Wednesday, July 16, 2014
द्धन्द व्यवस्थापन बिषयक अभिमुखिकरण सम्पन्न
नेपालगन्ज ३२ असार ।
बांकेको दुई गा.बि.स.मा शान्ति स्थापना तथा द्धन्द व्यवस्थापन बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बांकेको बेतहनी र होलिया गाबिसमा सो अभिमुखिकरण सम्पन्न भएको हो । गाबिससंगको सहकार्यमा सम्पन्न छुट्टा, छुट्टै अभिमुखिकरणमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले द्धन्दका प्रकार, द्धन्दका कारण, द्धन्दको परिणाम, शान्ति स्थापना, संक्रमणकालिन न्याय आदिका बिषयमा प्रशिक्षण दिएका थिए ।
बेतहनीमा सम्पन्न कार्यक्रममा शान्ति समितिका पदाधिकारीहरुको सहभागिता थियो । उक्त कार्यक्रम स्थानीय शान्ति समिति, बेतहनीका संयोजक राम अरुण बर्माले गरेका थिए भने होलियामा सम्पन्न अभिमुखिकरणको समापन गाबिस सचिब बलदेब प्रसाद तिवारीले गरेका थिए भने कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक भुलई प्रसाद गुप्ता लगाएतले बोलेका थिए । यसैगरी उदयपुरमा आयोजित अभिमुखिकरणमा बास उपनिर्देशक हेमराज भट्टले प्रशिक्षण दिएका थिए ।
यसैगरी बासले खासकांरकांदौ गाबिसमा अपांगता सशक्तिकरण तालिम सम्पन्न गरेको छ । तालिममा राष्ट्रिय अपांग महासंघका क्षेत्रिय अध्यक्ष भाबुकजंग थापा, बास बांके शाखा उपाध्यक्ष रोशन अलि अन्सारी लगाएतले प्रशिक्षण दिएका थिए । तालिममा २२ जना सहभागि थिए ।
यसैगरी बनकटवा गाबिससंगको सहकार्यमा बनकटवामा २५ जना बिपन्न जेष्ठ नागरिकहरुलाई नगद १ हजारका दरले सम्मान गरिएको छ । सो कार्यक्रममा अध्यक्ष राजु लामिछाने लगाएतको उपस्थिती थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment