Wednesday, April 11, 2012

अर्थमन्त्री सचिवहरुसंगको बैठक

काठमाडौं, २९ चैत अर्थमन्त्री वर्षमान पुन अननत्ले आर्थिक वर्षको दोस्रो चौमासिक सकिसक्दा पनि पुजीगत खर्च अपेक्षाकृत हुन नसक्नुको कारणबारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ । उहााले रकम राखिराख्ने तर खर्च गर्न नसक्ने मन्त्रालयहरुको रकम खर्च गर्नसक्ने मन्त्रालयहरुमा रकमान्तर गरिदिने बताउनुभएको छ । पुजीगत खर्चको समीक्षा गर्न बुधबार अर्थमन्त्रालयमा बसेको सचीवस्तरीय बैठकलाई सम्बोधन गर्नुहुादै अर्थमन्त्री पुनले पुाजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताउनुभएको हो । 'समयमै बजेट आएको थियो । समयमै पुजीगत खर्च हुन्छ भन्ने आशा थियो, तर दोस्रो चौमासिक वितिसक्दा पनि अपेक्षाकृत खर्च हुन सकन', उहााले भन्नुभयो, 'के कारणले खर्च भएन भन्ने कुराको समीक्षा गर्नुपर्छ । उहााले अझै तीन महिना भएकाले सच्याएर भए पनि पुाजीगत खर्चलाई तिव्र पार्नुपर्ने बताउनुभयो । जुन उत्साहकासाथ बजेट पारित गरिएको थियो, त्यही उत्साहकासाथ तीन महिनामा काम गरेर पुजीगत खर्चको वृद्धि गर्नुपर्छ' उहााले भन्नुभयो ।
अर्थमन्त्री पुनले सचिवहरुको बैठकमा केही दिनमै मन्त्रीपरिषद्मा छलफल गरेर भए पनि खर्च हुन नसकेका मन्त्रालयहरुको बजेट रकमान्तर गरिने बताउनुभयो । फ्रीज हुनसक्ने रकमलाई रकमान्तर गरेर भए पनि खर्च गर्ने राज्यको दायित्व भएको उहााको भनाई थियो । 'केही दिनमै क्याविनेटमै छलफल गरेर खर्च नभईराखेको ठाउा, जहाा खर्च हुन नसक्ने ठाउा छ त्यसबाट खर्च हुने ठाउामा रकमान्तर गरिदिनन्छौं', उहााले भन्नुभयो, 'रकमान्तर गर्ने राष्टिय दायित्व हो । काम नभएर थुपरिएको पैसा काम हुने ठाउामा रकान्तर गर्ने राष्टिय दायित्व हो ।' बैठकमा उहााले नीति निर्माणको तहमा बसेको मन्त्रालयका सचिवहरुले सरकारले कतिखेर के भन्छ र के गरौंला भनेर कुरेर बस्ने भन्दा पनि आफ्नै स्वविवेकले पनि काम गर्नुपर्ने बताउनुभयो । 'हामी पोलिसी लेबलका हौं । हामीलाई सरकारले निर्देशन दियो की दिएन भन्ने की आफू पनि कासीस गर्ने', उहााले भन्नुभयो, 'सरकार अहिले ओपन छ अर्थमन्त्रालय ओपन छ, यस्तो अवस्थामा पनि यो पोलिसीलेबलको मान्छेहरु किन खुम्चिएर बस्ने ?' उहााले पूर्ववर्ती सरकारले लिएको बजेट अहिलेको सरकारको नीति निर्माणको तहमा बसेकाहरुले आफ्नै बजेट जस्तो नमान्नुले पनि पुाजीगत खर्च वृद्धि हुन नसकेको हुनसक्ने बताउनुभयो । 'पूर्ववर्ती सरकारले लिएको बजेट हो अहिले पोलिटिकले लिडरले आफ्नै जस्तो ठानेनौं की', उहााले भन्नुभयो, 'अर्कोतिर सचिवहरुलाई मन्त्रीले भनेमात्रै गर्ने हो भन्ने भयो की Û' बैठकमा उहााले पुजीगत खर्च गर्नेमा बढी ध्यान दिन सचिवहरुलाई निर्देशन समेत दिनुभयो । बैठकमा अर्थसचिव कृष्णहरी बास्कोटाले फागुन मसान्तसम्मको पुजीगत खर्चको विवरण पेश गर्नुभएको थियो । बैठकमा अन्य मन्त्रालयका सचिवहरुले चैतमा धेरै कामहरु भईरहेकाले वैशाखसम्ममा पुजीगत खर्चले तिव्रता पाउने बताएका थिए । सचिवहरुले धेरै काम भए पनि निकासा हुन नसक्दा पनि पुजीगत खर्च वृद्धि नदेखिएको बताएका थिए । 'लेखापाल जति सबै सरुवाका लागि काठमाडौं आए माघ र फागुन महिनामा निकासा नै भएन अनि पुजीगत खर्च पनि देखिएन', एक सचिवले भने । बैठकमा सबै मन्त्रालयका सचिवहरु सहभागी थिए । फागुन मसान्तसम्म चालु आर्थिक वर्षको बजेटमा चालु ४६ पुजीगत खर्च २२ प्रतिशत भएको छ । समग्र खर्च ४० प्रतिशत रहेको छ ।

No comments:

Post a Comment