Sunday, March 25, 2012

प्रथम दक्षिण एसियालि भारोत्तोलन प्रतियोगितामा भारतको आधिपत्य,

नेपालगन्ज चैत्र ११ । नेपालगन्जमा विहिबार सम्पन्न प्रथम दक्षिण एशियाली पुरुष तथा महिला भारोत्तोलन च्याम्पियनशीपमा भारतले आधिपत्य जमाएको छ । भारतले पुरुष तर्फ १३ स्वर्ण २ रजत ३ कास्य तथा महिला तर्फ ९ स्वर्णं ३ रजत हासिल गरेको छ । त्यसै गरी नेपालले पुरुष तर्फ ३ स्वर्ण ३ रजत र ३ कास्य तथा महिला तर्फ ३ स्वर्ण ९ रजत ९ कास्य हासिल गर्यो भने श्रीलंकाले पुरुष तर्फ ४ स्वर्ण ८ रजत १ कास्य तथा महिला तर्फ ३ स्वर्ण ३ रजत र ४ कास्य हासिल गरेको छ । त्यसै गरी बंगलादेशले पुरुष तर्फ ४ रजत ४ कास्य तथा महिला तर्फ ६ स्वर्ण ६ रजत र ५ कास्य हासिल गर्यो भने पाकिस्तानले पुरुष तर्फ ३ स्वर्ण ४ रजत ५ कास्य तथा अफगानिस्तानले पुरुष तर्फ १ स्वर्ण ३ रजत र ८ कास्य पदक हात पारेका छन् ।
नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा संचालन भएको प्रतियोगितामा श्रीलंकाकी हरिशचन्द्र एमएमडि स्ट्रोङ्ग महिला तथा भारतका हिमांसु कुमार च्यांग स्ट्रोङ्ग म्यान घोषित भए । नेपालगन्जको कबर्डहलमा सम्पन्न भएको प्रतियोगिताको शनिबारको पहिलो खेलमा महिलातर्फ ६९ केजीमा तारा पुनले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा गरि ३ वटा स्वर्ण नेपाललाई प्राप्त गराएको थियो । उनले क्रमश ः ६३ केजी, ९० केजी र १५३ केजी उचालेकि थिइन । उनले ३ स्वर्ण प्राप्त गरेपछि नेपालको ६ वटा स्वर्ण पदक पुगेको थियो । त्यसैगरी सोही तौल समूहमा नेपालकी राजलक्ष्मी थापाले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा रजत प्राप्त गरेकी छिन् । उनले क्रमश ः ५६ केजी, ६८ केजी र १२४ केजी उचालेकि थिइन् । ७५ केजी तौल समूहमा बंगादेशकी सुलताना सापराले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा स्वर्ण प्राप्त गरेकी छिन भने नेपालकी लक्ष्मी वनले स्नेच र टोटलमा ५० केजी र १०८ केजी उचाल्दै रजत पदक प्राप्त गर्न सफल भईन भने नेपालकै चम्पा ठकुलाल क्लिन एण्ड जर्कमा ६० केजी उचाल्दै रजत प्राप्त गरिन । कास्य पदकमा भने स्नेच र टोटलमा ४० केजी र १०० केजी उचाल्दै नेपालकी चम्पा ठकुलाले २ कास्य र नेपालकै लक्ष्मी वन क्लिन एण्ड जर्कमा ५८ केजी उचाल्दै १ रजत प्राप्त गरिन । महिलतर्फकै ७५ केजी भन्दा माथीको तौल समूहमा श्रीलंकाकी हरिशचन्द्र एमएमडिले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा क्रमश ः ७० केजी, ८८ केजी र १५८ केजी उचाल्दै स्वर्ण पदक प्राप्प गरेकी छिन भने नेपालकी राम माया थापाले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा क्रमश ः ५८ केजी, ७८ केजी र १०६ केजी उचाल्दै रजत पदक प्राप्त गरिन । र सोही तौल समूहको स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ५६ केजी, ६८ केजी र १२४ केजी उचाल्दै बंगलादेशकी अख्तर जस्मिनले कास्य पदक प्राप्त गरिन । दोश्रो खेलमा पुरुषतर्फ ८५ केजी तौलसमूहमा भारतका जसवन्त सिंहले स्नेचतर्फ स्वर्ण, क्लिन एण्ड जर्कमा परेरा सीटिसि जेमाले र टोटलमा अफगानिस्तानका कर्मन्द मोहम्मद मुस्तफाले स्वर्ण पदक प्राप्त गरेका छन् । स्वर्ण पदक प्राप्त गर्नेहरुले क्रमश ः १२६ केजी, १२८ केजी र २३८ केजी उचालेका थिए । त्यसैगरी सोही तौल समूहमा स्नेच र क्लिन एण्ड जर्कमा अफगानिस्तानका कर्मन्द मोहम्मद मुस्तफाले ११० केजी, र १२८ केजी उचालेर रजत पदक प्राप्त गरे भने नेपालका नारायण श्रेष्ठले टोटलमा २२७ केजी उचालेर रजत प्राप्त गरे । त्यसैगरी नेपालकै नारायण श्रेष्ठले १०० केजी र १२७ केजी उचालेर स्नेच र क्लिन एण्ड जर्कमा कास्य, श्रीलंकाका पेरेरा सिटिसिजे क्लिन एण्ड जर्कमा १४५ केजी उचालेर कास्य प्राप्त गरे । तेश्रो खेलमा पुरुषतर्फ ९४ केजी तौलसमूहमा पाकिस्तानका खुराम सहजातले स्नेचमा, बंगलादेशमा मोहमद मुमिन अब्दुलाहाले क्लिन एण्ड जर्कमा र टोटलमा श्रीलंकाका समरेसेखरा आरएमआरपिले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । उनीहरुले क्रमश ः १४० केजी, १४५ केजी र २६९ केजी उचालेका थिए । त्यसैगरी स्नेचमा बंगलादेशका मोहमद मुमिन अब्दुलाहा १२० केजी, क्लिन एण्ड र्जकमा नेपालका ज्ञानबहादुर श्रेष्ठले १४० केजी र टोटलमा बंगलादेशका मोहमद मुमिन अब्दुलाहाले २६५ केजी उचालेर रजत पदक प्राप्त गरेका छन् । कास्य पदक प्राप्त गर्नेहरुमा स्नेचतर्फ श्रीलंकाका समसेखरा आरएमआरपिले ११७ केजी, क्लिन एण्ड जर्क र टोटलमा अफगानिस्तानका रसुल वाईएमएवि घापुरले क्रमश ः १४० केजी र २६३ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् । पुरुषतर्फको १०५ तौल समूहको खेलमा भारतका क्रिस्टोफर भिएले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ स्वर्ण हात पारेका छन । उनले उक्त इभेन्टसमा क्रमश ः १४५ केजी, १८० केजी र ३२४ केजी उचालेका थिए । त्यसैगरी सोही तौल समूहमा बंगलादेशका विद्युत कुमार रायले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ रजत पदक प्राप्तगरेका छन् । उनले क्रमश ः १२० केजी, १४५ केजी र २६५ केजी उचालेका थिए । कास्य पदकमा अफगानिस्तानका अब्दुल रवाफ नुरीले स्नेचमा ११० केजी, क्लिन एण्ड जर्कमा १३० केजी र टोटलमा २१० केजी उचालेर कास्य पदक प्राप्त गर्न सफल भए । अन्तिम खेलमा पुरुषतर्फको १०५ केजी भन्दा माथी तौल समूहमा स्नेचतर्फ अफगानिस्तानका मोहमद हुसैन हुसैनीले १५० केजी उचाल्दै स्वर्ण पदक प्राप्त गरे भने सोही तौल समुहमा भारतका हिमान्सु कुमार चन्दले १४६ केजी उचाल्दै रजत पदक प्राप्त गरे भने पाकिस्तानका खेलाडी १४५ केजी उचाल्दै कास्य पदक प्राप्त गर्न सफल भए । क्लिन एण्ड जर्कमा भारतका हिमांशु कुमार च्यांग १७९ केजी उचाल्दै स्वर्ण पदक विजेता, पाकिस्तानका मुस्तकिम बटले १७५ केजी उचाल्दै रजत पदक प्राप्त गरे भने अफगानिस्तानका मोहमद हुसैन हुसैनीले १७५ केजी उचाल्दै कास्य पदक विजेता भए । त्यसैगरी टोटलमा भारतका हिमांशु कुमार च्यांगले ३२५ केजी उचाल्दै स्वर्ण पदक प्राप्त, अफगानिस्तानका मोहमद हुसैन हुसैनीले ३२५ केजी उचाल्दै रजत पदक प्राप्त गरे भने पाकिस्तानका मुस्तक्युम मोहमद बटले ३२० केजी उचाल्दै कास्य पदक प्राप्त गरे । पदक विजेता खेलाडीहरुलाई राखेपका पुर्ब सदस्य सचिब जिबनराम श्रेष्ठ, बांकेका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोख्रेल, बांकेका प्रहरी उपरीक्षक बिक्रम सिहं थापा, भारोत्तोलन संघ नेपालका अध्यक्ष रतन कुमार टण्डन, दक्षिण एसियालि भारोत्तोलन महासघंका अध्यक्ष बिरेन्द्र प्रसाद बैश्य लगायतले पुरुस्कार, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । बिहिबार देखि शुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका बंगलादेश, पाकिस्तान, अफगानिस्तानको सहभागिता रहेको थियो ।

अनिलले दिलाए नेपालाई ३ स्वर्ण

नेपालगन्ज, चैत्र ९ । नेपालगन्जमा विहीबार देखि शुरु भएको पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगितामा नेपालले ३ वटा स्वर्ण, ३ वटा रजत र ६ वटा कास्य प्राप्त गरेका छन् । ६९ केजीको तौल समूहमा नेपालका अनिल मल्लले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा गरि ३ वटा स्वर्ण पदक प्राप्त गरि नेपाललाई ३ स्वर्ण दिलाएका हुन् । मल्लले उक्त खेलमा क्रमश ः १०५, १२० र २२५ केजी उचालेका थिए ।
त्यसैगरी सोही तौल समूहमा नेपालका अर्का खेलाडी विकास थापाले ३ वटा रजत प्राप्त गरेका छन् उनले क्रमश ः ९७, ११८ र २१५ केजी उचालेका थिए भने नेपालकै अर्का खेलाडी कविता चौधरीले ४८ केजी तौल समूहको स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा कास्य प्राप्त गरेका छन् । उनले उक्त खेलमा स्नेचमा ४८ केजी, क्लिन एण्ड जर्कमा ५६ र टोटलमा १०४ केजी उचालेका थिए भने नेपालकै अर्का खेलाडी उत्तम क्षेत्रीले ६३ केजी तौल समूहको स्नेचमा ६३ केजी उचालेर कास्य पदक प्राप्त गरेकी छिन् । नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा संचालन भएको प्रतियोगिताको ७७ केजी तौल समूहमा भारतका शतिस कुमारले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा स्वर्ण, पाकिस्तानका इरफान मुहमदले सोही इभेन्टमा ३ वटा रजत र जयदिप सारंगले सोही इभेन्टमा ३ वटा कास्य प्राप्त गरेका छन् । प्रथम भएका भारतका कुमारले स्नेचमा १२८, क्लिन एण्ड जर्कमा १६१ र टोटलमा २८९ केजी उचालेका थिए । ४८ केजी तौल समूहको महिलाहरुको खेलमा स्न्याच, क्लिन एण्ड जर्क र टोटलमा गरी बंगलादेशकी साबिरा मुल्लाले स्वर्ण, श्रीलंकाकी अभियु सिकाराले रजत तथा नेपालकी कविता चौधरीले कास्य गरेर ३–३ वटा पदक हात पारिन । बंगलादेशले १३२ केजी, श्रीलंकाले १२१ केजी र नेपाललले १०४ केजी उचालेको थियो । सोही प्रकारले महिलाहरुकै ५३ केजी तौल समूहको खेलमा स्न्याच, क्लिन एण्ड जर्क र टोटलमा गरी भारतकी गोपाल टिकिलाले ३ वटा स्वर्ण पदक प्राप्त गरिन भने स्न्याच र क्लिन एण्ड जर्क र टोटलमा बंगलादेशकी फुलापत्र चक्माले ३ वटा रजत पदक हात पारिन् भने स्न्याचमा श्रीलंकाकी बाड्रयूमस थ्रीजेले रजत तथा क्लिन एण्ड जर्क र टोटलमा बंगलादेशकी माबिया अख्तरले २ वटा कास्य पदक प्राप्त गरिन् । यस्तै पुरुषहरुको ५६ केजीको तौल समूहमा स्न्याचमा श्रीलंकाका बाण्डरा डब्लुथिकेले स्वर्ण, श्रीलंकाकै विजेसूर्याले सिएसएसपिले रजत तथा बंगलादेशका रहमान मिजानुरले कास्य पदक प्राप्त गरेका छन् । सोही तौल समूहको क्लिन एण्ड जर्क र टोटलमा श्रीलंकाका विजेसूर्याले सिएसएसपिले स्वर्ण, श्रीलंकाकै बाण्डरा डब्लुथिकेल रजत र बंगलादेशका रहमान मिजानुरले कास्य पदक गरी २–२ वटा पदक हात पारेका छन् । यसैगरी पुरुषहरुको ६२ केजीको तौल समहूमा स्न्याचमा श्रीलंकाका लियानार्चि एसले स्वर्ण, भारतका सेल्भान डिले रजत तथा पाकिस्तानका इस्लाम इमरानले कास्य पदक प्राप्त गरे । सोही तौल समूहको क्लिन एण्ड जर्क र टोटलमा भारतका सेल्भान डीले स्वर्ण, श्रीलंकाका लियानार्चि एसले रजत तथा पाकिस्तानका इस्लाम इमरानले कास्य गरी २–२ पदक हात पारेका छन् । प्रतियोगितामा विजय खेलाडीहरुलाई दक्षिण एसियाली भारोत्तोलन संघका अध्यक्ष भारतका विरेन्द्र प्रसाद वैश्य, उपाध्यक्ष बंगलादेशका मोहियुद्दिन अहमद, प्रहरी वरिष्ठ उपरिक्षक माधव कुमार नेपालले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका महिला र पुरुष गरी ६० जना खेलाडीको सहभागिता रहेकोछ ।

हमालको लागि रु. १ लाख सहयोग

नेपालगन्ज चैत्र ९ । नेपालको लागि पहिलो पदक ल्याउने भारोत्तोलनका अन्तराष्टिय खेलाडी सुरेन्द्र हमालको स्वास्थ्य उपचारका लागि पहिलो पटक नेपाल सरकारका तर्फबाट रु १ लाख सहयोग प्रदान गरिने भएको छ ।
पहिलो दक्षिण एसियाली प्रतियोगिताको उद्घाटनका क्रममा युवा तथा खेलकुद मन्त्री कमला रोकाले यस्तो घोषणा गरेका हुन् । हमालको स्वास्थ्य अवस्थाका बारेमा आफु विहिबार नेपालगन्ज प्रतियोगिताको उद्घाटन गर्न आउने क्रममा प्लेनमा पत्रपत्रिकाका माध्यमबाट जानकारी पाएको जिकिर गर्दै उनले आफू हमालका विषयमा गम्भिर भएको बताउदै हालको लागि नेपाल सरकारको तर्फबाट रु १ लाख स्वास्थ्य उपचारका लागि दिने र आफू मन्त्री भएको हैसियतले अन्य सहयोग समेत गर्ने प्रतिवद्धता गरे । विगत ६ महिनादेखि आन्द्रामा भएको क्यानसरका कारण अस्वस्थ भएका हमालले केही समय अघि मात्र क्यानसको सफल शल्यक्रिया गरेका थिए । उपचारका क्रममा करिब ७ लाख बढी खर्च भइसकेको भएतापनि हालसम्म उनलाई कहि कतैबाट आर्थिक सहयोग प्राप्त भएको छै्रन । हालै मात्र नेपाल खेलकुद पत्रकार मञ्च नेपालगन्जले उनको नाममा सुरेन्द्र हमाल खेलाडी कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रथम दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता शुरु

नेपालगन्ज, चैत्र ९ । पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगिता विहिबारदेखि नेपालगन्जको रंगशालामा शुरु भएको छ । अत्यन्त तामझामका साथ शुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री कमला रोकाले पानसमा बत्ती बालेर उद्घाटन गरे । नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन मनतव्यमा बोल्दै मन्त्री रोकाले पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगिता नेपालको नेपालगन्जमा संचालन हुँदा राष्टिय एकता र विभिन्न देशबीचको सम्बन्ध विस्तार हुने बताए । खेलकुद गतिविधि र खेलक्षेत्रले खेलाडीमा हुने राम्रा प्रतिभा र नेपालको पहिचान बनाउनमा ठुलो योगदान गरेको चर्चा गर्दै मन्त्री रोकाले खेलकुदमा देखिने अन्यौलतालाइ मेटाउन आगामि दिनमा खेलकुद नीतिमा सरकारको तर्फबाट नयाँ सोच र छलफल चलाउने जानकारी गराए ।
भर्खरै मात्र नेपालले छैठो राष्टिय खेलकुद प्रतियोगिता र एएफसी च्यालेन्ज कप सम्पन्न गरि सकेको जनाउदै उनले अब नयाँ वर्षमा जुनियर च्याम्पियनसिप प्रतियोगिता संचालनका लागि तयारी गरिरहेको र २०१५ मा १३ औं साफ गेमका लागि समेत पूर्वाधार निर्माणका लागि तयारी शुरु गरिसकेको समेत जानकारी गराए । नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नवनिर्वाचित दक्षिण एसियाली भारोत्तोलन संघका अध्यक्ष वीरेन्द्र वैश्यले छिमेकी मुलुक नेपालले पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता संचालन गरेर अब अर्को प्रतियोगिताका लागि आफ्नो बाटो खुला गरेको जिकिर गर्दै आफू नेपालमा भारोत्तोलन प्रतियोगिताका माध्यमबाट नेपाल आउन पाएकोमा खुशि भएको बताए । ३ दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन मनतव्यमा बोल्दै भलिबलका पूर्व अन्तराष्टिय रेफ्री अजित कुमार शर्माले नेपालगन्जले दक्षिण एसियाली भारोत्तोलनको पहिलो प्रतियोगिता संचालन गर्ने मौका पाएकोमा नेपालगन्जवासीले प्रतियोगितालाई पूर्ण रुपमा सहयोग गरि बाहिरबाट आउने खेलाडी तथा अफिसियलहरुलाई यस क्षेत्रबाट स्वागत तथा सकारात्मक सन्देशका लागि पहिल गर्नुपर्ने बताए । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका महिला र पुरुष गरी ६० जना खेलाडीको सहभागिता रहेकोछ । दक्षिण एशियाली मुलुक भूटान र माल्दिभ्समा भारोत्तोलन संघ भए पनि खेलाडी नभएका कारण सो राष्ट्रको सहभागिता नभएको जनाइएको छ । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रतन टंडनका अनुसार, प्रतियोगितामा महिलातर्पm ४८, ५३, ५८, ६३, ७५ र ७५ तौलभन्दा माथि तथा पुरुषतर्पm ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ तौलभन्दा माथिको समूहको क्लिन एण्ड जर्क र स्न्याचमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिहरुले पुरुषतर्फ ७२ मेडल र महिलातर्फ ६३ मेडलका लागि प्रतिश्पर्धा हुने संघका महासचिव पार्थसारथी सेनले जानकारी दिए । प्रतियोगितामा खेलाडीको डोपिङ्ग टेष्टका लागि हंगेरीवाट महिला र पुरुष गरी दुई जना बिशेषज्ञ चिकित्सक समेत आएका छन् । करिब ३० लाख खर्चको हाराहारीमा संचालन गर्न लागेको प्रतियोगिताको समापन गर्दै संघका अध्यक्ष रतन कुमार टण्डनले नेपालले पहिलो साफ गेम प्रतियोगिता संचालन गरेको र पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता पनि नेपालले संचालन गर्ने मौका पाएकोमा गौरवन्तित भएको बताउदै भारोत्तोलन खेलले त्यति राम्रो गतिविधि लिन नसकेको अवस्थामा प्रतियोगिता संचालन गरिदा यसले खेलाडीलाई उत्साह र थप उर्जा थप्नमा विश्वस्त भएको बताए । प्रतियोगितामा निर्णायकका तर्फबाट भारोत्तोलनका अन्तराष्टिय खेलाडी सुरेन्द्र हमालले सपथ ग्रहण गरेका थिए भने खेलाडीहरुका तर्फबाट नवौ दक्षिण एसियाली प्रतियोगितामा कास्य पदक ल्याउने खेलाडी गोपाल बहादुर श्रेष्ठले सपथ लिएका थिए । प्रतियोगिताको उद्घाटन सत्रमा खेलाडी, विद्यार्थीहरुले मार्च पास गरेका थिए भने यस क्षेत्रको चर्चित शो म्याच लाठी प्रदर्शन र थारु नृत्यसमेत प्रस्तुत गरिएको थियो । संघका उपाध्यक्ष सिताराम मास्केले स्वागत गरेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बाँके जिल्लाका माननीय न्यायधिस केसव प्रसाद मैनाली, राखेप सदस्य राजेन्द्र बहादुर शाही, प्रहरी नायब महानिरिक्षक पार्वती थापा, बाँके जिल्ला प्रमुख ढुण्डी राज पोख्रेल, वरिष्ठ प्रहरी उपरिक्षक माधव कुमार नेपाल, प्रहरी उपरिक्षक विक्रम सिंह थापालगायतको उपस्थिती रहेको थियो ।

Tuesday, March 20, 2012

स्वर्गिय गिरिजा प्रसादको दोश्रो वर्षिकी मनाइयो

नेपालगन्ज चैत्र ७ । पूर्व प्रधानमन्त्री एवं जन आन्दोलनका महानायक स्वर्गिय गिरिजा प्रसाद कोइरालाको दोश्रो स्मृती दिवसको अवसरमा नेपाली कांगे्रस बाँकेले मंगलबार आफ्नो पार्टी कार्यालयमा श्रृद्धाञ्जली सभाको आयोजना गरेको छ ।
नेपाली कांगे्रस बाँकेका सभापति डा.अरुण कोइरालाको सभापतित्वमा सम्पन्न श्रृद्धाञ्जली सभाका प्रमुख अतिथी पूर्व पार्टी सभापति युवराज शर्माले एक कुशल संगठनकर्ताका नाइके स्व.गिरिजा प्रसाद कोइरालाले राष्टका लागि गरेको योगदानलाई नेपाली कांग्रेसले संरक्षण गर्न नसकेको बताउनुभयो । वर्तमान परिवेशमा प्रधानमन्त्री तथा मन्त्रीहरुको दिइने अभिव्यक्तिले राष्ट, राष्टियता, लोकतन्त्र र समाजवाद कमजोर हुँदै गएको भान भईरहेको जिकिर गर्दै उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरुले त्यसको संरक्षण गर्नमा आ आफ्नो तर्फबाट आवाज अझ बुलन्द रुपमा उठाउनु पर्ने बताउनुभयो । श्रृद्धाञ्जली सभाका वक्ताहरुले नेपाली कांग्रेसले स्व. गिरिजा प्रसाद कोइरालाले लिनु भएको मेलमिलापको अवधारणालाई अंगिकार गर्न नसकेको र पार्टीभित्र गुट उपगुटको लडाईमा अल्झिएको गुनासो गर्दै शान्ति र संविधानको मुद्दालाई सफल पार्न एक आपसमा लडेर होइन एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पूर्व सभापति गजेन्द्रमान पति, सभासद मोहमदी सिद्दिकी, पूर्व सांसदद्धय कृष्णसिंह परियार, कृष्णराज गौतम, नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरु माधवराम खत्री, सुरेन्द्र सापकोटा, राजकुमार साहु, पूर्व क्षेत्रीय सभापति राजकुमार वर्मा, महासमिति सदस्य सुबोध अधिकारी, नगर सभापति प्रशान्त विष्ट, नेविसंघका केन्द्रिय सदस्यद्धय उमा थापा र भुम भण्डारी, नेपाल दलित संघका केन्द्रिय सदस्य आशा विक, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य उसमान ढपाली, नेपाल महिला संघकी अध्यक्ष किरण कोइरालालगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

दक्षिण एशियाली भारोत्तोलन प्रतियोगितामा सहभागी हुन पाकिस्तानी खेलाडी नेपालगन्जमा

नेपालगन्ज, ७ चैत । पाकिस्तानी भारोत्तोलन खेलाडी पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगितामा सहभागि हुन मंगलबार नेपालगन्ज आई पुगेका छन् ।
यही चैत ९ गतेदेखि ११ गतेसम्म नेपालगन्ज स्थित रंगशालाको कबर्डहलमा संचालन हुने सो प्रतियोगिताका लागि पाकिस्तानको टोली मंगलबार नेपालगन्ज आइपुगेका हुन । पाकिस्तानी टोलीलाई स्वागत गर्न नेपाल भारत्तोलन संघका केन्द्रिय अध्यक्ष रतन कुमार टण्डन र संघका पदाधिकारीहरु नेपालगन्ज विमानस्थल पुगेका थिए । नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा नेपालगन्जमा पहिलो पटक संचालन हुन लगेको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तान गरी सात देशका महिला र पुरुष गरी ६० जना खेलाडीहरुकोे सहभागिता रहने संघका केन्द्रिय अध्यक्ष टण्डनले जानकारी दिए । चार दिनसम्म चल्ने सो प्रतियोगिताका लागि निर्णायक टोली पनि नेपालगन्ज आइपुगेको अध्यक्ष टण्डनले बताए । प्रत्येक देशका खेलाडीहरुलाई नेपालगन्जका राम्रा होटल मानिने होटल बाटिका, किचन हट, स्नेहा, इन्द्रेणी, लगाएतका होटलमा व्यवस्था मिलाएको संघका बांके अध्यक्ष प्रशान्त शाहले जानकारी दिए । प्रतियोगितामा पुरुषमा ८ तथा महिलामा ७ स्पर्धा समावेश छन् । महिलातर्पm ४८, ५३, ५८, ६३, ७५ र ७५ तौलभन्दा माथि तथा पुरुषतर्पm ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ तौलभन्दा माथिको समूहको क्लिन एण्ड जर्क र स्न्याचमा प्रतिस्पर्धा हुदैछ । प्रतियोगितामा खेलाडीको डोपिङ्ग टेष्टका लागि हंगेरीबाट महिला र पुरुष गरी दुई जना बिशेषज्ञ चिकित्सक आउने आयोजकले जनाएको छ । प्रतियोगिता स्थल रंगशालालाई रंग रोगन लगाएर झकिझकाउ पारिएको छ । नेपालगन्ज विमानस्थल लगाएत ठाउं–ठाउंमा सबै देशका झण्डा गाडिएको छ । सानैदेखि खेलप्रति रुची राख्ने समाजसेवी टण्डनले आफ्नै खर्च लगाएर एशियाली भारत्तोलन प्रतियोगिताको आयोजना गरेका हुन् । प्रतियोगितामा करिब ४० लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउंबाट सहयोग गर्न आयोजकले सबैसंग आग्रह गरेको छ । प्रतियोगिता संचालन अवधिभर सार्क राष्ट्रका भारोत्तोलन संघ, महासंघका पदाधिकारीहरुको सहभागिता रहने गरी सेमिनार समेत आयोजना गरिएको अध्यक्ष टण्डनले जानकारी दिए । सो प्रतियोगिताको युवा तथा खेलकूद मन्त्री कमला रोकाले उदघाटन गर्नु हुने जनाइएको छ । उद्घाटन कै दिन दक्षिण एसियाली भारोत्तोलन संघको नयां कार्यसमिति समेत चयन गरिने कार्यक्रम रहेको छ ।

Sunday, March 18, 2012

निर्णयको विरोध स्वरुप धर्ना

प्रचण्डपुत्र प्रकाश दाहाललाई सगरमाथा आरोहण गर्ने भनेर बाबुराम भटट्राई सरकारले २ करोड दिने निर्णयको विरोध गर्दै नेपालगन्जमा साधारण नागरिक समाज संघर्ष समितिल जिल्ला प्रशासन कार्यालय बाँकेमा गरेको २ घण्टा चक्का जामका झलकहरु ।

मुबाइलबाट अचाक्लि, अश्लिल एस.एम.एस प्रशासनमा उजुरी

एलबी थापा, प्यूठान, चैत ५ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा एकजना केटाले केटीलाई मुबाइलबाट अश्लिल शब्द प्रयोग गरी एस.एम.एस पठाएको आरोपमा उजुरी परेको छ । महिला हिंसा भएको र संचारको दुरुपयोग गरेको भन्दै दोषीलाई न्यायोचित कार्बाहीका लागि उजुरी परेको हो । यस्तो उजुरी प्यूठानमा पहिलो पटक आएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । प्रशासनमा दिएको उजुरीमा सदरमुकाम खलंगा ३ बस्ने अमित श्रेष्ठले मुवाइलको दुरुपयोग गरी खैरा २ बस्ने सिता सेनको मुवाइलमा अश्लिल शब्द प्रयोग गरी म्यासेज पठाएको उल्लेख छ । श्रेष्ठले रातीको समयमा ९८४९८१०३३७ नं को मुबाइलबाट सेनको ९८४७९८६५२२ नं को मुवाइलमा अपाच्य र अश्लिल शब्द प्रयोग गरी एस.एम.एस पठाएको आरोपमा श्रेष्ठका बिरुद्ध कार्बाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिइएको हो । महिला भनेर हेपेरै आफ्नो चरित्र हत्या हुने गरी यस्तो कार्य गरेको टिप्पणी गर्दै सेनले निजलाई न्यायोचित कार्बाहीको दायरामा ल्याउन माग निमेदनमा उल्लेख गर्नुभएको छ । यस्तै श्रेष्ठले यसपुर्व पनि अर्कैको फेसबुक प्रयोग गरी नकरात्मक म्यासेज ट्याग गरी पठाउने गरेको र सामाजिक प्रतिष्ठामा आँच आउने गरी दुब्र्यवहार गर्ने गरेको सेनले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठले बिहिवार राती साडे ८ बजे यस्तोखाले एस.एम.एस गरेको र बारम्बार मिसकल गर्ने गरेका थिए । २१ औं शताब्दिमा आइपुग्दा पनि पुरुषले युवतीलाई हेर्ने र गर्ने ब्यवहार फरक भएको भन्दै किन यस्तो म्यासेज गरेको भनि निजसँग फोन गरी बुझ्न खोज्दा उल्टै हप्काई दप्काई गरेको र दुब्यवहार गरेको आरोपमा सेनले श्रेष्ठका बिरुद्ध शुक्रवार नै उजुरी दिन आउनुभएको थियो । तर शुक्रवार प्रशासनमा उजुरी दिन जाँदा ढिला भएको भन्दै आइतवार आउनु भनि पठाएको र निमेदन दर्ता गर्न समेत ढिलाई एवं वास्ता नगरेको सेनले गुनासो गर्नुभयो । बारम्वार हुने दुब्र्यवहार यस्तो एस.एम.एस.ले आफूलाई मानसिक तनाव भएको र समाजमा घृणाको पात्र बनाउन खोजेको निमेदनमा उल्लेख गरिएको छ । प्रशासनमा निमेदन उजुरी पछि दुबै पक्षलाई भेला गरी श्रेष्ठले गल्ति भएको स्विकार गरेपछि आज दिउँसो जिल्ला प्रशासनमा मिलापत्र गरीएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले बताउनुभयो ।

Saturday, March 17, 2012

आगलागीबाट घर गोठ जलेर नष्ट

नेपालगन्ज चैत्र ४ । बाँके कचनापुर ७ टिकुलीपुर निवासी विकास देवकोटाको घरमा शनिबार दिउँसो एक्कासी आगलागी हुँदा एक तले घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा कोही नभएको अवस्थामा करिब १ बजे भएको आगलागीबाट घरमा रहेको सम्पूर्ण सामान, लुगा, भाडाकुडा, अनाज, गोठमा बाँकेको भैसीको पाडो र नगद रु ९० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाउने प्रयास गरेपनि दिउसो ४ बजेसम्म बलेको आगोले घर र गोठलाई पूर्ण रुपमा नष्ट गरेको थियो । अहिले आगो नियन्त्रणमा आएको र पीडितलाई क्षतीपूर्तीको लागि पहला भईरहेको बाँके प्रहरीले जनाएको छ ।

लागु औषध सहित एक महिला पक्राउ

नेपालगन्ज चैत्र ४ । बाँके नेपालगन्जको जमुनाह चौकीबाट आज अपरान्ह एक जना अधवैशै महिला ८ सय ग्राम चरेश सहित पक्राउ परेको छ ।
जमुनाहमा चेकजाँचका क्रममा रुकुम बाँफीकोट गाविस वडा नं. ९ बस्ने ४९ वर्षीया सुन कुमारी बोहरालाई प्रहरीले एउटा डिब्बामा लुकाएर लैजान लागेको ८ सय ग्राम चरेश सहित पक्राउ गरेको हो । पक्राउ पछि बोहरलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक कारवाहीको लागि मुद्दा लगाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

परिवर्तित विश्वमा विकास नीति सम्मेलनलाई अर्थमन्त्रीको सम्बोधन

काठमाडौं, ४ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले डेनिस अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (डानिडा)को ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित परिपर्तिन विश्वमा विकास नीति विषयक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँले शुक्रबार साँझ डेनमार्कको राजधानी कोपनहेगनमा आयोजित उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको हो । उहाँसँगै सम्मेलनमा सहभागीहरुले आ आफ्नो धारणा राख्नुभयो । सम्मेलमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त, युरोपियन यूनियनका आयुक्त, विश्वबैंकका महानिर्देशक, फिनल्याण्डका विकासमन्त्री, एक्सन एडका प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो । सम्मेलनमा अर्थमन्त्री पुनले परितपर्ति विश्वमा सबै राष्ट्रहरुले समान खालको लाभ लिने गरी विकास नीति बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले विश्वव्यापरिकरण र स्वतन्त्र बजारको प्रबद्र्धन वृद्धि तथा दक्षतामा जोड दिनुभयो । सम्मेलनमा अर्थमन्त्री पुनले अहिलेकै नीतिले समान खालको लाभ दिन नसकिरहेको बताउनुहुँदै त्यसको ठूलो असर विकाशोन्मुख मुलुकहरुलाई पर्न गएको बताउनुभयो । उहाँले परिवर्तित विश्वमा विकसित मुलुक र विकशोन्मुख मुलुकबीच हरेक क्षेत्रमा साझेदारी आवश्यकता रहेको औंल्याउनुभयो । जसरी ग्रामिण र शहरी क्षेत्रबीचको समानता हुनुपर्छ त्यसैगरी विकसित र विकाशोन्मुख देशबीच पनि समानता हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अबको विश्व विकास नीतिमा समावेशीता हुनुपर्ने पनि बताउनुभयो । उहाँले महिला र पीछडिएको समूहलाई विकासको मूल धारमा ल्याउनुपर्ने र दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सम्मेलनमा सहभागीहरुले आफ्नो धारणा राख्दै अहिलेको विश्व व्यापारीकरणमा सबै देशले समान लाभ लिन नसकेको बताए । उनीहरुले समान लाभ लिनका लागि धेरै चुनौतीहरु भएको पनि बताए । उनीहरुले विकासोन्मुख मुलुकहरुले कृषि, ग्रामिण पूर्वाधार, उच्च गरिवि र उच्च वेरोजगारीका कारण विश्व व्यापारीकरणका फाईदा लिन नसकेको बताउँदै सम्मेलनबाट त्यसखालको समस्या अन्त्य गर्दै सबैले समान फाईदा लिने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । विकसीत मुलकुहरुको मुख्य मुद्दा विकासोन्मुख मुलुकहरुको लागि आर्थिक समानताको चुनौतीहरुलाई कसरी अवसरको रुपमा परिवर्तन गरी उच्च लाभ प्रदान गर्ने भन्ने भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनीहरुले विश्व व्यापारीकरणमा विकाशोन्मुख मुलुकहरुले आफ्नो घरेलु उद्योगबाट उत्पादित वस्तुहरुले विकसित मुलुकहरुबाट आयात भएका बस्तुहरुसँग प्रतिस्पर्धा गर्नु परिराखेकोले आत्मनिर्भर बन्नलाई कठिनाई भईराखेको, बेरोजगारीपन बढेको र प्रतिव्यक्ति आयमा ह्रास आएको धारणा राखे । विकासोन्मुख मुलुकहरुको घरेलु साना तथा मझौला उद्योगहरुमा लगानी प्रबद्र्धन गर्ने, समन्वय गर्ने, सञ्चारको नेटवर्क, पारवहन व्यवस्था लगायतका प्रणालीलाई अवलम्बन गर्ने हो भने यी समस्या समाधान हुन सक्ने धारणा राखे । सहभागीहरुले विकासोन्मुख मुलुकहरुको उत्पादन, लगानी, बजारी क्षेत्रमा केन्द्रित भएको स्रोतहरुको बाँडफाँड शहरी क्षेत्रमा केन्द्रित रहेको शहरी क्षेत्रको क्रय शक्ति र आय उच्च देखिएको भए पनि ग्रामिण क्षेत्रको आय कम भन्दा कम देखिएको धारणा राखे । जसले ग्रामिण क्षेत्र र शहरी क्षेत्रको असमानतालाई बढाएको भन्ने निष्कर्ष सुनाए । सम्मेलनमा नेपालकोतर्फबाट अर्थमन्त्रालयका सल्लाहकार श्रीराम पौडेल र सहसचिव लालशंकर घिमिरे सहभागी हुनुहुन्थ्यो । नेपालीहरुसँग भेट यसैबीच डेनमार्कको भ्रमणको क्रममा अर्थमन्त्री पुनले शुक्रबार साँझ त्यहाँ रहेका नेपालीहरुसँग भेटघाट गर्नुभएको छ । भेटघाटमा डेनमार्कमा रहेका नेपालीहरुले आ आफ्ना समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरे । साथै उनीहरुले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण के हुन्छ भन्ने जिज्ञासा राखे । जवाफमा अर्थमन्त्री पुनले नेपालको शान्तिप्रक्रिया तोकिएकै समयमा सकिने र जेठ १४ भित्रै नयाँ संविधान बन्ने बताउनुभयो । फिनल्याण्डको भ्रमण स्थगित गरेर स्वदेश फर्कदै यसैबीच अर्थमन्त्री पुनले डेनमार्कपछि पूर्वनिर्धारित फिनल्याण्डको भ्रमण स्थगित गर्नुभएको छ । उहाँले फिनल्याण्डको ३ दिने भ्रमण स्थथगित गरेर भोली (आईतबार) नै काठमाडौं फर्कदै हुनुहुन्छ । नेपालमा भईरहेको उच्च राजनीतिक उतारचढाबका कारण उहाँले फिनल्याण्डको भ्रमण स्थगित गरेर छिट्टै फर्कन लाग्नुभएको हो । उहाँले फिनल्याण्डका विकासमन्त्रीको निमन्त्रणमा भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । अर्थमन्त्री पुन डेनमार्क र फिनल्याण्डको भ्रमणका लागि चैत १ गते डेनमार्क प्रस्थान गर्नुभएको थियो ।

संचारकर्मीले पनि पदक ल्याए

छैठो राष्टिय खेलकुद प्रतियोगितामा नेपालगन्जका संचारकर्मीहरुले पनि पदक प्राप्त गरेका छन् । पत्रकारिता क्षेत्रबाट फुर्सद निकालेर खेलकुदमा सहभागी हुदै आएका इमेज टेलिभिजनका नरेन्द्र थापाले सुटिडंमा कास्य पदक ल्याए भने नेपाल समाचारपत्रमा कार्यरत उमा थापामगर र हिमाल एफएममा कार्यरत दिपा आलेले सफट्टेनिसमा कास्य पदक प्राप्त गरे । पत्रकार नरेन्द्र थापाले सुटिडंतर्फ राष्टिय तथा अन्तराष्टिय प्रतियोगिताहरुमा समेत सहभागिता जनाईसकेका छन् भने यस पटक उनले एयर राइफल टिम इभेन्टसमा कास्त पदक हात पारे । त्यसैगरी पत्रकार उमा थापाले सफटटेनिस महिला टिम इभेन्टस् र मिक्स डब्लसमा गरि २ कास्य हात पारिन भने दिपा आलेले सफटटेनिस महिला टिम इभेन्टस्मा कास्य पदक प्राप्त गरिन । दुवै जना सफट्टेनिस खेलाडीले यस भन्दा अघिका राष्टिय प्रतियोगितामा पनि सहभागी भई पदक प्राप्त गरि आफ्नो सहभागिता जनाउदै आएका छन् ।

कोहलपुरमा विद्यार्थीहरुद्धारा प्रधानमन्त्रीको फोटो दहन।

नेपालगन्ज चैत्र ४ । बाँकेको कोहलपुरमा विभिन्न विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फोटो जलाएका छन् । सरकारले आफ्नो पद र शक्तिको भरमा प्रचण्डपुत्रलाई २ करोड दिने निर्णयको विरोधमा प्रधानमन्त्रीको फोटो दहन गरिएको अनेरास्वीयु बाँके अध्यक्ष सुर्य रोकायले बताउनुभयो । कोहलपुरको पिपलचौताराबाट निस्केको नेवीसँघ बाँके, अनेरास्वीयु बाँके र अखिल छैठौँका विद्यार्थीहरुको विरोध टोलीले कोहलपुरको न्यूरोडमा पुगेर फोटो दहन गरेका हुन् । सरकारी सम्पति कसैको व्यत्तिगत नभएको भन्दै उनीहरुले आज कोहलपुरमा एक घण्टा चक्काजाम समेत गरेका छन् । कोहलपुरमा विहान ९ बजे देखि १० बजे सम्म एक घण्टा चक्काजाम गरेका हुन् । जनताको ढाँड सेक्ने गरि पोट्रोलियम पदार्थमा मुल्यवृद्धि गर्ने सरकारले कुनै व्यत्तिलाई २ करोड दिनु भनेको नेपाली जनताको खाने भाग खोस्ने जत्तिकै भएको उनीहरुको आरोप रहेको छ । राज्यको ढुकुटि नेपाली जनताको हो कुनै एउटा पार्टि र व्यक्तिको नभएकोले उक्त निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरेको छन् साथै सरकारबाट आफुहरुले समयैमै संविद्यान निमार्णको अपेक्षा गरेको बताएका छन् । अन्यथा उनीहरुले भोलीबाट कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

पदक ल्याउने खेलाडी सम्मानित

नेपालगन्ज चैत्र ४ । सुदुरपश्चिमको धनगढीमा सम्पन्न छैठो राष्टिय खेलकुद प्रतियोगितामा पदक ल्याएका खेलाडीहरुलाई शनिबार मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले सम्मान गरेको छ । मध्यपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गरि विभिन्न खेलबाट पदक ल्याएका ८९ जना खेलाडीहरुलाई खादा तथा प्रमाणपत्रले एक औपचारिक कार्यक्रमबीच सम्मान गरियो । देशमा प्रजातन्त्र स्थापना पश्चात पदक ल्याउने खेलाडीलाई यस क्षेत्रकै इतिहासमा सम्भवत सम्मान गरेको पहिलो हो ।
यहि फागुन १४ देखि २१ गतेसम्म सम्पन्न खेलकुद प्रतियोगितामा यस क्षेत्रबाट स्वर्ण १०, रजत १९ र कास्य ६० जना खेलाडीले प्राप्त गरेका छन् । स्वर्ण पदक प्राप्त गर्नेमा सुटिंडमा ३, एथलेटिक्समा ३, आइटिएफ तेक्वान्डोमा २, जुडोमा १ र डब्लु टिएफ तेक्वान्डोमा १ पदक रहेको छ । जसमा सुटिंडमा व्यक्तिगततर्फ बदु्रदिन अन्सारी र कृष्णा थापा र टिम इभेन्टस्मा अब्दुल वाहिद अन्सारी, असद खान र बदु्रदिन अन्सारी रहेका छन् त्यसैगरी एथलेटिक्समा विश्वरुपा बुढाले २ र एम साजन, आइटिएफ तेक्वान्डोमा हिमा खड्का र भरत विक, जुडोमा राजु श्रेष्ठ र डब्लु टिएफ तेक्वान्डोमा विरुभाई बज्राचार्यले स्वर्ण पदक ल्याएका छन् । स्वर्ण ल्याउने १० जना खेलाडी मध्ये बाँके जिल्लाका ७ जना खेलाडी रहेका छन् । स्वर्ण पदक ल्याउने खेलाडीहरुलाई जनही रु १÷१ हजारका दरले नगद पुरस्कारसमेत प्रदान गरिएको छ । पदक ल्याउने खेलाडीहरुलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अक्कल बहादुर बम, क्षेत्रीय प्रशिक्षण प्रमुख जयन्त कुमार शर्मा, सफट्टेनिसका केन्द्रिय सदस्य गोविन्द प्रसाद श्रेष्ठ, कुस्तिीका केन्द्रिय महासचिव मुमताज अलि इद्रिसी, वरिष्ठ फुटबल प्रशिक्षक श्याम कुमार श्रेष्ठ, वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र बहादुर गुरडं, भलिबलका प्रशिक्षक लाल बहादुर मल्ल, गणतान्त्रिक खेलकुदका चन्द्र प्रकाश श्रेष्ठ, दिपक गोसाईलगायतले सम्मान गरे । पदक प्राप्त गर्ने खेलहरुमा सुटिंड, एथलेटिक्स, आइटिएफ तेक्वान्डो, जुडो, डब्लु टिएफ तेक्वान्डो, सफट्टेनिस, जिमनास्टीक, कुस्ती, शारिरिक सुंगठन, फुल कन्ट्याक्ट कराँते, बक्सिडं, उसु र तेक्वान्डो युनियन रहेका छन् ।

Thursday, March 15, 2012

एमालेले नेपालगन्जमा वृहत आमसभा गर्ने

नेपालगन्ज, चैत्र २ । नेकपा(एमाले) बांकेले आगामी चैत्र २१ गते नेपालगन्जमा वृहत आमसभा गर्ने भएको छ । राष्ट्रको माग एमालेको अभियान, जेठ १४ भित्र शान्ति र संविधान भन्ने मूल नाराका साथ नेपालगन्जको कोरियनपुरस्थित आम वगियामा क्षेत्रीयस्तरको आमसभा आयोजना गर्ने लागेको एमाले बा“केका अध्यक्ष नन्दलाल रोकायले जनाएका छन् । जेठ १४ गते भित्र शान्ति र संविधान निर्माणको लागि दवाव दिन, सामाजिक, आर्थिक रुपान्तरण सहित जनताको खुसीयाली र समृद्ध नेपाल निर्माणका लागि दवाव दिन, वैदेशिक हस्तक्षेप रहित स्वाधीन नेपाल निर्माणका लागि दवाव दिन, वेरोजगारीको अन्त्य गर्दै राष्ट्रिय उद्योग, कलकारखाना स्थापनाकालागि दवाव दिन, कृषिको आधुनिकीकरण सहित वैज्ञानिक भूमि सुधार गर्नका लागि दवाव दिन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि दवाव दिने उद्देश्यले आमसभाको आयोजना गरिएको नेकपा एमाले बा“केका प्रचार विभाग प्रमुख प्रमोद धितालले जानकारी दिए । उनका अनुसार, आमसभालाई सफल बनाउन एमालेले सबैतिर प्रचार र व्यवस्थापन तयारी गरिरहेको छ ।

सामनाको सास्कृतीक टोलि नेपालगंज आउने

नेपालगंज, २ चैत्र । साँस्कृतीक प्रतिरोध दिवसका अवसरमा मेचि महाकालि सामना सास्कृतीक अभियानको सुरुबात गरिने भएको छ । चैत्र ५ गते नेपालगंज बाट शुरुवात गर्न लागेको अभियान २ महिना सम्म चल्ने छ । सो अभियानको माओबादी स्थाई समिती सदस्य एंब पश्चिम कमाण्ड ईन्चार्ज लिला मणी पोख्रेलले उद्धघाटन गर्ने अखिल नेपाल जनकलाकार संघ थारुवान राज्य समितीका संयोजक नरेश पौड्ेलले जानकारी दिनु भयो । शान्ती, जनसंबिधान ,राष्ट्रिय स्वाधिनता र एकताका पक्षमा शुरु गर्न लागिएको सास्कृतीक अभियनामा सामना सास्कृतीक केन्द्रीय टोलिका साथमा जनकलाकारहरु जेबि टुहुरे, सम्भु राई, चेतन बास्कोटा लागायतले आ आफ्नो प्रस्तुति देखाउने पौडेलले जानकारी दिनु भयो । उक्त कार्यक्रमा मेचि देखी महकाली सम्मको लोक सांस्कृतीक झाकाका साथै सपनाको बाटो नामक नाटक समेत बिशेष प्रस्तुतिका रुपमा रहेको अभियान टोलिले बताएको छ । सामना परिवार केन्द्रीय टोलि द्धारा संचालन गरिने कार्यक्रमको नेपालगंजमा उद्धघाटन पछि बाँकेका ४ ओटै निर्बाचन क्षेत्रका साथै थारुवान राज्यका ५ जिल्लाका झण्डै २० स्थानमा कार्यक्रम गरीने पौडेलले जानकारी दिनु भयो । नेपालगंज बाट सुरुवात गरिएको अभियान मेचि देखि महाकालि सम्म पुग्ने अभियान टोलिले बताएको छ । जनयुद्धका क्रममा बिभीन्न स्थानमा हत्या गरिएक सांस्कृतीक कर्मिहरुको स्मरणमा माओबादीले चैत्र ५ लाई सास्कृतीक प्रतिरोध दिबसका रुपमा मनाउदै आएको छ ।

गस्तीका क्रममा भरुवा बन्दुक बरामद

नेपालगन्ज, चैत्र २ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगरको गस्ती टोलीले नाल १ भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट कटकुईयाबाट स.प्र.नि शंकर सिंह सिखको कमाण्डमा खटी गएको गस्ती टोलीले उक्त भरुवा बन्दुक बरामद गरेको हो । गस्तीका क्रममा लक्ष्मणपुर गाविसको वडा नंं. ८ को गंगापुर गाउँ स्थित ईदगाहा नजिकै बसेका अज्ञात हतियारधारी समूहले गस्ती टोलीलाई देखेपछि उक्त भरुवा बन्दुक छोडेर भागेको सीमा सुरक्षा कार्यालयका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक प्रेम प्रसाद पाण्डेले जानकारी दिनुभयो । सोमबार बरामद गरेको भरुवा बन्दुक आज विहीबार आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको सीमा सुरक्षा कार्यालय महेन्द्रनगरले जनाएको छ ।

फाइभ ए साइड फुटबल प्रतियोगिता हुने

नेपालगन्ज चैत्र ३ । तेश्रो संस्करणको रुपमा अन्तराल कप फाइभ ए साइड फुटवल प्रतियोगिता आगामी चैत्र ११ गते देखि बाँकेको नेपालगञ्जमा हुने भएको छ । यस भन्दा अगाडी खन्तरालले २ श्रृखला भव्य रुपमा सम्पन्न गरि सकेको छ । विगत ४ वर्ष देखि इभेन्ट म्यानेजमेन्ट ,खेलकुद तथा सञ्चार को क्षेत्रमा कार्य गदै आएको अन्तरालको आयोजना तथा व्यवस्थापनमा उक्त प्रतियोगिता हुन लागेको हो । अन्तरालको संयोजनमा नेपालगञ्जमा कार्यरत बैंक तथा वित्तिय संस्थाहरुका प्रमुख सम्मलित बैठकले विहीबार प्रतियोगिता सञ्चालनको निर्णय गरेको हो । प्रतियोगितामा सहभागी हुने बैंक तथा वित्तिय संस्थाहरुले यहि चैत्र ५ गते भित्र अन्तरालमा नाम दर्ता गराई सक्ने सहमति गरिएको छ । बैंकहरु विचको भाइचारा , आपसि सम्बन्ध र कार्यरत कर्मचारी विचको सम्बन्ध प्रगाढ तथा अभिवृद्धि र व्यावसायिक प्रतिष्ठा वृद्धि गर्नसमेत यस प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अन्तरालका कार्याकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।

लागु औषध विरुद्ध विद्यार्थी सडकमा

नेपालगन्ज, २ चैत्र । लागु औषध विरुद्धको अभियानमा आज नेपालन्जमा १० हजार बढी विद्यार्थीहरु सडकमा उत्रेका छन् । लागु औषध विरुद्ध वृहत र्यालीको आयोजना गरेर सडकमा उत्रेका विद्यार्थीहरुले लागु औषध विरुद्ध नारा लगाई आ आफ्नो एक्यबद्धता व्यक्त गरेका थिए । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापाको अगुवाईमा आयोजना गरिएको र्याली स्थानीय त्रिभुवन चौकमा जम्मा भई नेपालगन्ज नगरको विभिन्न भागको परिक्रमा गरि पुष्पलाल चौकमा पुगि कोणसभामा परिणत भएको थियो ।
हाम्रो चाहना, धुम्रपान र लागु औषध रहित समाजको श्रृजना भन्ने मूल नाराका आयोजना गरिएको र्यालीमा जिल्ला प्रहरी कार्यालय बाँके, प्याब्सन बाँके, एन प्याब्सन बाँके, शिक्षक यूनियन, गणतान्त्रिक शैक्षिक मञ्च, जिल्ला शिक्षा कार्यालय बाँकेलगायतको समेत सहभागिता रहेको थियो । कोणसभालाई सम्बोधन गर्दै बाँके प्रहरी वरिष्ठ उपरिक्षक माधव प्रसाद नेपालले कुनै पनि विकृति विसंगति हल गर्नको लागि एक्लो प्रशासनले मात्र गर्न नसक्ने हुँदा पुलिस पब्लिक पाटर्नसिपको अवधारणा लागु गरि जनता, विद्यार्थी, अभिभावन, नागरिक समाज सबै मिलि अघि बढ्नु पर्नेमा जोड दिनुभयो । बाँके जिल्लालाई लागु औषध रहितको जिल्ला बनाउन सबैको सहयोग आवश्यक भएकोमा जोड दिदै प्रहरी वरिष्ठ उपरिक्षक नेपालले यस अभियानलाई प्रतिफल दिनका लागि विद्यार्थी, प्रहरी र अभिभावकले आजदेखि अभियानको थालनी गरेको बताउनुभयो । कार्यक्रममा बाँके जिल्ला प्रमुख ढुण्डीराज पोख्रेल, बाँके प्रहरी उपरिक्षक विक्रम सिंह थापा, जिल्ला शिक्षा कार्यालय बाँके प्रमुख भक्त बहादुर ढकाल, प्याबसन बाँके अध्यक्ष जगत कुमार खत्री, धम्बोझी उमाविका पाचार्य किरण आचार्यलगायतले बोल्नु भएको थियो ।

Wednesday, March 14, 2012

सामाजिक जवाफदेहिता सञ्जाल गठन

नेपालगन्ज चैत्र १ । सामाजिक जवाफदेहिता सम्बन्धी कार्यलाई सुचारु बनाउनकोलागि सामाजिक जवाफदेहिता सञ्जाल मध्यपश्चिमाञ्चल गठन गरिएको छ । नेपालगन्जमा बुधबार दिगो सामाजिक विकास केन्द्रको आयोजनामा भएको छलफल कार्यक्रमले उक्त सञ्जाल गठन गरेको हो ।
दिगो सामाजिक विकास केन्द्रका संयोजक गोविन्दकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित सञ्जालमा सदस्यहरु लोकतान्त्रिक निगरानी समुहका सदस्य हरि रावत, पत्रकार दीपा आले, बासका निर्देशक नमस्कार शाह, हरप्लेसका कविता सापकोटा, स्याक नेपालका नेत्रकला शाही, युनेस्को क्लबका बेदप्रसाद शर्मा, नारी उत्थान केन्द्रका चित्र विश्वकर्मा, बहुमुखी सेवा केन्द्रका भारती नेपाल, फातिमा फाउण्डेशनकी लुबना सिद्दिकी, किर्डाकका सिद्धार्थ विक, नविन शाही, मायुस बर्दियाका रमेश बजगाई, प्राध्यापक अजन्ता आचार्यलगायत रहनु भएको छ । गठित सञ्जालले सामाजिक जवाफदेहिता सम्बन्धी क्षेत्रमा काम गर्ने संयोजक गोविन्दकृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।

जन्मदिनमा अनाथ बालबालिकालाई भोजन

नेपालगन्ज, १ चैत्र – निष्पक्ष ध्वनि राष्ट्रिय दैनिकका सम्पादक उदयसिंह श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा स्थानिय अनाथालय गौशिया माध्यमिक विद्यालयमा रहेका ७० जना अनाथ बालबालिकालाई भोजन गराएर जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा विभिन्न ठुला–ठुला रेष्टुरेण्टमा रक्सीको मातमा ठुलो धनराशी खर्च गर्नुभन्दा सोही खर्चभन्दा कम खर्चमा अनाथ बालबालिकालाई एक छाक राम्रो खाना खुवाएर जन्मदिन मनाउने सम्भवत बाँके जिल्लामा उनी पहिलो भएका छन् । बाँके जिल्लामा विभिन्न स्थानमा यस्ता अनाथ बालबालिका रहेकामा रेष्टुरेण्टमा ठुलो धनराशी खर्च गर्नुभन्दा आ–आफ्नो जन्मदिन पारेर एक छाक मिठो खाना खुवाउन पर्नेमा विशेष जोडका साथ सन्देश जावोस भनेर सम्पादक श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर यस कार्यको थालनी गर्नु भएको बताउनु भयो ।
बाँके जिल्लामा रहेका धनाढय व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा मात्रै एक छाक खाना अनाथ बालबालिकालाई खुवाएमा केही हदसम्म अनाथ बालबालिकाको लागि खर्च जोड्नु पर्ने बाध्यतामा कमी आउने कुरामा उहाँ ढुक्क समेत हुनुहुन्छ । सम्पादक श्रेष्ठको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई भोजन खुवाइने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरिक्षक बिक्रमसिंह थापा, अञ्चल प्रहरी तालिम केन्द्रका प्रहरी उपरिक्षक भरतराज शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष शुक्रऋषि चौलागाई, पुर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, प्रेस चौतारी बाँकेका अध्यक्ष रुद्र सुवेदी लगायत व्यापारी, उद्योगीहरुको सहभागिता रहेको थियो ।

विभिन्न माग राख्दै थारु समुदायको बन्द

नेपालगन्ज, १ चैत्र । अखण्ड सुदुरपश्चिम तथा थारु संस्कृतीको संरक्षणको माग गदै आन्दोलन शुरु गरेको बरघर भलमन्सा महटवा महासंघ, मुक्त कमैया संघर्ष समिति र मुक्त कमैया बरघर थरुहट संघर्ष समितिले आज बाँकेसहित तराईका ५ जिल्लाका राजमार्ग ठप्पको आवहान गरेको छ । गाउँको दिगो विकासका लागि मटावाँ, बरघर, भल्मन्सा प्रथालाई कानुनी मान्यताको माग गर्दै महासंघले आव्हान गरेको राजमार्ग ठप्पका कारण विहानैदेखि जनजिवन प्रभावीत बनेको छ । बिहानैदेखि बाँकेसहित बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा कुनैपनि सवारीका साधनहरु चल्न सकेका छैन । सयौको सङख्यामा थारुहरु सडकमा उत्रियर ठाउँ–ठाउँमा प्रर्दशन थालेका छन् । लोकतान्त्रिक पद्धतिको रुपमा स्थापित मटावाँ प्रथालाई कानुनी मान्यता दिनुपर्ने भन्दै महासंघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले गाउँबाट चुनिएका बरघरहरुले स्थानीय निकायमा प्रतिनिधित्व गर्न पाउनुपर्ने बताउनुभयो । थारु समुदायको परम्परागत सांस्कृतीक संरक्षणप्रति राज्य उदासीन रहेको र थारु वसोवास रहेका जिल्लालाई टुक्राउन प्रयास भएको भन्दै राजमार्ग ठप्प पार्न थारु समुदाय बाध्य भएको अध्यक्ष चौधरीको भनाई छ । अद्याबधिक स्थानिय निकायको निर्बाचन नहुन्जेलसम्म तथा वडा नागरिक मञ्चलाई खारेजी गरी जननिर्बाचित बरघर, भलमन्सा, महटवाँलाई स्थानिय निकायको जिम्मेवारी दिईनु पर्ने, मुक्त कमैया र कम्लहरीलाई तुरुन्त पुनःस्थापना एंव रोजगारीको ब्यबस्था गर्नु पर्ने, थारु समुदायले परम्परागत देखि मान्दै आईरहेको भुईह्याँर, देबथानको संरक्षण र संम्बद्धनका लािग बजेटको ब्यबस्था तत्काल गरिनु पर्ने माग राखिएको छ । कोहलपुरको चौराहामा थारुहरुले हात हातमा लाठि लिएर सवारी साधानहरुलाई संचालन हुन रोक लगाई रहेका छन् ।

नीतिनिर्माण तहमा महिलाको समान सहभागिता हुनुपर्ने

ललितपुर, फागुन ३० । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले महिलामाथि हुने हिंसा अन्त्य गर्न राज्यको नीतिनिर्माण तहमा समान सहभागिता आवश्यक भएको बताउनुभएको छ । ६१ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पश्चघडीमा आयोगको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा अघि सार्नुभएको हो । उहाँले महिलाको अधिकार रक्षा गर्न र महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न घरपरिवारमै लैङ्गिक विभेद हटाउने परिपाटी बसाउनपर्ने आवश्यकतामाथि जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी दुर्गा घिमिरेले महिलामाथिको हिंसा अन्त्य गर्न नेपाली समाजमा विद्यमान ‘मौनताको संस्कृति’ तोड्न अत्यावश्यक भएको बताउनुभयो । उहाँले महिलामाथि हुने हिंसा रोक्नका लागि प्रभावकारी कानुन बन्न नसकेकोले यसतर्पm सबैको ध्यान जान जरुरी भएको विचार पनि अघि सार्नुभयो । जमघटका सहभागीहरुलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठकले हिंसालाई सोंच र प्रवृत्तिको रुपमा परिभाषित गनुभयो । उहाँले सबै प्रकारको हिंसा अन्त्य गर्न घट्नाका साक्षी र मानव अधिकार रक्षकलाई रक्षा गर्न आवश्यक भएको बताउनुभयो । कार्यक्रममा महिला अधिकारकर्मी हरिप्रिया पाण्डेले राजनीति र अपराधबीच नाता कायम रहँदासम्म महिला हिंसा अन्त्य हुन नसक्ने राय प्रकट गर्नुभयो । महिला हिंसाको प्रसंग कोट्याउँदै अधिकारकर्मी पाण्डेले देशको राजधानी शहर काठमाडौंमा अदृश्य किसिमको महिला हिंसा कायम रहेको धारणा पेश गर्नुभयो । सो अवसरमा आफ्नो धारण अघि सार्दै मानव अधिकारकर्मी चरण प्रसाईले मुद्दा फिर्ता लिने सरकारको निर्णयले मानव अधिकारको उपहास गरेको बताउनुभयो । उहाँले सरकारको यसप्रकारको निर्णयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तयार पारिएको ‘महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं’ भन्ने नाराको पनि उपहास गरेको विचार व्यक्त गर्नुभयो । अधिकारकर्मी रेणु राजभण्डारीले नेपाली समाजमा विद्यमान संरचनागत हिंसा अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै कतिपय महिलाहरु संरचनागत हिंसाकै कारण प्रहरीमा जाहेरी दिन जान नसक्ने अवस्थामा रहेको तथ्य अघि सार्नुभयो । कतिपय विभेदकारी कानुनले महिलाको अधिकारमा धक्का पु¥याएको चर्चा गर्दै अधिकारकर्मी राजभण्डारीले यसप्रकारको कानुनलाई निस्तेज बनाउन राष्ट्रिय मानव अधिकार आयोगले भूमिकाले खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा अधिवक्ता कोपिला अधिकारी, चक्रमान विश्वकर्मा, पार्वती बस्नेत, लीलानाथ पहाडी, वसुधा गुरुङ, भक्ति शाह, गीता न्यौपानेलगायतका वक्ताले महिला अधिकारका विविध आयाम र पाटाहरुमाथि प्रकाश पार्नुभएको थियो ।

उच्चस्तरीय वित्तीय समन्वय समिति बैठक

काठमाण्डौं, ३० फागुन । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक आज (मंगलबार) अर्थमन्त्रालयमा बस्यो । बैठक अर्थमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा बस्यो । बैठकमा आर्थिक वर्षदेखि अहिलेसम्मको नेपालको समग्र अर्थतन्त्रको बारेमा छलफल भयो । माघ महिनासम्मको तथ्यांकको आधारमा विश्लेषण गरियो । माघ महिनासम्म कुल राजश्व १ खर्ब २८ अर्ब ४७ करोड (वार्षिक लक्ष्यको ५३ प्रतिशत र माघसम्मको लक्ष्यको ९७.९ प्रतिशत), जसमा कर राजश्व १ खर्ब ०९ अर्ब ९९ करोड (माघसम्म लक्ष्यको ९९.५ प्रतिशत) र गैर कर राजश्व १८ अर्ब ४८ करोड –माघसम्मको लक्ष्यको ८९ प्रतिशत) भएको छ । सरकारी खर्च १ खर्ब २४ अर्ब १७ करोड भएको र जसमा चालु १ खर्ब ५४ करोड (३७.७ प्रतिशत), पुजीगत तर्फ १० अर्ब ७४ करोड (१४.८ प्रतिशत) र वित्तीय व्यवस्था १२ अर्ब ८९ करोड (२८.२ प्रतिशत) रहेको छ । पौष मसान्तसम्मको मुद्रास्फ्रिती ६.८ प्रतिशत रहेको छ । विदेशी विनिमय सञ्चिति ३६८ अर्ब (माघ २७ सम्म), भारतीय रुपियाँको सञ्चिति ९० अर्ब १९ करोड (माघ २७सम्म), तरलता २९ अर्ब (फागुन २९ सम्म) रहेको छ । त्यसैगरी वाणिज्य बैंकहरुमा निक्षेप ८५ अर्ब ६८ करोडले बढेको र कर्जा ५५ अर्ब २५ करोड बढेको छ । धितोपत्र बजारमा कारोबार ६६ करोड ४९ लाख, धितोपत्र पुजीकरण ३ खर्ब ४३ करोड, नेप्से सूचांक ३१२.५८ (फागुन १२ सम्म) रहेको छ । हालसम्म वैदेशिक व्यापारमा १३ प्रतिशते आयात वृद्धि भएको छ भने १७ प्रतिशतले निर्यात वृद्धि भएको छ । निर्यातमा नेपालको पस्मिना, कोर्पेट वृद्धि भएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र संयन्त्र समितिको बैठकमा जनयुद्धको क्रममा विस्थापित भएका सरकारी बैंकहरुको पुनःस्थापनाको बारेमा छलफल भयो । बैठकले विस्थापित भएका सरकारी बैंकहरुको पुनःस्थापना गर्नुपर्ने भन्दै गृहकार्य गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले अर्को बैठकमा प्रस्ताव तयार पारेर पेश गर्ने छ । त्यसैगरी भारु सटही आएको समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । नेपालमा भारतीय ५ सय र १ हजारका नोट गैरकानुनी छन् भन्ने बारेमा जनचेतना फैलाउन भारत प्रवेशको नेपाली नाकाहरुमा ठूल ठूला होर्डिङ बोर्डहरु राखिने भएको छ । एकसाताभित्र ती वोर्डहरु राखिने छन् । आजको बैठकमा घर जग्गा व्यवसाय सामान्य रुपमा चलायमान भएको र सुधार हुँदै आएको राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले जानकारी गराउनुभयो । बैठकमा अर्थमन्त्री पुनले नेपालको समग्र अर्थतन्त्रको अवस्था सकारात्मक हुँदै गएको बताउनुहुँदै अझै सुधारको आवश्यकता रहेको बताउनुभयो ।

Tuesday, March 13, 2012

दुर्घटनामा परि ६ जना घाइते ।

नेपालगन्ज, ३० फागुन । दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक दुवै जना घाईते भएका छन् । मंगलबार साँझ करिब ४ बजे बाँकेको भुजई गाउँमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा शम्शेरगन्ज गाविस वडा नं. ९ पावर्तीपुर बस्ने वर्ष ३५ का राम गोपाल गडरिया, कारकाँदो गाविस वडा नंं ७ बस्ने वर्ष ३५ का चतिमगर र मगरकी श्रीमति संगिता चतिमगर रहेका छन् । गडरियाले चलाई रहेको भे ३ प ३३९९ नं. को मोटरसाईकल र मगरले चलाई रहेको रा.१ प ८१८३ नंं.को मोटरसाईकल बाँकेको कारकाँदो बुद्ध चौकमा एक आपसमा ठक्कर खाएको हो । घाइते तिनै जनाको नेपालगन्ज नर्सिड होममा उपचार भईरहेको छ भने घाइतेहरुको अवस्था चिन्ताजनक रहेको बाँके प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबारनै महेन्द्रनगरबाट नेपालगन्जतर्फ आईरहेको भे १ ख ७६७ नंं. को बस र सिकारु लु.१ज.६०१ नं.को जीप एक आपसमा ठक्कर खाँदा बस र जिपका दुवै चालक घाइते भएका छन् । बाँकेको कारकाँदो नजिक भएको दुर्घटनामा अन्दाजी २१ वर्षकी हिना शेष समेत घाइते भएका छन् । घाइतेहरुको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेको कोहलपुरमा जरायोको सिङ सहित एउटा ट्याक्टर फेला ।।

नेपालगन्ज ३० फागुन । बाँकेको कोहलपुरमा जरायोको सिङ सहित एउटा ट्याक्टर फेला परेको छ । सशस्त्र प्रहरी बल त्रिपुरागणको गस्ती टोलीले कोहलपुरबाट नौलापुर तर्फ जाँदै गरेको भे १ प ३३११ नम्बरको ट्याक्टरमा सरिया र सिमेन्ट मुनी लुकाई राखिएकोे जरायोको पुरानो सिङ्ग फेला पारेको सशस्त्र प्रहरी बल त्रिपुरागणले जनाएको छ । नौवस्ता ८ नौलापुर निवासी खिम प्रसाद न्यौपानेको सरिया र सिमेन्ट रहेको बताईएको छ । सरिया र सिमेन्टको आश्वयक विल रहेको र जरायोको सिङ्गबारे आवश्यक अनुसन्धान भैरहेको गणले जनाएको छ । अहिले अनुसन्धानका लागि ट्याक्टर र सिङ्गलाई सशस्त्र प्रहरीबल त्रिपुरागण कोहलपुरमा राखिएको छ ।

पेशागत मुल्य र मान्यतामा रही कार्यक्षेत्रमा खटिट्नु पर्ने

नेपालगन्ज ३० फागुन । पेशागत मुल्य र मान्यतामा रही कार्यक्षेत्रमा खटिए मानव अधिकार रक्षकहरु असुरक्षित कम हुने नेपालगन्जमा मंगलबार आयोजित कार्यक्रमका सहभागिहरुले वताएका छन् । मानव अधिकार सन्जाल वाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो वताएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका संरक्षण अधिकृत हरि ज्ञवाली, इन्सेकका क्षेत्रीय संयोजक भोला महत, नेपाल मानव अधिकार संगठनका गणेश रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष शुक्रऋषि चौलागाई, महिला मानव अधिकार रक्षक सन्जालका केन्द्रीय सदस्य रमा प्याकुरेल, वाँके जिल्ला वारका अध्यक्ष बिश्वजित तिवारी, एडभोकेसी फोरमका बशन्त गौतम लगायतले मन्तव्य राखेका थिए । मानव अधिकार रक्षक असुरक्षित हुनुको प्रमुख कारण आफै हुने भएकाले आफ्नो सुरक्षामा सतर्क हुनुपर्ने अधिकांशको जोड थियो । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, प्युठान, रुकुम, रोल्पा, कैलाली, कन्चनपुर, डडेल्धुरा, सल्यान लगायतका जिल्लामा कार्यरत मानव अधिकार रक्षकहरु सहभागि छन् ।

काङ्ग्रेसको नेतृत्वमा सरकार गठनका लागि चाडै प्रक्रिया सुरु हुने

नेपालगन्ज, ३० फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले काङ्ग्रेसको नेतृत्वमा सरकार गठनका लागि बुधबारबाट प्रक्रिया सुरु हुने बताउनुभएको छ । जाजरकोटमा मंगलबार विहान पत्रकारहरुसँग महामन्त्री सिंहले यस्तो बताउनु भएको हो । काङ्ग्रेस क्षेत्र नम्बर १ जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा हुन लागेको आमसभालाई सम्बोधन गर्न सिंह जाजरकोट पुग्नु भएको हो । महामन्त्री सिंहले अब बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व काङ्ग्रेसले गर्ने र त्यही सरकारले शान्ति र संविधानका बाँकी काम पूरा गर्ने विश्वास दिलाउनुभयो । जेठ १४ पछि कुनै पनि हालतमा संविधानसभाको म्याद थप्ने पक्षमा काङ्ग्रेस नरहेको स्पष्ट पार्दै महामन्त्री सिंहले तोकिएकै समयसीमाभित्र संविधान निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो ।

कोहलपुर नगरपालिका कार्यान्वयनको लागि डेलिगेसन

नेपालगन्ज, ३० फागुन । घोषीत कोहलपुर नगरपालीका कार्यान्वयनको माग गदै सरकारलाई दवाव दिन सरोकारवाला निकायहरुको टोली डेलीगेसनका लागी काठमाण्डौ जाने भएका छन् । कोहलपुर नगरपालिका घोषणा भएको लामो समय बितिसक्दा पनि कार्यान्वयनमा सरकार उदासहिन बनेको भन्दै सरकारलाई खबरदारी गर्न सरोकारवाला निकायहरुको टोली काठमाण्डौ जाने भएको हो । टोलीमा एकिकृत माओबादी, नेपाली काँग्रेस र एमालेबाट २÷२ जना, मधेशी मोर्चाबाट १ र कोहलपर व्यापार संघबाट १ जना गरी जम्मा ८ सदस्यीय डेलीगेसन टोली गठन गरीएको छ । गठीत डेलीगेसन टोली चैत्र ३ गते काठमाण्डौ जाने कार्यक्रम तय भएको छ ।

शैक्षिक सुधारका लागि आन्दोलन

नेपालगन्ज, ३० फागुन । महेन्द्र बहुमुखि क्याम्पस नेपालगंजका क्रियाशिल बिभिन्न बिद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका छन । शैक्षिक सुधारका लागि क्याम्पस प्रशासन प्राधानध्यापकलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत आफ्नो मागको सुनुवाई नभएको भन्दै आन्दोलनको घोषणा गरिएको नेबिसंघ क्याम्पस ईकाई कमिटि अध्यक्ष भुम भण्डारीले जानकारी दिनुभयो । घोषित कार्यत्रम अनुसार फागुन २९ देखि चैत्र ५ गतेसम्म भन्डाफोर अभियान, ६ गते कालोसुचि प्रकाशन १० गते बिद्यार्थीहरुको प्रदर्शन रहने नेबिसंघका रमेश तिमिलसेनाले जानकारी दिनुभएको छ ।

नयाँ कार्यसमिति गठन

नेपालगन्ज, ३० फागुन । सिस्ने हिमाल वस तथा मिनि वस यातायात व्यवसायि समिति रुकुमको पुरानो समिति विघटन गरि नयाँ कार्य समिति चयन गरिएको छ । सदरमुकाम खलंगामा सम्पन्न समितिको साधारण सभाले ९ सदस्यीय कार्य समिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा महेन्द्र वुढामगर, उपाध्यक्षमा सरोज देवकोटा, महासचिवमा तिलक वस्नेत, सचिवमा मोतिप्रसाद पोख्रेल र कोषाध्यक्षमा डम्वर विक रहनुभएको छ । त्यस्तै समितिको सदस्यमा साधन वुढा, दीलिप थापा, लववहादुर गौतम र वलजित देवकोटा रहनुभएको छ । साधारण सभाले डाइल इन्चार्जमा चन्द्र ओली, कार्यालय प्रमुखमा सुधन श्रेष्ठ, विमा संयोजकमा हिमालय मल्ल, मेडिकल संयोजकमा योवन पुनलाई चयन गरेको छ । त्यसैगरी प्रशासनकि इज्चार्जमा श्यामकुमार वुढा, रुकुम काठमाण्डौं रोड इन्चार्ज चित्र वुढा, रुकुम दाङ्ग रोड इन्चार्ज कपिल सिंजाली र रुकुम चौरजहारी रोड इन्चार्जमा टिकाराम ददेंल चयन हुनुभएको छ । समितिको संरक्षकमा रुकुम क्षेत्र नं. २ का सभासद् जनार्दन शर्मा प्रभाकर र कानुनी सल्लाहकारमा अधिवक्ता यक्कवहादुर पाण्डे रहनुभएको छ । समितिले विशाल शर्मा, गोरखवहादुर केसी सन्देश, नन्दु विष्ट, विमल पुन, जनकमुार वाँठा र केदारसिंह गोतमलाई सल्लाहकारमा राखेको छ । पुनःगठित कार्यसमितिले मंगलवार सदरमुकाम खलंगा स्थित उद्योग वाणिज्य संघमा एक कार्यक्रमको आयोजना गरी कार्यसमितिको नामावली घोषणा गरेको हो । घोषणा सभामा नवनिर्वाचित अध्यक्ष महेन्द्र वुढामगरले यात्रुहरुलाई सहज सेवा दिने नयाँ प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सवै निकायसंग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँ योजना सहित नयाँ कार्यसमिति सफल हुने अध्यक्ष वुढाको दावी छ । उहाँले भन्नुभयो – हामीले विगतका दिनलाई समिक्षा गरेर आगाी दिनमा सुधार गर्दै जाने छौं । कार्यक्रममा नवनिर्वाचित महासचिव तिलक वस्नेतले यात्रुहरुको माग र संचारकर्मीको सल्लाह सुझावलाई आत्मसाथ गरेर समितिलाई लैजाने वताउनुभयो ।

Sunday, March 11, 2012

नेपालगञ्ज मेडिकल कलेजले आयोजना गरेको स्पोर्टस् एण्ड कल्चरल फेष्ट रिदम २०१२ सुरु,

नेपालगन्ज, २८ फागुन लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगञ्ज मेडिकल कलेजले आयोजना गरेको स्पोर्टस् एण्ड कल्चरल फेष्ट रिदम २०१२ आईतबार देखि सुरु भएको छ । नेपालगञ्ज मेडिकल कलेजको बार्षिक उत्सबको अवसर पारेर सुरु भएको रिदम २०१२ चैत्र ४ गते सम्म नेपालगञ्ज मेडिकल कलेज चिसापानि र कोहलपूरमा संचालन हुने छ । कार्यक्रमको पहिलो दिन नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर शुरेस कुमार कनौडियाले दिप प्रज्वलन गरेर उदघाटन गर्नु भयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै निर्देशक कनौडियाले पहिलो पटक आयोजना भएको रिदम २०१२ ले अध्ययनसंगसंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि प्रोत्साहन मिल्ने र विद्यार्थीहरुमा भएको प्रतिभा देखाउने अवसर मिल्ने विश्वास ब्यक्त गर्नु भयो । उहांले विभिन्न मेडिकल कलेजका सहभागी विद्याथीहरु बीचमा राम्रो सम्झदारी ,परिचय र साथीत्व भावनाको विकास गर्ने मौका यस कार्यक्रमले प्रदान गर्ने बताउनु भयो । नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जका निर्देशक डाक्टर एम के किदुवाईले खेलले शरीरलाई स्वस्थ मात्र नबाई समाज विकासमा पनि राम्रो भूमिका खेल्न सक्ने बताउनु भयो । रिदमका सचिब नितेश कुमार कनौडिले स्पोर्टस् एण्ड कल्चरल फेष्ट रिदम २०१२ मा फुटबल, भलिबल, बास्केट बल लगायतका प्रतियोगिता र सास्कृतिक प्रतियोगताका बारेमा जानकारी र प्रतियोगिताको उद्देश्य माथि ब्याख्या गर्नु भएको थियो । पहिलो पटक नेपालगञ्ज मेडिकल कलेजले आयोजना गरेको स्पोर्टस् एण्ड कल्चरल फेष्ट रिदममा काठमाण्डौ, चितवन, धरान ,पोखरा ,िबराटनगर लगाएतका मेडिकल कलेज तथा डेण्टल कलेज हरुको सहभागिता रहेको छ । यसै बिच आज बिपि कोईराला मेडिकल कलेज धरान र नेपालगञ्ज मेडिकल कलेज सेतो बिच भएको पहिलो फुटबल प्रतियोगितामा नेपालगञ्ज मेडिकल कलेज सेतोले १ का विरुद्ध ३ गोल गर्दै विजय भएको छ । दोस्रो खेलमा ईस्च्यूट अफ महाराजगञ्ज काडमाण्डौलाई लुम्बिनी मेडिकल कलेज पाल्पाले १ गोल गर्दै विजय भएको छ । आजै भएको भलिबल खेलमा नेपालगञ्ज मेडिकल कलेज निलोले बिपि कोईराला मेडिकल कलेज धरानलाई पराजय गराएको छ । उद्घाटन समारोहमा मेडिकल कलेजका प्रिन्सिपल एस.एम.मिश्रा, मेडिकल कलेज चिसापानीका भ्याइस प्रिन्सिपल आर.एस. राठौर लगायतले शुभकामना ब्यक्त गरेका थिए । प्रतियोगितासंगै चैत्र ३ र ४ गते मनोरञ्जनका लागि १९७४ ऐडि ब्यान्डको सांगितीक प्रस्तुती रहने भएको छ ।

जितको खुशियाली

नेपालगन्ज, २८ फागुन बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापाले चाडै नै बाँके जिल्लामा लागु औषध विरुद्धको युद्ध छेडेने बताउनु भएको छ । फुल्टेक्रा रकर्स क्लबले सिटि कलेज टि २० क्रिकेट प्रतियोगिता जितेको खुशियालीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक थापाले लागु औषधको हब बनाइएको बाँके जिल्लालाई लागु औषधबाट मुक्त गर्न त्यसका विरुद्ध युद्धको शुरुवात गरि एक अभियानको थालनी गर्न लागेको बताउनु भयो । त्यसका लागि चाडै नै बाँके जिल्लाका १० हजार बढी विद्यार्थीलाई सडकमा उतारेर चक्का जाम गरि शरुवात गर्ने उहाँले जानकारी दिनुभयो । देश परिवर्तनको शुरुवात युवा र विद्यार्थीबाट नै हुने भएको हुँदा युवाका हातमा रक्सी चुरोट होइन देश परिवर्तन गर्ने संकल्प हुनुपर्नेमा उहाँले जोड दिनुभयो । युवा खेलाडी जसले देश र समाजलाई राम्रो दिशा बोध गराउन सक्छ उसले अब आउने पिडीका लागि एक उदाहरण बनेर देखाउनु पर्नेमा जोड दिदै प्रहरी उपरिक्षक थापाले खेलडीले गर्दा नै देश, समाज र परिवारको पहिचान हुन सकेको बताउनुभयो । कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय उपाध्यक्ष विनोद मैनाली, केन्द्रिय सदस्य संजय राज सिंह, नेपाली कांग्रेसका नगर सभापति प्रशान्त विष्टलगायतले समेत बोलेका थिए । क्लबका अध्यक्ष आनन्द प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा सहभागी खेलाडी र सहयोगीहरुलाई समेत प्रशंसापत्र प्रदान गरेको थियो ।