Friday, July 6, 2012

परियोजना परिचय तथा सरोकारवालाहरू बीच सहकार्यको खोजी विषयक अन्तरक्रिया सम्पन्न

बांके । असार २२ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा परियोजना परिचय तथा सरोकारवालाहरू बीच सहकार्यको खोजी विषयक अन्तरक्रिया कार्यक्रम ०६९ असार २२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । सेफरवल्र्डको सहयोगमा इन्सेकद्वारा बांके जिल्लामा संचालित "नेपालमा प्रभावकारी, समावेशी तथा जवाफदेही सार्वजनिक सुरक्षा नितिका लागि नागरिक समाजको सुदृढीकरढण कार्यक्रम" अन्तरगत उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बांकेका सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले इन्सेकले विगत देखी हालसम्म समय समयमा नेपाल सरकारका कमीकमजोरी औल्याउने, सुझाव दिदै सचेत बनाउने काम गर्दै आएको बताए । यसै गरी स्थानीय विकास अधिकारी विश्वराज डोटेलले समुदायलाई मात्र सहयोग गरेर समुदायको सुरक्षा नहुने बताउदै समुदायमा सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकायलाई पनि सहयोग गरिनु पर्ने सुझाव दिए । सीमा सुरक्षा बलका डीएसपी प्रेमप्रसाद पाण्डेयले अपराध गर्ने मानिसहरु सीमा नजिकका समुदायमा लुक्ने गरेको बताउदै यस विषयमा सचेतना सम्बन्धी कार्यक्रम सीमा क्षेत्रका समुदायमा गरिनु पर्नेमा जोड दिए । कार्यक्रममा सेफरवल्र्ड नेपालका राष्ट्रिय प्रतिनिधी जुली ब्रेथफेल्डले यस परियोजना मार्फत समुदायमा रहेका समस्याहरुको पहिचान भइसकेपछि समुदायको सहभागितामा गर्न सकिने समस्याहरुलाई प्रभावकारी ढंगबाट योजना बनाइ गरिने बताइन् । इन्सेकका क्षेत्रीय संयोजक भोला महतद्वारा संचालित कार्यक्रममा इन्सेक केन्दि्रय कार्यालय काठमाण्डौंका बरिष्ठ अधिकृत पोषराज अधिकारीले परियोजनाको उद्देश्य माथि प्रकाश पारेका थिए । यसै गरी सेफरवल्र्ड नेपालका परियोजना संयोजक अनिल पौडेलले परियोजनाको संक्षिप्त जानकारी गराउदै सरकारी निकायको सहयोग विना परियोजना सफल हुन नसक्ने धारणा व्यक्त गरे । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल शर्माले शहर तथा जिल्लामा बसोबास गर्ने समुदाय सुरक्षित नभएको अवस्थामा समुदायको सुरक्षा सम्बन्धी यस कार्यक्रम कसरी सफल हुन्छ भनि प्रश्न गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बााकेका डीएसपी उदय तामाङ्ग, सोही कार्यालयका इन्स्पेक्टर गणेश शाह, राष्ट्रिय मानवअधिकार आयोगका रमेश थापा, पुनरावेदन वार एशोसियसनका विकास आचार्य, जिल्ला वार एशोसियशनका विश्वजीत तिवारी, नेपाल मानवअधिकार सङ्गठनका गणेश रेग्मी, नेपाल पत्रकार महासंघ बााकेका शुक्रऋषि चौलागाई, कार्यक्रम संचालित गाविसका गाविस सचिवहरु, प्रहरी कार्यालयका प्रमुख, पश्चिम तारा नेपालका परिना चौधरी, हिमराइट्सका प्रकाश उपाध्याय, एडभोकेसी फोरमका बसन्त गौतम लगायतले परियोजना सम्बन्धी जिज्ञासा, सुझाव तथा सहकार्यका लागि सहयोग गर्ने प्रतिवद्वता जनाए ।

No comments:

Post a Comment