Monday, April 23, 2012
जनआन्दोलनकारीहरुलाई सम्मान
नेपालगन्ज बैशाख ११ गते
सरकारले नै लोकतन्त्र दिवसको उपेक्षा गरि रहदा बाँकेमा लोकतन्त्र प्राप्तीका लागि होमिएका आन्दोलनकारीहरुलाई सम्मान गरिएको छ ।
अन्तरालको आयोजनामा भएको उक्त सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रमा जनताले बगाएको रगत र पसिनाको उपेक्षा हुन थालेकोमा गुनासो गरेका थिए ।
प्रजातन्त्र सेनानी गोविन्द बहादुर श्रेष्ठले नेपाली जनताले निरकुंशतन्त्र विरुद्ध २००७ सालदेखि नै क्रान्ति गरि रहेको बताए । परिवर्तनका पक्षधर जनताले २०६३÷२०६३ को जनआन्दोलनमार्फत राजतन्त्रको अन्त्य गरि देशमा गणतन्त्र बहाली हुन सकेकोमा उनले सन्तोष व्यक्त गरे ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताले लोकतन्त्र प्राप्तीपछिका उपलब्धिहरुलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा गैसस महासंघका सचिव गोपाल नाथ योगी, नेपाल पत्रकार महासंघ बाँकेका सल्लाहकार झलक गैरे, पत्रकार जनक नेपालले लोकतन्त्र प्राप्तीका लागि नेपाली जनताले पुु¥याएको योगदानको चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा २०६२÷२०६३ को जनआन्दोलनको अग्र मोर्चामा देखिएका राजुुु तामाङ, खेमराज ज्ञवाली, विजय लामा, सरिता तामाङ, अर्चना तामाङ, सुरज भण्डारीलगायतलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा जनआन्दोलनमा आधारित रहेर लेखिएको पुस्तक जनता उठेपछिको पनि चर्चा गरिएको थियो । ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक टिसर्ट सार्वजनिक समेत गरिएको उक्त कार्यक्रम अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले संचालन गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment