवसाय, मौलिक संस्कार र चाडबाडहरु, लैगिक पहिचान र अभ्यासका विषयमा १५ वटा अनुसन्धानपत्रहरुको प्रस्तुति तथा छलफल गरिने छ ।
त्यसैगरी सेमिनारको दोश्रो दिन मगर समुदायका सामाजिक तथा विभिन्न पार्टीका मगर नेताहरुसंग वर्तमानको राजनीतिक अवस्थाका विषयमा छलफल समेत हुने समूहका सचिव झकेन्द्र घर्तीमगरले बताउनुभयो ।
Friday, July 6, 2012
परियोजना परिचय तथा सरोकारवालाहरू बीच सहकार्यको खोजी विषयक अन्तरक्रिया सम्पन्न
बांके । असार २२ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा परियोजना परिचय तथा सरोकारवालाहरू बीच सहकार्यको खोजी विषयक अन्तरक्रिया कार्यक्रम ०६९ असार २२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । सेफरवल्र्डको सहयोगमा इन्सेकद्वारा बांके जिल्लामा संचालित "नेपालमा प्रभावकारी, समावेशी तथा जवाफदेही सार्वजनिक सुरक्षा नितिका लागि नागरिक समाजको सुदृढीकरढण कार्यक्रम" अन्तरगत उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बांकेका सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले इन्सेकले विगत देखी हालसम्म समय समयमा नेपाल सरकारका कमीकमजोरी औल्याउने, सुझाव दिदै सचेत बनाउने काम गर्दै आएको बताए । यसै गरी स्थानीय विकास अधिकारी विश्वराज डोटेलले समुदायलाई मात्र सहयोग गरेर समुदायको सुरक्षा नहुने बताउदै समुदायमा सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकायलाई पनि सहयोग गरिनु पर्ने सुझाव दिए । सीमा सुरक्षा बलका डीएसपी प्रेमप्रसाद पाण्डेयले अपराध गर्ने मानिसहरु सीमा नजिकका समुदायमा लुक्ने गरेको बताउदै यस विषयमा सचेतना सम्बन्धी कार्यक्रम सीमा क्षेत्रका समुदायमा गरिनु पर्नेमा जोड दिए । कार्यक्रममा सेफरवल्र्ड नेपालका राष्ट्रिय प्रतिनिधी जुली ब्रेथफेल्डले यस परियोजना मार्फत समुदायमा रहेका समस्याहरुको पहिचान भइसकेपछि समुदायको सहभागितामा गर्न सकिने समस्याहरुलाई प्रभावकारी ढंगबाट योजना बनाइ गरिने बताइन् ।
इन्सेकका क्षेत्रीय संयोजक भोला महतद्वारा संचालित कार्यक्रममा इन्सेक केन्दि्रय कार्यालय काठमाण्डौंका बरिष्ठ अधिकृत पोषराज अधिकारीले परियोजनाको उद्देश्य माथि प्रकाश पारेका थिए ।
यसै गरी सेफरवल्र्ड नेपालका परियोजना संयोजक अनिल पौडेलले परियोजनाको संक्षिप्त जानकारी गराउदै सरकारी निकायको सहयोग विना परियोजना सफल हुन नसक्ने धारणा व्यक्त गरे । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल शर्माले शहर तथा जिल्लामा बसोबास गर्ने समुदाय सुरक्षित नभएको अवस्थामा समुदायको सुरक्षा सम्बन्धी यस कार्यक्रम कसरी सफल हुन्छ भनि प्रश्न गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बााकेका डीएसपी उदय तामाङ्ग, सोही कार्यालयका इन्स्पेक्टर गणेश शाह, राष्ट्रिय मानवअधिकार आयोगका रमेश थापा, पुनरावेदन वार एशोसियसनका विकास आचार्य, जिल्ला वार एशोसियशनका विश्वजीत तिवारी, नेपाल मानवअधिकार सङ्गठनका गणेश रेग्मी, नेपाल पत्रकार महासंघ बााकेका शुक्रऋषि चौलागाई, कार्यक्रम संचालित गाविसका गाविस सचिवहरु, प्रहरी कार्यालयका प्रमुख, पश्चिम तारा नेपालका परिना चौधरी, हिमराइट्सका प्रकाश उपाध्याय, एडभोकेसी फोरमका बसन्त गौतम लगायतले परियोजना सम्बन्धी जिज्ञासा, सुझाव तथा सहकार्यका लागि सहयोग गर्ने प्रतिवद्वता जनाए ।
शिक्षिकाद्वारा बालकलाई निर्मम यातना
बांके, असार २१ । नेपालगंजस्थित एक निजी विद्यालयकी शिक्षिकाले एक बालकलाई निर्मम यातना दिएकी छिन ।
नेपालगंज-२ घरबारीटोलस्थित एञ्जल माध्यमिक विद्यालयकी शिक्षिका नीलु त्रिपाठीले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वषर्ीय बालक अंकित महतलाई निर्मम कुटपिट गरेकी हुन ।
कुटपिटबाट बालकको बायाा तर्फको गाला र कञ्चटमा रगत जम्नुका साथै सुन्निएको छ । ती शिक्षिकाले पढाउने समयमा बालक कक्षा भित्र नबसेको भन्दै कुटपिट गरेको बताइएको छ ।
घटनाको जानकारी पाएर विद्यालय पुगेका सञ्चारकर्मी र बालअधिकारकर्मीहरूसाग विद्यालयका संस्थापक विना मल्लले घटना दुःखद भएको प्रतिक्रिया दिइन । 'हामीले सवै शिक्षक शिक्षिकालाई 'कर्पोरेट पनिसमेन्ट' नदिनका लागि सचेत गराउदै आएका छौ । यति हुादाहुादै पनि घटनाहुनु गम्भीर त्रुटी हो ।' मल्लले भनिन 'यदि बालकले गल्ती नै गरेको भए तापनि मलाई अथवा प्रशासनमा जानकारी गराउनुपथ्र्यो । हामीले सम्झाउदा पनि नभए अभिभावलाई जानकारी गराउे हो । कुटपिट गर्ने हैन ।'
कुटपिटमा संलग्न शिक्षिका त्रिपाठीले बालक अनुशासनहिन भएको आरोप लगाउादै सामान्य सजाय दिएको बताइन ।
पीडित बालकले आफू लगायत धेरै साथीहरुले भोलि स्कुलमा खेलकुद हुने भनेपछि खुसी भएर कराएको र सोही बहानामा आफूलाई मिसले पिटेको बताए । 'साथीहरूलाई मेरो हात सम्ाात्न लगाएर मीसले मलाई ११ झापड हान्नु भयो ' बालकले भने, 'यसअघि पनि सो मिसले मलाई हातमा डटपेन राखेर च्याप्ने जस्ता यातना दिनेगर्नुभएको थियो ।'
विद्यालय व्यवस्थापनका अनुसार पीडक शिक्षिका पछिल्लो दुई महिनादेखि सो विद्यालयमा कार्यरत छिन । उनी निमावि तहमा 'सोसल र इङ्गलिस वन' पढाउने शिक्षिका हुन ।
कुटपिटका सम्बन्धमा सिविन नेपालगंजको एक टोलीले तत्काल स्थलगत अनुगमन गरेको थियो । 'बालकमाथि कुटपिटको घटना अपराध हो' सिविनका टिम लिडर मधु दवाडीले भने, 'यो शिक्षिका भन्दा पनि विद्यालयको कमजोरी हो । विद्यालय व्यवस्थापनले शिक्षक शिक्षिकालाई नियुक्ति दिने समयमा नै कुटपिटमा संलग्न नहुने सर्त सहित जागिर दिएमा यस्ता घटना हुदैनन । '
दवाडीले बालबालिका ऐन २०४८ को दफा ७ ले बालकालिकामाथि शिक्षक अभिभावक वा संरक्षक जो सुकैले दिने शारिरिक यातना अपराध मानेको बताउदै त्यस्तो अपराध ठहर भएमा २० हजार जरिवान र ६ महिना कैद सजाय हुने व्यवस्था रहेको बताए । सिविनको तथ्यांक अनुसार बााकेका निजी विद्यालयहरूमा यस्ता घटनाहरू बाक्लै हुने गरेका छन् ।
पीडित बालकका अभिभावक तथा इन्सेक नेपालगंजका सायोजक भोला महतले सो विद्यालयमा आफ्नो छोरामाथि यातना दिएको घटना यो पहिलो नभएको बताए । यसअघि पनि सो बालकलाई यातना दिएको र स्कुल प्रशासनमा उजुरी गर्दा भविष्यमा यस्तो नदोहरिने बताइएको थियो । अभिभावक महतले घटनाका सम्बन्धमा कानुनी प्रक्रिया अपनाउने बताए । उनले भने, 'सवाल मेरो छोरा वा को कुटियो भन्ने हैन, बालबालिकामाथि भएको अपराध रोकिनु पर्छ भन्ने हो' महतले हालसम्म विद्यालयले आफूलाई छोराको बारेमा कुनै गुनासो नगरेको बताए । यदि बच्चा अनुशासनहिन भएको हो भने हामीलाई जानकारी गराउनु पथ्र्यो महतले भने ।
Tuesday, July 3, 2012
धान दिवस मनाइयो
नेपालगन्ज असार । धान दिवसको रुपमा मनाइने असार १५ लाई धम्बोझी १ का स्थानीयवासीहरुले भव्य नाचगान सहित मनाएका छन् ।
असार दोश्रो साता विति सक्दासमेत धानको बिउ रोप्न नपाएर बााकेका किसानहरु निरास छन् । तर यहााका स्थानीयवासीहरुले असार १५ लाई भने दहि चिउरा खाएर नाचगान गर्दै स्वागत गरेका छन् ।
राष्टिय धानबाली महोत्सवको उपलक्ष्यमा धम्बोझी १ का स्थानीयवासीहरुले र्याली निकाल्दै बाझो खेतमा हलो जोतेर महोत्सवलाई भव्यता दिएका हुन ।
धान खाद्य सुरक्षाको वरदान भन्ने मुल नाराका साथ धम्बोझी विशाल नगर टोलदेखि निस्केको र्यालीले धम्बोझीको तेज नगर पुगी त्यहााको खेतमा धान रोपाई गरेका थिए । धान रोपाई गर्दै एक अर्कामा हिलो छयाप्दै मनाइएको धान रोपाई कार्यक्रममा विभिन्न संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो ।
महिला तथा बालबालिका विकास कार्यालयका अधिकृत शोभा शाहलगायत, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार, नगारिक समाज र स्थानीयवासीहरुले एकै साथ खेतमा धान रोपाई गरेर महोत्सवको उद्घाटन गरेका थिए ।
कृषि प्रधान देश भएतापनि कृषकहरुमा असार १५ ले कुनै खुशियाली नल्याउदा आफूहरुले यस महोत्सवको महत्वलाई उनीहरु माझ लगेर कृषकहरुको पर्वलाई भव्य रुपले सबैका बिच ल्याउन कार्यक्रमको आयोजना गरिएको विशाल टोल नगर विकास संस्थाका अध्यक्ष लक्ष्मण भुषालले बताउनुभयो ।
धम्बोझी वडा नं. १ को विशाल टोल नगर विकास संस्था, जिल्ला कृषि कार्यालय र जिल्ला कृषि सहकारी संघको संयुक्त आयोजनामा भएको उक्त रोपाई कार्यक्रममा कृषिर् विकास कार्यालयका प्रमुख युगल किशोर तिवारी, दुध सहकारी संघका पूर्ण प्रसाद अधिकारी, कृषिर् सहकारी संघका प्रेम सुवेदी, बचत तथा ऋण सहकारी संघका विनोद शाह, बाली विकास कार्यालयका हसमुल्ला मुसलमान, स्केल नेपालका प्रेम खड्कालगायतको समेत सहभागिता रहेको थियो ।
राजनीतिक सचेतना विना आदिवासि जनजाति पछाडि
नेपालगन्ज आषाढ १९ । आदिवासी जनजातिहरु आफ्नो हक र अधिकार प्राप्त गर्न राजनीतिक रुपमा सचेत हुनुपर्ने बााकेको कोहलपुरमा आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
आदिवासी जनजातिहरुको हक र अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले राजनीतिक शक्ति विना आदिवासी जनजातिहरु कहिल्यै अघि बढ्न नसक्नेमा जोड दिदै राजनीति शक्ति प्राप्तगर्न आदिवासी जनजातिहरु अब पछि हट्न नहुने बताए ।
कार्यक्रममा बोल्दै आदिवासी जातिय तथा क्षेत्रीय महासंघका संयोजक पिनु थापामगरले पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान आफूहरुको पहिलो माग भएको जिकिर गर्दै पहिचान सहितको संघीयता प्राप्तीका लागि आफूहरु जस्तो सुकै बलिदानी दिन पनि तयार रहेको बताउनुभयो । उहााले भन्नुभयो -'हाम्रो जाती भनेको हाम्रो पहिचान हो, पार्टी बदल्न सक्छ तर जातीभाषा बदल्न सक्दैन त्यसकारण पनि पहिचानलाई हामी कुनै पनि हालतमा छोडनै छैनौं । '
आदिवासी जनजाति जिल्ला समन्वय समिति जिविस बााकेका उपाध्यक्ष आसमाली पुनमगरले देशको पहिलो शाक्ति राजनीतिक शक्ति अहिले पनि टाठा बाठाको हातमा भएको हुादा आदिवासी जनजातिहरु अब एक ढिक्का भएर आफ्नो अधिकार प्राप्तीका लागि लड्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बााकेको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ बााकेका पूर्व अध्यक्ष श्रीमान थापामगर, एनेकपा माओवादीका शुरेस थारु, नेपाल भुपु सैनिक विकास समितिका अध्यक्ष क्या.किशन थापामगरलगायतले बोल्नु भएको थियो ।
एक दिने अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजातिहरुको हक र अधिकार, अन्तराष्टिय श्रम संगठन महासन्धि नं. १६९, युएनडि्रप, स्वतन्त्र, पूर्वसुसुचित, सहमति र सहभागिता विषयमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बााकेका अध्यक्ष डम्मर थापामगर, उपाध्यक्ष मंगल चौधरी पत्रकार उमा थापाले प्रशिक्षणसमेत दिनु भएको थियो ।
Friday, May 25, 2012
प्रेस विज्ञप्ति
नेपालगञ्जका पत्रकार दीपा आलेमाथि जेठ ८ गते थारु संयुक्त संघर्ष समितिका कार्यकर्ताद्वारा सांघातिक आक्रमण भएको घटनाप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । रेडियो हिमाल एवम सगरमाथा टेलिभिजनमा कार्यरत तथा नेपाल पत्रकार महासघं बाँके शाखाका कार्यसमिति सदस्य आलेमाथी भएको उक्त आक्रमणको हामी घोर निन्दा एवं भत्सर्ना गर्दछौं ।
नेपालको अन्तरीम संविधान, २०६३ ले नागरिकको स्वतन्त्रतापूर्वक हिडहुल गर्न पाउने अधिकारको सुनिश्चितता गरेको अवस्थामा कानुन हातमा लिएर आवागमनमा रोक लगाउने, कुटपीट गर्ने र सवारी साधनमा क्षति पुर्याउने आन्दोलनकारी नभएर अपराधी भएको हाम्रो ठम्याई छ ।
आन्दोलनरत पक्षले घटनाको जिम्मा लिई सार्वजनिक रुपमा माफी माग्न हामी आग्रह गर्दछौं । आक्रमण गर्ने अपराधीको पहिचान गरेर कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौं । राजनैतिक दवावमा अपराधीलाई उम्काउने, मुद्दा कमजोर बनाइ अपराधीलाई उन्मुक्ति दिने जस्ता कार्य भएमा हामी सशक्त आन्दोलनमा उत्रने समेत चेतावनी दिन चाहन्छौं ।
आक्रमणमा परेका पत्रकार आलेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । आक्रमणकारीबाट आलेलाई उचित क्षतिपूर्ति दिलाउन तथा उनको स्वास्थ्यपोचारको जिम्मेवारी लिन प्रशासनलाई समेत आग्रह गर्दछौं ।
तपसिल
अछरी पोखरेल, अध्यक्ष, महिला सञ्चार समुह, बाँके
उमा थापामगर, अध्यक्ष, क्रियाशिल पत्रकार महिला, नेपालगन्ज
मुना श्रेष्ठ, अध्यक्ष, समानता तथा सशक्तिकरण मञ्च, नेपालगन्ज
श्रृजना आचार्य, क्षेत्रीय अध्यक्ष, संचारिक समूह, नेपालगन्ज
शोभना मिश्र, अध्यक्ष, मानव अधिकार रक्षक सञ्जाल, नेपालगन्ज
मैमुना सिद्दिकी, का. वा. अध्यक्ष, फातिमा फाउण्डेसन, नेपालगन्ज
सरिता शर्मा, उपाध्यक्ष, साथी संस्था बाँके
विम्मीरानी पन्थी, अध्यक्ष, प्रयासका पाइलाहरु, नेपालगन्ज
नेत्रकला शाही, अध्यक्ष, सामाजिक सरोकार केन्द्र (स्याक), नेपालगन्ज
बोद्यार्थ
नेपाल पत्रकार महासंघ, बाँके शाखा
जिल्ला प्रशासन कार्यालय, बाँके
जिल्ला प्रहरी कार्यालय, बाँके
राष्ट्रिय मानवअधिकार आयोग, नेपालगन्ज
मिति २०६९ जेठ १२ गते
Thursday, May 24, 2012
Wednesday, May 23, 2012
एकल जातीय पहिचानसहितको संघीयताका लागि जनजाति र मधेसी विद्यार्थी अनसनमा
काठमाडौं, ११ जेठ
एकल जातीय पहिचानको आधारमा संघीय प्रदेश निर्माण गर्नुपर्ने माग गर्दै आदिवासी जनजाति विद्यार्थी महासंघ र संयुक्त मधेसी विद्यार्थी मोर्चा नयाँ बानेश्वरस्थित् संविधानसभा भवन अगाडि रिलेअनसनमा बसीरहेका छन् ।
सरकारले गत मंगलबार आदिवासी जनजातिसँग गरेको ९ बुदे संझौता कार्यान्वयन हुनुपर्ने विद्यार्थी संगठनको माग रहेको छ ।
‘सरकारले जातीय पहिचानको आधारमा संघीयतामा बनाउने सहमति गरेपनि सो सहमति कार्यान्वयन हुने ग्यारेन्टी छैन,’ महासंघका अध्यक्ष नरबाहदुर गुरुङले भने, ‘आदिवासी जनजातिसँग भएका सबै संझौता कार्यान्वयन गराउन र त्यसका लागि राज्यलाई दबाव दिन हामी अनसनमा बसेका छौ ।’
उनले १३ जेठदेखि आमरण अनसनमा बस्ने जानकारी पनि दिए । संयुक्त मधेसी विद्यार्थी मोर्चा र आदिवासी जनजाति विद्यार्थी महासंघको पूर्वघोषित् आन्दोलन अनुसार नै आमरण अनसनमा बस्ने गुरुङको भनई छ ।
महासंघमा विभिन्न २७ ओटा जातीय संगठनका विद्यार्थीहरु छन् भने मोर्चामा ६ ओटा राजनीतिक दलका विद्यार्थीहरु छन् । मोर्चामा तराई मधेस लोकतान्त्रिक पाटी, तराई मधेस लोकतान्त्रिक पाटी नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरण गणतान्त्रिक, सद्भावना पाटीलगायतका विद्यार्थी संगठनहरु छन् ।
पत्रकारमाथी आक्रमण
नेपालगन्ज, बाँके
जेष्ठ १२
नेपालगञ्जका पत्रकार दीपा आले माथी यहि जेठ ८ गते बन्दकर्ता द्धारा सांघातिक आक्रमण भएको छ । रेडियो हिमाल एवम सगरमाथा टेलिभिजनमा कार्यरत तथा नेपाल पत्रकार महासघं बाँके शाखाका कार्यसमिति सदस्य आलेमाथी कोहलपुरबाट नेपालगन्ज घर फर्कने क्रममा बन्दकर्ता आन्दोलनकारीले एक्कासी आक्रमण गरेका थिए । आक्रमण बाट गम्भिर घाइते पत्रकार आलेको आखाँको परेलाको प्लास्टिक सर्जरी गरिएको छ । उनको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
पत्रकार आले माथी भएको सांघातिक आक्रमण प्रति विरोध जनाउदै दोषीलाई कडा कारबाहीको माग साथै पत्रकारको सुरक्षाको प्रत्याभुति राज्यले दिनुपर्ने भन्दै नेपाल पत्रकार महाकसघं, लगायतका दर्जन बढी सघं सगठंनले बिज्ञप्ती मार्फत घटनाको भर्तसना गरेका छन् ।
पत्रकार आलेमाथी कोहलपुरबाट नेपालगन्ज घर फर्कने क्रममा चित्रनगर भन्ने ठाउँमा राती करिब ९ बजे बाटोमा लुकेर बसेका आन्दोलनकारीले एक्कासी आक्रमण गरेका हुन । पत्रकार आलेले चढेको भे ३ प ५८६ नम्बरको मोटरसाइकल पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।
यसैबिच घटनाको विरोधमा नेपाल पत्रकार महासघं बाँके शाखाले विरोध र्याली निकालेको छ । पत्रकार सुरक्षा ग्यारेन्टी गर, पत्रकार माथीको आक्रमण बन्द गर लगाएतका नारा लगाउदै धम्बोजी चोक बाट निस्किएको रयाली विपी चोक हुदै नर्सिड होम अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाल पत्रकार महासघं बाँके शाखाका सभापति शुक्रऋिसी चौलागाईले पत्रकार माथीको आक्रमण हुनु निन्दनिय भएको भन्दै २४ घण्टा भित्र अपराधिलाई कारबाहीको माग गर्नुभयो । राष्टिय मानव अधिकार आयोगका क्षेत्रिय प्रमुख मुरारी खरेल, नेकपा एमालेका रत्न खत्रीले लगातारको प्रेश जगत माथी भएको आक्रमणले प्रेश जगत असुरक्षित भएको भन्दै दोषिलाई कारबाही हुनुपर्ने बताउुभयो ।
Monday, May 14, 2012
Monday, April 23, 2012
जनआन्दोलनकारीहरुलाई सम्मान
नेपालगन्ज बैशाख ११ गते
सरकारले नै लोकतन्त्र दिवसको उपेक्षा गरि रहदा बाँकेमा लोकतन्त्र प्राप्तीका लागि होमिएका आन्दोलनकारीहरुलाई सम्मान गरिएको छ ।
अन्तरालको आयोजनामा भएको उक्त सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रमा जनताले बगाएको रगत र पसिनाको उपेक्षा हुन थालेकोमा गुनासो गरेका थिए ।
प्रजातन्त्र सेनानी गोविन्द बहादुर श्रेष्ठले नेपाली जनताले निरकुंशतन्त्र विरुद्ध २००७ सालदेखि नै क्रान्ति गरि रहेको बताए । परिवर्तनका पक्षधर जनताले २०६३÷२०६३ को जनआन्दोलनमार्फत राजतन्त्रको अन्त्य गरि देशमा गणतन्त्र बहाली हुन सकेकोमा उनले सन्तोष व्यक्त गरे ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताले लोकतन्त्र प्राप्तीपछिका उपलब्धिहरुलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा गैसस महासंघका सचिव गोपाल नाथ योगी, नेपाल पत्रकार महासंघ बाँकेका सल्लाहकार झलक गैरे, पत्रकार जनक नेपालले लोकतन्त्र प्राप्तीका लागि नेपाली जनताले पुु¥याएको योगदानको चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा २०६२÷२०६३ को जनआन्दोलनको अग्र मोर्चामा देखिएका राजुुु तामाङ, खेमराज ज्ञवाली, विजय लामा, सरिता तामाङ, अर्चना तामाङ, सुरज भण्डारीलगायतलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा जनआन्दोलनमा आधारित रहेर लेखिएको पुस्तक जनता उठेपछिको पनि चर्चा गरिएको थियो । ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक टिसर्ट सार्वजनिक समेत गरिएको उक्त कार्यक्रम अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले संचालन गरेका थिए ।
Thursday, April 12, 2012
Wednesday, April 11, 2012
संविधान निर्माणको काम सहज ः गुरुङ
नेपालगन्ज चैत्र २९ बुधबार
नेपाली कााग्रेसका केन्दि्रय सदस्य धनराज गुरुङले माओवादी लडाकु , शिविर र हतियार नेपाली सेनाको मातहतमा आएकाले अब संबिधान निर्माणको काम सहज ढंगले अघि बढ्ने ठोकुवा गर्नु भएको छ । बिशेष समितीको यो निर्णयले शान्ति प्रक्रियाका बााकी काम पुरा गराउन अझ सहज हुने उहााको भनाई थियो । नेपाल प्रेस युनियन बााके शाखाले आज नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कााग्रेस नेता गुरुङले शान्ति प्रक्रियाको मुख्य पाटो सेना समायोजनको काम टुंगिएकाले अन्य मुद्धाहरुको पनि बिस्तारै समाधान हुने बिश्वास गर्नु भयो ।
माओबादी लडाकुहरु पनि नेपाली सेनाको मातहतमा जान आतुर रहेकाले तोकिएको समय भन्दा अगाडि नै अध्यक्ष प्रचण्डले निर्णय गर्न बाध्य भएको उहााको भनाई छ । लडाकु, शिबिर र हतियारलाई नेपाली सेनाको मातहतमा ल्याउने बिषयमा गरिएको निर्णय बिरुद्ध बैद्य पक्षले गरेको बिरोधले कुनै अर्थ नराख्ने पनि उहााले स्पष्ट पार्नु भयो ।
संबिधान सभाका सदस्य समेत रहनु भएका नेता गुरुङले तोकिएको जेष्ठ १४ मै लोकतान्त्रिक संबिधान जारी गर्नुको बिकल्प नभएको बताउनु भयो । उहााले माओबादी, नेपाली कााग्रेस, एमाले र मधेशबादी दलले खोजे जस्तो संबिधान नबन्ने तर सबैको चित्तबुझ्दो संबिधान आउने बताउनु भयो ।
अर्थमन्त्री सचिवहरुसंगको बैठक
काठमाडौं, २९ चैत
अर्थमन्त्री वर्षमान पुन अननत्ले आर्थिक वर्षको दोस्रो चौमासिक सकिसक्दा पनि पुजीगत खर्च अपेक्षाकृत हुन नसक्नुको कारणबारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ । उहााले रकम राखिराख्ने तर खर्च गर्न नसक्ने मन्त्रालयहरुको रकम खर्च गर्नसक्ने मन्त्रालयहरुमा रकमान्तर गरिदिने बताउनुभएको छ ।
पुजीगत खर्चको समीक्षा गर्न बुधबार अर्थमन्त्रालयमा बसेको सचीवस्तरीय बैठकलाई सम्बोधन गर्नुहुादै अर्थमन्त्री पुनले पुाजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताउनुभएको हो । 'समयमै बजेट आएको थियो । समयमै पुजीगत खर्च हुन्छ भन्ने आशा थियो, तर दोस्रो चौमासिक वितिसक्दा पनि अपेक्षाकृत खर्च हुन सकन', उहााले भन्नुभयो, 'के कारणले खर्च भएन भन्ने कुराको समीक्षा गर्नुपर्छ । उहााले अझै तीन महिना भएकाले सच्याएर भए पनि पुाजीगत खर्चलाई तिव्र पार्नुपर्ने बताउनुभयो । जुन उत्साहकासाथ बजेट पारित गरिएको थियो, त्यही उत्साहकासाथ तीन महिनामा काम गरेर पुजीगत खर्चको वृद्धि गर्नुपर्छ' उहााले भन्नुभयो ।
अर्थमन्त्री पुनले सचिवहरुको बैठकमा केही दिनमै मन्त्रीपरिषद्मा छलफल गरेर भए पनि खर्च हुन नसकेका मन्त्रालयहरुको बजेट रकमान्तर गरिने बताउनुभयो । फ्रीज हुनसक्ने रकमलाई रकमान्तर गरेर भए पनि खर्च गर्ने राज्यको दायित्व भएको उहााको भनाई थियो । 'केही दिनमै क्याविनेटमै छलफल गरेर खर्च नभईराखेको ठाउा, जहाा खर्च हुन नसक्ने ठाउा छ त्यसबाट खर्च हुने ठाउामा रकमान्तर गरिदिनन्छौं', उहााले भन्नुभयो, 'रकमान्तर गर्ने राष्टिय दायित्व हो । काम नभएर थुपरिएको पैसा काम हुने ठाउामा रकान्तर गर्ने राष्टिय दायित्व हो ।'
बैठकमा उहााले नीति निर्माणको तहमा बसेको मन्त्रालयका सचिवहरुले सरकारले कतिखेर के भन्छ र के गरौंला भनेर कुरेर बस्ने भन्दा पनि आफ्नै स्वविवेकले पनि काम गर्नुपर्ने बताउनुभयो । 'हामी पोलिसी लेबलका हौं । हामीलाई सरकारले निर्देशन दियो की दिएन भन्ने की आफू पनि कासीस गर्ने', उहााले भन्नुभयो, 'सरकार अहिले ओपन छ अर्थमन्त्रालय ओपन छ, यस्तो अवस्थामा पनि यो पोलिसीलेबलको मान्छेहरु किन खुम्चिएर बस्ने ?'
उहााले पूर्ववर्ती सरकारले लिएको बजेट अहिलेको सरकारको नीति निर्माणको तहमा बसेकाहरुले आफ्नै बजेट जस्तो नमान्नुले पनि पुाजीगत खर्च वृद्धि हुन नसकेको हुनसक्ने बताउनुभयो । 'पूर्ववर्ती सरकारले लिएको बजेट हो अहिले पोलिटिकले लिडरले आफ्नै जस्तो ठानेनौं की', उहााले भन्नुभयो, 'अर्कोतिर सचिवहरुलाई मन्त्रीले भनेमात्रै गर्ने हो भन्ने भयो की Û' बैठकमा उहााले पुजीगत खर्च गर्नेमा बढी ध्यान दिन सचिवहरुलाई निर्देशन समेत दिनुभयो ।
बैठकमा अर्थसचिव कृष्णहरी बास्कोटाले फागुन मसान्तसम्मको पुजीगत खर्चको विवरण पेश गर्नुभएको थियो । बैठकमा अन्य मन्त्रालयका सचिवहरुले चैतमा धेरै कामहरु भईरहेकाले वैशाखसम्ममा पुजीगत खर्चले तिव्रता पाउने बताएका थिए । सचिवहरुले धेरै काम भए पनि निकासा हुन नसक्दा पनि पुजीगत खर्च वृद्धि नदेखिएको बताएका थिए । 'लेखापाल जति सबै सरुवाका लागि काठमाडौं आए माघ र फागुन महिनामा निकासा नै भएन अनि पुजीगत खर्च पनि देखिएन', एक सचिवले भने । बैठकमा सबै मन्त्रालयका सचिवहरु सहभागी थिए । फागुन मसान्तसम्म चालु आर्थिक वर्षको बजेटमा चालु ४६ पुजीगत खर्च २२ प्रतिशत भएको छ । समग्र खर्च ४० प्रतिशत रहेको छ ।
पारालिगल कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
नेपालगञ्ज-२९, चैत्र- पारालिगल कार्यक्रमको जिल्लास्तरीय समिक्षा तथा योजना तर्जुमा कार्यक्रम बुधबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
यूनिसेफको सहयोगमा जिल्ला विकास समिति र महिला तथा बालबालिका कार्यालय, बााकेले सञ्चालन गरिरहेको पारालिगल कार्यक्रमको वाषिर्क समिक्षा गरिएको हो ।
महिला तथा बालबालिका कार्यालय, बााकेद्वारा आयोजित कार्यक्रममा बोल्दै बााके जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोखरेलले पारालिगल समितिहरुले समुदायस्तरमा महिला र बालबालिकाहरुको अधिकार संरक्षणका लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै महिला तथा बालबालिका कार्यालय बााकेका प्रमुख महिला विकास अधिकृत शोभा शाहले पारालिगल कार्यक्रमले समाजमा महिला र बालबालिकामाथि हुने हिंसा न्यूनिकरणमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी गराउनुभएको थियो । उहााले कार्यालयले पारालिगल कार्यक्रमअन्तर्गत वर्षभरि सञ्चालन गरेको क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला अदालत बार एशोशियसनका अध्यक्ष विश्वजीत तिवारीले पारालिगल समितिहरुले सूचनाको हक र उपभोक्ता अधिकारका कुराहरुलाई पनि समुदायस्तरसम्म लैजानुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।
कार्यक्रममा बााके जिल्लामा पारालिगल कार्यक्रम लागु भएको १६ वटा गाविसका पारालिगल समितिका प्रतिनिधि, गाविस सचिव, जिल्ला स्थित सरोकारवाला निकाय, यूनिसेफ, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मीलगायतको सहभागीता रहेको थियो ।
पारालिगल समितिका सदस्यहरुले समुदायस्तरमा समितिले गरेको क्रियाकलाप, भोगेका समस्या तथा सिकाईहरु कार्यक्रममा प्रस्तुत गरेका थिए । साथै पारालिगल कार्यक्रम अन्तर्गत आगामी वर्षमा गरिने कार्यक्रमको बारेमा जानकारी समेत गराइएको थियो ।
Sunday, March 25, 2012
प्रथम दक्षिण एसियालि भारोत्तोलन प्रतियोगितामा भारतको आधिपत्य,
नेपालगन्ज चैत्र ११ । नेपालगन्जमा विहिबार सम्पन्न प्रथम दक्षिण एशियाली पुरुष तथा महिला भारोत्तोलन
च्याम्पियनशीपमा भारतले आधिपत्य जमाएको छ ।
भारतले पुरुष तर्फ १३ स्वर्ण २ रजत ३ कास्य तथा महिला तर्फ ९ स्वर्णं ३ रजत हासिल गरेको छ । त्यसै गरी नेपालले पुरुष तर्फ ३ स्वर्ण ३ रजत र ३ कास्य तथा महिला तर्फ ३ स्वर्ण ९ रजत ९ कास्य हासिल गर्यो भने श्रीलंकाले पुरुष तर्फ ४ स्वर्ण ८ रजत १ कास्य तथा महिला तर्फ ३ स्वर्ण ३ रजत र ४ कास्य हासिल गरेको छ । त्यसै गरी बंगलादेशले पुरुष तर्फ ४ रजत ४ कास्य तथा महिला तर्फ ६ स्वर्ण ६ रजत र ५ कास्य हासिल गर्यो भने पाकिस्तानले पुरुष तर्फ ३ स्वर्ण ४ रजत ५ कास्य तथा अफगानिस्तानले पुरुष तर्फ १ स्वर्ण ३ रजत र ८ कास्य पदक हात पारेका छन् ।
नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा संचालन भएको प्रतियोगितामा श्रीलंकाकी हरिशचन्द्र एमएमडि स्ट्रोङ्ग महिला तथा भारतका हिमांसु कुमार च्यांग स्ट्रोङ्ग म्यान घोषित भए ।
नेपालगन्जको कबर्डहलमा सम्पन्न भएको प्रतियोगिताको शनिबारको पहिलो खेलमा महिलातर्फ ६९ केजीमा तारा पुनले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा गरि ३ वटा स्वर्ण नेपाललाई प्राप्त गराएको थियो । उनले क्रमश ः ६३ केजी, ९० केजी र १५३ केजी उचालेकि थिइन । उनले ३ स्वर्ण प्राप्त गरेपछि नेपालको ६ वटा स्वर्ण पदक पुगेको थियो ।
त्यसैगरी सोही तौल समूहमा नेपालकी राजलक्ष्मी थापाले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा रजत प्राप्त गरेकी छिन् । उनले क्रमश ः ५६ केजी, ६८ केजी र १२४ केजी उचालेकि थिइन् ।
७५ केजी तौल समूहमा बंगादेशकी सुलताना सापराले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा स्वर्ण प्राप्त गरेकी छिन भने नेपालकी लक्ष्मी वनले स्नेच र टोटलमा ५० केजी र १०८ केजी उचाल्दै रजत पदक प्राप्त गर्न सफल भईन भने नेपालकै चम्पा ठकुलाल क्लिन एण्ड जर्कमा ६० केजी उचाल्दै रजत प्राप्त गरिन । कास्य पदकमा भने स्नेच र टोटलमा ४० केजी र १०० केजी उचाल्दै नेपालकी चम्पा ठकुलाले २ कास्य र नेपालकै लक्ष्मी वन क्लिन एण्ड जर्कमा ५८ केजी उचाल्दै १ रजत प्राप्त गरिन ।
महिलतर्फकै ७५ केजी भन्दा माथीको तौल समूहमा श्रीलंकाकी हरिशचन्द्र एमएमडिले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा क्रमश ः ७० केजी, ८८ केजी र १५८ केजी उचाल्दै स्वर्ण पदक प्राप्प गरेकी छिन भने नेपालकी राम माया थापाले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा क्रमश ः ५८ केजी, ७८ केजी र १०६ केजी उचाल्दै रजत पदक प्राप्त गरिन । र सोही तौल समूहको स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ५६ केजी, ६८ केजी र १२४ केजी उचाल्दै बंगलादेशकी अख्तर जस्मिनले कास्य पदक प्राप्त गरिन ।
दोश्रो खेलमा पुरुषतर्फ ८५ केजी तौलसमूहमा भारतका जसवन्त सिंहले स्नेचतर्फ स्वर्ण, क्लिन एण्ड जर्कमा परेरा सीटिसि जेमाले र टोटलमा अफगानिस्तानका कर्मन्द मोहम्मद मुस्तफाले स्वर्ण पदक प्राप्त गरेका छन् । स्वर्ण पदक प्राप्त गर्नेहरुले क्रमश ः १२६ केजी, १२८ केजी र २३८ केजी उचालेका थिए । त्यसैगरी सोही तौल समूहमा स्नेच र क्लिन एण्ड जर्कमा अफगानिस्तानका कर्मन्द मोहम्मद मुस्तफाले ११० केजी, र १२८ केजी उचालेर रजत पदक प्राप्त गरे भने नेपालका नारायण श्रेष्ठले टोटलमा २२७ केजी उचालेर रजत प्राप्त गरे । त्यसैगरी नेपालकै नारायण श्रेष्ठले १०० केजी र १२७ केजी उचालेर स्नेच र क्लिन एण्ड जर्कमा कास्य, श्रीलंकाका पेरेरा सिटिसिजे क्लिन एण्ड जर्कमा १४५ केजी उचालेर कास्य प्राप्त गरे ।
तेश्रो खेलमा पुरुषतर्फ ९४ केजी तौलसमूहमा पाकिस्तानका खुराम सहजातले स्नेचमा, बंगलादेशमा मोहमद मुमिन अब्दुलाहाले क्लिन एण्ड जर्कमा र टोटलमा श्रीलंकाका समरेसेखरा आरएमआरपिले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । उनीहरुले क्रमश ः १४० केजी, १४५ केजी र २६९ केजी उचालेका थिए ।
त्यसैगरी स्नेचमा बंगलादेशका मोहमद मुमिन अब्दुलाहा १२० केजी, क्लिन एण्ड र्जकमा नेपालका ज्ञानबहादुर श्रेष्ठले १४० केजी र टोटलमा बंगलादेशका मोहमद मुमिन अब्दुलाहाले २६५ केजी उचालेर रजत पदक प्राप्त गरेका छन् । कास्य पदक प्राप्त गर्नेहरुमा स्नेचतर्फ श्रीलंकाका समसेखरा आरएमआरपिले ११७ केजी, क्लिन एण्ड जर्क र टोटलमा अफगानिस्तानका रसुल वाईएमएवि घापुरले क्रमश ः १४० केजी र २६३ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् ।
पुरुषतर्फको १०५ तौल समूहको खेलमा भारतका क्रिस्टोफर भिएले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ स्वर्ण हात पारेका छन । उनले उक्त इभेन्टसमा क्रमश ः १४५ केजी, १८० केजी र ३२४ केजी उचालेका थिए ।
त्यसैगरी सोही तौल समूहमा बंगलादेशका विद्युत कुमार रायले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ रजत पदक प्राप्तगरेका छन् । उनले क्रमश ः १२० केजी, १४५ केजी र २६५ केजी उचालेका थिए ।
कास्य पदकमा अफगानिस्तानका अब्दुल रवाफ नुरीले स्नेचमा ११० केजी, क्लिन एण्ड जर्कमा १३० केजी र टोटलमा २१० केजी उचालेर कास्य पदक प्राप्त गर्न सफल भए ।
अन्तिम खेलमा पुरुषतर्फको १०५ केजी भन्दा माथी तौल समूहमा स्नेचतर्फ अफगानिस्तानका मोहमद हुसैन हुसैनीले १५० केजी उचाल्दै स्वर्ण पदक प्राप्त गरे भने सोही तौल समुहमा भारतका हिमान्सु कुमार चन्दले १४६ केजी उचाल्दै रजत पदक प्राप्त गरे भने पाकिस्तानका खेलाडी १४५ केजी उचाल्दै कास्य पदक प्राप्त गर्न सफल भए । क्लिन एण्ड जर्कमा भारतका हिमांशु कुमार च्यांग १७९ केजी उचाल्दै स्वर्ण पदक विजेता, पाकिस्तानका मुस्तकिम बटले १७५ केजी उचाल्दै रजत पदक प्राप्त गरे भने अफगानिस्तानका मोहमद हुसैन हुसैनीले १७५ केजी उचाल्दै कास्य पदक विजेता भए ।
त्यसैगरी टोटलमा भारतका हिमांशु कुमार च्यांगले ३२५ केजी उचाल्दै स्वर्ण पदक प्राप्त, अफगानिस्तानका मोहमद हुसैन हुसैनीले ३२५ केजी उचाल्दै रजत पदक प्राप्त गरे भने पाकिस्तानका मुस्तक्युम मोहमद बटले ३२० केजी उचाल्दै कास्य पदक प्राप्त गरे ।
पदक विजेता खेलाडीहरुलाई राखेपका पुर्ब सदस्य सचिब जिबनराम श्रेष्ठ, बांकेका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोख्रेल, बांकेका प्रहरी उपरीक्षक बिक्रम सिहं थापा, भारोत्तोलन संघ नेपालका अध्यक्ष रतन कुमार टण्डन, दक्षिण एसियालि भारोत्तोलन महासघंका अध्यक्ष बिरेन्द्र प्रसाद बैश्य लगायतले पुरुस्कार, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । बिहिबार देखि शुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका बंगलादेश, पाकिस्तान, अफगानिस्तानको सहभागिता रहेको थियो ।
अनिलले दिलाए नेपालाई ३ स्वर्ण
नेपालगन्ज, चैत्र ९ । नेपालगन्जमा विहीबार देखि शुरु भएको पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगितामा नेपालले ३ वटा स्वर्ण, ३ वटा रजत र ६ वटा कास्य प्राप्त गरेका छन् ।
६९ केजीको तौल समूहमा नेपालका अनिल मल्लले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा गरि ३ वटा स्वर्ण पदक प्राप्त गरि नेपाललाई ३ स्वर्ण दिलाएका हुन् । मल्लले उक्त खेलमा क्रमश ः १०५, १२० र २२५ केजी उचालेका थिए ।
त्यसैगरी सोही तौल समूहमा नेपालका अर्का खेलाडी विकास थापाले ३ वटा रजत प्राप्त गरेका छन् उनले क्रमश ः ९७, ११८ र २१५ केजी उचालेका थिए भने नेपालकै अर्का खेलाडी कविता चौधरीले ४८ केजी तौल समूहको स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा कास्य प्राप्त गरेका छन् । उनले उक्त खेलमा स्नेचमा ४८ केजी, क्लिन एण्ड जर्कमा ५६ र टोटलमा १०४ केजी उचालेका थिए भने नेपालकै अर्का खेलाडी उत्तम क्षेत्रीले ६३ केजी तौल समूहको स्नेचमा ६३ केजी उचालेर कास्य पदक प्राप्त गरेकी छिन् ।
नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा संचालन भएको प्रतियोगिताको ७७ केजी तौल समूहमा भारतका शतिस कुमारले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा स्वर्ण, पाकिस्तानका इरफान मुहमदले सोही इभेन्टमा ३ वटा रजत र जयदिप सारंगले सोही इभेन्टमा ३ वटा कास्य प्राप्त गरेका छन् । प्रथम भएका भारतका कुमारले स्नेचमा १२८, क्लिन एण्ड जर्कमा १६१ र टोटलमा २८९ केजी उचालेका थिए । ४८ केजी तौल समूहको महिलाहरुको खेलमा स्न्याच, क्लिन एण्ड जर्क र टोटलमा गरी बंगलादेशकी साबिरा मुल्लाले स्वर्ण, श्रीलंकाकी अभियु सिकाराले रजत तथा नेपालकी कविता चौधरीले कास्य गरेर ३–३ वटा पदक हात पारिन । बंगलादेशले १३२ केजी, श्रीलंकाले १२१ केजी र नेपाललले १०४ केजी उचालेको थियो ।
सोही प्रकारले महिलाहरुकै ५३ केजी तौल समूहको खेलमा स्न्याच, क्लिन एण्ड जर्क र टोटलमा गरी भारतकी गोपाल टिकिलाले ३ वटा स्वर्ण पदक प्राप्त गरिन भने स्न्याच र क्लिन एण्ड जर्क र टोटलमा बंगलादेशकी फुलापत्र चक्माले ३ वटा रजत पदक हात पारिन् भने स्न्याचमा श्रीलंकाकी बाड्रयूमस थ्रीजेले रजत तथा क्लिन एण्ड जर्क र टोटलमा बंगलादेशकी माबिया अख्तरले २ वटा कास्य पदक प्राप्त गरिन् । यस्तै पुरुषहरुको ५६ केजीको तौल समूहमा स्न्याचमा श्रीलंकाका बाण्डरा डब्लुथिकेले स्वर्ण, श्रीलंकाकै विजेसूर्याले सिएसएसपिले रजत तथा बंगलादेशका रहमान मिजानुरले कास्य पदक प्राप्त गरेका छन् ।
सोही तौल समूहको क्लिन एण्ड जर्क र टोटलमा श्रीलंकाका विजेसूर्याले सिएसएसपिले स्वर्ण, श्रीलंकाकै बाण्डरा डब्लुथिकेल रजत र बंगलादेशका रहमान मिजानुरले कास्य पदक गरी २–२ वटा पदक हात पारेका छन् ।
यसैगरी पुरुषहरुको ६२ केजीको तौल समहूमा स्न्याचमा श्रीलंकाका लियानार्चि एसले स्वर्ण, भारतका सेल्भान डिले रजत तथा पाकिस्तानका इस्लाम इमरानले कास्य पदक प्राप्त गरे । सोही तौल समूहको क्लिन एण्ड जर्क र टोटलमा भारतका सेल्भान डीले स्वर्ण, श्रीलंकाका लियानार्चि एसले रजत तथा पाकिस्तानका इस्लाम इमरानले कास्य गरी २–२ पदक हात पारेका छन् । प्रतियोगितामा विजय खेलाडीहरुलाई दक्षिण एसियाली भारोत्तोलन संघका अध्यक्ष भारतका विरेन्द्र प्रसाद वैश्य, उपाध्यक्ष बंगलादेशका मोहियुद्दिन अहमद, प्रहरी वरिष्ठ उपरिक्षक माधव कुमार नेपालले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका महिला र पुरुष गरी ६० जना खेलाडीको सहभागिता रहेकोछ ।
हमालको लागि रु. १ लाख सहयोग
नेपालगन्ज चैत्र ९ । नेपालको लागि पहिलो पदक ल्याउने भारोत्तोलनका अन्तराष्टिय खेलाडी सुरेन्द्र हमालको स्वास्थ्य उपचारका लागि पहिलो पटक नेपाल सरकारका तर्फबाट रु १ लाख सहयोग प्रदान गरिने भएको छ ।
पहिलो दक्षिण एसियाली प्रतियोगिताको उद्घाटनका क्रममा युवा तथा खेलकुद मन्त्री कमला रोकाले यस्तो घोषणा गरेका हुन् । हमालको स्वास्थ्य अवस्थाका बारेमा आफु विहिबार नेपालगन्ज प्रतियोगिताको उद्घाटन गर्न आउने क्रममा प्लेनमा पत्रपत्रिकाका माध्यमबाट जानकारी पाएको जिकिर गर्दै उनले आफू हमालका विषयमा गम्भिर भएको बताउदै हालको लागि नेपाल सरकारको तर्फबाट रु १ लाख स्वास्थ्य उपचारका लागि दिने र आफू मन्त्री भएको हैसियतले अन्य सहयोग समेत गर्ने प्रतिवद्धता गरे ।
विगत ६ महिनादेखि आन्द्रामा भएको क्यानसरका कारण अस्वस्थ भएका हमालले केही समय अघि मात्र क्यानसको सफल शल्यक्रिया गरेका थिए । उपचारका क्रममा करिब ७ लाख बढी खर्च भइसकेको भएतापनि हालसम्म उनलाई कहि कतैबाट आर्थिक सहयोग प्राप्त भएको छै्रन । हालै मात्र नेपाल खेलकुद पत्रकार मञ्च नेपालगन्जले उनको नाममा सुरेन्द्र हमाल खेलाडी कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ ।
प्रथम दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता शुरु
नेपालगन्ज, चैत्र ९ । पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगिता विहिबारदेखि नेपालगन्जको रंगशालामा शुरु भएको छ ।
अत्यन्त तामझामका साथ शुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री कमला रोकाले पानसमा बत्ती बालेर उद्घाटन गरे । नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन मनतव्यमा बोल्दै मन्त्री रोकाले पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगिता नेपालको नेपालगन्जमा संचालन हुँदा राष्टिय एकता र विभिन्न देशबीचको सम्बन्ध विस्तार हुने बताए । खेलकुद गतिविधि र खेलक्षेत्रले खेलाडीमा हुने राम्रा प्रतिभा र नेपालको पहिचान बनाउनमा ठुलो योगदान गरेको चर्चा गर्दै मन्त्री रोकाले खेलकुदमा देखिने अन्यौलतालाइ मेटाउन आगामि दिनमा खेलकुद नीतिमा सरकारको तर्फबाट नयाँ सोच र छलफल चलाउने जानकारी गराए ।
भर्खरै मात्र नेपालले छैठो राष्टिय खेलकुद प्रतियोगिता र एएफसी च्यालेन्ज कप सम्पन्न गरि सकेको जनाउदै उनले अब नयाँ वर्षमा जुनियर च्याम्पियनसिप प्रतियोगिता संचालनका लागि तयारी गरिरहेको र २०१५ मा १३ औं साफ गेमका लागि समेत पूर्वाधार निर्माणका लागि तयारी शुरु गरिसकेको समेत जानकारी गराए ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नवनिर्वाचित दक्षिण एसियाली भारोत्तोलन संघका अध्यक्ष वीरेन्द्र वैश्यले छिमेकी मुलुक नेपालले पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता संचालन गरेर अब अर्को प्रतियोगिताका लागि आफ्नो बाटो खुला गरेको जिकिर गर्दै आफू नेपालमा भारोत्तोलन प्रतियोगिताका माध्यमबाट नेपाल आउन पाएकोमा खुशि भएको बताए ।
३ दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन मनतव्यमा बोल्दै भलिबलका पूर्व अन्तराष्टिय रेफ्री अजित कुमार शर्माले नेपालगन्जले दक्षिण एसियाली भारोत्तोलनको पहिलो प्रतियोगिता संचालन गर्ने मौका पाएकोमा नेपालगन्जवासीले प्रतियोगितालाई पूर्ण रुपमा सहयोग गरि बाहिरबाट आउने खेलाडी तथा अफिसियलहरुलाई यस क्षेत्रबाट स्वागत तथा सकारात्मक सन्देशका लागि पहिल गर्नुपर्ने बताए ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका महिला र पुरुष गरी ६० जना खेलाडीको सहभागिता रहेकोछ । दक्षिण एशियाली मुलुक भूटान र माल्दिभ्समा भारोत्तोलन संघ भए पनि खेलाडी नभएका कारण सो राष्ट्रको सहभागिता नभएको जनाइएको छ ।
नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रतन टंडनका अनुसार, प्रतियोगितामा महिलातर्पm ४८, ५३, ५८, ६३, ७५ र ७५ तौलभन्दा माथि तथा पुरुषतर्पm ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ तौलभन्दा माथिको समूहको क्लिन एण्ड जर्क र स्न्याचमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिहरुले पुरुषतर्फ ७२ मेडल र महिलातर्फ ६३ मेडलका लागि प्रतिश्पर्धा हुने संघका महासचिव पार्थसारथी सेनले जानकारी दिए । प्रतियोगितामा खेलाडीको डोपिङ्ग टेष्टका लागि हंगेरीवाट महिला र पुरुष गरी दुई जना बिशेषज्ञ चिकित्सक समेत आएका छन् ।
करिब ३० लाख खर्चको हाराहारीमा संचालन गर्न लागेको प्रतियोगिताको समापन गर्दै संघका अध्यक्ष रतन कुमार टण्डनले नेपालले पहिलो साफ गेम प्रतियोगिता संचालन गरेको र पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता पनि नेपालले संचालन गर्ने मौका पाएकोमा गौरवन्तित भएको बताउदै भारोत्तोलन खेलले त्यति राम्रो गतिविधि लिन नसकेको अवस्थामा प्रतियोगिता संचालन गरिदा यसले खेलाडीलाई उत्साह र थप उर्जा थप्नमा विश्वस्त भएको बताए ।
प्रतियोगितामा निर्णायकका तर्फबाट भारोत्तोलनका अन्तराष्टिय खेलाडी सुरेन्द्र हमालले सपथ ग्रहण गरेका थिए भने खेलाडीहरुका तर्फबाट नवौ दक्षिण एसियाली प्रतियोगितामा कास्य पदक ल्याउने खेलाडी गोपाल बहादुर श्रेष्ठले सपथ लिएका थिए । प्रतियोगिताको उद्घाटन सत्रमा खेलाडी, विद्यार्थीहरुले मार्च पास गरेका थिए भने यस क्षेत्रको चर्चित शो म्याच लाठी प्रदर्शन र थारु नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
संघका उपाध्यक्ष सिताराम मास्केले स्वागत गरेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बाँके जिल्लाका माननीय न्यायधिस केसव प्रसाद मैनाली, राखेप सदस्य राजेन्द्र बहादुर शाही, प्रहरी नायब महानिरिक्षक पार्वती थापा, बाँके जिल्ला प्रमुख ढुण्डी राज पोख्रेल, वरिष्ठ प्रहरी उपरिक्षक माधव कुमार नेपाल, प्रहरी उपरिक्षक विक्रम सिंह थापालगायतको उपस्थिती रहेको थियो ।
Tuesday, March 20, 2012
स्वर्गिय गिरिजा प्रसादको दोश्रो वर्षिकी मनाइयो
नेपालगन्ज चैत्र ७ । पूर्व प्रधानमन्त्री एवं जन आन्दोलनका महानायक स्वर्गिय गिरिजा प्रसाद कोइरालाको दोश्रो स्मृती दिवसको अवसरमा नेपाली कांगे्रस बाँकेले मंगलबार आफ्नो पार्टी कार्यालयमा श्रृद्धाञ्जली सभाको आयोजना गरेको छ ।
नेपाली कांगे्रस बाँकेका सभापति डा.अरुण कोइरालाको सभापतित्वमा सम्पन्न श्रृद्धाञ्जली सभाका प्रमुख अतिथी पूर्व पार्टी सभापति युवराज शर्माले एक कुशल संगठनकर्ताका नाइके स्व.गिरिजा प्रसाद कोइरालाले राष्टका लागि गरेको योगदानलाई नेपाली कांग्रेसले संरक्षण गर्न नसकेको बताउनुभयो । वर्तमान परिवेशमा प्रधानमन्त्री तथा मन्त्रीहरुको दिइने अभिव्यक्तिले राष्ट, राष्टियता, लोकतन्त्र र समाजवाद कमजोर हुँदै गएको भान भईरहेको जिकिर गर्दै उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरुले त्यसको संरक्षण गर्नमा आ आफ्नो तर्फबाट आवाज अझ बुलन्द रुपमा उठाउनु पर्ने बताउनुभयो ।
श्रृद्धाञ्जली सभाका वक्ताहरुले नेपाली कांग्रेसले स्व. गिरिजा प्रसाद कोइरालाले लिनु भएको मेलमिलापको अवधारणालाई अंगिकार गर्न नसकेको र पार्टीभित्र गुट उपगुटको लडाईमा अल्झिएको गुनासो गर्दै शान्ति र संविधानको मुद्दालाई सफल पार्न एक आपसमा लडेर होइन एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्व सभापति गजेन्द्रमान पति, सभासद मोहमदी सिद्दिकी, पूर्व सांसदद्धय कृष्णसिंह परियार, कृष्णराज गौतम, नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरु माधवराम खत्री, सुरेन्द्र सापकोटा, राजकुमार साहु, पूर्व क्षेत्रीय सभापति राजकुमार वर्मा, महासमिति सदस्य सुबोध अधिकारी, नगर सभापति प्रशान्त विष्ट, नेविसंघका केन्द्रिय सदस्यद्धय उमा थापा र भुम भण्डारी, नेपाल दलित संघका केन्द्रिय सदस्य आशा विक, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य उसमान ढपाली, नेपाल महिला संघकी अध्यक्ष किरण कोइरालालगायतका वक्ताहरुले बोल्नु भएको थियो ।
दक्षिण एशियाली भारोत्तोलन प्रतियोगितामा सहभागी हुन पाकिस्तानी खेलाडी नेपालगन्जमा
नेपालगन्ज, ७ चैत । पाकिस्तानी भारोत्तोलन खेलाडी पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगितामा सहभागि हुन मंगलबार नेपालगन्ज आई पुगेका छन् ।
यही चैत ९ गतेदेखि ११ गतेसम्म नेपालगन्ज स्थित रंगशालाको कबर्डहलमा संचालन हुने सो प्रतियोगिताका लागि पाकिस्तानको टोली मंगलबार नेपालगन्ज आइपुगेका हुन ।
पाकिस्तानी टोलीलाई स्वागत गर्न नेपाल भारत्तोलन संघका केन्द्रिय अध्यक्ष रतन कुमार टण्डन र संघका पदाधिकारीहरु नेपालगन्ज विमानस्थल पुगेका थिए । नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा नेपालगन्जमा पहिलो पटक संचालन हुन लगेको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तान गरी सात देशका महिला र पुरुष गरी ६० जना खेलाडीहरुकोे सहभागिता रहने संघका केन्द्रिय अध्यक्ष टण्डनले जानकारी दिए ।
चार दिनसम्म चल्ने सो प्रतियोगिताका लागि निर्णायक टोली पनि नेपालगन्ज आइपुगेको अध्यक्ष टण्डनले बताए । प्रत्येक देशका खेलाडीहरुलाई नेपालगन्जका राम्रा होटल मानिने होटल बाटिका, किचन हट, स्नेहा, इन्द्रेणी, लगाएतका होटलमा व्यवस्था मिलाएको संघका बांके अध्यक्ष प्रशान्त शाहले जानकारी दिए ।
प्रतियोगितामा पुरुषमा ८ तथा महिलामा ७ स्पर्धा समावेश छन् । महिलातर्पm ४८, ५३, ५८, ६३, ७५ र ७५ तौलभन्दा माथि तथा पुरुषतर्पm ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ तौलभन्दा माथिको समूहको क्लिन एण्ड जर्क र स्न्याचमा प्रतिस्पर्धा हुदैछ । प्रतियोगितामा खेलाडीको डोपिङ्ग टेष्टका लागि हंगेरीबाट महिला र पुरुष गरी दुई जना बिशेषज्ञ चिकित्सक आउने आयोजकले जनाएको छ ।
प्रतियोगिता स्थल रंगशालालाई रंग रोगन लगाएर झकिझकाउ पारिएको छ । नेपालगन्ज विमानस्थल लगाएत ठाउं–ठाउंमा सबै देशका झण्डा गाडिएको छ । सानैदेखि खेलप्रति रुची राख्ने समाजसेवी टण्डनले आफ्नै खर्च लगाएर एशियाली भारत्तोलन प्रतियोगिताको आयोजना गरेका हुन् । प्रतियोगितामा करिब ४० लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउंबाट सहयोग गर्न आयोजकले सबैसंग आग्रह गरेको छ ।
प्रतियोगिता संचालन अवधिभर सार्क राष्ट्रका भारोत्तोलन संघ, महासंघका पदाधिकारीहरुको सहभागिता रहने गरी सेमिनार समेत आयोजना गरिएको अध्यक्ष टण्डनले जानकारी दिए । सो प्रतियोगिताको युवा तथा खेलकूद मन्त्री कमला रोकाले उदघाटन गर्नु हुने जनाइएको छ । उद्घाटन कै दिन दक्षिण एसियाली भारोत्तोलन संघको नयां कार्यसमिति समेत चयन गरिने कार्यक्रम रहेको छ ।
Sunday, March 18, 2012
निर्णयको विरोध स्वरुप धर्ना
प्रचण्डपुत्र प्रकाश दाहाललाई सगरमाथा आरोहण गर्ने भनेर बाबुराम भटट्राई सरकारले २ करोड दिने निर्णयको विरोध गर्दै नेपालगन्जमा साधारण नागरिक समाज संघर्ष समितिल जिल्ला प्रशासन कार्यालय बाँकेमा गरेको २ घण्टा चक्का जामका झलकहरु ।
मुबाइलबाट अचाक्लि, अश्लिल एस.एम.एस प्रशासनमा उजुरी
एलबी थापा, प्यूठान, चैत ५ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा एकजना केटाले केटीलाई मुबाइलबाट अश्लिल शब्द प्रयोग गरी एस.एम.एस पठाएको आरोपमा उजुरी परेको छ । महिला हिंसा भएको र संचारको दुरुपयोग गरेको भन्दै दोषीलाई न्यायोचित कार्बाहीका लागि उजुरी परेको हो । यस्तो उजुरी प्यूठानमा पहिलो पटक आएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । प्रशासनमा दिएको उजुरीमा सदरमुकाम खलंगा ३ बस्ने अमित श्रेष्ठले मुवाइलको दुरुपयोग गरी खैरा २ बस्ने सिता सेनको मुवाइलमा अश्लिल शब्द प्रयोग गरी म्यासेज पठाएको उल्लेख छ । श्रेष्ठले रातीको समयमा ९८४९८१०३३७ नं को मुबाइलबाट सेनको ९८४७९८६५२२ नं को मुवाइलमा अपाच्य र अश्लिल शब्द प्रयोग गरी एस.एम.एस पठाएको आरोपमा श्रेष्ठका बिरुद्ध कार्बाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिइएको हो । महिला भनेर हेपेरै आफ्नो चरित्र हत्या हुने गरी यस्तो कार्य गरेको टिप्पणी गर्दै सेनले निजलाई न्यायोचित कार्बाहीको दायरामा ल्याउन माग निमेदनमा उल्लेख गर्नुभएको छ । यस्तै श्रेष्ठले यसपुर्व पनि अर्कैको फेसबुक प्रयोग गरी नकरात्मक म्यासेज ट्याग गरी पठाउने गरेको र सामाजिक प्रतिष्ठामा आँच आउने गरी दुब्र्यवहार गर्ने गरेको सेनले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठले बिहिवार राती साडे ८ बजे यस्तोखाले एस.एम.एस गरेको र बारम्बार मिसकल गर्ने गरेका थिए । २१ औं शताब्दिमा आइपुग्दा पनि पुरुषले युवतीलाई हेर्ने र गर्ने ब्यवहार फरक भएको भन्दै किन यस्तो म्यासेज गरेको भनि निजसँग फोन गरी बुझ्न खोज्दा उल्टै हप्काई दप्काई गरेको र दुब्यवहार गरेको आरोपमा सेनले श्रेष्ठका बिरुद्ध शुक्रवार नै उजुरी दिन आउनुभएको थियो । तर शुक्रवार प्रशासनमा उजुरी दिन जाँदा ढिला भएको भन्दै आइतवार आउनु भनि पठाएको र निमेदन दर्ता गर्न समेत ढिलाई एवं वास्ता नगरेको सेनले गुनासो गर्नुभयो । बारम्वार हुने दुब्र्यवहार यस्तो एस.एम.एस.ले आफूलाई मानसिक तनाव भएको र समाजमा घृणाको पात्र बनाउन खोजेको निमेदनमा उल्लेख गरिएको छ । प्रशासनमा निमेदन उजुरी पछि दुबै पक्षलाई भेला गरी श्रेष्ठले गल्ति भएको स्विकार गरेपछि आज दिउँसो जिल्ला प्रशासनमा मिलापत्र गरीएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले बताउनुभयो ।
Saturday, March 17, 2012
आगलागीबाट घर गोठ जलेर नष्ट
नेपालगन्ज चैत्र ४ । बाँके कचनापुर ७ टिकुलीपुर निवासी विकास देवकोटाको घरमा शनिबार दिउँसो एक्कासी आगलागी हुँदा एक तले घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा कोही नभएको अवस्थामा करिब १ बजे भएको आगलागीबाट घरमा रहेको सम्पूर्ण सामान, लुगा, भाडाकुडा, अनाज, गोठमा बाँकेको भैसीको पाडो र नगद रु ९० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाउने प्रयास गरेपनि दिउसो ४ बजेसम्म बलेको आगोले घर र गोठलाई पूर्ण रुपमा नष्ट गरेको थियो । अहिले आगो नियन्त्रणमा आएको र पीडितलाई क्षतीपूर्तीको लागि पहला भईरहेको बाँके प्रहरीले जनाएको छ ।
लागु औषध सहित एक महिला पक्राउ
नेपालगन्ज चैत्र ४ । बाँके नेपालगन्जको जमुनाह चौकीबाट आज अपरान्ह एक जना अधवैशै महिला ८ सय ग्राम चरेश सहित पक्राउ परेको छ ।
जमुनाहमा चेकजाँचका क्रममा रुकुम बाँफीकोट गाविस वडा नं. ९ बस्ने ४९ वर्षीया सुन कुमारी बोहरालाई प्रहरीले एउटा डिब्बामा लुकाएर लैजान लागेको ८ सय ग्राम चरेश सहित पक्राउ गरेको हो । पक्राउ पछि बोहरलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक कारवाहीको लागि मुद्दा लगाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
परिवर्तित विश्वमा विकास नीति सम्मेलनलाई अर्थमन्त्रीको सम्बोधन
काठमाडौं, ४ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले डेनिस अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (डानिडा)को ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित परिपर्तिन विश्वमा विकास नीति विषयक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँले शुक्रबार साँझ डेनमार्कको राजधानी कोपनहेगनमा आयोजित उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको हो । उहाँसँगै सम्मेलनमा सहभागीहरुले आ आफ्नो धारणा राख्नुभयो । सम्मेलमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त, युरोपियन यूनियनका आयुक्त, विश्वबैंकका महानिर्देशक, फिनल्याण्डका विकासमन्त्री, एक्सन एडका प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो । सम्मेलनमा अर्थमन्त्री पुनले परितपर्ति विश्वमा सबै राष्ट्रहरुले समान खालको लाभ लिने गरी विकास नीति बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले विश्वव्यापरिकरण र स्वतन्त्र बजारको प्रबद्र्धन वृद्धि तथा दक्षतामा जोड दिनुभयो । सम्मेलनमा अर्थमन्त्री पुनले अहिलेकै नीतिले समान खालको लाभ दिन नसकिरहेको बताउनुहुँदै त्यसको ठूलो असर विकाशोन्मुख मुलुकहरुलाई पर्न गएको बताउनुभयो । उहाँले परिवर्तित विश्वमा विकसित मुलुक र विकशोन्मुख मुलुकबीच हरेक क्षेत्रमा साझेदारी आवश्यकता रहेको औंल्याउनुभयो । जसरी ग्रामिण र शहरी क्षेत्रबीचको समानता हुनुपर्छ त्यसैगरी विकसित र विकाशोन्मुख देशबीच पनि समानता हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अबको विश्व विकास नीतिमा समावेशीता हुनुपर्ने पनि बताउनुभयो । उहाँले महिला र पीछडिएको समूहलाई विकासको मूल धारमा ल्याउनुपर्ने र दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सम्मेलनमा सहभागीहरुले आफ्नो धारणा राख्दै अहिलेको विश्व व्यापारीकरणमा सबै देशले समान लाभ लिन नसकेको बताए । उनीहरुले समान लाभ लिनका लागि धेरै चुनौतीहरु भएको पनि बताए । उनीहरुले विकासोन्मुख मुलुकहरुले कृषि, ग्रामिण पूर्वाधार, उच्च गरिवि र उच्च वेरोजगारीका कारण विश्व व्यापारीकरणका फाईदा लिन नसकेको बताउँदै सम्मेलनबाट त्यसखालको समस्या अन्त्य गर्दै सबैले समान फाईदा लिने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । विकसीत मुलकुहरुको मुख्य मुद्दा विकासोन्मुख मुलुकहरुको लागि आर्थिक समानताको चुनौतीहरुलाई कसरी अवसरको रुपमा परिवर्तन गरी उच्च लाभ प्रदान गर्ने भन्ने भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनीहरुले विश्व व्यापारीकरणमा विकाशोन्मुख मुलुकहरुले आफ्नो घरेलु उद्योगबाट उत्पादित वस्तुहरुले विकसित मुलुकहरुबाट आयात भएका बस्तुहरुसँग प्रतिस्पर्धा गर्नु परिराखेकोले आत्मनिर्भर बन्नलाई कठिनाई भईराखेको, बेरोजगारीपन बढेको र प्रतिव्यक्ति आयमा ह्रास आएको धारणा राखे । विकासोन्मुख मुलुकहरुको घरेलु साना तथा मझौला उद्योगहरुमा लगानी प्रबद्र्धन गर्ने, समन्वय गर्ने, सञ्चारको नेटवर्क, पारवहन व्यवस्था लगायतका प्रणालीलाई अवलम्बन गर्ने हो भने यी समस्या समाधान हुन सक्ने धारणा राखे । सहभागीहरुले विकासोन्मुख मुलुकहरुको उत्पादन, लगानी, बजारी क्षेत्रमा केन्द्रित भएको स्रोतहरुको बाँडफाँड शहरी क्षेत्रमा केन्द्रित रहेको शहरी क्षेत्रको क्रय शक्ति र आय उच्च देखिएको भए पनि ग्रामिण क्षेत्रको आय कम भन्दा कम देखिएको धारणा राखे । जसले ग्रामिण क्षेत्र र शहरी क्षेत्रको असमानतालाई बढाएको भन्ने निष्कर्ष सुनाए । सम्मेलनमा नेपालकोतर्फबाट अर्थमन्त्रालयका सल्लाहकार श्रीराम पौडेल र सहसचिव लालशंकर घिमिरे सहभागी हुनुहुन्थ्यो ।
नेपालीहरुसँग भेट
यसैबीच डेनमार्कको भ्रमणको क्रममा अर्थमन्त्री पुनले शुक्रबार साँझ त्यहाँ रहेका नेपालीहरुसँग भेटघाट गर्नुभएको छ । भेटघाटमा डेनमार्कमा रहेका नेपालीहरुले आ आफ्ना समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरे । साथै उनीहरुले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण के हुन्छ भन्ने जिज्ञासा राखे । जवाफमा अर्थमन्त्री पुनले नेपालको शान्तिप्रक्रिया तोकिएकै समयमा सकिने र जेठ १४ भित्रै नयाँ संविधान बन्ने बताउनुभयो ।
फिनल्याण्डको भ्रमण स्थगित गरेर स्वदेश फर्कदै
यसैबीच अर्थमन्त्री पुनले डेनमार्कपछि पूर्वनिर्धारित फिनल्याण्डको भ्रमण स्थगित गर्नुभएको छ । उहाँले फिनल्याण्डको ३ दिने भ्रमण स्थथगित गरेर भोली (आईतबार) नै काठमाडौं फर्कदै हुनुहुन्छ । नेपालमा भईरहेको उच्च राजनीतिक उतारचढाबका कारण उहाँले फिनल्याण्डको भ्रमण स्थगित गरेर छिट्टै फर्कन लाग्नुभएको हो । उहाँले फिनल्याण्डका विकासमन्त्रीको निमन्त्रणमा भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । अर्थमन्त्री पुन डेनमार्क र फिनल्याण्डको भ्रमणका लागि चैत १ गते डेनमार्क प्रस्थान गर्नुभएको थियो ।
संचारकर्मीले पनि पदक ल्याए
छैठो राष्टिय खेलकुद प्रतियोगितामा नेपालगन्जका संचारकर्मीहरुले पनि पदक प्राप्त गरेका छन् । पत्रकारिता क्षेत्रबाट फुर्सद निकालेर खेलकुदमा सहभागी हुदै आएका इमेज टेलिभिजनका नरेन्द्र थापाले सुटिडंमा कास्य पदक ल्याए भने नेपाल समाचारपत्रमा कार्यरत उमा थापामगर र हिमाल एफएममा कार्यरत दिपा आलेले सफट्टेनिसमा कास्य पदक प्राप्त गरे । पत्रकार नरेन्द्र थापाले सुटिडंतर्फ राष्टिय तथा अन्तराष्टिय प्रतियोगिताहरुमा समेत सहभागिता जनाईसकेका छन् भने यस पटक उनले एयर राइफल टिम इभेन्टसमा कास्त पदक हात पारे । त्यसैगरी पत्रकार उमा थापाले सफटटेनिस महिला टिम इभेन्टस् र मिक्स डब्लसमा गरि २ कास्य हात पारिन भने दिपा आलेले सफटटेनिस महिला टिम इभेन्टस्मा कास्य पदक प्राप्त गरिन । दुवै जना सफट्टेनिस खेलाडीले यस भन्दा अघिका राष्टिय प्रतियोगितामा पनि सहभागी भई पदक प्राप्त गरि आफ्नो सहभागिता जनाउदै आएका छन् ।
कोहलपुरमा विद्यार्थीहरुद्धारा प्रधानमन्त्रीको फोटो दहन।
नेपालगन्ज चैत्र ४ । बाँकेको कोहलपुरमा विभिन्न विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फोटो जलाएका छन् । सरकारले आफ्नो पद र शक्तिको भरमा प्रचण्डपुत्रलाई २ करोड दिने निर्णयको विरोधमा प्रधानमन्त्रीको फोटो दहन गरिएको अनेरास्वीयु बाँके अध्यक्ष सुर्य रोकायले बताउनुभयो ।
कोहलपुरको पिपलचौताराबाट निस्केको नेवीसँघ बाँके, अनेरास्वीयु बाँके र अखिल छैठौँका विद्यार्थीहरुको विरोध टोलीले कोहलपुरको न्यूरोडमा पुगेर फोटो दहन गरेका हुन् । सरकारी सम्पति कसैको व्यत्तिगत नभएको भन्दै उनीहरुले आज कोहलपुरमा एक घण्टा चक्काजाम समेत गरेका छन् । कोहलपुरमा विहान ९ बजे देखि १० बजे सम्म एक घण्टा चक्काजाम गरेका हुन् । जनताको ढाँड सेक्ने गरि पोट्रोलियम पदार्थमा मुल्यवृद्धि गर्ने सरकारले कुनै व्यत्तिलाई २ करोड दिनु भनेको नेपाली जनताको खाने भाग खोस्ने जत्तिकै भएको उनीहरुको आरोप रहेको छ । राज्यको ढुकुटि नेपाली जनताको हो कुनै एउटा पार्टि र व्यक्तिको नभएकोले उक्त निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरेको छन् साथै सरकारबाट आफुहरुले समयैमै संविद्यान निमार्णको अपेक्षा गरेको बताएका छन् । अन्यथा उनीहरुले भोलीबाट कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
पदक ल्याउने खेलाडी सम्मानित
नेपालगन्ज चैत्र ४ । सुदुरपश्चिमको धनगढीमा सम्पन्न छैठो राष्टिय खेलकुद प्रतियोगितामा पदक ल्याएका खेलाडीहरुलाई शनिबार मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले सम्मान गरेको छ । मध्यपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गरि विभिन्न खेलबाट पदक ल्याएका ८९ जना खेलाडीहरुलाई खादा तथा प्रमाणपत्रले एक औपचारिक कार्यक्रमबीच सम्मान गरियो । देशमा प्रजातन्त्र स्थापना पश्चात पदक ल्याउने खेलाडीलाई यस क्षेत्रकै इतिहासमा सम्भवत सम्मान गरेको पहिलो हो ।
यहि फागुन १४ देखि २१ गतेसम्म सम्पन्न खेलकुद प्रतियोगितामा यस क्षेत्रबाट स्वर्ण १०, रजत १९ र कास्य ६० जना खेलाडीले प्राप्त गरेका छन् । स्वर्ण पदक प्राप्त गर्नेमा सुटिंडमा ३, एथलेटिक्समा ३, आइटिएफ तेक्वान्डोमा २, जुडोमा १ र डब्लु टिएफ तेक्वान्डोमा १ पदक रहेको छ । जसमा सुटिंडमा व्यक्तिगततर्फ बदु्रदिन अन्सारी र कृष्णा थापा र टिम इभेन्टस्मा अब्दुल वाहिद अन्सारी, असद खान र बदु्रदिन अन्सारी रहेका छन् त्यसैगरी एथलेटिक्समा विश्वरुपा बुढाले २ र एम साजन, आइटिएफ तेक्वान्डोमा हिमा खड्का र भरत विक, जुडोमा राजु श्रेष्ठ र डब्लु टिएफ तेक्वान्डोमा विरुभाई बज्राचार्यले स्वर्ण पदक ल्याएका छन् । स्वर्ण ल्याउने १० जना खेलाडी मध्ये बाँके जिल्लाका ७ जना खेलाडी रहेका छन् । स्वर्ण पदक ल्याउने खेलाडीहरुलाई जनही रु १÷१ हजारका दरले नगद पुरस्कारसमेत प्रदान गरिएको छ ।
पदक ल्याउने खेलाडीहरुलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अक्कल बहादुर बम, क्षेत्रीय प्रशिक्षण प्रमुख जयन्त कुमार शर्मा, सफट्टेनिसका केन्द्रिय सदस्य गोविन्द प्रसाद श्रेष्ठ, कुस्तिीका केन्द्रिय महासचिव मुमताज अलि इद्रिसी, वरिष्ठ फुटबल प्रशिक्षक श्याम कुमार श्रेष्ठ, वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र बहादुर गुरडं, भलिबलका प्रशिक्षक लाल बहादुर मल्ल, गणतान्त्रिक खेलकुदका चन्द्र प्रकाश श्रेष्ठ, दिपक गोसाईलगायतले सम्मान गरे । पदक प्राप्त गर्ने खेलहरुमा सुटिंड, एथलेटिक्स, आइटिएफ तेक्वान्डो, जुडो, डब्लु टिएफ तेक्वान्डो, सफट्टेनिस, जिमनास्टीक, कुस्ती, शारिरिक सुंगठन, फुल कन्ट्याक्ट कराँते, बक्सिडं, उसु र तेक्वान्डो युनियन रहेका छन् ।
Thursday, March 15, 2012
एमालेले नेपालगन्जमा वृहत आमसभा गर्ने
नेपालगन्ज, चैत्र २ । नेकपा(एमाले) बांकेले आगामी चैत्र २१ गते नेपालगन्जमा वृहत आमसभा गर्ने भएको छ ।
राष्ट्रको माग एमालेको अभियान, जेठ १४ भित्र शान्ति र संविधान भन्ने मूल नाराका साथ नेपालगन्जको कोरियनपुरस्थित आम वगियामा क्षेत्रीयस्तरको आमसभा आयोजना गर्ने लागेको एमाले बा“केका अध्यक्ष नन्दलाल रोकायले जनाएका छन् ।
जेठ १४ गते भित्र शान्ति र संविधान निर्माणको लागि दवाव दिन, सामाजिक, आर्थिक रुपान्तरण सहित जनताको खुसीयाली र समृद्ध नेपाल निर्माणका लागि दवाव दिन, वैदेशिक हस्तक्षेप रहित स्वाधीन नेपाल निर्माणका लागि दवाव दिन, वेरोजगारीको अन्त्य गर्दै राष्ट्रिय उद्योग, कलकारखाना स्थापनाकालागि दवाव दिन, कृषिको आधुनिकीकरण सहित वैज्ञानिक भूमि सुधार गर्नका लागि दवाव दिन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि दवाव दिने उद्देश्यले आमसभाको आयोजना गरिएको नेकपा एमाले बा“केका प्रचार विभाग प्रमुख प्रमोद धितालले जानकारी दिए । उनका अनुसार, आमसभालाई सफल बनाउन एमालेले सबैतिर प्रचार र व्यवस्थापन तयारी गरिरहेको छ ।
सामनाको सास्कृतीक टोलि नेपालगंज आउने
नेपालगंज, २ चैत्र । साँस्कृतीक प्रतिरोध दिवसका अवसरमा मेचि महाकालि सामना सास्कृतीक अभियानको सुरुबात गरिने भएको छ । चैत्र ५ गते नेपालगंज बाट शुरुवात गर्न लागेको अभियान २ महिना सम्म चल्ने छ । सो अभियानको माओबादी स्थाई समिती सदस्य एंब पश्चिम कमाण्ड ईन्चार्ज लिला मणी पोख्रेलले उद्धघाटन गर्ने अखिल नेपाल जनकलाकार संघ थारुवान राज्य समितीका संयोजक नरेश पौड्ेलले जानकारी दिनु भयो ।
शान्ती, जनसंबिधान ,राष्ट्रिय स्वाधिनता र एकताका पक्षमा शुरु गर्न लागिएको सास्कृतीक अभियनामा सामना सास्कृतीक केन्द्रीय टोलिका साथमा जनकलाकारहरु जेबि टुहुरे, सम्भु राई, चेतन बास्कोटा लागायतले आ आफ्नो प्रस्तुति देखाउने पौडेलले जानकारी दिनु भयो । उक्त कार्यक्रमा मेचि देखी महकाली सम्मको लोक सांस्कृतीक झाकाका साथै सपनाको बाटो नामक नाटक समेत बिशेष प्रस्तुतिका रुपमा रहेको अभियान टोलिले बताएको छ ।
सामना परिवार केन्द्रीय टोलि द्धारा संचालन गरिने कार्यक्रमको नेपालगंजमा उद्धघाटन पछि बाँकेका ४ ओटै निर्बाचन क्षेत्रका साथै थारुवान राज्यका ५ जिल्लाका झण्डै २० स्थानमा कार्यक्रम गरीने पौडेलले जानकारी दिनु भयो ।
नेपालगंज बाट सुरुवात गरिएको अभियान मेचि देखि महाकालि सम्म पुग्ने अभियान टोलिले बताएको छ ।
जनयुद्धका क्रममा बिभीन्न स्थानमा हत्या गरिएक सांस्कृतीक कर्मिहरुको स्मरणमा माओबादीले चैत्र ५ लाई सास्कृतीक प्रतिरोध दिबसका रुपमा मनाउदै आएको छ ।
गस्तीका क्रममा भरुवा बन्दुक बरामद
नेपालगन्ज, चैत्र २ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगरको गस्ती टोलीले नाल १ भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट कटकुईयाबाट स.प्र.नि शंकर सिंह सिखको कमाण्डमा खटी गएको गस्ती टोलीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।
गस्तीका क्रममा लक्ष्मणपुर गाविसको वडा नंं. ८ को गंगापुर गाउँ स्थित ईदगाहा नजिकै बसेका अज्ञात हतियारधारी समूहले गस्ती टोलीलाई देखेपछि उक्त भरुवा बन्दुक छोडेर भागेको सीमा सुरक्षा कार्यालयका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक प्रेम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सोमबार बरामद गरेको भरुवा बन्दुक आज विहीबार आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको सीमा सुरक्षा कार्यालय महेन्द्रनगरले जनाएको छ ।
फाइभ ए साइड फुटबल प्रतियोगिता हुने
नेपालगन्ज चैत्र ३ । तेश्रो संस्करणको रुपमा अन्तराल कप फाइभ ए साइड फुटवल प्रतियोगिता आगामी चैत्र ११ गते देखि बाँकेको नेपालगञ्जमा हुने भएको छ । यस भन्दा अगाडी खन्तरालले २ श्रृखला भव्य रुपमा सम्पन्न गरि सकेको छ ।
विगत ४ वर्ष देखि इभेन्ट म्यानेजमेन्ट ,खेलकुद तथा सञ्चार को क्षेत्रमा कार्य गदै आएको अन्तरालको आयोजना तथा व्यवस्थापनमा उक्त प्रतियोगिता हुन लागेको हो ।
अन्तरालको संयोजनमा नेपालगञ्जमा कार्यरत बैंक तथा वित्तिय संस्थाहरुका प्रमुख सम्मलित बैठकले विहीबार प्रतियोगिता सञ्चालनको निर्णय गरेको हो ।
प्रतियोगितामा सहभागी हुने बैंक तथा वित्तिय संस्थाहरुले यहि चैत्र ५ गते भित्र अन्तरालमा नाम दर्ता गराई सक्ने सहमति गरिएको छ ।
बैंकहरु विचको भाइचारा , आपसि सम्बन्ध र कार्यरत कर्मचारी विचको सम्बन्ध प्रगाढ तथा अभिवृद्धि र व्यावसायिक प्रतिष्ठा वृद्धि गर्नसमेत यस प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अन्तरालका कार्याकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।
लागु औषध विरुद्ध विद्यार्थी सडकमा
नेपालगन्ज, २ चैत्र । लागु औषध विरुद्धको अभियानमा आज नेपालन्जमा १० हजार बढी विद्यार्थीहरु सडकमा उत्रेका छन् । लागु औषध विरुद्ध वृहत र्यालीको आयोजना गरेर सडकमा उत्रेका विद्यार्थीहरुले लागु औषध विरुद्ध नारा लगाई आ आफ्नो एक्यबद्धता व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापाको अगुवाईमा आयोजना गरिएको र्याली स्थानीय त्रिभुवन चौकमा जम्मा भई नेपालगन्ज नगरको विभिन्न भागको परिक्रमा गरि पुष्पलाल चौकमा पुगि कोणसभामा परिणत भएको थियो ।
हाम्रो चाहना, धुम्रपान र लागु औषध रहित समाजको श्रृजना भन्ने मूल नाराका आयोजना गरिएको र्यालीमा जिल्ला प्रहरी कार्यालय बाँके, प्याब्सन बाँके, एन प्याब्सन बाँके, शिक्षक यूनियन, गणतान्त्रिक शैक्षिक मञ्च, जिल्ला शिक्षा कार्यालय बाँकेलगायतको समेत सहभागिता रहेको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बाँके प्रहरी वरिष्ठ उपरिक्षक माधव प्रसाद नेपालले कुनै पनि विकृति विसंगति हल गर्नको लागि एक्लो प्रशासनले मात्र गर्न नसक्ने हुँदा पुलिस पब्लिक पाटर्नसिपको अवधारणा लागु गरि जनता, विद्यार्थी, अभिभावन, नागरिक समाज सबै मिलि अघि बढ्नु पर्नेमा जोड दिनुभयो । बाँके जिल्लालाई लागु औषध रहितको जिल्ला बनाउन सबैको सहयोग आवश्यक भएकोमा जोड दिदै प्रहरी वरिष्ठ उपरिक्षक नेपालले यस अभियानलाई प्रतिफल दिनका लागि विद्यार्थी, प्रहरी र अभिभावकले आजदेखि अभियानको थालनी गरेको बताउनुभयो ।
कार्यक्रममा बाँके जिल्ला प्रमुख ढुण्डीराज पोख्रेल, बाँके प्रहरी उपरिक्षक विक्रम सिंह थापा, जिल्ला शिक्षा कार्यालय बाँके प्रमुख भक्त बहादुर ढकाल, प्याबसन बाँके अध्यक्ष जगत कुमार खत्री, धम्बोझी उमाविका पाचार्य किरण आचार्यलगायतले बोल्नु भएको थियो ।
Wednesday, March 14, 2012
सामाजिक जवाफदेहिता सञ्जाल गठन
नेपालगन्ज चैत्र १ । सामाजिक जवाफदेहिता सम्बन्धी कार्यलाई सुचारु बनाउनकोलागि सामाजिक जवाफदेहिता सञ्जाल मध्यपश्चिमाञ्चल गठन गरिएको छ । नेपालगन्जमा बुधबार दिगो सामाजिक विकास केन्द्रको आयोजनामा भएको छलफल कार्यक्रमले उक्त सञ्जाल गठन गरेको हो ।
दिगो सामाजिक विकास केन्द्रका संयोजक गोविन्दकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित सञ्जालमा सदस्यहरु लोकतान्त्रिक निगरानी समुहका सदस्य हरि रावत, पत्रकार दीपा आले, बासका निर्देशक नमस्कार शाह, हरप्लेसका कविता सापकोटा, स्याक नेपालका नेत्रकला शाही, युनेस्को क्लबका बेदप्रसाद शर्मा, नारी उत्थान केन्द्रका चित्र विश्वकर्मा, बहुमुखी सेवा केन्द्रका भारती नेपाल, फातिमा फाउण्डेशनकी लुबना सिद्दिकी, किर्डाकका सिद्धार्थ विक, नविन शाही, मायुस बर्दियाका रमेश बजगाई, प्राध्यापक अजन्ता आचार्यलगायत रहनु भएको छ ।
गठित सञ्जालले सामाजिक जवाफदेहिता सम्बन्धी क्षेत्रमा काम गर्ने संयोजक गोविन्दकृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।
जन्मदिनमा अनाथ बालबालिकालाई भोजन
नेपालगन्ज, १ चैत्र – निष्पक्ष ध्वनि राष्ट्रिय दैनिकका सम्पादक उदयसिंह श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा स्थानिय अनाथालय गौशिया माध्यमिक विद्यालयमा रहेका ७० जना अनाथ बालबालिकालाई भोजन गराएर जन्मदिन मनाएका छन् ।
जन्मदिनको अवसरमा विभिन्न ठुला–ठुला रेष्टुरेण्टमा रक्सीको मातमा ठुलो धनराशी खर्च गर्नुभन्दा सोही खर्चभन्दा कम खर्चमा अनाथ बालबालिकालाई एक छाक राम्रो खाना खुवाएर जन्मदिन मनाउने सम्भवत बाँके जिल्लामा उनी पहिलो भएका छन् ।
बाँके जिल्लामा विभिन्न स्थानमा यस्ता अनाथ बालबालिका रहेकामा रेष्टुरेण्टमा ठुलो धनराशी खर्च गर्नुभन्दा आ–आफ्नो जन्मदिन पारेर एक छाक मिठो खाना खुवाउन पर्नेमा विशेष जोडका साथ सन्देश जावोस भनेर सम्पादक श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर यस कार्यको थालनी गर्नु भएको बताउनु भयो ।
बाँके जिल्लामा रहेका धनाढय व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा मात्रै एक छाक खाना अनाथ बालबालिकालाई खुवाएमा केही हदसम्म अनाथ बालबालिकाको लागि खर्च जोड्नु पर्ने बाध्यतामा कमी आउने कुरामा उहाँ ढुक्क समेत हुनुहुन्छ ।
सम्पादक श्रेष्ठको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई भोजन खुवाइने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरिक्षक बिक्रमसिंह थापा, अञ्चल प्रहरी तालिम केन्द्रका प्रहरी उपरिक्षक भरतराज शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष शुक्रऋषि चौलागाई, पुर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, प्रेस चौतारी बाँकेका अध्यक्ष रुद्र सुवेदी लगायत व्यापारी, उद्योगीहरुको सहभागिता रहेको थियो ।
विभिन्न माग राख्दै थारु समुदायको बन्द
नेपालगन्ज, १ चैत्र । अखण्ड सुदुरपश्चिम तथा थारु संस्कृतीको संरक्षणको माग गदै आन्दोलन शुरु गरेको बरघर भलमन्सा महटवा महासंघ, मुक्त कमैया संघर्ष समिति र मुक्त कमैया बरघर थरुहट संघर्ष समितिले आज बाँकेसहित तराईका ५ जिल्लाका राजमार्ग ठप्पको आवहान गरेको छ । गाउँको दिगो विकासका लागि मटावाँ, बरघर, भल्मन्सा प्रथालाई कानुनी मान्यताको माग गर्दै महासंघले आव्हान गरेको राजमार्ग ठप्पका कारण विहानैदेखि जनजिवन प्रभावीत बनेको छ । बिहानैदेखि बाँकेसहित बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा कुनैपनि सवारीका साधनहरु चल्न सकेका छैन । सयौको सङख्यामा थारुहरु सडकमा उत्रियर ठाउँ–ठाउँमा प्रर्दशन थालेका छन् । लोकतान्त्रिक पद्धतिको रुपमा स्थापित मटावाँ प्रथालाई कानुनी मान्यता दिनुपर्ने भन्दै महासंघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले गाउँबाट चुनिएका बरघरहरुले स्थानीय निकायमा प्रतिनिधित्व गर्न पाउनुपर्ने बताउनुभयो । थारु समुदायको परम्परागत सांस्कृतीक संरक्षणप्रति राज्य उदासीन रहेको र थारु वसोवास रहेका जिल्लालाई टुक्राउन प्रयास भएको भन्दै राजमार्ग ठप्प पार्न थारु समुदाय बाध्य भएको अध्यक्ष चौधरीको भनाई छ । अद्याबधिक स्थानिय निकायको निर्बाचन नहुन्जेलसम्म तथा वडा नागरिक मञ्चलाई खारेजी गरी जननिर्बाचित बरघर, भलमन्सा, महटवाँलाई स्थानिय निकायको जिम्मेवारी दिईनु पर्ने, मुक्त कमैया र कम्लहरीलाई तुरुन्त पुनःस्थापना एंव रोजगारीको ब्यबस्था गर्नु पर्ने, थारु समुदायले परम्परागत देखि मान्दै आईरहेको भुईह्याँर, देबथानको संरक्षण र संम्बद्धनका लािग बजेटको ब्यबस्था तत्काल गरिनु पर्ने माग राखिएको छ । कोहलपुरको चौराहामा थारुहरुले हात हातमा लाठि लिएर सवारी साधानहरुलाई संचालन हुन रोक लगाई रहेका छन् ।
नीतिनिर्माण तहमा महिलाको समान सहभागिता हुनुपर्ने
ललितपुर, फागुन ३० । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले महिलामाथि हुने हिंसा अन्त्य गर्न राज्यको नीतिनिर्माण तहमा समान सहभागिता आवश्यक भएको बताउनुभएको छ ।
६१ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पश्चघडीमा आयोगको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा अघि सार्नुभएको हो ।
उहाँले महिलाको अधिकार रक्षा गर्न र महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न घरपरिवारमै लैङ्गिक विभेद हटाउने परिपाटी बसाउनपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी दुर्गा घिमिरेले महिलामाथिको हिंसा अन्त्य गर्न नेपाली समाजमा विद्यमान ‘मौनताको संस्कृति’ तोड्न अत्यावश्यक भएको बताउनुभयो ।
उहाँले महिलामाथि हुने हिंसा रोक्नका लागि प्रभावकारी कानुन बन्न नसकेकोले यसतर्पm सबैको ध्यान जान जरुरी भएको विचार पनि अघि सार्नुभयो ।
जमघटका सहभागीहरुलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठकले हिंसालाई सोंच र प्रवृत्तिको रुपमा परिभाषित गनुभयो ।
उहाँले सबै प्रकारको हिंसा अन्त्य गर्न घट्नाका साक्षी र मानव अधिकार रक्षकलाई रक्षा गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा महिला अधिकारकर्मी हरिप्रिया पाण्डेले राजनीति र अपराधबीच नाता कायम रहँदासम्म महिला हिंसा अन्त्य हुन नसक्ने राय प्रकट गर्नुभयो ।
महिला हिंसाको प्रसंग कोट्याउँदै अधिकारकर्मी पाण्डेले देशको राजधानी शहर काठमाडौंमा अदृश्य किसिमको महिला हिंसा कायम रहेको धारणा पेश गर्नुभयो ।
सो अवसरमा आफ्नो धारण अघि सार्दै मानव अधिकारकर्मी चरण प्रसाईले मुद्दा फिर्ता लिने सरकारको निर्णयले मानव अधिकारको उपहास गरेको बताउनुभयो ।
उहाँले सरकारको यसप्रकारको निर्णयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तयार पारिएको ‘महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं’ भन्ने नाराको पनि उपहास गरेको विचार व्यक्त गर्नुभयो ।
अधिकारकर्मी रेणु राजभण्डारीले नेपाली समाजमा विद्यमान संरचनागत हिंसा अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै कतिपय महिलाहरु संरचनागत हिंसाकै कारण प्रहरीमा जाहेरी दिन जान नसक्ने अवस्थामा रहेको तथ्य अघि सार्नुभयो ।
कतिपय विभेदकारी कानुनले महिलाको अधिकारमा धक्का पु¥याएको चर्चा गर्दै अधिकारकर्मी राजभण्डारीले यसप्रकारको कानुनलाई निस्तेज बनाउन राष्ट्रिय मानव अधिकार आयोगले भूमिकाले खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता कोपिला अधिकारी, चक्रमान विश्वकर्मा, पार्वती बस्नेत, लीलानाथ पहाडी, वसुधा गुरुङ, भक्ति शाह, गीता न्यौपानेलगायतका वक्ताले महिला अधिकारका विविध आयाम र पाटाहरुमाथि प्रकाश पार्नुभएको थियो ।
उच्चस्तरीय वित्तीय समन्वय समिति बैठक
काठमाण्डौं, ३० फागुन । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक आज (मंगलबार) अर्थमन्त्रालयमा बस्यो । बैठक अर्थमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा बस्यो ।
बैठकमा आर्थिक वर्षदेखि अहिलेसम्मको नेपालको समग्र अर्थतन्त्रको बारेमा छलफल भयो । माघ महिनासम्मको तथ्यांकको आधारमा विश्लेषण गरियो ।
माघ महिनासम्म कुल राजश्व १ खर्ब २८ अर्ब ४७ करोड (वार्षिक लक्ष्यको ५३ प्रतिशत र माघसम्मको लक्ष्यको ९७.९ प्रतिशत), जसमा कर राजश्व १ खर्ब ०९ अर्ब ९९ करोड (माघसम्म लक्ष्यको ९९.५ प्रतिशत) र गैर कर राजश्व १८ अर्ब ४८ करोड –माघसम्मको लक्ष्यको ८९ प्रतिशत) भएको छ ।
सरकारी खर्च १ खर्ब २४ अर्ब १७ करोड भएको र जसमा चालु १ खर्ब ५४ करोड (३७.७ प्रतिशत), पुजीगत तर्फ १० अर्ब ७४ करोड (१४.८ प्रतिशत) र वित्तीय व्यवस्था १२ अर्ब ८९ करोड (२८.२ प्रतिशत) रहेको छ ।
पौष मसान्तसम्मको मुद्रास्फ्रिती ६.८ प्रतिशत रहेको छ ।
विदेशी विनिमय सञ्चिति ३६८ अर्ब (माघ २७ सम्म), भारतीय रुपियाँको सञ्चिति ९० अर्ब १९ करोड (माघ २७सम्म), तरलता २९ अर्ब (फागुन २९ सम्म) रहेको छ ।
त्यसैगरी वाणिज्य बैंकहरुमा निक्षेप ८५ अर्ब ६८ करोडले बढेको र कर्जा ५५ अर्ब २५ करोड बढेको छ ।
धितोपत्र बजारमा कारोबार ६६ करोड ४९ लाख, धितोपत्र पुजीकरण ३ खर्ब ४३ करोड, नेप्से सूचांक ३१२.५८ (फागुन १२ सम्म) रहेको छ ।
हालसम्म वैदेशिक व्यापारमा १३ प्रतिशते आयात वृद्धि भएको छ भने १७ प्रतिशतले निर्यात वृद्धि भएको छ । निर्यातमा नेपालको पस्मिना, कोर्पेट वृद्धि भएका छन् ।
उच्चस्तरीय वित्तीय क्षेत्र संयन्त्र समितिको बैठकमा जनयुद्धको क्रममा विस्थापित भएका सरकारी बैंकहरुको पुनःस्थापनाको बारेमा छलफल भयो । बैठकले विस्थापित भएका सरकारी बैंकहरुको पुनःस्थापना गर्नुपर्ने भन्दै गृहकार्य गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले अर्को बैठकमा प्रस्ताव तयार पारेर पेश गर्ने छ ।
त्यसैगरी भारु सटही आएको समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । नेपालमा भारतीय ५ सय र १ हजारका नोट गैरकानुनी छन् भन्ने बारेमा जनचेतना फैलाउन भारत प्रवेशको नेपाली नाकाहरुमा ठूल ठूला होर्डिङ बोर्डहरु राखिने भएको छ । एकसाताभित्र ती वोर्डहरु राखिने छन् ।
आजको बैठकमा घर जग्गा व्यवसाय सामान्य रुपमा चलायमान भएको र सुधार हुँदै आएको राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले जानकारी गराउनुभयो ।
बैठकमा अर्थमन्त्री पुनले नेपालको समग्र अर्थतन्त्रको अवस्था सकारात्मक हुँदै गएको बताउनुहुँदै अझै सुधारको आवश्यकता रहेको बताउनुभयो ।
Subscribe to:
Comments (Atom)

