Friday, July 6, 2012

शिक्षिकाद्वारा बालकलाई निर्मम यातना

बांके, असार २१ । नेपालगंजस्थित एक निजी विद्यालयकी शिक्षिकाले एक बालकलाई निर्मम यातना दिएकी छिन । नेपालगंज-२ घरबारीटोलस्थित एञ्जल माध्यमिक विद्यालयकी शिक्षिका नीलु त्रिपाठीले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वषर्ीय बालक अंकित महतलाई निर्मम कुटपिट गरेकी हुन । कुटपिटबाट बालकको बायाा तर्फको गाला र कञ्चटमा रगत जम्नुका साथै सुन्निएको छ । ती शिक्षिकाले पढाउने समयमा बालक कक्षा भित्र नबसेको भन्दै कुटपिट गरेको बताइएको छ ।
घटनाको जानकारी पाएर विद्यालय पुगेका सञ्चारकर्मी र बालअधिकारकर्मीहरूसाग विद्यालयका संस्थापक विना मल्लले घटना दुःखद भएको प्रतिक्रिया दिइन । 'हामीले सवै शिक्षक शिक्षिकालाई 'कर्पोरेट पनिसमेन्ट' नदिनका लागि सचेत गराउदै आएका छौ । यति हुादाहुादै पनि घटनाहुनु गम्भीर त्रुटी हो ।' मल्लले भनिन 'यदि बालकले गल्ती नै गरेको भए तापनि मलाई अथवा प्रशासनमा जानकारी गराउनुपथ्र्यो । हामीले सम्झाउदा पनि नभए अभिभावलाई जानकारी गराउे हो । कुटपिट गर्ने हैन ।' कुटपिटमा संलग्न शिक्षिका त्रिपाठीले बालक अनुशासनहिन भएको आरोप लगाउादै सामान्य सजाय दिएको बताइन । पीडित बालकले आफू लगायत धेरै साथीहरुले भोलि स्कुलमा खेलकुद हुने भनेपछि खुसी भएर कराएको र सोही बहानामा आफूलाई मिसले पिटेको बताए । 'साथीहरूलाई मेरो हात सम्ाात्न लगाएर मीसले मलाई ११ झापड हान्नु भयो ' बालकले भने, 'यसअघि पनि सो मिसले मलाई हातमा डटपेन राखेर च्याप्ने जस्ता यातना दिनेगर्नुभएको थियो ।' विद्यालय व्यवस्थापनका अनुसार पीडक शिक्षिका पछिल्लो दुई महिनादेखि सो विद्यालयमा कार्यरत छिन । उनी निमावि तहमा 'सोसल र इङ्गलिस वन' पढाउने शिक्षिका हुन । कुटपिटका सम्बन्धमा सिविन नेपालगंजको एक टोलीले तत्काल स्थलगत अनुगमन गरेको थियो । 'बालकमाथि कुटपिटको घटना अपराध हो' सिविनका टिम लिडर मधु दवाडीले भने, 'यो शिक्षिका भन्दा पनि विद्यालयको कमजोरी हो । विद्यालय व्यवस्थापनले शिक्षक शिक्षिकालाई नियुक्ति दिने समयमा नै कुटपिटमा संलग्न नहुने सर्त सहित जागिर दिएमा यस्ता घटना हुदैनन । ' दवाडीले बालबालिका ऐन २०४८ को दफा ७ ले बालकालिकामाथि शिक्षक अभिभावक वा संरक्षक जो सुकैले दिने शारिरिक यातना अपराध मानेको बताउदै त्यस्तो अपराध ठहर भएमा २० हजार जरिवान र ६ महिना कैद सजाय हुने व्यवस्था रहेको बताए । सिविनको तथ्यांक अनुसार बााकेका निजी विद्यालयहरूमा यस्ता घटनाहरू बाक्लै हुने गरेका छन् । पीडित बालकका अभिभावक तथा इन्सेक नेपालगंजका सायोजक भोला महतले सो विद्यालयमा आफ्नो छोरामाथि यातना दिएको घटना यो पहिलो नभएको बताए । यसअघि पनि सो बालकलाई यातना दिएको र स्कुल प्रशासनमा उजुरी गर्दा भविष्यमा यस्तो नदोहरिने बताइएको थियो । अभिभावक महतले घटनाका सम्बन्धमा कानुनी प्रक्रिया अपनाउने बताए । उनले भने, 'सवाल मेरो छोरा वा को कुटियो भन्ने हैन, बालबालिकामाथि भएको अपराध रोकिनु पर्छ भन्ने हो' महतले हालसम्म विद्यालयले आफूलाई छोराको बारेमा कुनै गुनासो नगरेको बताए । यदि बच्चा अनुशासनहिन भएको हो भने हामीलाई जानकारी गराउनु पथ्र्यो महतले भने ।

No comments:

Post a Comment