Tuesday, July 3, 2012

धान दिवस मनाइयो

नेपालगन्ज असार । धान दिवसको रुपमा मनाइने असार १५ लाई धम्बोझी १ का स्थानीयवासीहरुले भव्य नाचगान सहित मनाएका छन् । असार दोश्रो साता विति सक्दासमेत धानको बिउ रोप्न नपाएर बााकेका किसानहरु निरास छन् । तर यहााका स्थानीयवासीहरुले असार १५ लाई भने दहि चिउरा खाएर नाचगान गर्दै स्वागत गरेका छन् । राष्टिय धानबाली महोत्सवको उपलक्ष्यमा धम्बोझी १ का स्थानीयवासीहरुले र्याली निकाल्दै बाझो खेतमा हलो जोतेर महोत्सवलाई भव्यता दिएका हुन ।
धान खाद्य सुरक्षाको वरदान भन्ने मुल नाराका साथ धम्बोझी विशाल नगर टोलदेखि निस्केको र्यालीले धम्बोझीको तेज नगर पुगी त्यहााको खेतमा धान रोपाई गरेका थिए । धान रोपाई गर्दै एक अर्कामा हिलो छयाप्दै मनाइएको धान रोपाई कार्यक्रममा विभिन्न संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो ।
महिला तथा बालबालिका विकास कार्यालयका अधिकृत शोभा शाहलगायत, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार, नगारिक समाज र स्थानीयवासीहरुले एकै साथ खेतमा धान रोपाई गरेर महोत्सवको उद्घाटन गरेका थिए । कृषि प्रधान देश भएतापनि कृषकहरुमा असार १५ ले कुनै खुशियाली नल्याउदा आफूहरुले यस महोत्सवको महत्वलाई उनीहरु माझ लगेर कृषकहरुको पर्वलाई भव्य रुपले सबैका बिच ल्याउन कार्यक्रमको आयोजना गरिएको विशाल टोल नगर विकास संस्थाका अध्यक्ष लक्ष्मण भुषालले बताउनुभयो । धम्बोझी वडा नं. १ को विशाल टोल नगर विकास संस्था, जिल्ला कृषि कार्यालय र जिल्ला कृषि सहकारी संघको संयुक्त आयोजनामा भएको उक्त रोपाई कार्यक्रममा कृषिर् विकास कार्यालयका प्रमुख युगल किशोर तिवारी, दुध सहकारी संघका पूर्ण प्रसाद अधिकारी, कृषिर् सहकारी संघका प्रेम सुवेदी, बचत तथा ऋण सहकारी संघका विनोद शाह, बाली विकास कार्यालयका हसमुल्ला मुसलमान, स्केल नेपालका प्रेम खड्कालगायतको समेत सहभागिता रहेको थियो ।

No comments:

Post a Comment