Wednesday, May 23, 2012

एकल जातीय पहिचानसहितको संघीयताका लागि जनजाति र मधेसी विद्यार्थी अनसनमा

काठमाडौं, ११ जेठ एकल जातीय पहिचानको आधारमा संघीय प्रदेश निर्माण गर्नुपर्ने माग गर्दै आदिवासी जनजाति विद्यार्थी महासंघ र संयुक्त मधेसी विद्यार्थी मोर्चा नयाँ बानेश्वरस्थित् संविधानसभा भवन अगाडि रिलेअनसनमा बसीरहेका छन् । सरकारले गत मंगलबार आदिवासी जनजातिसँग गरेको ९ बुदे संझौता कार्यान्वयन हुनुपर्ने विद्यार्थी संगठनको माग रहेको छ । ‘सरकारले जातीय पहिचानको आधारमा संघीयतामा बनाउने सहमति गरेपनि सो सहमति कार्यान्वयन हुने ग्यारेन्टी छैन,’ महासंघका अध्यक्ष नरबाहदुर गुरुङले भने, ‘आदिवासी जनजातिसँग भएका सबै संझौता कार्यान्वयन गराउन र त्यसका लागि राज्यलाई दबाव दिन हामी अनसनमा बसेका छौ ।’ उनले १३ जेठदेखि आमरण अनसनमा बस्ने जानकारी पनि दिए । संयुक्त मधेसी विद्यार्थी मोर्चा र आदिवासी जनजाति विद्यार्थी महासंघको पूर्वघोषित् आन्दोलन अनुसार नै आमरण अनसनमा बस्ने गुरुङको भनई छ । महासंघमा विभिन्न २७ ओटा जातीय संगठनका विद्यार्थीहरु छन् भने मोर्चामा ६ ओटा राजनीतिक दलका विद्यार्थीहरु छन् । मोर्चामा तराई मधेस लोकतान्त्रिक पाटी, तराई मधेस लोकतान्त्रिक पाटी नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरण गणतान्त्रिक, सद्भावना पाटीलगायतका विद्यार्थी संगठनहरु छन् ।

No comments:

Post a Comment