Tuesday, March 13, 2012
बाँकेको कोहलपुरमा जरायोको सिङ सहित एउटा ट्याक्टर फेला ।।
नेपालगन्ज ३० फागुन । बाँकेको कोहलपुरमा जरायोको सिङ सहित एउटा ट्याक्टर फेला परेको छ । सशस्त्र प्रहरी बल त्रिपुरागणको गस्ती टोलीले कोहलपुरबाट नौलापुर तर्फ जाँदै गरेको भे १ प ३३११ नम्बरको ट्याक्टरमा सरिया र सिमेन्ट मुनी लुकाई राखिएकोे जरायोको पुरानो सिङ्ग फेला पारेको सशस्त्र प्रहरी बल त्रिपुरागणले जनाएको छ ।
नौवस्ता ८ नौलापुर निवासी खिम प्रसाद न्यौपानेको सरिया र सिमेन्ट रहेको बताईएको छ । सरिया र सिमेन्टको आश्वयक विल रहेको र जरायोको सिङ्गबारे आवश्यक अनुसन्धान भैरहेको गणले जनाएको छ । अहिले अनुसन्धानका लागि ट्याक्टर र सिङ्गलाई सशस्त्र प्रहरीबल त्रिपुरागण कोहलपुरमा राखिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment