Tuesday, March 13, 2012
पेशागत मुल्य र मान्यतामा रही कार्यक्षेत्रमा खटिट्नु पर्ने
नेपालगन्ज ३० फागुन । पेशागत मुल्य र मान्यतामा रही कार्यक्षेत्रमा खटिए मानव अधिकार रक्षकहरु असुरक्षित कम हुने नेपालगन्जमा मंगलबार आयोजित कार्यक्रमका सहभागिहरुले वताएका छन् ।
मानव अधिकार सन्जाल वाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो वताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका संरक्षण अधिकृत हरि ज्ञवाली, इन्सेकका क्षेत्रीय संयोजक भोला महत, नेपाल मानव अधिकार संगठनका गणेश रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष शुक्रऋषि चौलागाई, महिला मानव अधिकार रक्षक सन्जालका केन्द्रीय सदस्य रमा प्याकुरेल, वाँके जिल्ला वारका अध्यक्ष बिश्वजित तिवारी, एडभोकेसी फोरमका बशन्त गौतम लगायतले मन्तव्य राखेका थिए ।
मानव अधिकार रक्षक असुरक्षित हुनुको प्रमुख कारण आफै हुने भएकाले आफ्नो सुरक्षामा सतर्क हुनुपर्ने अधिकांशको जोड थियो । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, प्युठान, रुकुम, रोल्पा, कैलाली, कन्चनपुर, डडेल्धुरा, सल्यान लगायतका जिल्लामा कार्यरत मानव अधिकार रक्षकहरु सहभागि छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment