Saturday, December 29, 2012

काठमाण्डौ असार ३१ । मगर पहिचानसम्वन्धी २ दिने राष्टिय सेमिनार शनिबारदेखि काठमाण्डौंको नगरकोटमा शुरु भएको छ । मगर बौद्धिकहरुको सहभागितामा शुरु भएको सेमिनारको एक औपचारिक कार्यक्रमबीच नेपाल आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापामगरले गर्नुभयो । उद्घाटन पश्चात उपाध्यक्ष थापामगरले मगरहरुको भाषा, संस्कृति चाड पर्वमा धेरै नै विविधता पाइएकोले यस विषयमा एकरुपता ल्याउन सेमिनारले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्राध्यापक केशर जंग बरालमगरले प्रमुख वक्ताको रुपमा मगरहरु सिप र ज्ञानमा धनी भएता पनि उनीहरुको सिप र ज्ञानलाई न त राज्यले सम्बोधन र जर्गेना गर्न सक्यो न त मगरहरुबाट नै जर्गेना गर्न प्रयास भयो त्यसकारण पनि मगरहरुको पहिचान लोप हुने अवस्थामा पुगेको जिकिर गर्नु ुभयो । मगर प्राज्ञिक समूहको आयोजना तथा विश्व मगर संग बेल्जियमको सहयोगमा संचालन भएको सेमिनारको उद्देश्यको बारेमा सेमिनारका संयोजक झकेन्द्र घर्तीमगरले प्रकाश पार्नु भयो भने कार्यक्रममा स्वागत अध्यक्ष छविलाल चिडिमगर गर्नुभयो । कार्यक्रममा करिब ७० जना मगर बौद्धिक, राजनीतिककर्मी, पत्रकार, समाजसेवी, अनुसन्धानकर्ताहरुको सहभागिता रहेको छ । दुई दिने सेमिनारमा मगरको राजनैतिक इतिहास, भाषा, संस्कृति, परम्परागत पेशाव्यवसाय, मौलिक संस्कार र चाडबाडहरु, लैगिक पहिचान र अभ्यासका विषयमा १५ वटा अनुसन्धानपत्रहरुको प्रस्तुति तथा छलफल गरिने छ । त्यसैगरी सेमिनारको दोश्रो दिन मगर समुदायका सामाजिक तथा विभिन्न पार्टीका मगर नेताहरुसंग वर्तमानको राजनीतिक अवस्थाका विषयमा छलफल समेत हुने समूहका सचिव झकेन्द्र घर्तीमगरले बताउनुभयो ।

No comments:

Post a Comment