Tuesday, March 13, 2012
नयाँ कार्यसमिति गठन
नेपालगन्ज, ३० फागुन । सिस्ने हिमाल वस तथा मिनि वस यातायात व्यवसायि समिति रुकुमको पुरानो समिति विघटन गरि नयाँ कार्य समिति चयन गरिएको छ ।
सदरमुकाम खलंगामा सम्पन्न समितिको साधारण सभाले ९ सदस्यीय कार्य समिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा महेन्द्र वुढामगर, उपाध्यक्षमा सरोज देवकोटा, महासचिवमा तिलक वस्नेत, सचिवमा मोतिप्रसाद पोख्रेल र कोषाध्यक्षमा डम्वर विक रहनुभएको छ ।
त्यस्तै समितिको सदस्यमा साधन वुढा, दीलिप थापा, लववहादुर गौतम र वलजित देवकोटा रहनुभएको छ ।
साधारण सभाले डाइल इन्चार्जमा चन्द्र ओली, कार्यालय प्रमुखमा सुधन श्रेष्ठ, विमा संयोजकमा हिमालय मल्ल, मेडिकल संयोजकमा योवन पुनलाई चयन गरेको छ । त्यसैगरी प्रशासनकि इज्चार्जमा श्यामकुमार वुढा, रुकुम काठमाण्डौं रोड इन्चार्ज चित्र वुढा, रुकुम दाङ्ग रोड इन्चार्ज कपिल सिंजाली र रुकुम चौरजहारी रोड इन्चार्जमा टिकाराम ददेंल चयन हुनुभएको छ । समितिको संरक्षकमा रुकुम क्षेत्र नं. २ का सभासद् जनार्दन शर्मा प्रभाकर र कानुनी सल्लाहकारमा अधिवक्ता यक्कवहादुर पाण्डे रहनुभएको छ । समितिले विशाल शर्मा, गोरखवहादुर केसी सन्देश, नन्दु विष्ट, विमल पुन, जनकमुार वाँठा र केदारसिंह गोतमलाई सल्लाहकारमा राखेको छ । पुनःगठित कार्यसमितिले मंगलवार सदरमुकाम खलंगा स्थित उद्योग वाणिज्य संघमा एक कार्यक्रमको आयोजना गरी कार्यसमितिको नामावली घोषणा गरेको हो । घोषणा सभामा नवनिर्वाचित अध्यक्ष महेन्द्र वुढामगरले यात्रुहरुलाई सहज सेवा दिने नयाँ प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सवै निकायसंग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँ योजना सहित नयाँ कार्यसमिति सफल हुने अध्यक्ष वुढाको दावी छ । उहाँले भन्नुभयो – हामीले विगतका दिनलाई समिक्षा गरेर आगाी दिनमा सुधार गर्दै जाने छौं ।
कार्यक्रममा नवनिर्वाचित महासचिव तिलक वस्नेतले यात्रुहरुको माग र संचारकर्मीको सल्लाह सुझावलाई आत्मसाथ गरेर समितिलाई लैजाने वताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment