Tuesday, July 22, 2014

सम्झनामा वि.पी : नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेस संस्थापक नेता वीपी कोइरालाको मंगलबार ३२ औं स्मृति दिवस मनाईएको छ । गैरकांग्रेसले पनि उतिकै श्रद्धाको साथ नाम लिइएका कोईरालालाई उतिवेला एशियाकै नेताको उपमा समेत दिइएको थियो ।

​‘नेपाल खत्तम छ' भन्नुअघि… :

​‘नेपाल खत्तम छ' भन्नुअघि… :: Pahilopost

​केन्द्रमा दुई सदनात्मक व्यवस्था हुने पहिलेको सहमति अनुमोदन ::

​केन्द्रमा दुई सदनात्मक व्यवस्था हुने पहिलेको सहमति अनुमोदन :: Pahilopost

अरू १० दिन बाँच्न चाहन्थे अरुण :: Pahilopost

अरू १० दिन बाँच्न चाहन्थे अरुण :: Pahilopost

Wednesday, July 16, 2014

कृषिमा मध्यपश्चिममा ४ रेडियो पुरस्कृत

नेपालगन्ज, ३२ असार । मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले मध्यपश्चिमका ४ वटा रेडियोलाई बुधबार पुरस्कृत गरेको छ । दांगको हाम्रो पहुच प्रथम, नेपालगन्जको रेडियो कृष्णसार एफ एम दोस्रो, सल्यानको रेडियो राप्ती तेस्रो र सुर्खेतको बुलबुले एफ एम सान्तवना भएको छ । कृषि क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै मध्यपश्चिम क्षेत्रका १५ जिल्लाका विभिन्न रेडियो मध्ये ३ वटा उत्कृष्ट भएका हुन । ४ वटै रेडियोलाई क्रमशः ९ हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयासहितको प्रशंसापत्र प्रदान गरिएको हो । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतद्धारा विरेन्द्रनगरमा आयोजित एक समारोहमा रेडियो कृष्णसार एफ एमलाई नगद सात हजार रुपैयासहित प्रमाण पत्र र दोसल्ला ओडाएर पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक श्री नारायण शर्माले कृष्णसार एफएमका कार्यक्रम संयोजक माधव अधिकारीलाई नगदसहित प्रशंसापत्र प्रदान गर्नुभयो । मध्यपश्चिम क्षेत्रका १५ जिल्लाका विभिन्न रेडियोहरुलाई प्रस्ताव आवहान गरिए अनुसार कृष्णसार एफ एम उत्कृष्ट दोस्रोमा छनौट भएको हो । रेडियोले विगतदेखि कृषि विषयमा कार्यक्रम र समाचार नियमित रुपमा प्रशारण गर्दे आएको छ । रेडियोले कृषि क्षेत्रमा संचारको माध्यमले विशेष भुमिका खेलेको भन्दै पुरस्कृत भएको हो । निर्देशनालयले मध्यपश्चिमका बांकेसहित अन्य जिल्लाका कृषि विकास कार्यालयहरुलाई पनि नगद पुरस्कारसहित सम्मान गरेको छ ।

द्धन्द व्यवस्थापन बिषयक अभिमुखिकरण सम्पन्न

नेपालगन्ज ३२ असार । बांकेको दुई गा.बि.स.मा शान्ति स्थापना तथा द्धन्द व्यवस्थापन बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बांकेको बेतहनी र होलिया गाबिसमा सो अभिमुखिकरण सम्पन्न भएको हो । गाबिससंगको सहकार्यमा सम्पन्न छुट्टा, छुट्टै अभिमुखिकरणमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले द्धन्दका प्रकार, द्धन्दका कारण, द्धन्दको परिणाम, शान्ति स्थापना, संक्रमणकालिन न्याय आदिका बिषयमा प्रशिक्षण दिएका थिए ।
बेतहनीमा सम्पन्न कार्यक्रममा शान्ति समितिका पदाधिकारीहरुको सहभागिता थियो । उक्त कार्यक्रम स्थानीय शान्ति समिति, बेतहनीका संयोजक राम अरुण बर्माले गरेका थिए भने होलियामा सम्पन्न अभिमुखिकरणको समापन गाबिस सचिब बलदेब प्रसाद तिवारीले गरेका थिए भने कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक भुलई प्रसाद गुप्ता लगाएतले बोलेका थिए । यसैगरी उदयपुरमा आयोजित अभिमुखिकरणमा बास उपनिर्देशक हेमराज भट्टले प्रशिक्षण दिएका थिए । यसैगरी बासले खासकांरकांदौ गाबिसमा अपांगता सशक्तिकरण तालिम सम्पन्न गरेको छ । तालिममा राष्ट्रिय अपांग महासंघका क्षेत्रिय अध्यक्ष भाबुकजंग थापा, बास बांके शाखा उपाध्यक्ष रोशन अलि अन्सारी लगाएतले प्रशिक्षण दिएका थिए । तालिममा २२ जना सहभागि थिए । यसैगरी बनकटवा गाबिससंगको सहकार्यमा बनकटवामा २५ जना बिपन्न जेष्ठ नागरिकहरुलाई नगद १ हजारका दरले सम्मान गरिएको छ । सो कार्यक्रममा अध्यक्ष राजु लामिछाने लगाएतको उपस्थिती थियो ।

नगरपालिका सरसफाई अभियान, नगर डुव्न नदिन हर सम्भव पहल

नेपालगञ्ज, २६ असार । वषर्ामा घर, आंगन डुव्ने या अन्य क्षति हुने चिन्तामा हुनुहुन्छ ढुक्क हुनुस् । यसपालीको वषर्ाले अधिकांश भुभाग डुवानमा पर्ने नेपालगञ्जवासीको अनुमानलाई गलत सावित गर्न नगरपालिका हर सम्भव प्रयासमा जुटेको छ । नगरलाई डुवानरहित बनाउन विशेष पहल शुरु गरिसकिएको नेपालगञ्ज नगरपालिकाले जनाएको छ । वषर्ा पुर्व ठुला, साना नाली तथा ढल सरसफाई सरसरफाईमा कस्सिएको नगरपालिकाले अव भने पानीको वहाव रोक्ने सवै अवरोधहरु खुलाउन आफुलाई तयारी अवस्थामा राखेको छ ।
वर्षेनी डुवानको समस्या झेल्दै आएका नगरवासीलाई यसपाली डुवान हुन नदिने विश्वस्त पार्दै आएको नेपालगञ्ज नगरपालिकाले प्रति घन्टा २८ सयका दरले एक महिनासम्म डोजरमार्फत ढल, नाली सरसफाईमा तिव्रता दिएको थियो । सुर्खेत रोड विस्तारका क्रममा थुपै नालीहरु पुरिएकोले केही दिन अघि परेको पानीले सुर्खेत रोड डुवानमा परेपछि नगरपालिकाले सरोकारवालावीच छलफल गरि सम्भावित ब्लकेजहरु खुलाउने सहमति पनि गरिसकेको छ । नगरको कुनै पनि ठाउं डुवानमा पर्ने वित्तिकै स्काभेटर लगायतको साधान र जनशक्ति प्रयोग र परिचालन गरेर डुवानरहित बनाउने नेपालगञ्ज नगरपालिकाका कार्यकारी अधिकृत लोक बहादुर सुनारले प्रतिवद्धता व्यक्त गर्नु भयो । नगरपालिकाले वासको सहजीकरणमा आज गरेको नगरपालिकाले दिने सेवा र सुबिधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाइमा सुनारले सो प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरलाई डुवान हुन नदिन सवै उपाय अवलम्वन गर्न आफुहरु तयार रहेको स्पष्ट पार्दै कार्यकारी अधिकृत सुनारले भन्नु भयो "ढल खोल्न, नाली सरसफाई गर्न स्काभेटर र हामी तयारी अवस्थामा छौं ।’ केही महिना अघिको नाली सरसफाईकै कारण नगर डुवानमा नपरेको समेत उहांको स्पष्टोेक्तिक्त छ । सुर्खेतरोडमा सडक विस्तारसंगै भइरहेकेा नाला निर्माणले नगरपालिकाले ढल सरसफाई लगायतका काम गर्न पाएको थिएन । नाली सरसफाईकै लागि नगरपालिकाले आन्तरिक श्रोतबाट खर्च गर्दै आइरहेको छ ।

वृहत रक्तदान सम्पन्न

नेपालगन्ज/ असार २८। हिन्दू धर्माबलम्वीहरुको पवित्र पर्व गुरुपूर्र्ण्िर्माको अवसर पारेर शनिवार जनमत अर्द्ध साप्ताहिकले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा दुई जना महिला सहित २५ जनाले रक्तदान गरे । नेपाल रेडक्रस सोसाइटी बांके शाखाद्धारा संचालित मध्यपश्चिम क्षेत्रीय रक्तसंचार सेवा केन्द्र नेपालगन्जमा आयोजित कार्यक्रममा पत्रकार, समाजसेवी र स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै मातृत्व सुरक्षाका लागि सुरक्षित रगत भन्ने विश्व स्वास्थ्य संगठनको यस वर्षको नारा अनुसार जनमतले महिलाहरुलाई पनि रक्तदान गर्न उत्पे्ररणा जगाउंदै आएको छ । उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरुमा नेपाल पत्रकार महासंघका क्षेत्रीय संयोजक झलक गैरे, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष पद्मा बस्नेत, नेपाल क्षयरोग निवारण संस्था, बांकेका जिल्ला कार्यक्रम संयोजक तथा डि.आर. टिबी होस्टेल इञ्चार्ज माधवराम वर्मा, विश्व शान्ति एकीकृत परिवार संघ नेपालका क्षेत्रीय संयोजक रुप सिंह भण्डारी तथा सुश्री पुष्षा भण्डारी, रक्तदान कार्यक्रमका कार्यक्रम संयोजक पवन जायसवाल, किशोर मगर, प्रहलाद विश्वकर्मा, शिवराज वर्मा, गमन बहादुर वि.क., प्रज्वल श्रेष्ठ, सागर श्रेष्ठ, मनमोहन वर्मा, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, पत्रकारव्दय दिनेश ठाकुर र राकेश कुमार मिश्रा लगायताले रक्तदान गर्नुभएको हो । यसैगरि नियमित रक्तदाता रेडियो कृष्ण्सार एफ.एम.का वरिष्ठ प्राविधिक योगेश चौधरी, बजार प्रमुख प्रमोद डि.जी. प्राविधिक नरेन्द्र सिंह, राम सुहावन सोनकर, खुशी राम चौधरी, जीत बहादुर चोधरी, प्रभूराम चौधरी, जनक चौधरी लगायतले एक-एक पिन्ट रगत प्रदान गर्नु भएको थियो । जनमत अर्द्ध साप्ताहिक त्रैमासिक पत्रिकाले २०६३ साल देखि ३/३ महिनामा नियमित रक्तदान गर्दै आएको छ । विगत बत्तीस वर्षदेखि नेपालगन्जबाट नियमित रुपमा प्रकाशित भइरहेको जनमतले आफ्नो रजत वर्ष-२०६३ देखि ँरक्तदान जीवन दान’को उद्देश्यका साथ हरेक त्रैमासिक रुपमा नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त प्राविधिक महेश ज्ञवाली, होमराज गिरि र बैकुण्ठ रेग्मीले प्राविधिक सहयोग गर्नु भएको थियो । विगत केही समयदेखि ँजति धेरै रक्तदान त्यति धेरै जीवन’ को अवधारणाका साथ स्वयंसेवी रक्तदाताहरुलाई उत्प्रेरित गरिएको उक्त रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बांकेका सभापति रुद्र सुवेदी, उपाध्यक्ष गोविन्द शर्मा, कोषाध्यक्ष विश्वराज पछल्डंग्या, जनमत सम्पादक पूर्णलाल चुके लगायत करीब ३० जनाको उपस्थिति रहेको थियो । भरखरै थाइल्याण्डबाट मेडिकल माइक्रो वायोलोजीमा विद्यावारिधि डिग्री हासिल गर्नु भएका डा. आमोद शर्माका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने Iron Overload कम हुन जान्छ र हृदयघात हुनसक्ने सम्भावना ८८ प्रतिशत कम हुन्छ र क्यान्सर र मधुमेह रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि प्रत्येक दिन मानिसको शरीरबाट ८० मिलीलिटर रगत खेर जाने, रक्तदान गरेपछि शरीरमा नयाू रक्त कोशिकाहरु बन्ने हुंदा रक्त प्रणाली ताजा हुन्छ र आफुले रक्तदान गरे जति रगतको मात्रा चार साता भित्र पुनः तयार हुने कुरा डा. शर्मा बताउनु हुन्छ ।

दुई दिने फोटो प्रदर्शनी सम्पन्न

नेपालगंज, असार ३०। विभिन्न विधाका उत्कृष्ट फोटोहरुको संकलन गरी राखिएका फोटोहरुको प्र्रदर्शनी बुधबार नेपालगंजमा सम्पन्न भएको छ । फोटो पत्रकार क्लव (पीजे क्लव) र अन्तरालको संयूक्त आयोजनामा नेपालगंज स्थित भेरी प्राविधिक शिक्षालयको सभाहलमा आयोजना गरिएको थियो । फोटो प्रदर्शनीको नेपालगंज पुनरावेदन अदालतका मुख्य न्यायाधिश प्रकाश कुमार ढुङ्गानाले सहभागिहरुको फोटो खिचेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीको उद्घाटन गर्दै उहााले फोटोहरु कलात्मक साहित्यको अनुपम संगालो भएको वताउनुभयो । उहााले तस्वीरहरु हेरेरै नेपालका हरेक सम्भावना दैनिक जीवनशैली कला संस्कति राजनितिक घटनाक्रम लगायतका कुराहरु प्ाढ्नुभन्दा हेरेरै यथार्थता थाहा हुने वताउनुभयो । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ बांकेका सभापति रुद्र सुवेदी, भेरी प्राविधिक शिक्षालयका प्रमुख भिमकान्त लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाली फोटो पत्रकारहरुको छाता संस्था पीजे क्लवले वाषिर्क रुपमा देशका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन, वन्यजन्तु तथा प्रकृति संरक्षणको चेतना प्रवाह, सामाजिक जननीवनको चित्रण र देशका मुख्य घटनाको यथार्थता देखाउदै नेपाल र नेपालीलाई चिनाउने लक्ष्यका साथ गर्दै आएको देशकै ठूलो प्रतियोगिता तथा प्रदर्शनी प्रतियोगितामा देशभरका ९ सयभन्दा बढी फोटोग्राफरहरुको ७ हजारभन्दा बढी तस्वीरहरुमध्ये उत्कृष्ट १ सय ११ तस्वीरहरु प्रदर्शनीमा राखिएको पिजे क्लवका सदस्य क्रान्ति थापा मगरले जानकारी दिनुभयो । फोटो प्रदर्शनीमा विद्यार्थी, नागरिक अगुवा, राजनितिक दलका नेता, सुरक्षा निकायका प्रमुखहरु, सरकारी/ गैरसरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, कानुन व्यवसायी र सर्वसाधारणले अवलोकन गरेका थिए ।