नेपालगन्ज, ३० फागुन । महेन्द्र बहुमुखि क्याम्पस नेपालगंजका क्रियाशिल बिभिन्न बिद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका छन । शैक्षिक सुधारका लागि क्याम्पस प्रशासन प्राधानध्यापकलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत आफ्नो मागको सुनुवाई नभएको भन्दै आन्दोलनको घोषणा गरिएको नेबिसंघ क्याम्पस ईकाई कमिटि अध्यक्ष भुम भण्डारीले जानकारी दिनुभयो ।
घोषित कार्यत्रम अनुसार फागुन २९ देखि चैत्र ५ गतेसम्म भन्डाफोर अभियान, ६ गते कालोसुचि प्रकाशन १० गते बिद्यार्थीहरुको प्रदर्शन रहने नेबिसंघका रमेश तिमिलसेनाले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment