Saturday, March 17, 2012
परिवर्तित विश्वमा विकास नीति सम्मेलनलाई अर्थमन्त्रीको सम्बोधन
काठमाडौं, ४ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले डेनिस अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (डानिडा)को ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित परिपर्तिन विश्वमा विकास नीति विषयक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँले शुक्रबार साँझ डेनमार्कको राजधानी कोपनहेगनमा आयोजित उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको हो । उहाँसँगै सम्मेलनमा सहभागीहरुले आ आफ्नो धारणा राख्नुभयो । सम्मेलमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त, युरोपियन यूनियनका आयुक्त, विश्वबैंकका महानिर्देशक, फिनल्याण्डका विकासमन्त्री, एक्सन एडका प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो । सम्मेलनमा अर्थमन्त्री पुनले परितपर्ति विश्वमा सबै राष्ट्रहरुले समान खालको लाभ लिने गरी विकास नीति बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले विश्वव्यापरिकरण र स्वतन्त्र बजारको प्रबद्र्धन वृद्धि तथा दक्षतामा जोड दिनुभयो । सम्मेलनमा अर्थमन्त्री पुनले अहिलेकै नीतिले समान खालको लाभ दिन नसकिरहेको बताउनुहुँदै त्यसको ठूलो असर विकाशोन्मुख मुलुकहरुलाई पर्न गएको बताउनुभयो । उहाँले परिवर्तित विश्वमा विकसित मुलुक र विकशोन्मुख मुलुकबीच हरेक क्षेत्रमा साझेदारी आवश्यकता रहेको औंल्याउनुभयो । जसरी ग्रामिण र शहरी क्षेत्रबीचको समानता हुनुपर्छ त्यसैगरी विकसित र विकाशोन्मुख देशबीच पनि समानता हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अबको विश्व विकास नीतिमा समावेशीता हुनुपर्ने पनि बताउनुभयो । उहाँले महिला र पीछडिएको समूहलाई विकासको मूल धारमा ल्याउनुपर्ने र दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सम्मेलनमा सहभागीहरुले आफ्नो धारणा राख्दै अहिलेको विश्व व्यापारीकरणमा सबै देशले समान लाभ लिन नसकेको बताए । उनीहरुले समान लाभ लिनका लागि धेरै चुनौतीहरु भएको पनि बताए । उनीहरुले विकासोन्मुख मुलुकहरुले कृषि, ग्रामिण पूर्वाधार, उच्च गरिवि र उच्च वेरोजगारीका कारण विश्व व्यापारीकरणका फाईदा लिन नसकेको बताउँदै सम्मेलनबाट त्यसखालको समस्या अन्त्य गर्दै सबैले समान फाईदा लिने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । विकसीत मुलकुहरुको मुख्य मुद्दा विकासोन्मुख मुलुकहरुको लागि आर्थिक समानताको चुनौतीहरुलाई कसरी अवसरको रुपमा परिवर्तन गरी उच्च लाभ प्रदान गर्ने भन्ने भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनीहरुले विश्व व्यापारीकरणमा विकाशोन्मुख मुलुकहरुले आफ्नो घरेलु उद्योगबाट उत्पादित वस्तुहरुले विकसित मुलुकहरुबाट आयात भएका बस्तुहरुसँग प्रतिस्पर्धा गर्नु परिराखेकोले आत्मनिर्भर बन्नलाई कठिनाई भईराखेको, बेरोजगारीपन बढेको र प्रतिव्यक्ति आयमा ह्रास आएको धारणा राखे । विकासोन्मुख मुलुकहरुको घरेलु साना तथा मझौला उद्योगहरुमा लगानी प्रबद्र्धन गर्ने, समन्वय गर्ने, सञ्चारको नेटवर्क, पारवहन व्यवस्था लगायतका प्रणालीलाई अवलम्बन गर्ने हो भने यी समस्या समाधान हुन सक्ने धारणा राखे । सहभागीहरुले विकासोन्मुख मुलुकहरुको उत्पादन, लगानी, बजारी क्षेत्रमा केन्द्रित भएको स्रोतहरुको बाँडफाँड शहरी क्षेत्रमा केन्द्रित रहेको शहरी क्षेत्रको क्रय शक्ति र आय उच्च देखिएको भए पनि ग्रामिण क्षेत्रको आय कम भन्दा कम देखिएको धारणा राखे । जसले ग्रामिण क्षेत्र र शहरी क्षेत्रको असमानतालाई बढाएको भन्ने निष्कर्ष सुनाए । सम्मेलनमा नेपालकोतर्फबाट अर्थमन्त्रालयका सल्लाहकार श्रीराम पौडेल र सहसचिव लालशंकर घिमिरे सहभागी हुनुहुन्थ्यो ।
नेपालीहरुसँग भेट
यसैबीच डेनमार्कको भ्रमणको क्रममा अर्थमन्त्री पुनले शुक्रबार साँझ त्यहाँ रहेका नेपालीहरुसँग भेटघाट गर्नुभएको छ । भेटघाटमा डेनमार्कमा रहेका नेपालीहरुले आ आफ्ना समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरे । साथै उनीहरुले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण के हुन्छ भन्ने जिज्ञासा राखे । जवाफमा अर्थमन्त्री पुनले नेपालको शान्तिप्रक्रिया तोकिएकै समयमा सकिने र जेठ १४ भित्रै नयाँ संविधान बन्ने बताउनुभयो ।
फिनल्याण्डको भ्रमण स्थगित गरेर स्वदेश फर्कदै
यसैबीच अर्थमन्त्री पुनले डेनमार्कपछि पूर्वनिर्धारित फिनल्याण्डको भ्रमण स्थगित गर्नुभएको छ । उहाँले फिनल्याण्डको ३ दिने भ्रमण स्थथगित गरेर भोली (आईतबार) नै काठमाडौं फर्कदै हुनुहुन्छ । नेपालमा भईरहेको उच्च राजनीतिक उतारचढाबका कारण उहाँले फिनल्याण्डको भ्रमण स्थगित गरेर छिट्टै फर्कन लाग्नुभएको हो । उहाँले फिनल्याण्डका विकासमन्त्रीको निमन्त्रणमा भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । अर्थमन्त्री पुन डेनमार्क र फिनल्याण्डको भ्रमणका लागि चैत १ गते डेनमार्क प्रस्थान गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment