Monday, July 19, 2010

ठूलो मात्रामा चरेस बरामद

नेपालगन्ज, १३ असारः नेपालबाट भारत पुर्‍याई लागु औषधको अवैध चोरी तस्करी गर्दै आएका एक युवकलाई प्रहरीले १० किलो लागु औषध चरेस सहित पक्राउ गरेको छ ।
अञ्चल प्रहरी कार्यालय भेरीबाट खटिएको बिशेष टोली र लागु औषध नियन्त्रण तथा कार्यान्वयन इकाइ कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाका आधारमा बाँकेको खासकारकाँदो गाविसबाट बाँके महादेवपुरी ४ गुरुवागाउंका टेकबहादुर खत्रीलाई १० किलो ३ सय ग्राम लागु औषध चरेस सहित पक्राउ गरेको छ ।
आइतवार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी उपरिक्षक विनोद घिमिरेले नेपालगन्ज नाकाबाट लागु औषध चरेस ठुलो मात्रामा भारत तर्फ पठाउने काम भैरहेको सूचनाको आधारमा खोजतलास गर्दा उक्त चरेस सहित खत्रीलाई शुक्रवार पक्राउ गरिएको बताए ।
उनलेे खत्रीबाट सो परिमाणको चरेस सहित भे १ प ६१९१ नम्बरको एउटा हिरोहोण्डा मोटर साइकिल र एकथान मोबाइल पनि बरामद गरिएको बताए ।
पक्राउ परेका खत्रीले यसरी नेपालबाट भारततर्फ चरेस पठाउने एउटा गिरोहनै सक्रिय रहेको जनाएको बताउदै निमित्त प्रहरी उपरिक्षक घिमिरेले खत्रीले दिएको जानकारीका आधारमा धेरै ठाउमा छापा पनि मारिएको बताए । पक्राउ परेका खत्री राजधानीको ताहाचाल क्याम्पसमा आइएमा अध्ययनरत रहेको र उनि लागु औषध तस्करी गर्ने गिरोहको फन्दामा परेर काम गर्न लागेको खत्रीले बताएका
छन् ।

No comments:

Post a Comment