Wednesday, July 16, 2014

वृहत रक्तदान सम्पन्न

नेपालगन्ज/ असार २८। हिन्दू धर्माबलम्वीहरुको पवित्र पर्व गुरुपूर्र्ण्िर्माको अवसर पारेर शनिवार जनमत अर्द्ध साप्ताहिकले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा दुई जना महिला सहित २५ जनाले रक्तदान गरे । नेपाल रेडक्रस सोसाइटी बांके शाखाद्धारा संचालित मध्यपश्चिम क्षेत्रीय रक्तसंचार सेवा केन्द्र नेपालगन्जमा आयोजित कार्यक्रममा पत्रकार, समाजसेवी र स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै मातृत्व सुरक्षाका लागि सुरक्षित रगत भन्ने विश्व स्वास्थ्य संगठनको यस वर्षको नारा अनुसार जनमतले महिलाहरुलाई पनि रक्तदान गर्न उत्पे्ररणा जगाउंदै आएको छ । उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरुमा नेपाल पत्रकार महासंघका क्षेत्रीय संयोजक झलक गैरे, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष पद्मा बस्नेत, नेपाल क्षयरोग निवारण संस्था, बांकेका जिल्ला कार्यक्रम संयोजक तथा डि.आर. टिबी होस्टेल इञ्चार्ज माधवराम वर्मा, विश्व शान्ति एकीकृत परिवार संघ नेपालका क्षेत्रीय संयोजक रुप सिंह भण्डारी तथा सुश्री पुष्षा भण्डारी, रक्तदान कार्यक्रमका कार्यक्रम संयोजक पवन जायसवाल, किशोर मगर, प्रहलाद विश्वकर्मा, शिवराज वर्मा, गमन बहादुर वि.क., प्रज्वल श्रेष्ठ, सागर श्रेष्ठ, मनमोहन वर्मा, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, पत्रकारव्दय दिनेश ठाकुर र राकेश कुमार मिश्रा लगायताले रक्तदान गर्नुभएको हो । यसैगरि नियमित रक्तदाता रेडियो कृष्ण्सार एफ.एम.का वरिष्ठ प्राविधिक योगेश चौधरी, बजार प्रमुख प्रमोद डि.जी. प्राविधिक नरेन्द्र सिंह, राम सुहावन सोनकर, खुशी राम चौधरी, जीत बहादुर चोधरी, प्रभूराम चौधरी, जनक चौधरी लगायतले एक-एक पिन्ट रगत प्रदान गर्नु भएको थियो । जनमत अर्द्ध साप्ताहिक त्रैमासिक पत्रिकाले २०६३ साल देखि ३/३ महिनामा नियमित रक्तदान गर्दै आएको छ । विगत बत्तीस वर्षदेखि नेपालगन्जबाट नियमित रुपमा प्रकाशित भइरहेको जनमतले आफ्नो रजत वर्ष-२०६३ देखि ँरक्तदान जीवन दान’को उद्देश्यका साथ हरेक त्रैमासिक रुपमा नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त प्राविधिक महेश ज्ञवाली, होमराज गिरि र बैकुण्ठ रेग्मीले प्राविधिक सहयोग गर्नु भएको थियो । विगत केही समयदेखि ँजति धेरै रक्तदान त्यति धेरै जीवन’ को अवधारणाका साथ स्वयंसेवी रक्तदाताहरुलाई उत्प्रेरित गरिएको उक्त रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बांकेका सभापति रुद्र सुवेदी, उपाध्यक्ष गोविन्द शर्मा, कोषाध्यक्ष विश्वराज पछल्डंग्या, जनमत सम्पादक पूर्णलाल चुके लगायत करीब ३० जनाको उपस्थिति रहेको थियो । भरखरै थाइल्याण्डबाट मेडिकल माइक्रो वायोलोजीमा विद्यावारिधि डिग्री हासिल गर्नु भएका डा. आमोद शर्माका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने Iron Overload कम हुन जान्छ र हृदयघात हुनसक्ने सम्भावना ८८ प्रतिशत कम हुन्छ र क्यान्सर र मधुमेह रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि प्रत्येक दिन मानिसको शरीरबाट ८० मिलीलिटर रगत खेर जाने, रक्तदान गरेपछि शरीरमा नयाू रक्त कोशिकाहरु बन्ने हुंदा रक्त प्रणाली ताजा हुन्छ र आफुले रक्तदान गरे जति रगतको मात्रा चार साता भित्र पुनः तयार हुने कुरा डा. शर्मा बताउनु हुन्छ ।

No comments:

Post a Comment