Sunday, March 11, 2012
जितको खुशियाली
नेपालगन्ज, २८ फागुन
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापाले चाडै नै बाँके जिल्लामा लागु औषध विरुद्धको युद्ध छेडेने बताउनु भएको छ ।
फुल्टेक्रा रकर्स क्लबले सिटि कलेज टि २० क्रिकेट प्रतियोगिता जितेको खुशियालीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक थापाले लागु औषधको हब बनाइएको बाँके जिल्लालाई लागु औषधबाट मुक्त गर्न त्यसका विरुद्ध युद्धको शुरुवात गरि एक अभियानको थालनी गर्न लागेको बताउनु भयो ।
त्यसका लागि चाडै नै बाँके जिल्लाका १० हजार बढी विद्यार्थीलाई सडकमा उतारेर चक्का जाम गरि शरुवात गर्ने उहाँले जानकारी दिनुभयो । देश परिवर्तनको शुरुवात युवा र विद्यार्थीबाट नै हुने भएको हुँदा युवाका हातमा रक्सी चुरोट होइन देश परिवर्तन गर्ने संकल्प हुनुपर्नेमा उहाँले जोड दिनुभयो । युवा खेलाडी जसले देश र समाजलाई राम्रो दिशा बोध गराउन सक्छ उसले अब आउने पिडीका लागि एक उदाहरण बनेर देखाउनु पर्नेमा जोड दिदै प्रहरी उपरिक्षक थापाले खेलडीले गर्दा नै देश, समाज र परिवारको पहिचान हुन सकेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय उपाध्यक्ष विनोद मैनाली, केन्द्रिय सदस्य संजय राज सिंह, नेपाली कांग्रेसका नगर सभापति प्रशान्त विष्टलगायतले समेत बोलेका थिए । क्लबका अध्यक्ष आनन्द प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा सहभागी खेलाडी र सहयोगीहरुलाई समेत प्रशंसापत्र प्रदान गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment