Saturday, March 17, 2012
पदक ल्याउने खेलाडी सम्मानित
नेपालगन्ज चैत्र ४ । सुदुरपश्चिमको धनगढीमा सम्पन्न छैठो राष्टिय खेलकुद प्रतियोगितामा पदक ल्याएका खेलाडीहरुलाई शनिबार मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले सम्मान गरेको छ । मध्यपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गरि विभिन्न खेलबाट पदक ल्याएका ८९ जना खेलाडीहरुलाई खादा तथा प्रमाणपत्रले एक औपचारिक कार्यक्रमबीच सम्मान गरियो । देशमा प्रजातन्त्र स्थापना पश्चात पदक ल्याउने खेलाडीलाई यस क्षेत्रकै इतिहासमा सम्भवत सम्मान गरेको पहिलो हो ।
यहि फागुन १४ देखि २१ गतेसम्म सम्पन्न खेलकुद प्रतियोगितामा यस क्षेत्रबाट स्वर्ण १०, रजत १९ र कास्य ६० जना खेलाडीले प्राप्त गरेका छन् । स्वर्ण पदक प्राप्त गर्नेमा सुटिंडमा ३, एथलेटिक्समा ३, आइटिएफ तेक्वान्डोमा २, जुडोमा १ र डब्लु टिएफ तेक्वान्डोमा १ पदक रहेको छ । जसमा सुटिंडमा व्यक्तिगततर्फ बदु्रदिन अन्सारी र कृष्णा थापा र टिम इभेन्टस्मा अब्दुल वाहिद अन्सारी, असद खान र बदु्रदिन अन्सारी रहेका छन् त्यसैगरी एथलेटिक्समा विश्वरुपा बुढाले २ र एम साजन, आइटिएफ तेक्वान्डोमा हिमा खड्का र भरत विक, जुडोमा राजु श्रेष्ठ र डब्लु टिएफ तेक्वान्डोमा विरुभाई बज्राचार्यले स्वर्ण पदक ल्याएका छन् । स्वर्ण ल्याउने १० जना खेलाडी मध्ये बाँके जिल्लाका ७ जना खेलाडी रहेका छन् । स्वर्ण पदक ल्याउने खेलाडीहरुलाई जनही रु १÷१ हजारका दरले नगद पुरस्कारसमेत प्रदान गरिएको छ ।
पदक ल्याउने खेलाडीहरुलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अक्कल बहादुर बम, क्षेत्रीय प्रशिक्षण प्रमुख जयन्त कुमार शर्मा, सफट्टेनिसका केन्द्रिय सदस्य गोविन्द प्रसाद श्रेष्ठ, कुस्तिीका केन्द्रिय महासचिव मुमताज अलि इद्रिसी, वरिष्ठ फुटबल प्रशिक्षक श्याम कुमार श्रेष्ठ, वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र बहादुर गुरडं, भलिबलका प्रशिक्षक लाल बहादुर मल्ल, गणतान्त्रिक खेलकुदका चन्द्र प्रकाश श्रेष्ठ, दिपक गोसाईलगायतले सम्मान गरे । पदक प्राप्त गर्ने खेलहरुमा सुटिंड, एथलेटिक्स, आइटिएफ तेक्वान्डो, जुडो, डब्लु टिएफ तेक्वान्डो, सफट्टेनिस, जिमनास्टीक, कुस्ती, शारिरिक सुंगठन, फुल कन्ट्याक्ट कराँते, बक्सिडं, उसु र तेक्वान्डो युनियन रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment