Wednesday, July 16, 2014

कृषिमा मध्यपश्चिममा ४ रेडियो पुरस्कृत

नेपालगन्ज, ३२ असार । मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले मध्यपश्चिमका ४ वटा रेडियोलाई बुधबार पुरस्कृत गरेको छ । दांगको हाम्रो पहुच प्रथम, नेपालगन्जको रेडियो कृष्णसार एफ एम दोस्रो, सल्यानको रेडियो राप्ती तेस्रो र सुर्खेतको बुलबुले एफ एम सान्तवना भएको छ । कृषि क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै मध्यपश्चिम क्षेत्रका १५ जिल्लाका विभिन्न रेडियो मध्ये ३ वटा उत्कृष्ट भएका हुन । ४ वटै रेडियोलाई क्रमशः ९ हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयासहितको प्रशंसापत्र प्रदान गरिएको हो । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतद्धारा विरेन्द्रनगरमा आयोजित एक समारोहमा रेडियो कृष्णसार एफ एमलाई नगद सात हजार रुपैयासहित प्रमाण पत्र र दोसल्ला ओडाएर पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक श्री नारायण शर्माले कृष्णसार एफएमका कार्यक्रम संयोजक माधव अधिकारीलाई नगदसहित प्रशंसापत्र प्रदान गर्नुभयो । मध्यपश्चिम क्षेत्रका १५ जिल्लाका विभिन्न रेडियोहरुलाई प्रस्ताव आवहान गरिए अनुसार कृष्णसार एफ एम उत्कृष्ट दोस्रोमा छनौट भएको हो । रेडियोले विगतदेखि कृषि विषयमा कार्यक्रम र समाचार नियमित रुपमा प्रशारण गर्दे आएको छ । रेडियोले कृषि क्षेत्रमा संचारको माध्यमले विशेष भुमिका खेलेको भन्दै पुरस्कृत भएको हो । निर्देशनालयले मध्यपश्चिमका बांकेसहित अन्य जिल्लाका कृषि विकास कार्यालयहरुलाई पनि नगद पुरस्कारसहित सम्मान गरेको छ ।

No comments:

Post a Comment